Posts

Showing posts with the label प्रविधि

कृषिजन्य वस्तु व्यापारको अर्धवार्षिक तथ्याङ्क

Image
- ई. गोपाल श्रेष्ठ     चालू आर्थिक वर्षको ६ महिना (२०७० साउनदेखि पुससम्म)को कृषिजन्य वस्तुको आयात र निर्यातको तथ्याड्ढ प्रकाशित भएको छ । यो तथ्याड्ढ अनुसार आयात ५९ अर्ब ७ करोड छ भने निर्यात १३ खर्ब २६ करोड छ । अर्थात् निर्यात आयातको अनुपात १:४.५ छ । यो तथ्याड्ढ भयावह छ । कारण, हाम्रो आयात निर्यातभन्दा साढे चार गुणा धेरै छ । हाम्रो देशमा उत्पादन नै गर्न नसकिने वस्तु जस्तो पेट्रोलियम पदार्थको आयात त हाम्रो नियन्त्रणभन्दा बाहिर छ । तर कृषिप्रधान देश भएर कृषिजन्य वस्तु नै यत्रो ठूलो रकमको आयात गर्नु निश्चय नै निराशाजनक कुरा हो । यसरी त हाम्रो वार्षिक आयात सजिलैसँग सवा खर्ब नाघ्ने देखिन्छ ।     कृषिजन्य वस्तुको आयात घटाउन हामीले कृषि पेशालाई आकर्षक वनाउनु नै पर्छ । कृर्षकवर्गसँग लगातार अन्तक्र्रिया गरेर उनीहरूको कामको समीक्षा गरेर कृषिमा देखिएका समस्याहरू समाधान गर्दै लानुपर्छ । हाल उखु कृषकको उखु खेतबारीमा नै सुक्न लागिसक्यो । तर, सरकारले अहिलेसम्म मूल्य निर्धारण गर्न सकेको छैन । कृषकले अधिकतम मूल्य माग गर्नु स्वाभाविक हो भने चिनी मिलले न्यूनतम मूल्य दिन चाहनु पनि स्वाभाविक नै हो । सरकार

उपभोक्ता हितको लागि गुणस्तर अनुगमन

Image
- ई. गोपाल श्रेष्ठ     उपभोक्ताले खाद्यान्न, पानी, पलफूल, सागसब्जी, माछा–मासु अन्डा, दूधदही तथा दूधबाट बनेका अनेक परिकार उपभोग गर्छन् । बिरामी भएको बेला दवाई उपभोग गर्नु पनि स्वाभाविक नै हो । त्यस्तै कुनै निर्माण कार्य गर्दा सिमेन्ट, डण्डीजस्ता निर्माण सामग्री उपभोग गर्नु पनि स्वाभाविक नै हो । यस्ता खाद्य तथा अखाद्य सामग्री गुणस्तरीय हुनुपर्छ ( यसमा शड्ढा छैन । तर वास्तविकतामा गुणस्तरको समस्या एकदम नै व्याप्त देखिन्छ । खाद्यान्न, मसला आदिमा मिसावटको समस्या छ भने सागसब्जी, फलफूलमा विषादिको रेसिड्यूको समस्या छ । दूध तथा पानीको गुणस्तर परीक्षण गर्दा मुश्किलले गुणस्तरयुक्त पाइएको छ । माछामासुको त झन् के कुरा गर्नु–तराईको थारो भैंसी मासुको लागि काठमाडौं पठाइने गरेको दृश्यबाट पनि वास्तविकता स्वत: उजागर भएर आउँछ । माछा पनि हिले पानीमा, रसायनयुक्त पानीमा हुर्काउँदा स्वत: उपभोगको लागि उपयुक्त देखिंदैन ।     बजारमा म्याद नाघेका दवाईहरू पनि पाइन्छन् । कहिलेकाहीं त दवाईले पटक्कै काम नगरी पुन: गुणस्तर परीक्षण गर्दा/गराउँदा, नक्कली दवाईहरू पनि पाइएका छन् । जुन मानव जीवनको एक महत्त्वपूर्ण पाटो (स्व

फोन, स्मार्ट फोन, फेसबुक र स्काइप

Image
ई. गोपाल श्रेष्ठ     मोबाइल फोन आउनुपूर्वका वर्षहरू सम्झँदा हामी कति अप्ठेरो जीवन बाँचिरहेका थियौंजस्तो लाग्छ। रोजगारीको सिलसिलामा देश/विदेशमा रहेका परिवारजन, आफन्तहरूको सन्चो/विसन्चो तथा अन्य खबर छिटो प्राप्त गर्नका लागि विगतमा पिसिओहरूमा महँगो शुल्क तिरेर कुरा गर्नुपर्दथ्यो। त्यसमा पनि लाइन बस्नुपर्ने झन्झट अलग्गै थियो। फोनको अलावा पत्राचारमार्फत् हुने खबरको आदानप्रदान महिनौं बितेपश्चात् प्राप्त भए पनि ताजै अनुभव गर्नुपर्ने अवस्था थियो। अझ फोन नै आउनुभन्दा पूर्वका वर्षहरू सम्झियौं भने त वर्तमान त एकादेशको कथा सुनेजस्तै अकल्पनीय लाग्छ। त्यो समय आकाशवाणी (छोटकरीमा आवा) को पनि दिन थियो। आवाभन्दा पहिलेको समयको मलाई अनुभव छैन। यति बेला मोबाइल फोन (अब छोटकरीमा ‘मोबाइल’) को प्रभाव त हामी सबैले अनुभव गरिरहेका छौं। अब आएर विश्वमा स्मार्टफोनले आफ्नो प्रभुत्व जमाइरहेको छ। मोबाइलबाट फोनको सुविधा प्राप्त गर्नुबाहेक अडियो गीत सुन्नु, भिडियो हेर्नु, एफएम रेडियो सुन्नु, च्याट गर्नु, फेसबूक चलाउनु, स्काइपमा साथी/आफन्तसँग प्रत्यक्ष भेटघाट तथा कुरा गर्नु, इमेल गर्नु, इन्टरनेट चलाउनु ... आदि काम स