Posts

Showing posts with the label मन्तव्य

दे दे राम दिला दे राम

Image
                कुमार रुपाखेती जसरी राजा वीरेन्द्रको हत्यापछि सहज र सुलभ तरीकाले भारतीयहरूलाई नेपाली नागरिकता वितरण गरियो, ठीक त्यसैगरी अब नेपाल–भारतबीचका कतिपय गहमागहमी विषय सेलाउनेवाला छन्। अदालतको फैसला आएको छ, संसद् पुनर्बहाली भएको छ। झन्डै दुई तिहाइ बहुमतको सरकार बेवारिसे र असफल भएको मुलुकमा छ्यासमिसे मिलीजुली सरकारले करामत देखाउनेवाला छ। छिट्टै मुलुकमा जनताले नपत्याएकाहरूको बाहुल्यता भएको सरकार बन्नेवाला छ। चुच्चे नक्शा, कालापानी, लिम्पियाधुरा सबै भारतले दाइजोमा पाउनेवाला छ। सौताको रिसले पोइको काख भिजाउने र चिट चोरेर कक्षामा उत्तीर्ण हुने विद्यार्थीझैं प्रचण्ड–माधवले अदालतको फैसलापछि मोतीचुरको लड्डु खाएको देख्दा मलाई मेरो स्कूले जीवनको सम्झना गरायो। सुन्दा नै अचम्म लाग्यो, अदालतको फैसलापछि नेपाल र भारतमा समेत लड्डु साटासाट भएछ। नेपालमा राजा महेन्द्रले भारतसँग दोस्तीको हात बढाउने तर नेपालमा भारतीय दबाब र प्रभाव घटाउने कार्य नबुझिंदो पाराले गर्दै आएका थिए। भनिन्छ, वर्तमान अवस्थामा अध्यक्ष ओलीले समेत राजाहरूकै बाटो पछ्याउँदै आएका थिए र चारोखाना चित्त पार्न खोजिए। माधव नेपाल प्रधानमन

मदन र झाँक्री

Image
कुमार रुपाखेती बहुदल आएलगत्तै टुँडिखेलको एक सभामा मदन भण्डारीले अनाहकमा राष्ट्राध्यक्ष वीरेन्द्रलाई फोस्रो ध्वाँस दिंदै– “महाराज नारायणहिटीमा बसेर धेरै नाकमुख नखुम्च्याइबक्स्योस्, राजनीति गर्ने भए श्रीपेंच फुकालेर आइस्योस्,” भनेका थिए। त्यखिेर राजा र दरबारलाई चुनौती दिंदै भाषण गर्दा चर्चा पाइन्छ, ठूलै नेतामा दरिन्छ भन्ने कुरा चतुरे नेताहरूलाई थाहा थियो। मदन भण्डारी यस्तै चुरीफुरीदार, मसालेदार भाषण गर्न माहिर थिए। अहिले समयले कोल्टो फेरेको छ। राजालाई श्रीपेंच खोलेर आऊ भन्ने मदन भण्डारीकी पत्नी राष्ट्राध्यक्ष छिन्। ‘जैसन् गुरु वैसने चेला’ भनेझैं गोर्खाको एक आमसभामा नेकपाकी रामकुमारी झाँक्रीले राष्ट्राध्यक्ष भण्डारीविरुद्ध तल्लोस्तरमा तथानाम मुख छाड्नि। राजालाई श्रीपेंच फुकालेर आऊ भन्दा गलल हाँस्ने कम्युनिस्टहरू झाँक्रीले विद्या भण्डारीको झाँक्रो झार्दा केही प्रफुल्लित देखिए भने केही नून खाएको कुखुराझैं झोक्रिए। आफूलाई मदन भण्डारीले गालीगलौज गरेको त्यो क्यासेट राजा वीरेन्द्रले समेत मगाएर मुस्कुराउँदै सुने र डस्टबिनमा फालिदिएछन्। तर बिचरा झाँक्रीको भाषणको क्यासेट सुनेर आगबबुला भएको ओली खेम

शहीद दिवसको सन्दर्भमा

Image
सुदर्शनराज पाण्डे माघ १० देखि १६ गतेसम्म नेपालमा सप्ताहव्यापी शहीद दिवस मनाइन्छ, केवल औपचारिकताका लागि मात्र। शहीदको बलिदानको कदर गर्ने हो भने माघ १६ गते शहीद दिवसका रूपमा देशव्यापी व्यापक जनसहभागिताका साथ मनाइनुपर्दछ। सच्चा क्रान्तिकारी, महान् र गौरवशाली देशभक्त भनेकै शहीद हुन्। कुनै राजनीतिक कालखण्डमा यथास्थितिविरुद्ध परिवर्तनका पक्षमा भएको जनक्रान्ति, जनयुद्ध, जनसङ्घर्षमा शासनसत्ताबाट गोली खाएर शहादत प्राप्त गरेका सबै शहीद हुन्। शहीद साझा र अमर हुन्छन्। शहीदहरू दलविशेषका होइन, राष्ट्रका हुन्छन्। उनीहरूलाई राष्ट्रिय सम्मान दिइन्छ। शहीदहरूलाई उपेक्षा गर्नु भनेको अपराध हो। शहीदको बलिदानलाई भजाएर शासनसत्तामा पुगेका, महत्वपूर्ण पद ओगटेकाहरू सबै राष्ट्रका अपराधी हुन्। शहीद परिवारलाई उपेक्षित गर्ने तथाकथित नेताहरूको लोकतन्त्र शहीद परिवारका लागि अभिशाप, दुर्भाग्य हो। शहीद विवादको विषय हुनुहुँदैन। आम जनताको सहमतिमा शहीद घोषणा हुनुपर्दछ। मधेसी शहीद, काङ्ग्रेसी शहीद, माओवादी शहीद, एमाले शहीद होइन, सबै शहीद राष्ट्रिय हुन्। उनीहरूको सम्मान राष्ट्रियस्तरमैं हुन्छ। २००७ सालको क्रान्तिका चार शहीद ध

कौवालाई बेल पाक्यो हर्ष न बिस्मात

Image
- कुमार रुपाखेती     हेलिकप्टर दुर्घटनाबाट बल्लतल्ल बाँचेका अल्पमतका प्रधानमन्त्री मनमोहन अधिकारीलाई सत्ताबाट झार्न गिरिजाप्रसादहरूले अनेक तिकडम गर्न थालेपछि एमालेले आगामी आमनिर्वाचनका लागि एउटा नारा घन्कायो, नाराको बोल थियो– “आगामी सरकार एमालेको, अल्पमतको होइन बहुमतको ।”     यो नारा घन्काएको झन्डै अढाई दशक अर्थात् २५ वर्षपछि एमाले रमाओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीले बहुमत मात्र होइन झन्डै दुई तिहाइ बहुमत प्राप्त ग¥यो, सरकार बनायो । तर यही नारा नेकपाका लागि अभिशाप बन्यो । कुकुरलाई घ्यू नपचेझैं भयो । भस्मासुर पारामा नेकपा दुई फ्याँक भएको छ । भुरा कम्युनिस्टहरूलाई त आफ्ना पूर्वनेता मनमोहन अधिकारीबारे थोरबहुत पनि जानकारी नहोला । मनमोहनलाई संस्थापक कम्युनिस्ट नेता मानिन्छ । त्यतिखेर नेकपा माक्र्सवादीका नेता मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष बनाएर मदन भण्डारी महासचिव बनेका थिए, अनि त्यसपछि यो पार्टीको नाम नेकपा एमाले राखिएको हो । २०४६ सालको जनआन्दोलनमा मनमोहन अधिकारीले अहम् भूमिका निर्वाह गरेका थिए । मनमोहन सरकारका उपप्रधानमन्त्री माधव नेपालले हेलिकप्टर दुर्घटनामा परी अस्पताल भर्न

स्वर्णिम संसारका संवाहक – प्रजापिता ब्रह्माबाबा

Image
    मानव सृष्टिको विगतदेखि वर्तमानसम्म नियाल्दा हरेक युगमा अनेकौं पुण्यात्मा, महात्मा, धर्मात्मा, महान् आत्माहरूको आगमन यस पृथ्वीमा भयो। उहाँहरूले तत्कालीन सामाजिक व्यवस्था र समयको मागअनुरूप मानवजगत्मा निकै अतुलनीय योगदान र पथ प्रदर्शन पनि गर्नुभयो। जसका कारण ती महामानवहरू आजसम्म पनि सम्पूर्ण जगत्मा वन्दनीय, अनुकरणीय र पूजनीय बनेका छन्। उहाँहरूप्रति सबैको मस्तक श्रद्धाभावले नतमस्तक छन्।     वास्तवमा तिनै महान् पूर्वज एवं अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै प्रेरणा ग्रहणका लागि उहाँहरूको जन्मदिवस र मरण दिवसलाई आज शताब्दीऔं र हजारौं वर्षपश्चात् पनि विशेष उत्सव र पर्वको रूपमा मनाइने गरिएको छ। यसरी विश्व इतिहासमा अमर भएका छन्, ती महान हस्तीहरू।     आज तिनै हस्तीहरूमध्ये एक साधारण मानव परन्तु बहुआयामिक व्यक्तित्व, अद्वितीय, अद्भुत र असाधारण व्यक्तित्वको सम्पूर्णता दिवस, महाप्रस्थान, महाप्रयाण र पुण्य स्मृति दिवस १८ जनवरीको उल्लेख यहाँहरूमाझ गर्दैछौं। उहाँ हुनुहुन्छ स्वयम् सर्वशक्तिमान् निराकार ईश्वरका साकार माध्यम एवं ईश्वरप्रदत्त विश्वव्यापी आध्यात्मिक एवं शैक्षणिक संस्था प्रजापिता ब्रह्माकु

लोहडी

Image
जसपाल सिंह लोहडीको धूम पञ्जाबमा देख्न सकिन्छ। भारतको उत्तर पञ्जाब राज्य तथा पञ्जाबीहरू कृषि, उद्योग, व्यापार, मेहनत, इमानदारी, बहादुरी तथा सांस्कृतिक विविधताको लागि विश्वभर प्रसिद्ध छन्। अनाज उत्पादनमा विशेष स्थान राख्ने भएकोले उसको आफ्नो छुट्टै चिनारी पनि छ। घरघरमा साना, ठूला सबै खालका उद्योगले निकै सम्मान पाएको छ। कुनै पनि चाडपर्वमा हर्ष, उल्लास तथा खुशीयाली मनाउँदै, पुरुषहरूले रङ्गबिरङ्गी फेंटामा सजाएर भाँगडा र रङ्गबिरङ्गी दुपट्टामा महिलाहरूको गिद्धा नृत्यले संसारभरि ख्याति कमाएको छ। यो चाड जनवरी १३ तारिखमा मनाइन्छ। गहुँ खेती आश्विनतिर रोपिन्छ। चैत्र, वैशाखमा पाक्छ तर पुस, माघतिर खेतीको अवस्था ज्ञात हुने गर्दछ। त्यस कारणले पनि यो मौसम र लोहडीको त्योहार अति उत्साहवद्र्धक हुने गर्दछ। यस चाडमा किसानले सूर्यको आभार व्यतm गर्ने गर्दछन्। सूर्यको प्रताप र तापले खेती राम्रो भयो भन्ने गर्दछन्। लोहडी पर्व जाडोलाई बिदा गर्ने सङ्केत पनि हो। यो मान्यता छ कि लोहडीको भोलिपल्ट सूर्य मकर राशिमा उत्तरी गोलाद्र्धमा प्रवेश गर्ने गर्दछ। त्यो समय सात महीनाको रहने गर्दछ। यसलाई उत्तरायण भनिन्छ। यस दिन पञ्ज

श्रीगुरु रामदास महाराजको प्रकाशोत्सव (जन्मजयन्ती)

Image
      सिख पन्थका चौथो गुरु श्री गुरु रामदासको जन्म, चुनामन्डी लाहौर (हाल पाकिस्तान)मा कात्तिक, बदी २ (२५, अशु सुदी ६) संवत् १५९१ (२४ सेप्टेम्बर १५३४) मा भएको थियो। माता दया कौर (अनुप कौर) तथा बाबा हरिदास सोढीका यिनी पुत्र अति सुन्दर तथा आकर्षक थिए। रामदासको परिवार अति गरीब थियो, उनीहरू उमालेको चना बेचेर जीवनयापन गर्थे। उनी ७ वर्षको हुँदा उनको पिताको स्वर्गवास भएको थियो। उनकी हजुरआमा (माताकी माता)ले आफ्नो गाउँ बसरके भन्ने ठाउँमा लगिन्, उनले त्यहाँ पनि ५ वर्षसम्म चना बेचेर आफ्नो जीविका चलाएका थिए। सिख धर्मका तेस्रो गुरु साहेब श्री गुरु अमरदास बसरके गाउँ आएको बेलामा भेट हुँदा उनीहरूमा आपसी लगाव तथा सद्भावको सुरुआत भएको थियो।     गुरु रामदास आफ्नी हजुरआमासित गोइन्दवाल आएर त्यहीं बसोबास गर्न थाले। यहाँ पनि उनले चना बेचे साथै गुरु अमरदासद्वारा चलाइएका धार्मिक सङ्गतहरूमा भाग लिन्थे। सेवामा भाँडा माझ्ने, कुचो लगाउने, पङ्खा हम्किने आदि गर्थे। उनले गोइन्दवाल साहेबको निर्माण सेवामा माटो खन्ने र निर्माण सामग्रीहरू छैटीमा राखेर टाउकोमा बोक्ने जस्ता धैरै सेवा गरे। उनको अटुट सेवा, समर्प

नागरिकतामा विभेद ः लोकतन्त्रको उपहास

Image
-ऋतिक यादव     अमेरिकाको सर्वोच्च अदालतका चौथो प्रधानन्यायाधीश जोन मार्शलले नागरिकताको मुद्दामा भनेका छन् कि त नागरिकता नदेऊ कि त नागरिकता दिइसकेपछि नागरिक–नागरिकबीचमा फरक व्यवहार न गर। प्रयुक्त भनाइ अहिले हाम्रो राष्ट्रिय परिवेशमा सान्दर्भिक बनेको छ, किनकि सत्तासीन नेकपाको सचिवालय र मिनीपार्लियामेन्टको रूपमा रहेको राज्य व्यवस्था तथा सुशासन समितिले विवाहको ७ वर्षपछि मात्र विदेशी महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता दिनुपर्ने विभेदकारी र नागरिक– नागरिकबीच फरक व्यवहार गर्ने प्रकारको कानून अघि सारेको छ।     अस्ट्रियाली कानूनविद्  हान्स चेल्सनले आफ्नो सुप्रख्यात मूल नियम (ग्राउन्ड नर्म)को सिद्धान्तमा कानूनको अस्तित्व र वैधानिकता मूल नियममा निहित रहेको भन्छन्। मूल नियमबाट हस्तान्तरित कानूनी शक्ति अघिल्लो उच्च नियमबाट पछिल्लो नियममा प्रसारित हँुदै मानवीय व्यवहारसम्म पुग्दछ। साधारण शैलीमा भन्नुपर्दा कानूनमा एक प्रकारको  ‘हायरारकी’ स्थापित भएको हुन्छ।  संविधान ऐनमाथि हुन्छ, ऐन नियमावलीमाथि हुन्छ र नियमावली नियममाथि हुन्छ। जस अनुसार नागरिकता ऐन पनि देशको मूल कानून संविधानसम्मत हुनुपर्छ नत्र

सीमा व्यवस्थापनको उपयुक्त समय

Image
नारायणप्रसाद चापागाईं नेपालमा अहिलेसम्म २५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये अधिकांश सङ्क्रमित भारतबाट भित्रिएका व्यक्ति र तीमार्फत् सङ्क्रमित भएका अन्य व्यक्तिहरू छन् । भारतसँगको खुला सिमानाको कारण आवागमनलाई नियमन र नियन्त्रण गर्न नसक्दा विगतमा देखा परेका यावत समस्याहरूको अतिरिक्त यसपालि भारतकै कारण नेपालले कोरोना भाइरस सङ्क्रमणको अत्यधिक जोखिम बेहोर्नुप¥यो । सन् १८१६ को सुगौली सन्धिद्वारा सीमाबद्ध भएको र भारत स्वतन्त्र भएपश्चात् सन् १९५० को शान्ति तथा मैत्री सन्धिद्वारा अनुमोदित नेपाल र भारतको सीमानाका हालको दिनसम्म पूर्णतः खुला र निर्बाध रहिआएको छ । सीमा क्षेत्र, विवाद र अतिक्रमित क्षेत्र तत्कालीन सुगौली सन्धिपश्चात् नेपाल–भारत सीमाको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको करीब १०२७ किलोमिटर क्षेत्रमा ८५५३ वटा सीमा स्तम्भ (जङ्गे पिलर) गाडी नेपाल र भारतको सीमा क्षेत्र निर्धारण गरियो । जुन क्षेत्र दशगजा नामले परिचित छ । हाल नेपाल–भारतबीचको सीमा छुट्याउन गाडिएका स्तम्भहरूमध्ये करीब ३२०० स्तम्भ सीमा क्षेत्रबाट हराएको अध्ययनले देखाएको छ । भारतसँग सिमाना जोडिएका २६ जि

स्वस्थकर पूर्वीय जीवनशैली

Image
नारायणप्रसाद चापागाईं     यतिखेर विश्व कोभिड–१९ नामक नयाँ सङ्क्रामक जीवाणुको कारण आक्रान्त छ। विश्वका सबै देश प्रत्यक्षरूपमा यस भाइरसबाट प्रभावित छन्। चीनको वुहान शहरमा उत्पन्न भई विश्वभरि द्रुत गतिमा साम्राज्य पिंmजाइसकेको कोरोना भाइरस निवारणको हालसम्म कुनै औषधि या खोप पत्ता लागेको छैन। विश्वका सम्पूर्ण देशले यसको रोकथामलाई मुख्य प्राथमिकतामा राख्दै आफ्ना नागरिकलाई एकअर्कासँग सामाजिक दूरी कायम गर्न सुझाइ देशभित्र तथा बाहिर आवतजावत गर्न प्रतिबन्ध लगाएको अवस्था छ। रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन तातोपानी तथा भिटामिन ‘सी’युक्त खाद्यपदार्थ सेवन गर्न चिकित्सकहरूको सुझाव छ। विश्वभरि महामारीको रूपमा पैmलिएको यस कोरोना भाइरसको प्रभाव पूर्वका राष्ट्रमा भन्दा पश्चिमका राष्ट्रमा बढी परेको देखिन्छ। यस सङ्क्रामक रोगले आधुनिक विज्ञानजगत्माथि चुनौती थपिदिएको छ। जीवाणु उत्पन्न भएको चार महीनाभन्दा बढी अवधि बितिसक्दा पनि भौतिकवादमा तरक्की गरी उन्नत देशको रूपमा पहिचान स्थापित गरेका मुलुकका धुरन्धर वैज्ञानिक र चिकित्सकहरूले समेत सोको औषधि या उपचार पद्धति पत्ता लगाउन नसक्नु र तिनै देशहरूमा भाइरसब

लकडाउनमा अभिभावकको जिम्मेवारी

Image
       अहिले शिक्षा क्षेत्र एकदमै जटिल अवस्थामा छ। सानोदेखि ठूलो कक्षा सबैको परीक्षा स्थगित भएको छ। यस्तो समयमा बालबालिकाको दैनिकी बिहान उठेदेखि राति नसुतेसम्म मोबाइल, टिभी तथा आइप्याडमा झुम्मिनु रहेको छ। जसको असर बालबालिकाको कलिलो आँखामा त पर्छ नै मानसिक स्थितिमा पनि पर्छ। यो पक्कै पनि उनीहरूको भविष्यको लागि राम्रो होइन।     यस्तो समयमा बालबालिकाको ध्यान सिर्जनात्मक क्रियाकलापतर्पm यसरी केन्द्रित गर्न सकिन्छ। १. दैनिक तालिका बनाउने     बालबालिकाको दैनिक तालिका बनाउनुहोस्, जसमा उनीहरू बिहान उठेदेखि राति नसुतेसम्म के के गर्ने सोको तालिका अभिभावकले बनाइदिनुपर्छ। जसमा उनीहरूको खाने समय, पढ्ने समय, खेल्ने समय, वार्तालाप गर्ने समय र टिभी, मोबाइल हेर्ने समय छुटयाइदिनुपर्छ। २. पोष्टिक आहारयुक्त खाना     बालबालिकाहरूको अर्काे चासोको विषय खाना पनि हो। उनीहरूलाई मन पर्ने खाना फरकफरक तरीकाले पकाइदिने गर्नुपर्दछ, जसले उनीहरू शारीरिक र मानसिक दुवैरूपले तन्दुरुस्त हुन मदत पुग्छ। ३. बालबालिकालाई समय दिनुहोस्     बालबालिकासँगै अभिभावकको समय पनि मोबाइलमैं बित्ने हँुदा यस्तो अवस्थामा उनीहरू मोबाइललाई न

गर्भवतीले घरमै ख्याल गरे अस्पताल धाइरहनुपर्दैन

Image
विमला गुप्ता, वीरगंज, ९ वैशाख/     अहिले विश्वभरि कोरोनाको त्रास छ। कोरोनाको सङ्क्रमण फैलन सक्ने डरले अहिले मानिसहरू घरभित्रै बसेका छन्। यस्तो अवस्थामा गर्भवती महिलाहरूलाई समेत नियमित चेकजाँचका लागि अस्पताल आउजाउ गर्न समस्या भएको छ।     एकातिर कोरोना भाइरसको सङ्क्रमणको भय अर्काेतर्पm चिकित्सकको निगरानीमा गर्भमा रहेको बच्चाको अवस्था बुभ्mन कठिनाइ हँुदा अहिले यो समस्याले गर्भवती महिलाहरू बढी चिन्तित छन्। यस्तो अवस्थामा घरमैं बसी गर्भवती महिलाले आफ्नो र गर्भमा रहेको बच्चाको हेरविचार गर्न सक्छन्, नारायणी अस्पताल वीरगंजकी स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा लक्ष्मी थापाले बताएकी छन्।     “गर्भवती महिलालाई दिनहुँ सन्तुलित आहारको आवश्यकता हुन्छ, साथै यस्तो बेला निरन्तरको चेकजाँच र आइरन, क्याल्सियम जस्ता औषधिहरूको पनि आवश्यकता हुने गर्दछ,” डा थापाले भनिन्, “यस्तो कठिन परिस्थितिमा गर्भवती महिलाले अन्य दिनको भन्दा विशेषरूपले घरमैं बसेर आपूm र बच्चाको ध्यान दिने तर जोखिमपूर्ण अवस्था छ भने चिकित्सकसँग समयमैं सम्पर्क गर्न आवश्यक छ।”     डा थापा भन्छिन, “यदि गर्भवती महिलालाई समयअगावै अचानक रगत

कोरोना भाइरस (कोभिड–१९)को विश्वभरि महामारी, नेपाल कसरी मुक्त ?

Image
सुदर्शनराज पाण्डे     नयाँ वर्ष सन् २०२० को शुभारम्भसँगै नेपालको छिमेकी मुलुक चीनको हुबेई प्रान्तमा उत्पत्ति भएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणले विश्वका ११५ राष्ट्रमा महामारीको रूप लिएको छ । विश्वभर कोरोना भाइरसको प्रभाव र असर बढेको छ । विश्वभर एक प्रकारको सन्त्रास पैmलिएको छ । विश्वकै ध्यान यतिखेर कोरोना भाइरसको नियन्त्रणमा केन्द्रित छ ।     कफ नआउने सुक्खा खोकी, नाकबाट पानी नबग्ने, श्वासप्रश्वासको समस्या, कडा ज्वरो, रुघाखोकीको मुख्य लक्षण हुने कोरोना भाइरसका कारण हालसम्म विश्वका तीन हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ । विश्वमा १ लाख २० हजार मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन विश्व स्वास्थ्य सङ्गठनले केही शर्त निर्धारण गरेको छ । कोरोनाको शङ्का देखिएमा क्वारेन्टाइनमा राखिने गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणलाई लिएर विभिन्न तर्क, वितर्क, टिप्पणी, हल्ला हुने गरेको छ । नानाथरीका हल्लाले मानिसहरू झन्झन् सशङ्कित बन्दै गएका छन् । स्वास्थ्य परीक्ष्Fणलाई प्रमुखता दिइएको छ । कोरोना भाइरसप्रति सबै सतर्क र सजग रहन जरुरी छ । पूर्वसतर्कता अनिवार्

दुःख निम्त्याउने गाजर झार (पार्थेनियम)

Image
    गाजर झार एउटा धेरै नै दुःख दिने झार हो । यसलाई तराईमा गाजरा नामले चिनिन्छ । यसको वैज्ञानिक नाम पार्थेनियम हिस्टेरोफोरस हो, जुन उस्टेरेसी (कम्पोजिट) परिवारमा पर्छ । यसको उत्पत्ति स्थान वेस्टइन्डिज र मध्य वा उत्तरी अमेरिका मानिन्छ । यो झार भारतको पुना (महाराष्ट्र)मा सर्वप्रथम सन् १९५६ मा युनाइटेड स्टेट अफ अमेरिकाबाट गहँुको बीउसँग भित्रिएको हो । अहिले यो झार भारत र नेपालमा एउटा ठूलो समस्याको रूपमा देखिएको छ । खासगरी यो झार रेलवे लाइन, नहर, सडकछेउ, बगैंचा, विमानस्थल, औद्योगिक क्षेत्र, आवास क्षेत्र, विद्यालय, क्याम्पस, विश्वविद्यालय, अस्पताल, शहरभित्रका अनुपयोग जग्गामा बढी देखिन्छ ।     अहिले यो झार वीरगंज, कलैया, पथलैया, हेटौंडा, नारायणघाट, काठमाडौं (सिंहदरबारभित्र), ललितपुर, भक्तपुर, बुटवल, भैरहवा, नेपालगंज, गुलरिया, राजापुर, धनगढी, जनकपुर, लहान, विराटनगर साथै देशका विभिन्न भागमा पाइन्छ । यो झार विभिन्न बाली जस्तै तरकारी (आलु, गोलभेंडा, भिन्डी), गहुँ मुसुरो, राजमा, उखु, मकै, भटमास, ज्वार, बाजरालगायतका खेतमा एउटा ठूलो समस्याको रूपमा देखिन्छ ।     विभिन्न अध्ययन अनुसन्धान अनुसार यो झा

पुस्तकमा कर: ज्ञानमा अंकुश

Image
ऋतिक यादव     सरकारले आर्थिक वर्ष २०७६–७७ को बजेटमार्फत विदेशमा मुद्रण भई आयात भएका सबै प्रकारका पुस्तकमा १० प्रतिशत भन्सार लगाउने निर्णयलाई कार्यान्वयन गर्न थालेपछि यसको पक्ष र विपक्षमा चर्को बहस शुरू भएको छ। विदेशमा मुद्रण भएका पुस्तक पढ्ने  विद्यार्थीहरू र नेपालबाटै बाहिरी मुलुकमा पुस्तक मुद्रण गराएर ल्याउने बिक्रेतासमेत यसको विरोधमा छन् भने स्वदेशी मुद्रण उद्योगहरू यो प्रावधानका पक्षमा छन्।     प्रारम्भमा पुस्तकमा कर लगाउने प्रथाबारे उल्लेख गर्नुपर्दा राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकाल, २०६२–६३ को बजेटमा अर्थमन्त्री मधुकरशमशेर राणा र ०५३–०५४ मा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले पुस्तकमा क्रमशः ५ र १० प्रतिशत भन्सार लगाउने  निर्णयको चौतर्फी विरोधपछि उक्त निर्णय फिर्ता लिएको देखिन्छ। अरू कुुनै अर्थमन्त्रीको पालामा पुस्तकमा कर थुुुपार्ने प्रयास गरिएन। तर,  अर्थमन्त्री डा. युवराज खतिवडाले पहिलोपटक यस प्रकारको अस्वाभाविक र अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको बर्खिलाप हुने निर्णय कार्यन्वयन गर्दैछन्। स्वदेशी उद्योग संरक्षणका लागि निर्यात प्रभावित पार्ने वस्तुको आयातमा अंकुश लगाउ