Posts

Showing posts with the label कबीरा खडा बजार

निर्वाचित प्रतिनिधिमा पहाडबारे बुझाइ

Image
चन्द्रकिशोर     स्थानीय तहको निर्वाचन प्रदेश २ मा सम्पन्न भयो । पहिलाको निर्वाचनभन्दा यसपटकको निर्वाचन शान्तरूपमा सम्पन्न भएको छ । पहिलाको निर्वाचनमा यस क्षेत्रमा डर, त्रास, उम्मेदवार रोकटोक, मतदाताभन्दा बढी मत र धाँधलीजस्ता कामहरू हुन्थे । विगतभन्दा यसपटक निर्वाचन तुलनात्मकरूपमा सहजरूपमा सम्पन्न भएको छ । यसको अर्थ निर्वाचन प्रक्रिया र आचारसंहिता पालनामा कमजोरी नदेखिएको होइन तर अहिले उठाउन खोजिएको विषय अर्को हो । त्यो के हो भने स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेपछि मधेसका निर्वाचित जनप्रतिनिधिहरूमाझ पहाडका बारेमा छलफल गराइनुपर्छ । उनीहरूलाई पहाडमा भएका असल प्रयत्नहरूका बारेमा साक्षात्कार गराइनुपर्दछ । पहाडे चरित्र बोकेको राज्यसँग लड्नु एउटा कुरा हो र लोकमतको खोजी गर्दै आप्mनै मुलुकको अन्य भूगोलमा सार्वजनिक संवाद गर्नु अर्कै कुरा हो । अन्तत्र्रिmयाले नेपालका फरकफरक भूखण्डमा बसोवास गर्ने भिन्नभिन्न समूहका प्रतिनिधिहरूबीच विकासका मौलिक अभ्यासबारे सिकाइ गराउँछ । यस्ता प्रयत्नले नेपाललाई बुभ्mन र नेपाली जनताबारे अवधारणा निर्माण गर्न सघाउँछ । तसर्थ मधेसमा पहाड पढाइनुपर्छ, पहाडमा मधेस पढाइ

स्थानीय चुनाव र मधेसको गरिबी

Image
चन्द्रकिशोर     स्थानीय निर्वाचनको दुई दिन बाँकी छ । मौन अवधि शुरू भइसक्यो । तर कहीं कतै पनि यस क्षेत्रको गरिबीबारे चर्चा भएन । विकासको हावादारी कुरा गरिए, स्मार्ट सिटी बनाउने गफ दिइयो तर यथार्थ धरातलसँग जोडिएका थोरै मात्र बहस चल्यो । मधेसमा कुन खाले गरिबी छ ? किन पछाडि प¥यो मधेस ? मधेसका राजनीतिक अभियन्ताहरूले त्यहाँको गरिबीको यथार्थ तस्वीर हेरेका छन् त ? कुनै पनि नेतालाई सोध्नुस्, तपाईंले अहिलेसम्म देखेकामध्ये चरम गरिबी भोगेको मान्छेको चित्रण गर्नुस्, उनलाई पक्कै गा¥हो होला ?     के सपनाको राजनीति गर्नेहरूले समृद्ध मधेसको सुन्दर तस्वीर पस्किन सक्छन् ? मधेसको सन्दर्भमा गरिबीलाई कुन रूपमा परिभाषित गर्ने ? यस्ता प्रश्नहरू अहिले उपेक्षा गरिए पनि लामो समयसम्म अस्वीकार गर्न सकिंदैन । नेपालको भविष्य मधेसको भविष्यसँग फुकाउन नसकिने गरी गाँसिएको छ, मधेसमा गरिबी समाप्त नभईकन नेपाल समृद्ध हुन सक्दैन । तर त्योभन्दा पहिला गरिबीमा रहेको मधेसको सामाजिक, सांस्कृतिक र राजनीतिक जटिलता बुभ्mन जरुरी छ । मधेसको द्वन्द्व निम्त्याउन सक्ने त्यहाँको सामाजिक र आर्थिक विपन्न संरचना र त्यसले खडा गरेको सामाजिक–

हुलाकी सडक र स्थानीय तहको निर्वाचन

Image
चन्द्रकिशोर     स्थानीय तहको निर्वाचन प्रदेश नं. २ मा हुन गइरहेको छ, त्यसका प्रक्रियाहरू प्रारम्भ भइसकेका छन् । यस क्ष्Fेत्रका जनता स्थानीय तहमा नयाँ जनादेश दिन आतुर देखिएका छन्, यो राम्रो पक्ष हो । एउटा जिल्लाबाट अर्को जिल्लामा जान पूर्व–पश्चिम राजमार्गको नै बढी भर पर्नुपर्ने स्थिति छ । वीरगंजदेखि कलैयासम्मको बाटो त ठीक छ तर वीरगंजबाट ठोरी जानुप¥यो भने गा¥हो । कलैयाबाट सिम्रौनगढ हुँदै गौर जानुप¥यो भने अहिले जान सकिंदैन । बाटो ठीक छैन । यसरी तराईका जिल्लाहरूलाई दक्षिणी सीमा क्षेत्रमा पूर्व–पश्चिम जोड्ने मार्गको माग र चाहना लामो समयदेखि हुँदै आएको छ । तर त्यो अहिलेसम्म हुन सकेको छैन । वीरगंजबाट गौर जानुप¥यो भने पहिला पथलैया जानुप¥यो, त्यसपछि राजमार्ग समातेर चन्द्रनिगाहपुर जानुप¥यो र त्यहाँबाट गौर जानुप¥यो । अर्थात् वीरगंजदेखि गौरसम्मको छोटो बाटो नभएर अहिले चल्तीको लामो बाटो समाउनुपरेको छ । हेर्दा यो सामान्यभैंm लाग्छ तर यसले सामाजिक र आर्थिक क्षेत्रमा ठूलो असर पु¥याइरहेको हुन्छ ।     हुलाकी सडक भएपछि तराई भूगोलमा उत्तरी क्ष्Fेत्रको सम्पन्नता र दक्षिणको विपन्नताबीच सन्तुलन र समन्वय ल्य

मोहन मैनालीको पुस्तक र समय चेत

Image
चन्द्रकिशोर     पत्रकार मोहन मैनालीद्वारा प्रकाशित ‘उपल्लो थलो’ नामक पुस्तकबाट उच्च पहाडी क्षेत्रको जनजीवनका बारेमा एउटा बुझाई उजागर गरेको छ । यो पुस्तक वि.संं. २०६९ मा प्रकाशित भएको हो । गोरखाको उत्तरीभेकमा आज पनि मध्ययुगीन जीवन चलिरहेको झल्काउँछ । पहाड जो हेर्नमा सुन्दर देखिन्छ, जहाँकाहरू आकाशनजिक बस्न पाइरहेका छन् भनेर बाहिरकाहरू दङ्ग पर्छन्, त्यो पहाडमा जीवन कस्तो छ ? नेपाली पहाडी जीवनका बारेमा धेरै लेखियो भनिन्छ, धेरै पाटाहरूलाई केलाइयो भनिन्छ तर पहाडलाई लेख्नु भनेको अभैm पहाड नै छ ।     पहाडको वास्तविकता सतहमा ल्याउनु पहाडजस्तै दुसाध्य छ । पुस्तकले उत्तरी गोरखाको जनजीवनलाई बाहिर ल्याएको छ र त्यो भोगाइ नेपाली उपल्लो थलोको नियति नै हो । आप्mनो जीउज्यान जोखिममा राखेर पत्रकार मैनालीले पहाड पस्किने काम गरेका छन् । पहाडलाई बुभ्mने र बुझाउने जमर्को गरेका छन् र यसले यतिखेरको नेपाली समाजमा चलिराखेका अनेकौं बहसलाई दृष्टिचेत दिन सक्छ ।     “२०१५ सालमा राजा महेन्द्र कालो तारे घोडा चढेर गोरखाको पौवा भञ्ज्याङ गएका थिए रे । राजनीति गर्नेहरू संसारका सबै मानिसका सबै समस्या समाधान गर्न सक्छु भन्

तराईमा बाढी

Image
चन्द्रकिशोर     बाढी बर्सेनि भइरहने प्रकोपको घटना हो । जलवायु परिवर्तनको प्रभावले वर्षाको चरित्र र स्वभावमा परिवर्तन देखिन थालेको छ । बाढीले उत्पन्न गर्ने क्षतिमा कति प्राकृतिक कारणले वा कति मानवीय कारणले हो, त्यसको छिनोफानो जसरी र जुनरूपमा प्राज्ञिक र नीति निर्माण तहमा हुनुपर्ने हो त्यो हुन सकेको छैन । यही कारण हो कि बर्सेनि बाढीको विपद् विभिन्न हिस्सामा दोहोरिन्छ र जनधनको व्यापक क्षति हुने गर्दछ । हामीले विगतका बाढी विपद्बाट पाठ पनि सिक्न सकेका छैनौं वा अहिलेसम्म सिक्ने सोच बनाएका छैनौं । त्यसकारणले पनि बाढीको त्रासदी हाम्रो अनिवार्य नियति बनेको छ ।     मनसुनको वर्षा पहिले पनि हुन्थ्यो र भइरहने छ । यसलाई रोक्न सकिन्न तर वर्षाको कारण हुने डुबान, कटान, विस्थापनजस्ता सङ्कटलाई रोक्न सकिन्छ । बाढीलाई नकारेर होइन, पहिले बौद्धिक रूपमा जुधेर हामीले पार पाउन सक्छौं । यसका निमित्त बाढीका कारणहरूको सही पहिचान हुन सक्नुप¥यो । यी समस्याहरूमा कति मानवद्वारा सृजित छन् र त्यसलाई कसरी नियन्त्रित र नियमित गर्न सकिन्छ त्यसबारे सही सूचना हुनुप¥यो । अहिले तराई क्षेत्रकै बाढीको कुरा लिउँ, स्थान विशेषमा

महँगो भो पत्रकारकोे चुनाव

Image
चन्द्रकिशोर     नेपाल पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशनको तिथि तय भइसकेको छ । यही भदौ ४ र ५ गते काठमाडौंमा सम्पन्न हुँदैछ । यहाँ जुन रूपमा जिल्लाहरूमा महासङ्घको चुनाव महँगो हँुदै गएको छ, त्यसले अनेकौं सवालहरू खडा गरेको सन्दर्भ उठाइँदै छ । उसो त राजनीति महँगो भनेर धेरै भनिने र सुनिने गरिन्छ । स्थानीय तहको चुनावको परिप्रेक्ष्यमा यो सवाल झन् बढी मुखर भएर आएको छ । अन्य व्यावसायिक एवं पेशागत संस्थाहरूको आन्तरिक निर्वाचन महँगो हुँदै गएकोसमेत सुनिन्छ । जस्तो समाज हुन्छ, त्यस्तै पत्रकारिता हुन्छ, जसरी समाजका अन्य सङ्गठनहरूको निर्वाचन महँगो हुँदै गएको छ, त्यसैगरी पत्रकारहरूको पनि चुनाव पनि महँगो हुँदै जानु स्वाभाविक हो भनेर बहसलाई पन्छ्याउन मिल्दैन ।     नेपाली पत्रकारहरूको साझा सङ्गठनको रूपमा नेपाल पत्रकार महासङ्घलाई मानिने गरिएको छ । किनभने यसमा विभिन्न रूखका हाङ्गा समातेका वा चौतारीमा आश्रय लिएका पत्रकारहरू आबद्ध छन् । मूलतः यो पत्रकारहरूको पेशागत हकहितका लागि लड्ने संस्था हो । पत्रकारहरूको वृत्तिको सुरक्षा, वृत्तिविकास, व्यावसायिक सुरक्षा तथा सामाजिक सम्मानका लागि पहल गर्ने संस्था हो

अखबार, पाठक र वीरगंज

Image
चन्द्रकिशोर     एउटा जागरूक समाज हुनको लागि ऊ सुसूचित पनि हुन जरुरी छ । उसको सेरोफेरोमा के भइराखेको छ, त्यो जान्न जरुरी छ । उसका आप्mनाबारेमा, आपूm बसेको समाजको बारेमा र समुदायको पक्षमा के कस्ता कुराहरू प्रकाशित वा प्रसारित भइराखेका छन्, त्यसबारे अवगत हुन जरुरी छ । वीरगंजकै सन्दर्भमा भन्ने हो भने यो मामिलामा त्यति उत्साहप्रद स्थिति छैन । पत्रपत्रिका पढ्नुपर्छ वा चिठी लेख्नुपर्छ भन्ने सोचबाट अहिले पनि हामी बेखबर छौं भन्ने लाग्छ ।     पत्रिकाले आप्mनो उपयोगिता समाजमा स्थापित गर्न नसकेर हो कि, समाजले पत्रिकालाई नपत्याइदिएर हो, वीरगंजमा पत्रिकाको बजार खासै छैन । वीरगंजको जुन जनसाङ्ख्यिक बनोट छ, यहाँका बासिन्दाहरूमा जुन प्रकारको क्रयशक्ति छ, त्यस अनुपातमा यहाँ पत्रिकाको बजार न्यून छ । पत्रिकाहरू निस्ंिकदै छन्, पत्रिकाको स्तर र बजार व्यवस्थापन अनुसार बजार छ तर त्यो बजार वीरगंजको सम्भावनाको आधारमा एकदम कम छ । पाठक सङ्ख्या विस्तारको बारेमा यहाँ खासै प्रयास भइराखेको पनि पाइँदैन । पाठकहरूको अभिरुचिका बारेमा यहाँ अध्ययन र सर्वेक्षण पनि भएको छैन । पाठकहरूको रुचि र उसले खोजेको जस्तो सामग्रीहरू

अथ श्री फोटोपत्रकार

Image
चन्द्रकिशोर     एउटा सक्रिय र सजीव तस्वीर सधैं समाचारको बहुमूल्य अङ्ग हो –चाल्र्स एलेनले भनेका छन् । हुन पनि एउटा राम्रो तस्वीरले समाचारको भन्दा बढी ध्यान तान्न सफल भएर पाठक बढाउन सघाउँछ ।     तस्वीरले ढाँटन सक्दैन । त्यसै कारण अहिलेको छविसम्पन्न विश्वमा तस्वीरको अत्यन्त अहम् भूमिका छ । बङ्गलादेशका प्रसिद्ध फोटोग्राफर सैबुद्दील आलमको अभिमत छ– हाम्रो भूमिका किन महŒवपूर्ण छ भने हामी घटनाका साक्षी हुन्छौं । टेलिभिजन माध्यमको जतिसुकै पहुँच र समाचारको गति तीव्र हुँदै गए पनि पत्रिकाका तस्वीरले दीर्घकालीन असर पार्छन् । टेलिभिजनका चलायमान दृश्यको आयु क्षणभर हुन्छ भने पत्रिकाका तस्वीरले वर्षौं त के अझ युगौंसम्म पनि पाठकलाई सोचमग्न पार्न सकेका हुन्छन् । जस्तो भियतनाम युद्धका बेला नाङ्गै दौडेकी एक बालिकासहित रुँदै कराउँदै दौडेका बालबालिकासँग सैनिकहरूको तस्वीरले अमेरिकी युद्धनीति परिवर्तन गर्न बाध्य पारेको थियो ।     प्र्रिन्ट मिडिया (अखबारी पत्रकारिता) मा फोटो पत्रकारिताको विशेष महŒव हुन्छ । लिखित समाचारलाई पूर्णरूपमा बुभ्mनमा केही समय लाग्ला, तर एउटा तस्वीरले सम्पूर्ण घटनाको विवरण वा भनौं वस्त

इतिहासको नासो खुला सिमाना

Image
चन्द्रकिशोर     संसार सिमानाहीन भइरहेको बेला नेपालको दक्षिणी सीमा जो इतिहासको नासोको रूपमा खुला प्राप्त भएको छ, त्यो सीमाका  सम्बन्धमा अचेल सीमाञ्चलका बासिन्दाहरूमाझ बहस उठिरहेको छ– अबको सीमाञ्चल सम्बन्ध कस्तो हुनुपर्छ ? नेपालको वा भारतको आँखाबाट सीमाञ्चल सम्बन्ध अब पुरानो सुरक्षा अवधारणाभित्र नअट्ने भएको छ । खुला सीमालाई वरदानको रूपमा कसरी जोगाउने अहिलेको मुख्य चुनौती हो । सीमा क्षेत्रमा देखा परेका जोखिमहरूलाई कसरी न्यून गर्ने, दुवैतिरको कार्यभार हो । सीमा सम्बन्धमा देखा पर्दै गएका अवरोध र त्यसको नियमनका लागि गरिने सैन्य प्रयासको मानसिकताले गर्दा सीमाञ्चल क्षेत्रमा पर्ने सामाजिक–आर्थिक असरहरूबारे अहिले पनि नेपाली पक्षमा चिन्ता र चासो देखिएको छैन । मिडियाका विभिन्न माध्यमहरूबाट जे जति घटनाहरूको बेहोरा बाहिर ल्याइएको छ, त्यसले प्रस्ट गर्दैछ कि सीमाञ्चलका सम्बन्धमा हस्तक्षेप गर्ने गरी केही प्रवृत्तिहरू शक्तिशालीरूपमा उदाइरहेका छन् ।     नेपाल–भारतबीच खुला सीमा प्रणाली छ र यो नै यी दुई मुलुकबीचको सम्बन्धको मौलिक विशेषता पनि हो । दुवै देशका बासिन्दाहरू बिना कुनै रोकटोक जहिले पनि जुनसुकै

लोकतन्त्रको बीउ

Image
चन्द्रकिशोर     नेपाली पत्रकारिताले आप्mनोबारेमा आपैंm मन्थन गर्नुपर्छ । अरूतिरबाट औंला तेर्सिनुभन्दा आपैंm आप्mनोबारे समीक्षा गर्न जुर्मुराउनुपर्छ । पत्रकारिताले स्वयम् आप्mनैबारे आपैंm खोजबिन, जाँच पडताल, आत्मबोध गर्न आवश्यक भइसकेको छ, यो यस कारणले पनि महŒवपूर्ण छ कि हामी आपैंmले आपैंmलाई आप्mनो ऐनामा नियालेनौं भने अरू पक्षले हाम्रो अनुहारमा लागेको दागलाई औंल्याउन थाल्छ । त्यसैले पनि पत्रकारको आचारविचार, उठबस, बानीबेहोराका बारे स्वयम् छलफल हुनुपर्छ । हामी पत्रकार हौं, त्यस कारण अरूले हाम्रोबारेमा खोजखबर गर्नुहुन्न भनेर अब धेरै दिन थेग्न सकिंदैन । पत्रकार र पत्रकारिता पनि यही समाजका अङ्ग हुन् । पत्रकारले अरूका बारेमा चियाउने र चर्चामा ल्याउने काम गर्छ भने स्वयम् पत्रकारका बारेमा अरूले परीक्षण गर्न किन नहुने ? अर्को पत्रकारिता पेशासँग जोडिएकै सवाल हो, यसको विश्वसनीयता । पाठकीय विश्वसनीयता पत्रकारको अमूल्य पूँजी हो ।     जब पाठकले तपाईंलाई अमुक जातिको भनेर चिन्छ र तपाईंको लेखनीयप्रति त्यही अनुसारको धारणा बनाउँछ भने त्यहाँ तपाईं चुक्दै हुनुहुन्छ । निश्चितरूपमा पत्रकार कुनै न कुनै जातिव

लोकतन्त्रको बीउ

Image
चन्द्रकिशोर     अहिलेको मुख्य चुनौती भनेकै लोकतन्त्र र सामुदायिक ऐक्यबद्धतालाई कसरी जोगाउने भन्ने हो । यो यस कारणले पनि भनिंदैछ–भन्नुपरिरहेको छ कि लामो सङ्घर्षपछि लोकतन्त्र प्राप्त भएको हो । लोकतन्त्रको बाङ्गोटिङ्गो यात्रामा आम नेपालीले निकै कष्ट सहनुपरेको छ । अहिले पनि लोकतन्त्रको बाटो अन्योलपूर्ण र धूलौटे छ । दुःख सहन सक्ने नेपालीहरूले अझ केही समय धैर्य गर्न तयार हुनुपर्छ । अतिवाद अन्ततः परास्त हुन्छ भन्ने कुरामा शङ्का छैन । यतिखेर स्थानीय तहको चुनावमा कुन दलले कति ठूलो सङ्ख्याको बाजी मार्छ भन्ने आधारमा विजय वा पराजयको गाथा लेखिने होइन । मूल कुरा लोकतन्त्र जित्छ कि जित्दैन भन्ने हो । बाचा तोड्नुको विपत्ति     भनिन्छ, बाचा तोड्नु विपत्ति निम्त्याउनु हो । संविधानसभाबाट संविधान ल्याउँदाखेरी नै त्यसको प्रक्रिया, कथ्य र अभ्यासप्रति मधेसको कोणबाट गहिरो असहमति प्रकट भएको थियो । त्यतिखेर नै संविधानसभामा संविधानका रचनाकार मुख्य तीन दलका प्रधानहरूले सार्वजनिकरूपले संशोधन गरिन्छ भनेर पवित्र बाचा गरेका थिए । दिन र महिना बिते, आश्वासन बाक्लिंदै गरे, अन्तहीन वार्ताका क्रम चल्दै रहे तर मुलुक अभैm

रिमझिम रिमझिम पानी बरसै

Image
चन्द्रकिशोर     मनसुनी वर्षासँग जोडिएर लोकजीवनमा अनेक भावहरू अभिव्यक्त भएका छन् । जसले गर्दा मधेसी समाजको परम्पराहरूमा चियाउन सकिन्छ । मनसुनको प्रतीक्षासँगै त्यसको स्वागतको तयारीको लामो परम्परा छ, मधेसमा । मनसुनले भिœयाउने वर्षाले यहाँको जनजीविका अभैm पनि थेगेको छ । त्यसैगरी वर्षासँग कसरी जुध्ने, वर्षाको सदुपयोग जनजीविकाको लागि कसरी गर्ने जस्ता पक्षमा पारम्परिक ज्ञान रहेका छन्, जो बहुआयामिक र वैज्ञानिक छन् । तराईका भाषाहरू चाहे मैथिली, भोजपुरी, अवधी, थारू वा बज्जिका होस् सबैमा प्रशस्त लोकगीतहरू छन्, जसले यस क्षेत्रका सामाजिक चेतनालाई प्रस्फुटित गर्छन् । वर्षा ऋतुमा मनसुन–पानी पर्ने हुनाले यस क्षेत्रको समाज र संस्कृतिको नशा–नशामा वर्षा आनन्द र उत्सवको क्षणका रूपमा प्रकट हुने गरेको छ । दैनिक जीवनको सङ्घर्षपूर्ण व्याकरणलाई मनसुनी वर्षाले लय र सुर दिएको छ ।     वर्षा ऋतुको लागि पूर्वतयारीका क्रममा अभैm पनि गाउँ देहातमा जहाँ खपडा वा खरफुसको छानो भएका घर छन्, त्यहाँ वर्षा लाग्नुभन्दा पूर्व नै त्यसलाई “छाउने” गरिन्छ । वर्ष दिनभरिमा एकपटक छाइदिंदा त्यसले घर चुहिनबाट जोगाउँछ । त्यसैगरी वर्षाम

स्थानविशेषको इतिहासमा वीरगंज–रक्सौल

Image
चन्द्रकिशोर     कुनै पनि देशबारे जानकारी लिन त्यस देशको इतिहासकै अध्ययन गर्नु अति आवश्यक पर्छ । मानवीय इतिहासको क्रममैं राष्ट्रिय इतिहासको क्रम शुरू हुने हुँदा इतिहासकारहरूले सत्य र तथ्यको आधारमा राष्ट्रिय इतिहास निर्माण गर्ने प्रयास गरेका हुन्छन् । इतिहासले नै हिजोको राष्ट्रिय स्थितिको जानकारी दिने हुँदा आजको कार्यमा सजिलो भई भोलिको लागि परिकल्पना गर्न      सिकाउँछ । नेपाल—भारत सम्बन्धबारे विवेचना गर्दा सीमा वारि र पारि बस्ने जनबारे त्यति मिहीन प्रकाश पारेको देखिंदैन । पृथ्वीनारायण शाहले गोर्खा राज्यको सीमा पैmलाउने क्रमदेखि अहिलेको नेपाल—भारत सीमा सम्बन्धको इतिहास मान्न सकिन्छ।     सरदार भीमबहादुर पाण्डेले ‘त्यस बखतको नेपाल—राणाकालीन आखिरी तीन दशक’ पहिलो भागमा लेखेका छन्– “वि.सं.१९७७ सालमा एक प्रकारले विश्वभरि नै ठूलो उथलपुथल शुरू भयो । हाम्रो पडोसी भारतमा महात्मा गाँधीले भर्खर चम्पारणमा सूत्रपात गरेको सत्याग्रह र भद्र अवज्ञा आन्दोलनले १९७७ सालताका देशभरि हलचल मचायो । भारतीय कारागारहरू हजारन सत्याग्रहीले भरिए । एक शब्दमा भनिने हो भने १९७७ सालदेखि नेपालको दक्षिणमा गाँधीयुग शुरू भयो