Posts

Showing posts with the label महिला सरोकार

बालविवाह रोकिएमा दाइजाको कारण हुने महिला हिंसामा कमी आउँछ

Image
- मायामितु न्यौपाने     बालबिवाह सामाजिक अपराध हो, तर शिक्षा र चेतनाको अभावका कारण तराई क्षेत्रमा बालविवाह नियन्त्रणमा कठिनाइ देखिएको छ । सामाजिक अपराधको रूपमा जरो गाडेको बालविवाह र दाइजो प्रथाजस्ता सामाजिक अपराधलाई नियन्त्रण गर्न अहिले प्रहरी र प्रशासनले देखाएको सक्रियता परिवर्तनको क्षेत्रमा सराहनीय  बनेको छ ।     बालविवाह सामाजिक अपराध हो । कुरीति र विकृतिको रूपमा तराईमा जरो गाडेर रहेको बालविवाहका कारण बालबालिकाको कम उमेरमैं विवाह हुँदा उनीहरूको भविष्य नै प्रभावित हुने गरेको छ । उमेर नपुग्दै बिहे हुँदा शारीरिक र मानसिक अवस्थामा नकारात्मक असर पर्नुका साथै उनीहरूको शिक्षादीक्षासमेत प्रभावित हुने गरेको छ । बालविवाहसँगै जोडिएको दाइजो प्रथाका कारण तराईमा कतिपय बालबालिकाले त ज्यानसमेत गुमाउनुपर्ने अवस्थाको सृजना हुने गरेको छ । विकृतिको रूपमा जरो गाडेको यस्तो अपराध, जसले भविष्यमा अन्य ठूलो अपराधलाई समेत जन्म दिने भएकोले यसलाई समयमैं नियन्त्रण गर्नुपर्ने धारणा राख्छन्, अञ्चल प्रहरी कार्यालय नारायणी वीरगंजका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल । सोही अनुरूप उनकै सक्रियतामा बालवि