Posts

Showing posts with the label जनसरोकार

गेसपेपर प्रतिबन्ध सकारात्मक कि नकारात्मक ?

- नीरजकुमार गुप्ता    भनिन्छ हरेक क्रियाको प्रतिक्रिया हुन्छ । त्यो हो सकारात्मक र नकारात्मक । शिक्षा मन्त्रालयले लिएको फैसला अहिले चर्चाको विषय बनेको छ । यदि मन्दिरमा मूर्ति नभए मन्दिरको महत्त्व हुँदैन, ऐनामा सुरत नभए ऐनाको महत्त्व हुँदैन भनेझैं यदि विद्यार्थीहरूको ज्ञान नभए प्रमाणपत्र अर्थात् डिग्रीको कुनै महत्त्व हुँदैन । त्यसैले वर्तमान सरकारले कक्षा १०, ११ र १२ को सहयोगी पुस्तिका भनेर चिनिने गेसपेपरको खरिद बिक्रीमा पूर्ण रोक लगाएको छ । यस निर्णयमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षाविद् तथा व्यक्ति र समाजमा बहस चलेको छ ।     गेसपेपरले विद्यार्थीहरूलाई अल्छी बनाई उनको सिर्जनशीलतामा रोक लगाउँछ । अध्ययनको मतलब ज्ञान वा सिक्नु होइन, सिकेको ज्ञान र सीप जीवनमा अपनाएर आफ्नो र परिवार, राष्ट्र तथा जगतको सेवा गर्नु हो । तर एसएलसीमा विद्यार्थीहरू गेसपेपरलाई चिटको माध्यम बनाउँछन् । गेसपेपर बजारमा सर्वत्र उपलब्ध भएकोले शिक्षक तथा शिक्षिकाहरूले पनि पढाउने संस्कृतिमा कमी आएको छ । गेसपेपर पढेर खाली डिग्री हासिल गर्ने तर ज्ञान, सिर्जनशीलता, बौद्धिकतामा खडेरी आएकोले सरकारको कदम उपयुक्त भएको केही

वीरगंज उपमहानगरपालिका र वीरगंजवासी

- नीरजकुमार गुप्ता    कुनै पनि राष्ट्रको स्थानीय विकासको लागि जिविस, नगरपालिका र गाविसको विकास वा स्थापना गरिएको हुन्छ । किनभने घरघर मिली समुदाय, समुदाय–समुदाय मिली नगर र नगर–नगर मिली सि·ो राष्ट्र बन्छ । यदि समुदाय तथा नगरको नै विकास हुन सकेन भने यस्ता निकायको के आवश्यकता ? राष्ट्रमा स्थानीय निकायको निर्वाचन नभएको डेढ दशकभन्दा माथि भइसकेको छ तर पनि राष्ट्र वा सरकारको त्यसतर्फ ध्यान नजानु लाजमर्दो विषय बनेको छ । यसैको अभावमा जहाँ नेपाली जनता बिचल्लीमा छ, त्यसको अर्कोतर्फ वडा तथा गाविस सचिव आफ्नो मनपरी गरी विभिन्न किसिमको विकास बजेट तथा वृद्धवृद्धा, एकल महिलाको सामाजिक भत्ता रकम भ्रष्टाचार गरी आफ्नो सम्पत्ति वृद्धि गरिरहेका छन् । जहाँ सम्पूर्ण राष्ट्र भ्रष्टाचारमा लिप्त छ, हाम्रो नगरपालिका पनि यसबाट अछुतो रहन सकेन किनभने संस्कार नै यस्तै पाएको छ।     हाम्रो राष्ट्रमा एक महानगरपालिका र चार उपमहानगरपालिका गरी सयभन्दा बढी नगरपालिकाहरू छन् । साधारणतया तिनीहरूको कार्य हुन्छ, नगर विकास गर्ने तर हाम्रो वीउमनपालाई यस्तो नशा लागेको छ कि विकास गर्नुको सट्टा कार्यालयभित्र राजनैतिक गरी बस्छन् त्यहा