Posts

Showing posts with the label सन्दर्भ : रमजान

मुस्लिमको पवित्र रमजान महिना

Image
- साबिर अन्सारी   रमजान इस्लामी क्यालेन्डरको नवौं महिनाको नाम हो । इस्लाम धर्मको प्रमुख आधारमध्ये तेस्रो अनिवार्य–उपासना (रोजा) अर्थात् उपवास हो । रोजा के हो ?     जुन पाठलाई नमाजले प्रतिदिन पाँचपल्ट सम्झना दिलाउँछ त्यसलाई रोजाले वर्षमा एकपल्ट पूरा एक महिनासम्म हर समय याद दिलाइरहन्छ । रमजान महिना लागेपछि बिहान सूर्योदय भन्दा पहिलेदेखि बेलुकासम्म खानपिन बन्द हुन्छ । सेहरी (बिहान खाने समय) खाइरहेको बेला एक्कासि अजानको आवाज सुनिए तुरुन्त खान छोड्नुपर्छ । त्यसपछि जति मीठो खाना भए पनि, खाने इच्छा जतिसुकै भए पनि साँझसम्म कदापि खानुहुँदैन । मान्छेले देख्नेगरी नखाने मात्र नभई लुकेर वा कसैले नदेख्नेगरी एक थोपा पानी वा एक दाना अन्न पनि खानु हुँदैन । अनि यस्तो प्रतिबन्ध एक निश्चित समयसम्म मात्र हुन्छ । मगरिबको अजान हुनासाथ इफ्तार गर्नुपर्छ । विचार गरौं यो के गरेको हो ?     यस कामको पछाडि अल्लाहको डरको हात छ । उनी सर्वव्यापी र सर्वज्ञाता हुन् भन्ने उपवासकर्तामा पूर्ण विश्वास छ, आखिरत (प्रलय)को जीवन र अल्लाहको अदालतमा विश्वास छ, कुरआनको आदेशहरू र सन्देष्टा (पैगम्बर) को पूर्ण आज्ञापालन, कर्तव्यको