Posts

Showing posts with the label main news

१४ औं राष्ट्रिय भूकम्प दिवस

Image
प्रस वीरगंज २ माघ/     १४ औं राष्ट्रिय भूकम्प दिवस आज वीरगंजमा पनि कार्यक्रमको आयोजना गरी मनाइएको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय वीरगंजको आयोजनामा घण्टाघरमा १४ औ राष्ट्रिय भूकम्प दिवस मनाइएको थियो । आम जनमानसलाई सचेतना दिलाउने उद्देश्यले आयोजित सो कार्यक्रममा डिभिजन कार्यालय पर्साले परिवारमा भूकम्पीय प्रकोपको पूर्व तयारी योजना, सुरक्षात्मक भवन निर्माणका लागि ध्यान दिनुपर्ने कुराबारे पर्चा–पम्प्लेट वितरण गरिएको बताएका थिए । कार्यक्रम डिभिजन कार्यालयका प्रमुख सुनीलकुमार ठाकुरको अध्यक्षता र प्रजिअ शम्भु कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।         कार्यक्रमको उद्घाटन गर्दै प्रजिअ कोइरालाले १९९० सालमा नेपालमा गएको भूकम्पबाट अतुलनीय क्षति बेहोर्नुपरेको कारण यसबाट जोगिनको लागि मापदण्डअनुसार भवन निर्माण गर्न आग्रह गरेका थिए । उनले भूकम्पीय जोखिममा नेपाल अहिलेसम्म अतिसंवेदनशील देशको सूचीमा रहेको कारण भूकम्पीय जोखिमबाट बच्नको लागि पूर्व तयारी आवश्यक रहेको बताए ।             कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश खरेल, स्थानीय विकास अधिकारी रामाधीन यादव, जिशिअ

विषादि पीडित विद्यार्थीहरूद्वारा तीन घण्टा चक्काजाम

गम्भीरा सहनी जीतपुर, १२ कात्तिक/     सर्वोच्च अदालतको परमादेश कार्यान्वयन नगरेको विरोधमा मुलुकको सरकारविरूद्ध नेपाल माध्यमिक विधालय अमलेखगंजका छात्रछात्रा, शिक्षक, कर्मचारी, अभिभावक, जनप्रतिनिधि, बासिन्दाहरूले विषादि गोदाम अगाडि सडकमा आज चेतावनीमूलक तीन घण्टा चक्का जाम गरेको समाचार छ ।     ३५ वर्षदेखि भण्डारण गरिएको ५० मेटि्रक टन कृषि विषादिलाई अमलेखगंजबाट अन्यत्र हटाउन पटक- पटक लिखित, मौखिक आग्रह गर्दा पनि कसैले केही गरिदिएन र सोही क्रममा सर्वोच्च अदालतमा रिट दायर गरियो र जसमा सर्वोच्च अदालतको संयुक्त इजलासले विषादि एक वर्षभित्र अन्यत्र हटाउन परमादेश भयो तर हालसम्म सो सम्बन्धमा केही नभएकोले सबै समुदाय सजग भई सहयोग-र्समर्थन गर्न तत्कालीन अमलेखगंज पञ्चायतका प्रधानपञ्च सहदेव घिमिरेले सञ्चारकर्मीहरूलाई विषादि गोदाम देखाउंदै चक्काजाम समापन कार्यक्रमबीच आज आग्रह गरे ।     विषादिको प्रभावले अमलेखगंजको सम्पूर्ण वातावरण, जीवजन्तु, वनस्पति, प्राणीहरू प्रभावित भई विभिन्न रोगका शिकार भएका छन् । यसको व्यवस्थापन र यहांबाट तत्काल विर्सजन हुनुपर्छ, होइन भने सशक्त सङ्घर्ष गर्ने स्थानीय केन्द्र गुरु

उज्यालो नेर्टवर्कको सद्भावको लागि संवाद कार्यक्रम द्वन्द्वपीडितप्रति समुचित सद्भाव नदेखिएको आरोप

प्रस, पर्सा, ११ कात्तिक/     उज्यालो नेर्टवर्कले सञ्चालन गरेको उज्यालो शान्ति यात्रा सद्भावको लागि संवाद कार्यक्रममा आज वीरगंजका सहभागीहरूले द्वन्द्व पीडितको सर्न्दर्भमा राज्य र राजनीतिक दल दुवै उदासिन देखिएको आरोप लगाएका छन् ।     दस बर्सर्ेेनयुद्ध, जनान्दोलन र मधेस आन्दोलनमा राजनीतिक दलको आह्वानमा ज्यानको आहुति दिएका शहीदका परिवार हुन् अथवा घाइते वा राज्यद्वारा मारिएका, बेपत्ता पारिएका सबैथरिका द्वन्द्व पीडितलाई हर्ेर्ने काम नभएको बताए । सात वर्षअगाडि पर्साको सोनबर्सर्ााट माओवादी जनयुद्धमा बेपत्ता पारिएका रमाकान्त गिरीकी पत्नी माया गिरीले आफनो पतिलाई साठी सालमा माओवादीले बेपत्ता पारेको र हालसम्म कुनै जानकारी नगराइएको र राज्यबाट एक लाख राहतभन्दा केही नपाएको बताइन् । उनले पांचजना छोराछोरीमध्ये तीनजना दस कक्षामा अध्ययन गरिरहेको र उनीहरूलाई कुनै पनि प्रकारको सेवा-सुविधा प्रदान नगरिएको बताइन् ।     माओवादीबाटै हत्या गरिएका कविकान्त दासका छोराले माओवादीले भने-भनेको बेलामा रकम नदिंदा बुवाको हत्या गरिएको भए पनि अहिलेसम्म कुनै किसिमको क्षतिपर्ूर्ति, राहत नपाएको र दोषीलाई कारबाई नभएको बताए

एनेकपा माओवादीको नयां संविधान मस्यौदा त्रुटिपूर्ण रहेको विचार व्यक्त

Image
प्रस, वीरगंज, ५ असार/     एनेकपा माओवादी वीरगंज-पर्सा विशेष कमान्डले ँजनताको सङ्घीय गणतन्त्रः नयां संविधान मस्यौदा’ विषयक अन्तर्त्रिmया कार्यक्रम सम्पन्न गरेको छ। माओवादी भोजपुरा सह-संयोजक एवं सभासद् प्रभु साहद्वारा प्रस्तुत नयां संविधानको मस्यौदामा सहभागीहरूले टिप्पणी गरेका थिए। सो पार्टर्ीीरा जारी नयां संविधानको मस्यौदा त्रुटिपूर्ण रहेको सहभागीहरूले बताएका थिए ।     विदेशी महिलाले नेपालीसंग बिहे गर्दा १० वर्षछि अङगीकृत नेपाली नागरिकता पाउने व्यवस्था त्रुटिपूर्ण रहेको  बताउंदै उक्त समयसीमा घटाउनुपर्ने विचार राखिएको थियो। त्यसैगरी नागरिकले निश्शुल्क र्सार्वजनिक सरोकारको सूचना पाउनुपर्ने, न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष बनाउनुपर्ने, लैङगिक विभेद अन्त्यको व्यवस्था हुनुपर्नेलगायत राम्रो पक्ष रहे पनि राष्ट्रपतिलाई कार्यकारी प्रमुख बनाउंदा निरङ्कुशताको प्रबल सम्भावना हुने भएकाले शक्ति विकेन्द्रीकरणको आधारमा व्यवस्था हुनुपर्ने धारणा राखिएको थियो। सो पार्टी जिल्ला इन्चार्ज अनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा के.स. अञ्जना विशंखे, अधिवक्ता रामेश्वर सेढाइ, पत्रकार केसी लामिछाने,

सहमतिको खाका नबनेसम्म प्रमले राजीनामा नदिने

प्रस, हेटौंडा, ३ असार/     शिक्षामन्त्री र्सवेन्द्रनाथ शुक्लाले राष्ट्रिय सहमतिको सरकारको खाका नबनेसम्म प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा नदिने बताएका छन् ।     रिपोर्र्टर्स क्लब मकवानपुरद्वारा बिहीवार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शुक्लाले सहमतिको खाका नआई प्रधानमन्त्रीले राजीनामा दिंदा देश शून्यतातर्फबढ्ने भएकोले अहिले प्रधानमन्त्रीको राजीनामा प्रमुख मुद्दा नभएको बताए। वर्तमान बहुमतीय सरकारको प्रतिस्थापन अर्को बहुमतीय सरकारले गर्न नसक्ने भएकोले त्यसका लागि राष्ट्रिय सहमतिको सरकार बन्नेैपर्नेमा उनले जोड दिए। "एउटा बहुमतीय सरकारलाई अर्काे बहुमतीय सरकारले प्रतिस्थापन गर्नुको औचित्य हुंदैन"-मन्त्री शुक्लाले भने-"त्यसो भएमा शान्ति र संविधान अहिलेको अवस्थाबाट अघि बढ्न सक्दैन।" माओवादीभित्रको आन्तरिक द्वन्द्व राष्ट्रिय सहमतिको बाधक भएको उनको टिप्पणी गरे।      तर्राई-मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री एवं प्रवक्तासमेत रहेका मन्त्री शुक्लाले तीन ठूला दल मात्रै छलफलमा बस्दा सहमति ननिस्कने भन्दै त्यसमा मधेसवादी दलहरूलाई पनि समावेश गराउनर्ुपर्

अमेरिकाली राजदूतद्वारा विद्यालयहरूको उदघाटन

Image
प्रस, वीरगंज, २ असार/     अमेरिकाली सरकारको अमेरिकाली विकास नियोगद्वारा नेपाल बाढी पीडित पुनरुत्थान कार्यक्रम अर्न्तर्गत बारा जिल्लाको देवापुर टेंटामा निर्मित श्री पोषण लालजीत नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय, नेराप्रावि हरिहरपुरको विद्यालय भवनको रिबन काटेर अमेरिकाली राजदूत स्कट एच डेलिसीले आज उद्घाटन गरे।     देवापुर टेंटामा अमेरिकाली दूतावासको टोली पुग्दा गाउंले, विद्यालय व्यवस्थापन समिति तथा विद्यार्थीहरूले ठूलो करतल ध्वनिका साथ स्वागत गरेका थिए। स्वागत समारोहमा अमेरिकाली राजदूतलाई विद्यालय सञ्चालक समितिका अध्यक्ष्ँ सत्यनारायणप्रसाद यादव तथा गाविस सविचले छुट्टाछुट्टै अभिनन्दन पत्र पढेर हस्तान्तरण गरेका थिए।     सो अवसरमा राजदूत डेलिसीले अमेरिकाले विगत ५० वर्षेखि नेपाललाई सहयोग गर्दै आएको क्रममा दुइ वर्षअगाडि आएको बाढीबाट प्रभावित गाविसलाई लक्ष्ँित गरी विकास निर्माणको काममा सघाउ पुर्‍याउने उद्देश्यले स्थानीय जनताको चाहना अनुसार विद्यालय भवन निर्माणमा सहयोग पुर्‍याएको बताउंदै विद्यालय भवनको छतमा नेपाल-अमेरिकाको फरफराइरहेको झन्डालाई इ·ति गर्दै दुइ देशबीच त्यस्तै उत्साहजनक स

पूर्वराजा ज्ञानेन्द्र बोलेनन्, आए पूजा गरे गए

Image
प्रस, पर्सा, २ असार/     पूर्वराजा ज्ञानेन्द्र शाहले आज बाराको परवानीपुर स्थितमा वैष्णवी देवी मन्दिरको उद्घाटन गरे।     बृद्ध एयरबाट बिहान ९ः३० बजे सिमरा विमानस्थलमा ओर्लेका पूर्व राजा ज्ञानेन्द्र शाहको मां वैष्णवी मन्दिर पूजा समारोहमा अध्यक्ष्ँ अमरदेव यादवलगायतका राजावादी, हिन्दूवादीहरूले स्वागत गरेका थिए।     सिमरा विमानस्थलबाट परवानीपुर आएका पूर्वराजा आधा घण्टा पूजामा र आधा घण्टा त्यहां आयोजित कार्यक्रममा सरिक भएर पुनः सिमरा फर्केका थिए। पहिलोपल्ट जनकपुर र दोस्रोपटक नेपालगंजमा नेपाली टिभी च्यानेलहरूलाई अन्तर्वार्ता दिएर चर्चामा आएका ज्ञानेन्द्र शाहले सिमरा विमानस्थल र परवानीपुरमा सञ्चारकर्मीहरूलाई कुनै प्रतिक्रिया दिएनन्।     पूर्वराजा ज्ञानेन्द्र शाह आज सिमरास्थित प्रभु राणाको र्फम हाउसमा बसेका छन्। उनले भोलि असार ३ गते बाराको प्रसिद्ध गढीमाई मन्दिर र पर्साको प्रसिद्ध बिन्दवासिनी मन्दिरमा  पूजार्-अर्चना गर्ने कार्यक्रम छ। त्यस्तै होटल सम्झनामा शुभेच्छुहरूलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ।     असार ४ गते बलिउडकी चर्चित नायिका मनीषा कोइरालाको विवाह परेकोले ज्ञानेन्द्र शाह सो

अमेरिकाली राजदूतको वीरगंज अवलोकन

Image
प्रस, पर्सा १ असार/     बारा तथा पर्सा जिल्लामा युएसएआइडी कार्यक्रम अर्न्तर्गत सम्पन्न जल प्रकोप राहत तथा विभिन्न विकास निर्माण कार्यको निरीक्षण अनुगमन गर्न नवनियुक्त अमेरिकाली राजदूत स्कट एच डेलिसी आज वीरगंज आएका छन्। वीरगंज आगमनको क्रममा उनले वीरगंज भंसार कार्यालयसम्म भ्रमण गरी  भन्सार कार्यालय प्रमुख लावण्य ढकालसंग सीमा क्षेत्रको व्यापार, भन्सार गतिविधिबारे जानकारी लिएका थिए।     राजदूत डेलिसीले आजै दिउंसो पर्सा प्रजिअ नागेन्द्र झा, प्रहरी उपरीक्ष्ँक राजेन्द्रमान श्रेष्ठसंग जिल्लाको सुरक्ष्ँा, विकासबारे जानकारी लिएका थिए। राजदूतले वीरगंज नाकाबाट हुने चेलीबेटी बेचबिखनबारे उक्त अवसरमा जिज्ञासा राखेका थिए।     राजदूत डेलिसीले आज वीरगंज क्षेत्रको तीव्रतम अवलोकन तथा भेटघाट कार्यक्रम सम्पन्न गर्दै दिउंसो विजाम र वीरगंज जेसीजद्वारा संयुक्तरूपमा सञ्चालित अमेरिकन कर्नर (सामुदायिक पुस्तकालय) गई विकास कार्यमा युवा वर्गको भूमिका विषयक अन्तक्रिर्या कार्यक्रममा भाग लिएका थिए। आफनी पत्नी तथा दूतावासका सहयोगीहरूका साथ उपस्थित राजदूत डेलिसीले त्यस अवसरमा युवा वर्गमा राष्ट्र निर्माणको अगाध शक्ति र