Posts

Showing posts with the label जैव विविधता दिवस

जैव विविधतालाई कमजोर पार्ने मानव गतिविधिहरू

Image
- निर्भय कर्ण     हाम्रो पृथ्वी निकै राम्रो र सुन्दर छ, जसमा सबै जीवजन्तको आआफ्नो अहम् योगदान र महत्ता छ । हरिया रूखबिरुवा, विभिन्न प्रकारका जीवजन्तु, माटो, पठार, हावा, पानी, नदी, समुद्र, महासागर इत्यादि सबै प्रकृतिका देन हुन्, जुन हाम्रो अस्तित्व तथा विकासका लागि आवश्यक छ । पृथ्वीबाट हामीलाई भोजन मात्र होइन, जिन्दगी जिउनका लागि प्रत्येक चीज प्राप्त हुन्छ । साँच्चै भन्ने हो भने सबै जीव र पारिस्थितिक तन्त्रको विभिन्नता एवं असमानता नै जैव विविधता हो । त्यसैले यो भन्दा अतिशयोक्ति हुने छैन कि जैव विविधताको मानव जीवनको अस्तित्वमा अहम् योगदान छ ।     जैव विविधताबाट जहाँ जीवित प्राणीका लागि भोजन तथा औषधिहरू प्राप्त हुन्छ, त्यहीं उद्योगहरूका लागि कच्चा माल प्राप्त हुन्छ । वैज्ञानिकहरूको कुरामा विश्वास गर्ने हो भने विश्वको २५००० वनस्पति प्रजातिहरूमा ५००० प्रजातिका वनस्पतिको मात्र औषधिको रूपमा प्रयोग भइरहेको छ । यसको एउटा सानो अंशबाट हाम्रो खाद्यान्नको आपूर्ति भइरहेको छ । यीमध्ये लगभग १७०० वनस्पतिलाई खाद्यको रूपमा उब्जाउन सकिन्छ तर ३० देखि ४० वनस्पति फसलबाट मात्र पूरा विश्वलाई भोजन उपलब्ध भइरह