Posts

Showing posts with the label भाषा

नेपाली व्याकरणमा देखिएका समस्या

Image
कविराज सुवेदी     नेपाली भाषा हिजो खास वर्ग र समुदायको भाषा थियो। आज कुनै खास जाति र वर्गको भाषा रहन गएन। यो भाषा सरकारी कामकाजको भाषा हो। माध्यम भाषा हो। बहुसङ्ख्यक नेपालीहरूको मातृभाषा हो। विभिन्न विषय अध्ययन गर्नेहरूको अभिव्यक्तिको माध्यम हो। व्यापार, व्यवसाय र सञ्चारमा लाग्नेहरूको रोजीरोटीको भाषा हो। त्यसैले नेपाली भाषा अब कुनै खास वर्गसँग मात्र सरोकार राख्ने भाषा रहेन। नेपाली भाषामा आएका परिवर्तनलाई आम नेपालीले वा सरोकारवालाले स्वीकारेको खण्डमा मात्र वास्तविकरूपमा परिवर्तन आएको मानिनेछ। अहिले नेपाली भाषामा वर्ण विन्यासगत परिवर्तन आएका छनस जुन परिवर्तन खास व्यक्तिबाहेक अन्य सरोकारवालालाई पनि थाहा हुन सकेको छैन। यही समस्यालाई यथासम्भव प्रस्तुत गर्ने प्रयास गरेको छु। पृष्ठभूमि     नेपाली भाषाको उत्पत्ति संस्कृत भाषाबाट प्राकृत र अपभ्रंश हुँदै भएको हो। नेपाली भाषाको पहिलो प्रयोग वि.सं. १०३८ मा दुल्लुको अभिलेखमा पाइन्छ। त्यसपछि सोर्‍हौं शताब्दीसम्म यो भाषाको प्रयोग ताम्रपत्र, कनकपत्र, शिलालेख आदिमा पाइन्छ। अठारौं शताब्दीसम्ममा भास्वती, खण्डखाद्य, जातक पद्धति, गगनिराजको यात्रा जस्ता