Posts

Showing posts with the label स्वान्त सुखाय

माई बेस्ट फादर...

Image
            सञ्जय मित्र मेरो गाउँमा एकजनाका धेरै सन्तान छन् । दुई/चार जना हुँदासम्म त सबैको नाम कण्ठस्थ हुन्थ्यो तर सन्तान बढ्दै गएपछि नाम जन्मदर्तामा सीमित हुन पुग्छ । अनि बोलाउन शुरू हुन्छ जन्मक्रमको आधारमा एक, दुई, तीन... उन्नाइस । संयोगले जेठो छोरा र त्यसपछि छोरी छे । छोरो बदमाश, उसको नाम भएको एक नम्बर । छोरी भलाद्मी तर नाम चाहिं दुई नम्बर । कहिलेकाहीं त आफ्नै सन्तान चिन्न गा¥हो हुन्छ । हो, म तपैंकै छोरो हुँ भनेपछि मान्नुपर्ने । कहिलेकाहीं त मेरा हुन् कि छिमेकीका छुट्याउन नसकेर नाम सोध्नुपर्छ । हरेकलाई नाम त थाहा छ तर जन्मदर्ताको नाम बतायो भने छिमेकीको छोराछोरी भन्ठान्लान् भनेर छोराछोरीले पनि आफ्नो रोलक्रम नै बताउँछन् । धेरै सन्तान हुनेले मात्र यस्तो आनन्द प्राप्त गर्न सक्छन् । बीसौं प्रसवभन्दा पहिले सारै सहयोग गर्ने छोरीलाई आमाले प्रशंसा गर्छिन्– बेस्ट छोरी । हेर्दा सबैभन्दा मरन्च्याँसी र फोहोरीको नामै भयो बेस्ट छोरी । ऊभन्दा कैयौं क्रम पछाडिकाले पनि उसलाई बेस्ट छोरी नै भन्छन् । भाइबहिनीका पनि बेस्ट छोरी । म बोर्डिङमा पढ्दा एकजना मास्टर साहेबले निबन्ध लेख्नलाई भनेका थिए । शीर्षक थ

नवराज रिजालको ‘बोक्सी बूढी’ बालकथा सङ्ग्रहका कथानायकहरूको प्रवृत्तिगत विश्लेषण

Image
      सञ्जय मित्र १. परिचय शताङ्कतर्फ उन्मुख नवप्रज्ञापन साहित्यिक त्रैमासिकका सम्पादक/प्रकाशक नवराज रिजाल प्रतिष्ठित साहित्यकार हुन्। शिक्षण/प्राध्यापन पेशामा आबद्ध रिजाल कुशल सम्पादक हुन्। रिजालले देवकोटा व्याख्यान सङ्ग्रह, समायोजन, मैदान, मूच्र्छना, उत्तराद्र्ध, महेश आवाज, नेश्चिल, प्रलेस, बालप्रज्ञा र आलेखनजस्ता साहित्यिक पत्रिकाको सम्पादन गरिसकेका छन्।बारामा जन्मेर काठमाडौंमा जीवनवृत्ति गरिरहेका रिजालका नेपाली तथा अङ्ग्रेजी भाषामा विभिन्न विधाका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन्। उनले कथा/बालकथा/लघुकथा, कविता, गजल, गीत, नियात्रा, समालोचना/समीक्षा क्षेत्रमा कलम चलाएका छन्। रिजालका बालकथाहरू विभिन्न प्रकाशनका पाठ्यपुस्तकमा पनि परेका छन् र संस्थागत विद्यालयमा पठनपाठन पनि भइरहेका छन्। २०७७ को प्रदेश २ को प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित रिजालले यसअघि नै सुगन्ध लघुकथा पुरस्कार, शिक्षकश्री पुरस्कार, नारायणी वाङ्मय पुरस्कार, राष्ट्रिय वाङ्मय सम्मान, अनेसास पुरस्कार, तेस्रो बालसाहित्य सम्मान, नवसिर्जना उदयमञ्जरी सम्मान, कालीगण्डकी साहित्य कला पुरस्कार, नेपाल भोजपुरी बौद्धिक

अआश्चर्य दृश्यभन्दा पृथक

Image
सञ्जय मित्र     हिमालय शृङ्खलाको दर्शन अआश्चर्यजनक होइन। दशगजाको आसपासबाट हिमालयको दृश्य देखिनु पृथक आश्चर्य हो।     दुई भिन्न धरातलका एकै यथार्थ हुन्। गत हप्ता हिमालय शृङ्खलाको दर्शन भएपछि सामाजिक सञ्जाल र केही भारतीय चर्चित अखबारहरूले दुवै पृथक आश्चर्यलाई प्रस्तुत गरे।     जनकपुरका कलाकार उपेन्द्रभगत नागवंशी, सर्लाहीको बलराबाट पत्रकार चन्द्रकिशोर र रौतहटको गेंडहीगुठीबाट उत्तरका हिमालय शृङ्खलाको दृश्य देखिएका फोटाहरू नै सामाजिक सञ्जालमा सार्वजनिक ग¥यौं। दैनिक जागरणलगायतका भारतीय चर्चित दैनिक अखबारहरूले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट हिमालयको दृश्य देखिएका फोटा तथा खबरहरू प्रकाशित गरे। साथै विभिन्न व्यक्तित्वका विचारहरू पनि प्रवाहित गरे।     हिमाल देखिनु अआश्चर्यजनक हो। चालीस उमेर काटेकालाई यसो लाग्नु स्वाभाविक छ। मलाई राम्ररी सम्झना छ, आकाश सफा हुँदा यो नियमित दृश्य थियो। वर्षापछि पहाडतिर पनि बादल नभएको बेला मुख्यगरी बिहान र साँझतिर हेरेर रमाउने दृश्य थियो। नेपाल–भारत सीमा क्षेत्रको अलिकति मात्र दक्षिणमा निर्माण भएको बाँधबाट पनि यो दृश्य धेरैपटक देखेको सम्झना छ। बैरगनिया छिर्ने मू

सीताको पूर्वजन्म र पुनर्जन्ममा रावण

Image
सञ्जय मित्र     आज सीता जयन्ती हो। अवस्था सामान्य भएको भए आजको दिन कम्तीमा दुई किसिमका कार्यक्रमहरू हुन्थे । पहिलो त जनकपुरमा भव्य कार्यक्रम हुन्थ्यो, जसरी पहिलेदेखि हुँदै आएको छ र अन्य शक्तिपीठहरूमा पनि सीतालाई सम्झिइन्थ्यो तथा घरघरमा पूजा गरिन्थ्यो। कोरोनाकालले सबैजसो चाडपर्व र उत्सवहरूलाई प्रभावित पारेको वर्तमानमा सीता जयन्ती पनि प्रभावित हुनुलाई स्वाभाविक मानिएको छ। यसले यसको प्रचारप्रसारमा पनि कमी आएको मानिएको छ तर घरघरमा भने पूजा हुने कुरालाई केही हदसम्म मात्र प्रभावित भएको स्वीकार्न सकिन्छ । दोस्रो हो, केही वर्षदेखि सीता जयन्तीको दिन औपचारिक कार्यक्रम सञ्चालन गरेर मनाउनु। केही वर्षदेखि सीता जयन्ती मनाउने अभ्यास पनि भइरहेको छ। राजधानी काठमाडौं तथा प्रदेश २ का अन्य ठाउँमा सीता जयन्तीलाई सम्मानपूर्ण किसिमले मनाउने इतिहास बन्न थालेको थियो।     बिस्तारै सर्वसाधारणले पनि बुभ्mदै गएका थिए– रामनवमीको एक महीनामा जानकीनवमी आउँछ। चैत शुक्ल नवमीमा रामको जन्म भएको र वैशाख शुक्ल नवमीमा सीता अर्थात् जानकीको जन्म भएको हो। विश्वभर महिलाको राजनीतिक महŒव बढ्दै गएको र महिला दिवसहरू मनाउनेक्रम बढ

मृत्योन्मुखी संवत्को जीवन

Image
सञ्जय मित्र     यदि परम्परा र शास्त्रहरूलाई आधार मान्ने हो भने अहिले विक्रम संवत् २०७७ हो र विक्रम संवत् २०७६ को समाप्ति करीब तीन हप्तापहिले नै भइसकेको छ।     वास्तवमा विक्रम संवत्को नयाँ वर्ष चैत शुक्ल प्रतिपदादेखि हुन्छ। यस वर्षको चैत शुक्ल प्रतिपदा गत चैत १२ गते नै थियो।     विक्रम संवत्मा हरेक महीनाको पहिलो दिनलाई सङ्क्रान्ति भनिन्छ। यसरी हरेक महीनाको पहिलो दिन सङ्क्रान्ति हुने भएकोले १ गतेलाई त्यस महीनाको सङ्क्रान्ति मानिएको हो तर वास्तवमा सङ्क्रान्ति भनेको हरेक महीनाको शुक्ल प्रतिपदा हो।     चन्द्रमासमा महीनाको गणना सजिलो होओस् भनेर पूर्णचन्द्र अर्थात् पूर्णिमाको दिनको भोलिपल्टबाट मान्ने गरिएको पाइन्छ। पूर्णिमाको भोलिपल्टदेखि कृष्ण पक्ष शुरू हुन्छ र पन्ध्र दिनपछि शुक्ल पक्ष शुरू हुन्छ। कृष्ण पक्षको अन्तिम दिन चन्द्रमा अलिकति पनि उदाउँदैन भने शुक्ल पक्षको अन्तिम दिन रातभर चन्द्रमा आकाशमा रहन्छ। कृष्ण पक्षको अन्तिम दिनलाई औंसी र शुक्ल पक्षको अन्तिम दिनलाई पूर्णिमा भनिन्छ।     शास्त्रहरूमा कृष्ण पक्षलाई वदी र शुक्ल पक्षलाई सुदी भनिएको पाइन्छ। नेपालमा पनि विक्रम संवत्लाई आधिक

तपाईं इमानदार हुनुहुन्छ ?

Image
सञ्जय मित्र     बालबालिका हरेकको घरमा छन् । बालबालिका नभएको पनि कुनै घर हुन्छ त ? र बालबालिकाले आफ्ना अभिभावकबाट धेरै कुरा सिक्छन्। बालबालिकाले अभिभावकबाट धेरै कुरा सिक्छन् भन्ने कुरोमा विश्वास छ ?     बालबालिकाको नजरमा आफ्ना पिता र माता संसारका सबैभन्दा ठूला वा पूज्य हुन्छन्। बुबाआमाले नै देउतालाई पनि चिनाउँछन्। घरमा देउताप्रति श्रद्धाभाव राख्न र आमाबुबाका साथै आफूभन्दा ठूलाको आदर गर्न सिकाउँछन् । को किन आदरणीय भन्ने प्रश्नको उत्तर बालबालिकाले सबैभन्दा बढी आबाबुबाबाटै सिक्छन्। कुनैपनि बालबालिकालाई उनका आमा वा बुबा बेइमान छन्, ठग छन्, चोर वा बदमाश छन् भन्दा पक्कै हृदयमैं चोट लाग्छ। सकेसम्म प्रतिकार गर्छन् र नसक्ने अवस्थामा आफ्नो आक्रोश वा पीडालाई मनमा दबाएर आफूलाई निरीह पाउँछन् । यस प्रकारका कुराले बालबालिकाको मनोविज्ञानमा साँच्चै कस्तो प्रभाव पर्छ होला भन्ने विषयमा हामीले कहिले सोच्ने गरेका छौं। आफ्नाअगाडि खेलिरहेका वा पढिरहेका वा आफ्नै धुनमा व्यस्त रहेको बेला आफ्ना सन्तानको अनुहारमा हेर्दै आफूले आफ्नो हृदयलाई प्रश्न गरौं त, के वर्तमानमा तिनीहरूप्रति न्याय गरेका छौं ? के साँच्चै हा

आत्मप्रकाशनमा ‘कोरोना’सम्बन्धी चेतना

Image
सञ्जय मित्र     आजसम्म पनि साहित्यसिर्जनामा सामान्यतया दुुई धार छन्। एउटा धारले साहित्य जीवनको लागि र अर्को धारले साहित्य मनोरञ्जनको लागि हुनुपर्ने तर्क गर्दछन्। र जुन धारको साहित्य भएपनि यथार्थ प्रस्तुत गर्दछ। यथार्थको प्रस्तुतिलाई कतिपयले काल्पनिक रङ दिन्छन् त, कतिपयले आप्mनै यथार्थ हो भन्नेजस्तो पारेर प्रस्तुत गर्दछन्। अझ साहित्यमा वर्तमान त बोलेकै हुन्छ, वर्तमानले साहित्यमा आधिपत्य जमाएकै हुन्छ। साहित्य, कला र संस्कृतिलाई मानव मात्रको सम्पत्ति मानिएको छ।     अहिले मानव समुदाय एउटा अकल्पनीय महामारीबाट गुज्रिरहेको छ । हरेक व्यक्तिको मनमा डर छ। मानव समुदाय संवेदनशील बनेको छ। गम्भीर संवेदनशीलताको यस घडीमा साहित्य सिर्जना हुनु स्वाभाविक हो। अझ घरमा नै बस्नुपर्ने नैतिक तथा सामाजिक दायित्वले गर्दा सर्जकको मन र मस्तिष्कलाई झङ्कृत बनाएको छ। जब सर्जक संवेदित हुन्छ, तब सिर्जना हुन्छ। सिर्जनाको प्रकाशन विभिन्न माध्यमले गर्दछ। वर्तमान विश्वलाई पनि सिर्जनामा उतारेर विभिन्न सामाजिक सञ्जालमा सर्जकहरूले सार्वजनिक गरिरहेका छन्। वास्तवमा यो एक किसिमले तात्क्षणिक आत्मप्रकाशन नै हो।     कोरोनाविरुद्

होलीको उल्लासमा कोरोनाको प्रतिबन्ध

Image
सञ्जय साह मित्र     यस वर्षको होलीको हल्ला नै फिक्का भएको छ । होलीलाई उमङ्ग र उत्साहको निर्बन्ध पर्व मानिन्छ । यसमा रमाइलोको कुनै सीमा हुँदैन । आप्mनो सीमा र बन्धन अर्थात् मर्यादाभित्र होली स्वच्छन्द पर्व हो । यसले खान र पिउनमा कुनै किसिमको सम्झौता गर्दैन । यस पर्वमा आप्mनो स्वास्थ्यले साथ दिने सीमासम्म पुगेर मानिसले खानपानको स्वाद र सन्तुष्टि लिन्छन् । पर्वहरूमा यो यस्तो पर्व हो, जसमा खानपानको दृष्टिले एक वर्षमा सबैभन्दा उत्कर्ष होओस् र अर्को वर्षको भन्दा अझ एक कदम अगाडि रमाइलो होओस् भन्ने चाहना हुन्छ । यस पर्वले बालकदेखि ज्येष्ठ नागरिकसम्ममा उल्लास थप्छ । वास्तवमा वसन्त आएको मनमा अनुभूति थप्छ ।     होलीको समयमा आफन्त र नजीकका मानिसहरू एक ठाउँमा भेला हुन्छन् । रङ्ग हाल्छन् र अबिर दल्छन्। कतिपयले रङ्गलाई छालाको स्वास्थ्य राम्रो हुने र कतिपयले छालालाई हानि गर्ने दुई ध्रुवको विचार पोख्छन् । अबिरको सन्दर्भमा पनि यो लागू हुन्छ । कतिपयलाई रङ्ग र अबिरको एलर्जी हुन्छ । कतिपयलाई होलीमा निर्बन्ध हुने खानपानले हानि गरेको पनि पाइन्छ । होलीको दिन वा भोलिपल्ट अस्पताल भर्ना हुने बिरामीको सङ्ख

साहित्यमा प्राज्ञिक गतिशीलता

Image
सञ्जय साह मित्र     संसार गतिशील छ । संसारको ज्ञान र विज्ञानको क्षेत्रमा निरन्तर प्रगति भइरहेको छ । प्रगति भन्नु पनि गति नै हो । जहाँ कुनै स्थिरता रहन्छ भने त्यहाँ कुनै प्रगति पनि रोकिएको हुन्छ भन्दछन् । तर यसले राजनीतिक स्थिरतालाई समेट्दैन । यसमा पनि विवाद होला तर सामान्य मान्यता के छ भने राजनीतिक स्थिरताले अन्य धेरै कुरामा गतिशीलता ल्याउँछ । यदि राजनीतिक अस्थिरता भयो भने धेरै किसिमको गतिशीलता कम हुन्छ । फेरि राजनीति र सरकार केही फरक हुन सक्छ । यस अर्थमा कुनै देशको राजनीतिक वातावरण अस्थिर हुँदा वा नहुँदाको परिस्थितिलाई छोडेर समाजमा हुने परिवर्तनलाई विचार गर्ने हो भने सामाजिक परिवर्तन भन्नु चाहिं गतिशीलता हो ।     कतिपयले दोहोरो चरित्र देखाउँछन् । एकातिर समाजमा विकास र परिवर्तन चाहन्छन् र अर्कोतिर परिवर्तन भयो भने पहिलोको समाज राम्रो थियो भन्दछन् । पहिले नै समाजमा परिवर्तन हुनुहुन्न भन्दैनन् । समाजमा भइरहेको परिवर्तन म रोक्न चाहन्छु भन्दैनन् । समाजमा परिवर्तन ल्याउन भूमिका खेल्ने र परिवर्तन हुनुभन्दा पहिलेको समाज राम्रो थियो, अहिलेको समाज बिग्रियो भन्ने रोदन कतिपय प्राज्ञिक व्यक्तिले

के छ पतौराको पुरातात्विक वास्तविकता ?

Image
सञ्जय साह मित्र     ऐतिहासिक तथ्य र प्रमाणहरूले स्पष्ट केही पनि भन्दैनन् तर पतौराको भग्नावशेषले स्पष्ट नभन्ने सबैलाई चुनौती दिइरहेको छ ।     नजीकै सिम्रौनगढ रिसाइरहेको छ । सिम्रौनगढले यस क्षेत्रकै इतिहास खोलेको छ । अलि परको ईशनाथ महादेव मन्दिरले पनि इतिहास बोलेकै छ । तर मौलापुर नगरपालिकाको पतौराबारे सबैतिर किन मौनता ?     इतिहासले भन्छ – इस्वी सन् १०९७ मा डोय राज्यको स्थापना भएको थियो । दक्षिण भारतको कर्नाट देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई डोय राज्य स्थापना गरेका थिए । नान्यदेव दक्षिण भारतका चालुक्य शासकका सेनापति थिए । सेनापति नान्यदेवले डोय राज्यको स्थापना गरेका थिए । डोय राज्यमा नान्यदेवपछि गङ्गदेव, गङ्गदेवपछि नरसिंहदेव, रामसिंह देव, शक्तिसिंह देव, भूपालसिंह देव तथा हरिसिंह देवले शासन गरेको इतिहास छ । दिल्लीका बादशाह गयासुद्दीन तुगलकले डोय राज्यमा आक्रमण गरी ध्वस्त पारेपछि डोय राज्यका सातौं राजा हरिसिंह देव आप्mनो राज्य छाडी भागेका थिए । हरिसिंह देवले शासन छोडी भागेपछि तुगलकले कामेश्वर ठक्कुरलाई शासक नियुक्त गरेका थिए । त्यसपछि ठक्कुर वंशको पनि शासन चलेको पाइन्छ

विसं २९६६ को सिम्रौनगढ

Image
सञ्जय साह मित्र     मधेसको एउटा प्राचीन बस्तीमध्ये सिम्रौनगढलाई पनि मानिन्छ । सन् १०९७ मा तत्कालीन दक्षिण भारतको कर्नाट देशका सेनापति नान्यदेवको नेतृत्वमा आएको फौजले यहाँ राजधानी बनाइ डोयराज्य स्थापना गरेको थियो । वेदको समयभन्दा पहिलेदेखि नै अस्तित्वमा यो क्षेत्र रहेको छ भन्ने कुरो कसरी प्रमाणित हुन्छ भने यस क्षेत्रलाई तीरभुक्ति भनिएको छ । त्यसै हुनाले तीरभुक्तिको अपभ्रंश भएर कालान्तरमा तिरहुत पनि भनिएको पाइन्छ । तिरहुत शब्दसँग सम्बन्धित विभिन्न स्थान कोशीदेखि पश्चिम र नारायणीदेखि पूर्व तथा चुरेदेखि दक्षिण र गङ्गादेखि उत्तरको भूभागमा अहिलेसम्म पनि अस्तित्वमा रहेको सम्भवतः यसै कारणले हो ।     तत्कालीन दिल्लीका बादशाह ग्यासुद्दीन तुगलकले सन् १३२४ मा आक्रमण गरेर सिम्रौनगढलाई तहसनहस पारेको इतिहास पाइन्छ ।     सम्भवतः सिम्रौनगढलाई यही अवधिको मानेर अध्ययन गरिन्छ । सिम्रौनगढको इतिहास यही अवधिको मात्र हो ? यसपछिको ठक्कुर वंशको शासनको बारेमा अलिकति जानकारी पाइन्छ तर नान्यदेवको समयभन्दा पहिलेको इतिहासको बारेमा खासै कोही जान्ने इच्छा राख्दैनन् वा उताको इतिहासको विषयमा कसैलाई सोच्ने फुर्सद न

जङ्गबहादुर राणासित रौतहटको पर्यटन

Image
सञ्जय साह मित्र     नेपालको इतिहासमा जङ्गबहादुर राणाको आप्mनै महŒव र इतिहास रहेको छ । देशलाई एक सय चार वर्षे आप्mनो पारिवारिक शासनमा राख्न सफल जङ्गबहादुरको नाम देशको इतिहासले कदापि बिर्सन सक्दैन । आप्mनो युगको अत्यन्त शक्तिशाली शासकको रूपमा चिनिएका जङ्गबहादुर राणाबाटै राणाशासनको आरम्भ भएको थियो । कतिपय इतिहासकारले नेपालका प्रमुख तीन शासकमा पृथ्वीनारायण साह, भीमसेन थापा र जङ्गबहादुर राणालाई मान्ने गरेका छन् । देशको राजनीतिले निकै कोल्टो फेरिसकेको छ तर पनि जङ्गबहादुर राणालाई देशको राजनीतिले बेलाबेलामा सम्झिने गरेको छ ।     अहिले नेपाल पर्यटन वर्षको समय छ र नेपालमा आन्तरिक तथा बाह्य दुवै किसिमका पर्यटकलाई देशको कुनाकुनामा पु¥याउन विभिन्न किसिमले प्रयास गरिंदैछ । यसैक्रममा रौतहटको पर्यटनमा जङ्गबहादुर राणाको करिडोरलाई समेट्न खोजिएको छ ।     जङ्गबहादुर राणाको इतिहास धेरै पुरानो छैन । राणा प्रधानमन्त्रीको बारेमा धेरै कुरा ज्ञात छ । यसैले उनीसित सम्बन्धित धेरै कुरा अहिले पनि साक्ष्य छन् । उनै जङ्गबहादुर राणाको सम्बन्ध रौतहटसित रहेको छ । रौतहटसित उनको सम्बन्ध गहिरो रहेको छ र उनको आत्मीय र हार

सीमाको यात्रा

Image
सञ्जय साह मित्र      देश भन्नु प्राविधिकरूपमा सीमाभित्र समेटिएको भूगोल पनि हो । एउटा नक्शाले भुइँलाई छुट्याएको भौगोलिक परिवेश हो । तर सीमा क्षेत्रहरूमा राजनीतिक भूगोल विभाजनको उति धेरै प्रभाव परेको पाइन्न । दुई देशका ठूला शहरबाट अर्को देशमा पुग्नुपर्ने अवस्थामा हुने औपचारिक ग्रामीण क्षेत्रमा हुँदैन । खुला सिमाना भएको कारणले एउटा चरो स्वच्छन्दरूपमा उडेर एउटा देशको रूखबाट अर्को देशको देशको रूखमा उडेर सजिलै पुग्दछ । कतै यस्तो पनि छ कि एउटा देशको गाई अर्को देशको बाली चर्छ र फेरि फर्केर आउँछ । कसैको बाख्रा अर्को देशको बाली चरेर आप्mनो देश फर्किन्छ । सिमानाको आसपासमा रहेका बस्तीहरूलाई सार्वभौमसत्ता सम्पन्न दुई अलग–अलग देश हुन् भन्ने यथार्थ थाहा छ तर सामाजिक व्यवहारमा भने फरक देशको अनुभूति हुँदैन ।  सीमा क्षेत्रभन्दा टाढा बस्ने सर्वसाधारणलाई सीमा क्षेत्र जहिले पनि उत्सुकताको विषय हुन्छ । मौका मिल्नासाथ सीमा क्षेत्रको स्थलगत अवलोकन गर्न र त्यहाँको जनजीवनबारे बुभ्mन पुग्छु । सीमा क्षेत्रमा जतिपटक पुग्छु, सधैं लाग्ने गर्दछ कि मेरो देश यहाँभन्दा यता छ । म आप्mनो देशको सिमाना अहिले

यात्राका डोबहरूको पुनर्कथन

Image
सञ्जय साह मित्र     अहिले नेपालले भ्रमण वर्ष मनाइरहेको छ ।     हरेकले जीवनमा यात्रा गरेका छन् । यात्रा त जीवनको पुनर्ताजगी हो । कुनै कारणवश अहिले यात्रा गर्न समर्थ नभएका व्यक्तिहरूसित पनि यात्राका रमाइला कथाहरू छन् । यात्राका सुन्दर यादहरू छन् । अब त्यहीं यात्राका डोबहरूलाई एकचोटि पछ्याउने बेला आएको छ । यात्राको पुनर्कथनको आवश्यकता भएको छ ।     समाजका दोस्रो र तेस्रो पुस्ताले कमसेकम हरेक दिन आपूmले विगतमा कहाँ यात्रा गरेको भन्ने कुरा आपूmभन्दा अनुजलाई सुनाउनुपरेको छ । पहिलेको यात्रावर्णन र अहिलेको यात्रावर्णनमा आउने भिन्नता र मिठासबारे सामाजिक बहस चलाउनु आवश्यक भएको छ । यस प्रकारको बहसको औचित्य कहाँनेर गएर पुष्टि हुन्छ भने सुन्नेलाई उत्प्रेरणा हुन्छ । उत्प्रेरित भएर त्यो ठाउँ पुग्ने, डुल्ने र कथनेसित एकचोटि फेरि यात्रावर्णन कथ्ने रहर जाग्दछ । हो, यही रहर त हरेक नेपालीमा जगाउनुपरेको छ ।     यात्रा त हरेकले गर्नुपर्दछ । यात्राको आनन्द लिनुपर्दछ । हुनत कतिपयलाई यात्रामा निकै कठिनाइ हुन्छ । कतिपयलाई बसमा बान्ता हुन्छ भने कतिपयले आपूmलाई सानो गाडीमा ‘एडजस्ट’ गर्न सक्दैनन् । तर गन्तव्यमा प