Posts

Showing posts with the label संस्कृति/साहित्य

सजिलोसँग कोपिला लेख्ने तरीका

Image
वैधनाथ ठाकुर     कोपिला नेपाली साहित्यमा नयाँ प्रयोग भएपनि यो अत्यन्तै सजिलो र सरस छ। सजिलोभन्दा सजिलो कुरा पनि लेख्न जानिएन भने कठिनाइ हुनु स्वाभाविक हो। कोपिलामा दुर्ईवटा पातको बीचमा मुना रहेको हुन्छ। पहिलो हरफ माथिल्लो पात हो र तेस्रो हरफ तल्लो। बीचको हरफ मुना हो। मुनामा कोपिलाको मूल भाव रहेको हुन्छ र पातहरूले त्यो मूलभावलाई स्पष्ट पार्ने, समर्थन वा विरोध गर्ने, उपमा दिने, व्यङ्ग्य गर्ने, रस भर्ने आदि कार्य गर्दछन्। मुना स्वतन्त्र हरफ हो र पातहरू अनुप्रास र स्थायीयुक्त सरस हरफहरू हुन्। मुना र पातबीच भावगत घनिष्टता हुन्छ।     सजिलोसँग कोपिला लेख्ने हो भने सबैभन्दा पहिले मुना लेख्नुपर्छ। शुरूमा आफूलाई घत परेको कुनै विषयमा  १० र १२ अक्षरको कवितात्मक मुना बनाउनुपर्छ। त्यसपछि त्यस विषयलाई समर्थन वा विरोध वा व्यङ्ग्य वा उदाहरण वा रस– के दिने, सोही अनुसार दुईवटा ८ र १० अक्षरका अनुप्रास र स्थायीयुक्त पातहरू लेख्नुपर्छ। ती पातहरूमध्ये एउटालाई मुनाभन्दा अगाडि र अर्काेलाई पछाडि राखेपछि कोपिला तयार हुन्छ।     जस्तै बिहान उठ्नासाथ झ्यालबाट बाहिर हेर्दा पर डाँडामा घाम उदाएको देख्नुभयो र तर आफूलाई

कोपिला: नेपालको आफ्नै मौलिक कविता विधा

Image
     -बैधनाथ ठाकुर   एउटा समय थियो, जतिबेला चितवन जिल्ला शिक्षाको क्षेत्रमा निकै पछाडि थियो । २०३५ सालतिरको कुरा हो । चितवनका विद्यार्थीहरू कि त राजधानीमा उच्च शिक्षा हासिल गर्न जान्थे वा वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा आइपुग्थे । तर यतिबेला अवस्था फेरिएको छ । चितवन जिल्ला गुणस्तरीय शिक्षाको हबको रूपमा विकास भएको छ ।     यतिबेला चितवन जिल्ला चिनाउने दासढुङ्गादेखि लिएर अनेकौं कुरा छन् । पर्यटकीय, धार्मिक तथा शैक्षिक क्षेत्रमा चितवनले नयाँ पहिचान कायम गरेको छ ।     पञ्चायतकालमा चितवन जिल्लालाई भण्डाराको तत्कालीन मालेका जनपक्षीय उम्मेदवार जागृतप्रसाद भेटवालले वाम प्रभावित जिल्लाको रूपमा परिचय गराएका थिए । हो, यही भण्डाराको गिरिराज डल्लाकोटीले नेपाली साहित्यको क्षेत्रमा आफ्नै मौलिकतामा साहित्यिक विधा–‘कोपिला’को सृजना गरेका छन् । वास्तवमा कविताको रूपमा हामीले लेख्दै आएका सबै विद्या नेपालबाहिरबाट आएका हुन् । यिनीहरूमा नेपालको आफ्नो मौलिकता छैन । गजल तथा मुक्तक अरबी, उर्दू र हिन्दी हुँदै नेपाली साहित्यमा आएका हुन् । त्यसैगरी, छन्द कविता संस्कृतबाट आएको हो । गद्य कविता पनि अङ्ग्रेजीबाट

कुमार संभवम् एक दृष्टिमा

- उमाशङ्कर द्विवेदी संस्कृत साहित्यका कवि कुलगुरु दीपक कालिदासको कल्पना तथा कवित्व शक्तिमाथि प्रकाश पार्नु भनेको सूर्यलाई दीपक देखाउनुसरह हुनेछ । संस्कृत साहित्यमा महाकवि नामधारी कालिदासका दुईवटा महाकाव्य, एउटा खण्डकाव्य तथा तीनवटा दृश्य काव्यले संस्कृत साहित्यको श्रीवृद्धि गरेको पाइन्छ । केही विद्धानहरूको मतानुसार श्रव्यकाव्य ऋतु संहार र श्रुत बोधलाई पनि कालिदासकै रचना मानिएको छ । महाकविका दुईवटा महाकाव्यमध्ये यहाँ विद्वानहरूद्वारा शृङ्गार रसको सागरको रूपमा लिइएको कुमार संभवम् महाकाव्यमाथि दृष्टि हाल्ने प्रयास गरिएको छ ।     यसमा ‘जगत् पितरौ’ शिवपार्वती जस्ता दिव्य दम्पतीको विवाह, कार्तिकेय (कुमार)को जन्म तथा उनकै सेनापतित्वमा देवसेना र तारकासुरबीचमा युद्ध र तारकासुरको वधको वर्णन भएको पाइन्छ । कुमार संभवम्मा हुनत सत्रह सर्गहरू छन् तर महाकविद्वारा शुरूका आठ सर्गहरूमात्र रचित भएका कुरामा पश्चिमेली विद्वान डा. कीथ तथा डा. जेकोबी र पूर्वीय प्राय: सम्पूर्ण विद्वानहरूको मतैक्य छ । डा. जेकोबीको मतानुसार नवम् सर्गदेखि सत्रहौं सर्गसम्मको रचना महाराष्ट्रका कुनै कविले गरेका हुन् । कुमार संभवम्