Posts

Showing posts with the label रोचक

यहाँ सबैले एकै किसिमका कपडा लगाउँछन्

Image
    हिन्द महासागरमा अफ्रिकाको पूर्वी तटस्थित एउटा द्वीपीय देश छ। मुख्य द्वीप, जसलाई मेडागास्कर भनिन्छ, यो संसारको चौथो सबैभन्दा ठूलो द्वीप हो। यो यस्तो देश हो, जहाँ विशेष अवसरमा पुरुष, महिला, बच्चा, वृद्धवृद्धा सबैले एकै किसिमका कपडा लगाउँछन्, जसलाई स्थानीय भाषामा लाम्बा भनिन्छ। यहाँ वैवाहिक कार्यक्रममा पनि लाम्बा पोशाक लगाइन्छ, साथसाथै मृतकको कात्रोको रूपमा पनि लाम्बाको नै प्रयोग गरिन्छ ।     मेडागास्कर सय वर्ष पहिले अफ्रिकाबाट अलग भएको थियो। यसैले यस द्वीपमा पाइने अधिकांश बिरुवा र जीवजन्तु पृथ्वीका अन्य ठाउँमा पाइँदैन। मेगाडास्करको पुराना नाम मालागासी हो। मेडागास्करको लगभग ७५ प्रतिशत जाति स्थानीय हो, अर्थात् उनीहरू यहाँबाहेक अन्य कुनै देशमा छैनन्। यस द्वीपमा अनौठो जन्तु पाइन्छ, जसमा टेनरेक्स (काँडा भएको मुसा), चम्किलो रङ्गको छेपारो आदि छन्। यहाँ कैयौं जीवजन्तु विलुप्त हुँदैछन् ।     मेडागास्करलाई प्रायः ग्रेट रेड द्वीप भनिन्छ, किनभने यहाँको माटो रातो छ । यहाँको माटो साधारणतया कृषिको लागि उपयुक्त हुँदैन। द्वीपको पश्चिम र उत्तरमा केही लाइमस्टोन (चुना पत्थर)को पनि निर्माण हुन्छ, ज

सुनले ढाकिएको मन्दिरमा ५ हजार हीरा

Image
   म्यान्माको पुरानो नाम बर्मा हो। यो नाम यहाँको बर्मा जातिको नाममा राखिएको थियो। असलमा यसको नाम मयन्मा हो, बर्मी भाषामा ‘र’को उच्चारण ‘य’ हुन्छ। यसको राजधानीको नाममा पनि बदलिएर रङ्गुनबाट यांगून राखिएको छ। म्यान्मा एउटा बौद्ध देश हो। यहाँको करीब ९० प्रतिशत आबादी बौद्ध धर्म मान्छन्। यसैले यहाँ बौद्ध मन्दिर थुप्रै छन्।     यहाँको एउटा प्राचीन शहर बैगान ९औंदेखि १३औं शताब्दीसम्म पगोन साम्राज्यको राजधानी थियो। यसक्रममा यहाँ चार हजारभन्दा बढी बौद्ध मन्दिर, पगोडा र मठ बनाइएको थियो, जसमध्ये ३८२२ मन्दिर र पगोडाको अवशेष आज पनि छ। यस स्थानलाई युनेस्कोले विश्व धरोहर स्थलमा सामेल गरेको छ।     म्यान्माको श्वेडागान पगोडा यहाँको सबैभन्दा महŒवपूर्ण र शुभ पगोडा मानिन्छ। ११२ मिटर अग्लो यो पगोडा पूर्णरूपले सुनले ढाकिएको छ। यसमाथि बनेको मुकुटमा ५ हजारभन्दा बढी हीरा र दुई हजारभन्दा बढी रूबी रत्न जडित छ। संसारको सबैभन्दा पुरानो बौद्ध स्तुपमध्ये एक श्वेडागोन पगोडाको विशेषता भनेको यहाँ भगवान् बुद्धको कपालको आठवटा रौं राखिएको छ। यस मन्दिरलाई २६ सय वर्ष पुरानो बताइन्छ, तर असलमा यो कहिले बन्यो, त्यसको कुनै प

लकडाउनमा अनलाइन विवाह

Image
        कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्न भारतमा लकडाउन लागू गरिएको छ। लकडाउनको कारण सबैजना घरमा बन्द छन्। जरुरी कामबाहेक कसैलाई पनि घरबाहिर निस्किन दिइएको छैन। यस्तो अवस्थामा यहाँ थुप्रै वैवाहिक कार्यक्रम रद्द भएका छन्। तर उत्तर प्रदेशको बरेलीमा लकडाउनको नियम पालना गर्दै अनलाइन विवाह भएको छ। शादी फ्रम होम अनुसार पाहुना पनि अनलाइन सामेल भएका थिए र अनलाइनबाट विवाह गरिएको थियो। यतिमात्र होइन, यस विवाहमा बाजाको पनि अनलाइन व्यवस्था गरिएको थियो। यस विवाहमा सामाजिक दूरी पालना गरिएको थियो। वैवाहिक कार्यक्रममा बेहुली बरेलीमा र बेहुला मुम्बईमा थिए। बरेलीकी कीर्ति नारङ्ग मेकअप आर्टिस्ट हुन्, उनको विवाह जयपुरमा बस्ने सुषेनसँग तय गरिएको थियो। कीर्ति र सुषेनको कोर्ट मैरिज २१ फेब्रुअरी २०२० मा भइसकेको थियो र त्यसपछि सामाजिक रूप दिन उनीहरूले १९ अप्रिलमा विवाहको तारिख तय गरेका थिए। तर विवाह हुनुभन्दा पहिले कोरोना भाइरसको कारण लकडाउन लागू भयो। त्यसपछि विवाहको मिति नजिकिंदै गर्दा कीर्ति र सुषेनले एक मैट्रिमोनियल वेबसाइटसँग सम्पर्क गरेर अनौठो विवाह गर्ने माग राखे। यस वेबसाइटले घरमा बसेर तय तारि

प्लास्टिकले धेरैको ज्यान जोगायो

Image
यदि हामीसँग प्लास्टिकबाट बनेको वस्तु नभएको भए कोभिड–१९ को घातक हमलाबाट हामी जोगिन सक्थ्यौ ? हालसम्म कोरोना भाइरसबाट जिन्दगी बचाउने कुनै औषधि उपलब्ध छैन। एकपटक प्रयोग गरिने डिस्पोजल मास्क, पञ्जा, चश्मा, पूरै शरीर ढाक्ने सुट र गाउन अहिले मनुष्यको जीवन बचाउने रक्षक साबित भइरहेको छ। यी सम्पूर्ण वस्तु प्लास्टिकबाट बनेको हुन्छ। प्लास्टिकलाई पर्यावरणको लागि खतरा बताइएको छ तर यही वस्तुले अहिलेको समयमा करोडौं व्यक्तिको जीवनरक्षा गर्दैछ।     चीनबाट पैmलिएको कोरोना भाइरसले महामारीको रूप लिएको छ। सार्वजनिक स्वास्थ्यको साथसाथै पूरै दुनियाँको अर्थव्यवस्थाको लागि एउटा ठूलो खतरा बनेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार एक्लो कोरोना भाइरसले फेब्रुअरीमा वैश्विक निर्यातमा ५० अर्ब डलरको नोक्सान गराएको छ।     हाल कोभिड–१९ को उपचार एवं रोकथामको लागि प्रयोग गरिने एसयुपी गियर्स (पिपिई)को माग निकै बढेको छ। कोभिड–१९ सँग लड्न शारीरिक सुरक्ष्Fाको लागि यी गियर्सको महŒव बढी हुन्छ। गियर्समा डिस्पोजेबल मास्क, पञ्जा, गाउन, चश्मा आदि सामेल छन् । विश्व स्वास्थ्य सङ्गठनको आकलन अनुसार यस महामारीबाट पूर्णरूपमा काबू

लकडाउनमा व्यापार

Image
    लकडाउनका कारण विश्व नै ठप्प भएको छ तर केही ठूला टेक कम्पनी र स्टार्ट–अपले कोरोनाविरुद्धको लडाइँमा योगदान पु¥याउने कोशिश गर्दैछन्। त्यसमध्ये केही माग लकडाउनको समयमा रहन्छ भने केही लकडाउनपछि पनि हुनेछ। प्रस्तुत छ केही कम्पनीहरूः     १) कोरोना ओभनः भारत, बेङ्गलुरूको लग ९ मेटेरियल्स स्टार्ट–अपले कोरोना ओभन नामक एउटा उत्पादन बनाएको छ, जुन विभिन्न सतहमा रहेका ब्याक्टेरिया र भाइरसलाई मार्न सक्छ। यसले अल्ट्राभाइलेट सी–लाइटको प्रयोग गर्छ। यसको डिजाइन एउटा च्याम्बरजस्तो छ, जसमा सामान राखेर विसङ्क्रमित गर्न सकिन्छ। कम्पनीको दाबी छ कि यसमा भाइरस १० मिनेटमैं समाप्त हुन्छ ।     २) हाइजिन हुकः  लन्डनको डिडिबी कम्पनीले हातले नछोइकन ढोका खोल्ने यन्त्र बनाएको छ। यसलाई गोजीमा राख्न सकिन्छ। यस्तै एउटा हुक स्टैनफोर्ड युनिभर्सिटीका विशेषज्ञले पनि बनाएका छन्। यी सबै यस्तो पदार्थबाट बनाइएको छ, जसलाई सफा गर्न सजिलो छ र भाइरस पनि बढी बेरसम्म रहँदैन।     ३) भाइरस मार्ने मास्कः साधारणतया मास्कले भाइरसलाई मुख र नाकभित्र जानबाट रोक्छ। तर मास्कको बाहिरी सतहमा भाइरस रहन्छ। लन्डनको कम्पनी भायरस्टैटिकले यस्त

विसङ्क्रमितको नाममा हानिकारक पदार्थ छर्किदै

Image
    भारत, उत्तरप्रदेशको बरेलीमा लकडाउनका कारण पलायन भएका मजदूरलाई डिसइन्फेक्शन गर्न वारुणयन्त्रका कर्मचारीले गलत रसायन छर्केका छन्। विसङ्क्रमित (डिसइन्फेक्शन) गर्ने उद्देश्यले वारुणयन्त्रका कर्मचारीहरूले जुन रसायन छर्केका थिए, त्यो सोडियम हाइपोक्लोराइट थियो, जसले मानवशरीरलाई नोक्सान पु¥याउँछ।     विसङ्क्रमितको नाममा नगर निगम र अन्य संस्थाद्वारा विश्व स्वास्थ्य सङ्गठनको गाइडलाइनअनुरूप रसायनको प्रयोग नगरेको गुनासो उठ्दैछ। यहाँसम्म कि क्लोरिन, अल्कोहल, फ्लोर क्लिनर जस्ता हानिकारक पदार्थबाट सेनिटाइजेशन भइरहेको गुनासो पनि उठ्दैछ, जुन विश्व स्वास्थ्य सङ्गठनको गाइडलाइनअनुरूप होइन।     सबै देश अन्धाधुन्ध अवैज्ञानिक तरीकाबाट सेनिटाइजरको प्रयोगमा लागेका छन् र उनीहरूले विश्व स्वास्थ्य सङ्गठनको गाइडलाइन पालन गरिरहेको दाबी गर्छन्, जबकि विश्व स्वास्थ्य सङ्गठन र अमेरिकन सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन (सिडिसी)को गाइडलाइनले भन्छ–     १) हाइपोक्लोराइटको प्रयोग कमसेकम हुनुपर्छ वा ०.५ प्रतिशत पिपिएमसम्म हुनुपर्छ।     २) हाइपोक्लोराइट सोल्युशनको प्रयोग अस्पतालको भुइँ, फर्निचर वा अन्य सार्वजनिक

मुस्लिम समाजमा तब्लीगी जमात के हो ?

Image
    तब्लीग अरबी मूलको एउटा शब्द हो, जसको शाब्दिक अर्थ हुन्छ– ‘बाहिरसम्म पुग्नको लागि’ ।     तब्लीगी जमात एउटा यस्तो सङ्गठन हो, जुन दुनियाँभरका मुसलमानसम्म पुग्छन् र उनीहरूलाई इस्लामको पैगम्बरको जीवनकालको दौरान, इस्लामलाई मूलरूपमा फर्काउन प्रेरित गर्छन् जस्तैः कि अभ्यास गरिन्छ ।     भारत स्वतन्त्रताको लगभग २० वर्षपहिलेदेखि आधुनिक दिल्ली, उत्तरप्रदेश, हरियाणामा तब्लीगी जमातको एउटा परिवार छ, जुन सुन्नी इस्लामिक पन्थ हो, जुन कि भारत, इन्डोनेसिया, मलेसिया, सिङ्गापुर, बङ्गलादेश र पाकिस्तानमा मूलरूपले इस्लामी अभियोजन गतिविधिको आयोजन गर्छ। संसारभरि यसको सय मिलियन अनुयायी छन्। तब्लीगीहरू राजनीति, हिंसा र इस्लामी न्यायशास्त्रदेखि टाढा रहने दावा गर्छन्। साउदी अरबका धार्मिक नेताले, साउदी अरबभित्र प्रचार गर्नबाट तब्लीगीलाई प्रतिबन्ध गर्ने फतवा जारी गरेको छ र साउदी अरबले देशभित्र तब्लीगी साहित्यको आयातमाथि पनि प्रतिबन्ध लगाएको छ। – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

महामारीले कसरी इतिहास बदल्यो ?

Image
गताङ्कको बाँकी...     येलो फिवर र फ्रान्सविरुद्ध हाइटीको विद्रोहः क्यारेबियाली देश हाइटीमा एउटा महामारीको प्रकोपले त्यस समयको ठूलो साम्राज्यवादी शक्ति फ्रान्सलाई उत्तरी अमेरिकाबाट बाहिर गर्नमा ठूलो भूमिका निर्वाह गरेको थियो। त्यसपछि अमेरिका एउटा शक्तिशाली देशको रूपमा विकास भयोे र महाशक्ति बन्ने दिशामा अगाडि बढ्दै गयो।     सन् १८०१ मा क्यारेबियाली देश हाइटीमा युरोपको औपनिवेशिक शक्तिविरुद्ध यहाँका धेरैजसो दासले विद्रोह गरे। एकपछि अर्को कैयौं विद्रोहपछि अन्ततः तुसैन्त लोवरतूरले फ्रान्ससँग सम्झौता गरे र उनी हाइटीका शासक बने। उता, फ्रान्समा नेपोलियन बोनापार्टले आप्ूmलाई आजीवन देशको शासक घोषित गरेका थिए। नेपोलियनले पूरै हाइटी द्वीपमा कब्जा जमाउने सोचे र हजारौं सैनिकलाई त्यहाँ लड्न पठाए। फ्रान्सबाट आएका यी लडाकू युद्धको मैदानमा निकै बहादुर साबित भए। तर पीत ज्वरो (येलो फिवर)को प्रकोपबाट आपूmलाई बचाउन सकेनन्।     एक अनुमान अनुसार फ्रान्सका करीब पचास हजार सैनिक, अधिकारी, चिकित्सक यस ज्वरोको चपेटमा परेर मृत्यु भएका थिए। हाइटीमा कब्जाको लागि गएका फ्रान्सेली सैनिकमध्ये केवल तीन हजार मात्र फ्रान्

महामारीले कसरी इतिहास बदल्यो ?

Image
    ब्लैक डेथ र पश्चिम युरोपको शक्तिशाली उदयः चौधौं सदीको पाँचौं र छैटौं दशकमा प्लेगको महामारीले युरोपमा मृत्युले ताण्डव मचाइरहेको थियो । यस महामारीको कहरबाट युरोपको एक तिहाइ आबादी कालको गालमा पुगेको थियो तर दशौं लाखको ज्यान लिने यो महामारी, कैयौं युरोपेली देशहरूको लागि वरदान साबित भयो ।     आप्mनो नागरिकको ठूलो सङ्ख्यामा मृत्युपछि धेरैजसो देशले आपूmलाई सावधानीपूर्वक अगाडि बढायो र आज दुनियाँका धनी देशमा पर्छन् । ब्लैक डेथ यानी ब्युबोनिक प्लेगबाट धेरैजनाको मृत्यु भएपछि खेतमा काम गर्नेहरूको सङ्ख्या निकै कम भयो । यसबाट जमीनदारलाई समस्या हुन थाल्यो, जो किसान बाँचेका थिए, उनीहरूमा जमीनदारसँग सौदाबाजी गर्ने क्षमता बढ्यो । नतीजा यो भयो कि पश्चिमी युरोपका देशहरूमा सामन्तवादी व्यवस्था चर्किन थाल्यो । जो किसान, आप्mनो राजस्व भर्नको लागि जमीनदारको खेतमा काम गर्न बाध्य थिए, उनीहरू जमीनदारको बन्धनबाट मुक्त हुन थाले । यस बदलावले मजदूरीमा काम गर्ने प्रथालाई जन्मायो । जसको कारण पश्चिमी युरोप बढी आधुनिक, व्यापारिक र नगदमा आधारित अर्थव्यवस्थातर्पm उन्मुख हुन थाल्यो । तर पछि जमीनदारको लागि मजदूरलाई

कोरोना सङ्क्रमण नभेटिएका केही देश

Image
      उत्तर कोरियाको आप्mनो देशमा कोरोना सङ्क्रमण नरहेको आधिकारिक बयानमाथि शङ्का उत्पन्न गर्छ किनभने उत्तर कोरिया त्यस स्थानमा पर्छ, त्यसको वरिपरिका देशहरू सबैभन्दा बढी भाइरस सङ्कटसँग लडिरहेका छन्। प्योङयाङले पनि अहिलेसम्म कोभिड–१९ को एक पनि मामिला घोषणा गरेको छैन।     यमनमा अहिले पनि युद्ध जारी छ, जसले गर्दा यहाँ कोरोनाको परीक्षण गर्ने र केस रजिस्टर गर्नु अहिले पनि चुनौतीको विषय बनेको छ। केही अफ्रिकी देशमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणको कुनै मामिला आएको छैन। तर यसलाई टेस्टिङ किट्सको कमीलाई जोडेर हेरिंदैछ।     अन्टार्कटिका एकमात्र यस्तो महाद्वीप हो, जहाँ कोरोना भाइरसको एक पनि मामिला पाइएको छैन। नक्शालाई हेर्दा यो दुनियासँग थोरै छुटिएको छ र अलग रहेको छ। अन्टार्कटिकामा निकै कम आबादी छ, जहाँ मनुष्यको उपस्थिति अन्तर्राष्ट्रिय अनुसन्धान सेन्टरसम्म मात्र सीमित छ। – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)   कोरोनाको चपेटमा संसारका बढीजसो देश परिसकेका छन्। विश्व स्वास्थ्य सङ्गठनका प्रमुख अनुसार द्वितीय विश्वयुद्धपछि यो सबैभन्दा ठूलो चुनौती हो, जसबाट पूरै संसार प्रभावित भएको छ । तर केही देश र क

कोरोना भाइरसको महामारीपछि केही सकारात्मक परिवर्तन

Image
         क्यालिफोर्नियास्थित स्टैनफोर्ड युनिभर्सिटीका प्रा रोब जैक्सनको भनाइ छ कि दोस्रो विश्वयुद्धको समय कैयौं देश बन्द थिए। गाडीको परिचालन, उद्योग, बजार बन्द थिए। जसले गर्दा प्रदूषणको स्तर निकै कम भयो। त्यसपछि सन् २०२० मा यस्तो दृश्य हेर्न पाइएको छ।     पूर्वी इङ्गल्यान्डको युनिभर्सिटी अफ इस्ट एंग्लियाका पर्यावरण विज्ञानी कोरिन ले क्वेरेले भनेका छन्, धर्तीमा राम्रFे बदलाव देखिंदैछ। तर जब लकडाउन समाप्त हुन्छ, स्थिति पहिलेजस्तै हुनेछ। सन् २००८ को आर्थिक मन्दीपछि धर्तीमा ग्रीन ग्यासको उत्सर्जनमा अद्भुत गिरावट आएको थियो। तर त्यसपछि त्यो पुनः ५.१ प्रतिशत बढेको थियो।     संयुक्त राष्ट्रसङ्घले नोभेम्बर २०१९ मा एउटा रिपोर्ट प्रकाशित गरेको थियो । यस रिपोर्टमा भनिएको छ, यदि हरेक वर्ष कार्बन उत्र्सजनमा ७.६ प्रतिशत गिरावट आउँछ भने ग्लोबल वार्मिङमा १.५ डिग्री सेल्सियसले कमी आउनेछ। चीनमा लकडाउनको कारण प्रदूषणको स्तर, कार्बन उत्सर्जन ३० प्रतिशतभन्दा बढी खस्किएको छ।     यो महामारीले हाम्रFे ग्रहमा धेरै कुरा बदलिदिएको छ। जसले गर्दा हाम्रो व्यक्तिगत जीवनमाथि निकै प्रभाव परेको छ। सबैले स्वास्थ्य

पानीजहाजलाई बनाइयो अस्पताल

Image
       न्यूयोर्कका नगरप्रमुखले भने– “चाँडै मदत आउँदै छ, त्यसपछि हामी व्यक्तिको जिन्दगी बचाउने काम गर्न सक्छौं ।” सिएनएनको खबर अनुसार यो शिपमा कोरोना भाइरस सङ्क्रमित रोगीको उपचार गरिंदैन, बरु यसको उपयोग अन्य रोगबाट लडिरहेका बिरामीहरूको लागि गरिनेछ ।     न्यूयोर्क सिटी अमेरिकामा सबैभन्दा बढी प्रभावित इलाकामध्ये एक हो । यस्तो आशङ्का छ कि यदि कोरोना भाइरस सङ्क्रमण यसरी नै कायम रह्यो भने न्यूयोर्कलाई मेसम्म आप्mनो मौजुद क्षमताभन्दा तीन गुणा बढी अस्पताल शैøयाको आवश्यकता पर्नेछ ।     यस पानीजहाजमा एक हजारभन्दा बढी अस्पताल शैøयाको व्यवस्था गरिएको छ भने १२ वटा अपरेटिङ रूम छन् । ८० वटा इन्टेसिभ केयर युनिट छन् भने एउटा फार्मेसीको व्यवस्था छ, एउटा मेडिकल लेबोरेटरी छ भने ११ सय मेडिकल स्टाफ छन् । यहाँ चौबीसैं घण्टा स्वास्थ्य सुविधा पाइनेछ । अमेरिकाको न्यूयोर्कमा कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै अमेरिकी नौसेनाको एउटा हस्पिटल शिप ‘द कम्फर्ट’ न्यूयोर्क पठाइएको छ । यो शिप भर्जिनियाको नोरफल्क नेवी बेसबाट न्यूयोर्कको लागि हिंडेको हो । यस पानीजहाजलाई न्यूयोर्कसम्म पुग्न आठ दिन लाग्छ । यस जहाजमा १२

के मनुष्यको मलबाट कोरोना फैलिन्छ ?

Image
       रूमेटोलाजिस्ट र क्लिनिकल इम्युनोलाजिस्ट डा स्कन्द शुक्लका अनुसार सार्स–सिओबी–२ को नामबाट नै रेस्पिरेटरी विशेषण लागेको हो । यो विषाणु हावामा रहेको ड्रपलेट (सूक्ष्म थोपा) र यी ड्रपलेट्स वस्तुमा बसेपछि त्यसलाई छुँदा पैmलिन सक्छ । कोभिड–१९ को लक्षण पनि मुख्यरूपले श्वसनतन्त्रसँग जोडिएको हुन्छ तर पछिल्लो केही समयमा गरिएको अनेक अध्ययनमा पेटसम्बन्धी लक्षण पनि पाइएको छ र मलको नमूनामा पनि विषाणुको आरएनए र पूरै विषाणु रहेको पुष्टि भएको छ । सार्स सिओबी–२ मनुष्यको पाचनतन्त्रसँग कस्तो र के सम्बन्ध बनाइरहेको छ, यो थाहा पाउन समय लाग्नेछ । आशङ्का छ कि सार्स–सिओबी २ बाट सङ्क्रमित लक्षणहीन व्यक्ति (बच्चा र वयस्क)ले मलमा विषाणु छाडिरहेका छन् । यसमध्ये अनेक यस्ता छन्, जसको नाक र घाँटीबाट लिइएको आरटिपिसिआर जाँच नमूना विषाणुको लागि नेगेटिभ पाइएको छ । यानी नाक र घाँटीमा विषाणु भेटिएन तर मलमा यी विषाणु पाइन्छन् । जबसम्म पूर्णरूपले केही स्पष्ट हुँदैन, स्वच्छता हरेक आयामले निकै जरुरी छ । केही दिन पहिले भारतीय कलाकार अमिताभ बच्चनले लैसेन्ट पत्रिकामा प्रकाशित अध्ययनलाई हवाला दिंदै भिडियो जारी गरेका थि

मनुष्य, जनावर सबै ढुङ्गाको बन्यो

Image
      यस स्थानबाट वैज्ञानिकले धेरै प्रमाण भेटाएका छन्, जसको आधारमा उनीहरू भन्छन्, शायद त्यस समय यहाँ कोही पनि बाँचेनन् । पोम्पई करीब ४२५ बिघामा पैmलिएको छ । यहाँ रहेका खण्डहरको आधारमा यो मानिन्छ कि यस शहरमा करीब ११ देखि १५ हजार मानिस बस्दथे । केही वर्ष पहिले उत्खननमा पुरातŒव विभागले एउटा घोडाको शरीर र त्यसको कवच भेटाएको थियो, जुन ढुङ्गाको भएको थियो । यसको अलावा यहाँबाट एउटा मनुष्यको मस्तिष्क पनि भेटिएको थियो, जुन सीसाको बनेको थियो ।     पोम्पईको नजीक नैपल्सको खाडीमा एउटा ज्वालामुखी छ, जसको नाम माउन्ट वसुबियस हो । ७९ ईस्वीमा यहाँ ज्वालामुखी फुटेको थियो, जसले गर्दा ठूलो मात्रामा लाभा, खरानी र ग्यास निस्कियो र निकै तबाही मचायो । पोम्पईमा बस्ने व्यक्तिहरू शहर छाडेर भाग्नुभन्दा पहिले ज्वालमुखीको लाभा त्यहाँ पुग्यो । यसले गर्दा यो क्ष्Fेत्र यति तातो भयो कि मानिसको रगत उम्लिन थाल्यो र धेरैको खप्पर फुट्यो । साथै लाभाको चपेटमा आएपछि उनीहरूको दर्दनाक मृत्यु भयो । पछि तापमान ओरालो लागेपछि लाभा ठोस रूपमा आयो र मनुष्यको शरीर पनि ढुङ्गाको बन्न पुग्यो । पोम्पईको अलावा ज्वालामुखीले एउटा सानो शहर पनि न

८ सय वर्ष पुरानो रहस्यमय चर्च

Image
      यो चर्चलाई लालिबेला चर्च भनिन्छ, जुन इथियोपियाको लालिबेला शहरमा छ । यहाँ कुल ११ यस्ता चर्च छन्, जुन चट्टानलाई काटेर निकै सुन्दरतापूर्वक बनाइएको छ । भनिन्छ, रातो र सुन्तला रङ्गको यो चट्टान ज्वालामुखी फुटेपछि त्यसको लाभाबाट बनाइएको हो । यो चर्चको निर्माण १२औं र १३औं सदीको बीचमा गरिएको थियो, यसलाई लालिबेला नामक राजाले बनाएका हुन्, जुन जाग्वे राजवंशका थिए । उनकै नामबाट शहरको नाम पनि लालिबेला भयो र चर्चलाई लालिबेला चर्च भनिन्छ ।     भनिन्छ, राजा लालिबेला चर्र्च बनाएर यस स्थानलाई अफ्रिकाको यरुशेलम बनाउन चाहन्थे । यरुशेलम इसाई धर्मको पवित्र तीर्थस्थल हो । यस शहरलाई इसा मसिहको कर्मभूमि मानिन्छ । यहाँ १५० भन्दा बढी चर्च छन् ।     एक अनुमान अनुसार चट्टानलाई काटेर चर्च बनाउन करीब २० वर्ष लागेको थियो । हतौडा र छेनीबाट चर्च बनाइएको थियो । यहाँको सबैभन्दा विशेष कुरा एउटा चर्चलाई अर्को चर्चसँग जोड्न चट्टानलाई काटेर सुरुङ पनि बनाइएको छ । यहाँ ११ वटा चर्चमध्ये ‘बेत अबा लिबानोस’ आप्mनो वास्तकुलाको लागि निकै चर्चित छ । यसलाई एउटा विशाल चट्टानको किनाराबाट काटेर बनाइएको हो । यस चर्चको सबैभन्दा ठ

कोरोना भाइरसले संसारलाई स्वच्छता सिकाउँदैछ

Image
       नियमितरूपमा हात धुनु कीटाणु र सङ्क्रमण पैmलिनबाट रोक्ने सबैभन्दा राम्रो माध्यम हो, किनभने खानाबाट पैmलिने बिमारीमध्ये पचास प्रतिशत योगदान फोहर हातको हुन्छ । हाम्रो हातबाट नै फोहर, भोजनको माध्यमबाट शरीरभित्र पस्छ र रोग लाग्न थाल्छ । युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शनले सल्लाह दिएको छ कि हातलाई साबुनपानीले १५ देखि २० सेकेन्डसम्म धुनुपर्छ, तर बढीजसो व्यक्ति बाथरूम गएपछि हातलाई करीब ६ सेकेन्डसम्म धुन्छन्, जबकि केवल पाँच प्रतिशत व्यक्तिले मात्र हात धुन १५ सेकेन्ड वा सोभन्दा बढी समय लगाउँछन् । यस जानकारीलाई वाटर डट ओआरजीमा पनि प्रकाशित गरिएको  छ र यो शोध जर्नल अफ एन्भायरमेन्ट हेल्थमा पनि प्रकाशित भएको छ ।     एउटा शोधमा दुनियाँभरका १९ प्रतिशत व्यक्ति अर्थात् हरेक पाँचमध्ये एकजना व्यक्ति शौच गरेपछि हात धुन साबुन उपयोग गर्छन्, जबकि दशजना व्यक्तिमध्ये एकजना व्यक्ति शौचपछि हात पनि धुँदैनन् । यसमा पुरुष महिलाभन्दा निकै अगाडि छ र अपेक्षाकृत सरसफाइ कम गर्छन् । शोध अनुसार पुरुषको आधा जनसङ्ख्या हात धुन साबुनको प्रयोग गर्छ जबकि १५ प्रतिशत पुरुषले हात पनि धुँदैनन् । त्यस्तै ७८ प्रतिश

हाछ्यूँ गरेपछि लाखौंको सामान बाहिर फ्याँकियो

Image
    सुपरमार्केटमा काम गर्ने एक कर्मचारीले भने– महिला जसरी सुपरमार्केटभित्र छिरिन्, बेकरी उत्पादननजीक पुगेपछि उनले हाछ्यूँ गर्न थालिन्। त्यहाँ मासु र किरानाका सामान पनि थियो। कोरोना भाइरसको खतरालाई हेरेर तुरुन्तै पूरै सामान सुपरमार्केटबाट बाहिर फाल्यौं। सुपरमार्केटका कर्मचारीका अनुसार यदि ती महिला कोरोना पोजिटिभ भइन् भने त्यस वस्तुबाट अन्यलाई पनि कोरोना सर्न सक्छ। सुपरमार्केटका मालिकले तुरुन्तै प्रहरीलाई फोन गरे। त्यसपछि प्रहरीले महिलालाई हिरासतमा लियो। घटनापछि सुपरमार्केटको राम्ररी सफाइ गराइयो।     भनिन्छ, ती महिलाले यस्तो कार्य जानीबुझीकन गरेकी हुन्। उनी कोरोना पोजिटिभ थिइनन्। प्रहरीले महिलामाथि कारबाई प्रक्रिया अगाडि बढाएको छ। –प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)    कोरोनाको त्रास यतिसम्म फैलिएको छ कि यदि कसैले हाछ्यूँ वा खोक्यो भने पनि सबैको मनमा डर उत्पन्न गरिदिन्छ। यस्तै मामिला अमेरिकाको पेन्सिल्भेनियामा भएको छ, जहाँ एक महिलाले सुपरमार्केटभित्र हाछ्यूँ गरिन् । त्यसपछि सुपरमार्केटमा रहेका सम्पूर्ण सामान बाहिर फालियो । ती सामानको मूल्य ३५ हजार डलर परेको बताइँदै छ।

कोरोनाको डर छैन बेलारूसलाई

Image
    युरोप कोरोना भाइरस महामारीको केन्द्र बनेको छ। धेरैजसो देशमा सरकारले मानिसलाई घरमैं बस्न र भाइरस रोकथामको लागि हिंड्डुलमा प्रतिबन्ध लगाएको छ। तर युरोपको एउटा देश छ, जहाँको सरकारले यस भाइरसको बढ्दो सङ्क्रमणलाई रोक्न आम जनजीवनमाथि बन्देज लगाएको छैन ।     कोरोना महामारीसँग लड्न  बेलारूसले छिमेकी युरोपेली देश युक्रेन र रूससरह ठूलो कदम उठाएको छैन । युक्रेनले चाँडै कोरोनालाई रोक्न आपत्कालको घोषणा गर्न सक्छ। रूसले सबै विद्यालय बन्द गरेको छ, सार्वजनिक कार्यक्रममाथि प्रतिबन्ध लगाएको छ र सबै उडान रद्द गरेको छ। तर बेलारूसको कामकाज अन्य दिनसरह चलिरहेको छ। देशको सीमा पहिलेसरह खुला छ, मानिस काममा गइरहेका छन् र आवश्यक सामान किन्न पसलतर्पm दौडिरहेका छैनन्।     बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले भनेका छन्, हाल देशमा कोरोनालाई फैलिनबाट रोक्न महŒवपूर्ण कदम उठाउन आवश्यक छैन। घटना भइरहन्छ तर त्रास फैलाउनुहुँदैन। बेलारूसमा सिनेमाघर र थिएटर बन्द गरिएका छैनन्, यहाँ सार्वजनिक कार्यक्रमाथि पनि कुनै प्रतिबन्ध लगाइएको छ। बेलारूस संसारका ती देशमध्ये एक हो, जसले यहाँ हुने फूटबल प्रतियोगिता पनि रद्द