Posts

Showing posts with the label सिर्सियाँ नदी प्रदूषण प्रकरण

कलैया बलात्कार प्रकरण ः छानबिन शुरु

शिवशङ्कर मिश्र, कलैया, बारा, ४ फागुन/     १३ वर्षीया बालिकाको बलात्कार काण्डको मध्यक्षेत्र प्रहरी कार्यालयले छानबिन शुरु गरेको छ ।     अञ्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सूर्यप्रसाद उपाध्यायको नेतृत्वमा छानबिन समिति गठन भएको छ ।     सो टोलीले आजदेखि घटनास्थलमा पुगी प्रत्यक्षदर्शीको बयान लिएको बुझिएको छ ।     भेडाहा गाविस–१ मा रहेको प्राथमिक विद्यालयमा अध्ययनरत १३ वर्षीया बालिकाको बलात्कार घटनाको जिल्ला प्रहरीले छानबिन नगरी दोषीलाई उन्मुक्ति दिएको सार्वजनिक भएपछि मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले छानबिन टोली गठन गरेको हो ।     यस विषयमा प्रहरी वरिष्ठ उपरीक्षक उपाध्यायसँग बुझ्दा आज घटनास्थल वरिपरि प्रत्यक्षदर्शीको बयान सकेको बताए ।     समितिलाई सात दिनभित्र खोज प्रतिवेदन पेश गर्ने र त्यसपछि घटनाबारे सत्यतथ्य जानकारी गराउने प्रवउ उपाध्यायले जानकारी गराए ।

रक्सोल त तात्यो, अब हामी पनि तात्ने कि ?

Image
–प्रस्तुति: जश     नेपालमा उद्योगीकरणको लहरसँगै सिर्सियाँ खोला प्रदूषण हुने क्रम जारी छ। सिमरा गाविसको रामवन उद्गम भएको यो खोला बारा र पर्साका झन्डै २०वटा गाविसका साथै भारत प्रवेश गरेर रक्सौललगायत सिकरहनामा समाहित नहुन्जेल सबैको जीवनदायिनी बनेको छ। यस भेगका मानिसको पूजापाठ, स्नान, पेयलगायत पशुपक्षीलगायत जड, चेतन सबैका लागि यसको महत्व निर्विवाद रहँदै आएको छ। तर उद्योगबाट निष्कासित फोहोर नदीमा हालेर यत्रो जनमानसलगायत अन्तर्राष्ट्रिय भ्रातृत्वमा समेत बाधा उत्पन्न गराएका छन्। उद्योग स्थापना हुनु जरूरी छ तर प्राणीमात्रलाई हानि पुर्‍याउने अवशिष्ट शुद्धीकरण गरेरमात्र नदीमा प्रवाहित गर्नुपर्ने नितान्त मानवीय कर्तव्य उद्योगहरुले बिर्सेका हुँदा आज लाखौं मानिसको जीवन बनेको जीवन्त नदी फोहर नालामा परिणत भएको छ। यस सम्बन्धमा बितेको हप्ता रक्सौलमा आन्दोलन सञ्चालन गर्ने सङ्कल्प भएको छ। त्यसै आन्दोलनका अगुवा प्रा. अनिल सिन्हासँग भएको कुराकानीको आधारमा तयार पारिएको लेख प्रस्तुत छ :–     “नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमा रक्सौलको धरतीमा त्यति बेला ऐतिहासिक एवं अभूतपूर्व दृश्य देखियो जब तीन हजारको सङ्ख