Posts

Showing posts with the label बुद्ध जयन्तीको उपलक्ष्यमा

जीवनभरि चले बुद्धका वैज्ञानिक प्रयोग

भगवान् बुद्धको धर्मचक्र प्रवर्तनमा वैज्ञानिक अध्यात्मको अन्तर्धारा स्वतः प्रवाहित भइरहेको थियो। पछिल्लो केही समयदेखि उनी जेतवनमा थिए। महास्थविर रेवत, भिक्षु महाकाश्यप एवं भदन्त मौद्गल्यायन पनि त्यसताका त्यहीं उनीहरूका साथ थिए। आनन्दले त तथागतको सेवा गर्नु नै आफनो सम्पूर्ण कर्तव्य ठानेका थिए, त्यसैले उनी भगवान्का साथ रमण गर्दथे। तथागतको उपस्थिति जिज्ञासुहरूका लागि चुम्बकीय प्रकाश थियो। यो यस्तो अद्भूत समुज्ज्वल प्रकाश थियो, जसमा आकर्षा र सम्मोहन एकैसाथ मिसिएको थियो। यसको वशीभूत भएर थुप्रै जिज्ञासु नित्य बुद्धवाणीको अमृतपान गर्न आउँथे। तथागत पनि आफनो अनुदान-अवदानमा कुनै सङ्कोच गर्दैनथे। जो पनि जिज्ञासा लिएर आउँथ्यो, उनकाबीच उनी उदारतापूर्वक बोधिको प्रकाश वितरित गर्दथे। यो पाएर जिज्ञासुहरूलाई पनि अनौठो तृप्ति-तुष्टि एवं शान्ति प्राप्त हुन्थ्यो। तर नित्य आउने आगन्तुकहरूमध्ये जिज्ञासु मात्र हुँदैनथे, केही यस्ता पनि हुन्थ्ये, जो तथागतको तत्वज्ञानको परीक्षा लिन चाहन्थे। केहीको उद्देश्य उनीसँग शास्त्र-चर्चा गर्ने नाममा वाद-विवाद गर्नु हुन्थ्यो। केहीको रुचि धार्मिक रीति, मान्यता, परम्परा एवं क