२ जना महिलासहित ७१ जनाद्वारा रक्तदान

प्रस, वीरगंज, २२ फागुन/
वीरगंज महानगरपालिका–१४ सानो पिपरामा युवा समाज पिपराले आयोजना गरेको रक्तदान कार्यक्रममा दुईजना महिलासहित ७१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजको मूलगेटमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन नगरप्रमुख विजयकुमार सरावगीले गरेका थिए। समाजका अध्यक्ष अनिल पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेता रहबर अन्सारीले रक्तदान गरेपछि स्वास्थ्यमा हुने फाइदाका बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा सीमा पटेल, सुनीता श्रेष्ठ, रवीन्द्र दास, प्रताप पटेल, शिवरतन साह, राकेश साह, रवीन्द्र पटेल, मन्तोष पटेललगायतले रक्तदान गरेको केन्द्रका प्राविधिक प्रमुख पाण्डेयले बताए।

Comments

Popular posts from this blog

अनुशासन भनेको के हो ?

प्रतीक दैनिकको सूचना