Posts

Showing posts with the label पुस्तक समीक्षा

यात्रा साहित्यको अमूल्य कृति ‘तिब्बत यात्रा’

Image
–सुदर्शनराज पाण्डे रानीपानी, पर्वतमा २०१६ साउन १५ गते जन्मिनुभएका, त्रिभुवन विश्वविद्यालयबाट एमए पास गर्नुभएका, प्रेस काउन्सिल नेपालबाट सेवानिवृत्त हुनुभएका नियात्री विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लिखित ‘तिब्बत यात्रा’ नामक यात्रा संस्मरण पुस्तकको तेस्रो संस्करण हाल पुस्तक बजारमा उपलब्ध भएको छ । भुँडीपुराण प्रकाशन, काठमाडौंद्वारा तिब्बत यात्रा २०७२ असारमा पहिलो प्रकाशन, २०७२ माघमा दोस्रो प्रकाशन र २०७४ भदौमा तेस्रो प्रकाशन भएको हो । तिब्बत यात्रा पुस्तक छिटो बिक्री वितरण अर्थात् हातैहात बिक्री वितरण भएकाले तेस्रो संस्करण प्रकाशनमा आएको हो । नेपालको हिमाली भेग र चीनको स्वशासित क्ष्Fेत्र तिब्बतका महŒवपूर्ण स्थलको भ्रमणपश्चात् त्यहाँको समग्र परिवेश बडो मेहनतका साथ समेटिएर लेखिएको तिब्बत यात्रा एउटा महŒवपूर्ण आधिकारिक दस्तावेज जस्तो छ । यो पुस्तक पढ्नाले हालसम्म जानकारी पाउन नसकिएका धेरै कुराको जानकारी पाउन सकिन्छ । यात्रा स्मरण नियात्रा साहित्य आपैंmमा एउटा रोचक र शिक्ष्Fामूलक विषय हो । लेखक विष्णुप्रसाद शर्माले ‘पहिले नेपाल अनि त्यसपछि विदेश यात्रा’ गर्न खासगरी युवाहरूलाई आग्रह र अन

२०७२ भदौ २८ गते सोमवार

२०७२ भदौ २८ गते  सोमवारको प्रतीक दैनिक

शोकगीतको पोस्टमार्टम

Image
सञ्जय साह ‘मित्र’     चैत महिनामा पढ्नुपर्ने रोजाइमा कविता सङ्ग्रह परेको थियो । महिनामा कम्तीमा एउटा पुस्तक पढ्न पाए हुन्छ भन्ने मेरो ध्याउन्न हुन्छ । कुनै महिनामा दुई वा बढी पनि पढेर सिध्याइन्छ त कुनै दुई महिनामा एउटा पनि पुस्तक आद्योपान्त पढ्न सकेको हुन्न । सबै व्यस्ततालाई समय दिएर उब्रेको समयको उपयोग पुस्तक अध्ययनमा दिने गरेको छु । आजभोलि मलाई ऐतिहासिक पृष्ठभूमिमा लेखिएका आख्यानात्मक कृति बढी मन पर्न थालेको छ, तर पनि बीचमा स्वाद फेर्न नारायणी अञ्चलमा अहिलेका चर्चित दुई कविका दुई कृतिलाई यो महिनाको खुराकको रूपमा राखेको छु । जसमध्ये पहिलो निमेष निखिलको ‘शोकगीतको पोस्टमार्टम’को सेरोफेरोबारे यहाँ चर्चा गरिएको छ ।     चालीसको दशकमा काव्य साहित्यमा देखापरेका सर्लाहीका निमेष निखिल पूर्णरूपमा हेटौंडेली भइसकेका छन् । नेपाली साहित्यको काव्यविधामा आफूलाई स्थापित गरिसकेका निखिलको प्रस्तुत कृतिमा चार दर्जन आधुनिक कविता सङ्गृहित छन् । पहिलो कविता ‘ऐना अगाडि’मा झूटो विम्ब नदेखाउने ऐनाले आफूलाई कुरूप देखाएको व्यङ्ग्यले ऐना हेर्न प्रश्न तेस्र्याएको छ । ‘अनिद्रा’ कवितामा निद्रा र अनिद्रालाई प्रतीका

अनुराधा भवन, बिरजु र उद्यमशीलताको सन्देश

Image
चक्रपाणि तिमल्सिना     “जिन्दगी अनवरत चल्ने यात्रा हो, कहिल्यै हार नमान्नू“ । गणेशप्रसाद लाठद्वारा लिखित उपन्यास ‘अनुराधा भवन’ मुख्य पात्र बिरजुले आफ्ना पुत्रहरूलाई दिएको अन्तिम उपहार–वाणी थियो । “संसार भनेकै भवसागर हो । यो सागरमा प्रवेश गने नडुबी बाँच्न को पो सक्छ र ? सु:ख र दु:ख, हाँसो र रोदन अनि जन्म र मृत्युको चक्र जीवनसँग गाँसिएर आउदो रहेछ ।” उक्त पुस्तकमा उल्लिखित यीलगायत अन्य वाक्यांशले मानवीय जीवनको सत्यतालाई झल्काउँछ । मान्छेले एउटा सुख प्राप्तिका निम्ति भुक्तानीस्वरूप अर्को दु:ख बेहोर्नु पर्ने हुन्छ । हरेक कुरा एक हातले लिने र अर्को हातले दिन नियम नै हुन्छ । मैले पनि एउटा उद्यमीले यही गर्दछ भन्ने सन्देश पाएको छु ।     पैसा कमाउने अन्तहीन लालसालाई विराम दिइएन भने यसले मान्छेको स्वास्थ्य, मनको शान्ति, परिवारको प्रेम, आत्मसम्मानमा भुइँचालो ल्याइदिन्छ । मान्छेले सुखको गणितमा जोड र गुणाको मात्र कल्पना गर्छ । घटाउ र भागको हेक्का राख्दैन ।  मानवीय जीवनले धेरै सङ्घर्ष गरेको हुन्छ, हिंस्रक सङ्घर्ष, सविनय सङ्घर्ष, अरूबाट खोसेर लिने सङ्घर्ष, आफै सृजना गर्ने सङ्घर्षस अन्तहीन सुखका लागि

अवलोकन ‘अनुराधा भवन’को

मुकुन्द आचार्य     नेपाली साहित्यको औपन्यासिक विधामा एक नवीनतम पुष्प प्रस्फुटित भएको छ । ‘अनुराधा भवन’ त्यसै पुष्पको नाम हो । वीरगंजका प्रतिष्ठित व्यापारी एवं समाजसेवी गणेशप्रसाद लाठ रचित यस औपन्यासिक कृतिको विमोचन केही दिनअघि मात्र काठमाडौंमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा एक समारोहबीच भएको थियो । साहित्यकार, पत्रकार, नेतागण, व्यापारी, खेलाडी आदिको बाक्लो उपस्थिति थियो । वीरगंजसँग मेरो राणात्मक र आत्मीय सम्बन्ध भा’हुनाले तथा गणेशजीका पिता स्व. विहारीलाल लाठसँग पनि उहाँको जीवनको उत्तरार्धमा मेरो अलिकता घनिष्ठता पनि भा’हुनाले मैले यस उपन्यासको भ्रूणावस्था (पाण्डुलिपि) र जन्मेपछि (विमोचनपछि)को रूपर· नजिकबाट हेर्ने सुअवसर पाएँ । तर कुनै पनि भवनलाई राम्ररी हेर्न त अलिकति समय लाग्छ नै । झन् राम्रो नराम्रो दुवै पक्षलाई पक्षपाती नभई हेर्नुपर्दा त विशेष चनाखो हुनु जरुरी हुन्छ ।     यद्यपि गणेशजीको यो प्रथम औपन्यासिक कृति हो, तथापि उपन्यास पढ्दै जाँदा कुनै सिद्धहस्त लेखनीको करामत हो कि जस्तो भान पर्छ । अर्थात् गणेशजीको ‘श्रीगणेश’ राम्रो छ, सफल र आशाप्रद छ । नेपाली साहित्यले उहाँबाट अझ

मट्याइलो सुगन्धभित्रको सुगन्धित अभिव्यक्ति

Image
सञ्जय साह ‘मित्र’     काभ्रेमा जन्मिई बारा, रौतहट हुँदै मकवानपुरका स्थायी बासिन्दा बन्न पुगी करिब आधा दशकदेखि काठमाडौं उपत्यकालाई कर्मथलो बनाएका नवराज शर्मा तिमल्सिनाको परिचय पत्रकार र साहित्यकार दुवै रहेको छ । एउटा सिक्काका दुई पाटाजस्तै व्यक्तित्व बोकेका शर्मा, एकातिरबाट हेर्दा पत्रकार मात्र देखिन्छन् भने अर्को पाटो फर्काएर साहित्यकार मात्र देख्नेहरू पनि छन् । पञ्चायती व्यवस्था हुँदै साहित्यिक सङ्गठन गर्दै कार्यक्रमको आयोजना गर्ने र प्रगतिवादी रचनाले समाजको चेतना उठाउने अभियानदेखि साहित्यिक पत्रकारिता गर्ने र अखबारको प्रकाशन गरी जनचेतना उकास्ने काममा निरन्तर लागेका शर्मालाई हेटौंडेली पत्रकारिताको स्तम्भका रूपमा लिइन्छ । मकवानपुरबाट पहिलो पुस्ताका साहित्यकार तथा पत्रकार भए पनि कृति प्रकाशनमा निकै समय लागेकाले विस्तारै साहित्यिक परिवेशबाट टाढिंदै गएर कतिपयले पत्रकारितामा सीमित बन्न पुगेको भनिरहेको वेला उनको ‘मट्याइलो सुगन्ध’ नामक कृति बजारमा आएको छ ।     कविता, कथा, निबन्धलगायत विधामा कलम चलाइरहने जनपक्षीय साहित्यकार शर्माको प्रस्तुत कृतिले उनको समग्र प्रवृत्तिको प्रतिनिधित्व गरेको छ

काव्यिक चेतनाको धरातलमा उमेरको नदी

Image
-  मायामितु न्यौपाने    नेपाली साहित्यको सन्दर्भमा सबैभन्दा धेरै लेखिने विधा कविता हो । अझ गोपालप्रसाद रिमालको ‘आमाको सपना’ मा नयाँ–नयाँ शैलीको खोजी हुँदै सिर्जनाको फाँटमा कविताको बिस्कुन लाग्न थालेको छ । नवीन प्रस्तुति परम्पराभन्दा भिन्न र नवीन जीवनमूल्यको खोजी आधुनिक कविताको विशेषता हो । अन्य विधाभन्दा कवितामा प्रयोग हुने भाषा तथा शब्दहरू सटीक हुने गर्छन् र विशिष्ट पनि हुन्छन् । किनकि अन्य गद्य साहित्यको आख्यान विधाभन्दा कविता छोटो हुन्छ र छोटोमा धेरै कुरा व्यक्त गर्नुपर्छ । अर्थात् थोरैमा सबै अटाउनुपर्छ । एउटा सिङ्गो मान्छे, सिङ्गो घर, सिङ्गो देश नै अटाउनुपर्छ । र, अटेको पनि हुन्छ । यही क्रममा युगीन यथार्थलाई प्रस्तुत गर्दै नवीन विम्ब, प्रतीक, मिथक, भाव, विचार, कला र अनुभूतिलाई सरल तर सशक्त अनि कलात्मकरूपमा साहित्याकाशमा विचरण गर्न आइपुगेका छन् कवि निमेष निखिल दोस्रो कविता कृति ‘उमेरको नदी’  लिएर ।     लामा कविताको सङ्ग्रह भनिएको उमेरको नदीमा कवि निखिल सललल बगेका छन्, एउटा सङ्लो नदी भएर । जहाँ म कस्तो छु भनेर हेर्न सकिन्छ आफ्नै अनुहार नदीमा । उनले पनि पक्कै हेरेका होलान् । र, आफ

उज्यालोको खोजीमा अमला

–मायामितु न्यौपाने कवि, प्रेमी र पागल खास उस्तै–उस्तै लाग्छ । मलाई यी नेता र बतास उस्तै–उस्तै लाग्छ । जति चोट परे पनि हाँसीहाँसी सहिदिने, मलाई मेरी आमा र आकाश उस्तै–उस्तै लाग्छ ।     वर्तमान नेपाली साहित्य गजल बाढीको रूपबाट सङ्लो नदीमा परिणत भइसकेको छ । बाढी खहरे हो, यसले झारपात, मुढा, पात–पतिङ्गर बगाउँदै धमिलो बग्छ । तर नदी निरन्तर सङ्लो बगिरहन्छ । माथिबाट खहरे हुँदै आएको बाढी निश्चित समयमा रोकिन्छ र सङ्लो नदीमा परिणत हुन्छ । हो, गजलको बाढी पनि रोकिएको छ र यतिखेर सङ्लिएको छ । शायद गजल अब धमिलिंदैन । पछिल्ला समयमा निस्केका केही गजल कृतिहरूले यसैको सड्ढेत गरेको छ । र त्यसैमा मिसिन आइपुगेकी छन् सिन्धुलीकी गजलकार अमला अधिकारी ‘अमला’ गजलकृति लिएर ।     अमला अमिलो हुन्छ । यसमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । जुन हाम्रो शरीरलाई अति आवश्यक छ । अमला खाएर पानी खाँदा अझ गुलियो हुन्छ र शरीरमा एक प्रकारको स्फूर्ति पैदा हुन्छ । त्यस्तै गजल साहित्यमा भिटामिन सी हो ‘अमला गजल सङ्ग्रह’ । वर्तमान राजनीतिक अस्थिरता प्रकट गरेको छ माथिको शेरले ।     नारीहरू घरभित्र मात्र सीमित हुनुहुन्न । चेतनाको उज

चित्रात्मक प्रस्तुति: अप्रिलफूल बाँचिरहेछ देश

–धर्मेन्द्र भट्टराई कवि धरणीधर कोइरालाको ‘गरी काव्यसुधा रसपान अरे, गर मानव जीवन सार्थक रे १’ पद्यांशबाट प्रेरित भई जीवनमा पाएका दु:ख, पीडा, वेदना एवं वर्तमान युगीन जनजीवनसँग सम्बद्ध विषयवस्तु समेट्दै कवि प्रमोद सार· ‘अप्रिल फुल बाँचिरहेछ देश’ कविता सङ्ग्रहमार्फत् नेपाली साहित्य फाँटमा देखापरेका छन् । करिब पचास दशकको मध्यदेखि कविताफाँटमा उदाएका कवि सार·ले १४–१५ वर्षको अन्तरालमा रचेका रचनाहरूलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले प्रकाशमा ल्याएको हो । प्रारम्भमा कलाको क्षेत्रमा अग्रसर भएका सार· पछि विभिन्न साहित्यक व्यक्तित्वसँगको सामिप्य पाएर कवितातर्फ तानिएको कविको स्वीकारोक्ति रहेको छ । पत्रकारिता एवं अङ्ग्रेजी भाषामा स्नातकोत्तर गरेका सार·ले विभिन्न साहित्यिक गोष्ठीमा भाग लिंदा साहित्यतर्फ आकर्षित भई पहिलोपटक कविका रूपमा आफूलाई चिनाएका छन् ।     कविकै विचारमा ‘फूल नफुल्ने, पक्षी नबास्ने र गीत नगाइने कुनै ठाउँ नभएजस्तै देश, सीमा, दु:ख, सपना, त्रास, संवेदना, आशा एवं निराशाका अक्षर बिम्बहरू कोरेको छु’ । निश्चय पनि कविले प्रस्तुत कविता सङ्ग्रहमा अहिलेको जनजीवनसँग सम्ब

साँचेको सम्झना– एक नजरमा

Image
– उमाशङ्कर द्विवेदी ‘दधीचि’     नेपाली साहित्यका प्रखरचेता स्रष्टा निर्मोही व्यासद्वारा लिखित “साँचेको सम्झना” नामक संस्मरणसङ्ग्रह साझा प्रकाशनले हालसालै प्रकाशित गरेको छ । बहुमुखी प्रतिभाका धनी निर्मोही व्यासका यसअघि बेहुली अन्माएको घर (कवितासङ्ग्रह), सरिता (काव्य), एलबमका पानाहरू (उपन्यास), नौ पाइला (यात्रासंस्मरण), स्वयम्भूका आँखाहरू (कथासङ्ग्रह), ठोरीको एलबम (यात्रासंस्मरण), झलझली आँखामा (यात्रासंस्मरणसङ्ग्रह), सम्भवामि युगे युगे (संस्मरणसङ्ग्रह), सेरोफेरो सबै मेरो (यात्रासंस्मरणसङ्ग्रह) जस्ता साहित्यिक कृतिहरू विभिन्न प्रकाशनबाट पूर्वप्रकाशित छन्। सद्य: प्रकाशित “साँचेको सम्झना” मा गरिमा, मधुपर्क, समकालीन साहित्य, नवप्रज्ञापन, शब्दयात्रा, प्रतीक, द बड, दायित्व, मिर्मिरे जस्ता नेपाली साहित्यिक पत्र पत्रिकाहरूमा समयसमयमा प्रकाशित पन्ध्रवटा संस्मरणहरू सँगालिएका छन्। यो सङ्ग्रह संस्मरण विधाका क्षेत्रमा कोशे ढुङ्गाको रूपमा देखापरेको छ। मृत्यु–ईष्र्या, अतिथि देवो भव, मायालु सम्झना, बाँदर–भालूको नाच, प्लास्टरको पीडा, क ख ग घ ङ, एक सिसी पानी महाकालीको, रित्तिन सकूँ म,  कानुनबमोजिम, ए