Posts

Showing posts with the label सन्दर्भ: नारी दिवस

आधा आकाश नारी

यमुना प्रधानाङ्ग     आज हामी अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा, आजसम्ममा नारीहरू जुन हिसाबले बाहिर आउनुपर्ने थियो,  त्यो अनुसार आउन सकिराखेका छैनन् । बाहिर आउन नसक्नुमा गरिबी, अशिक्षा, चेतनाको अभाव, रूढीवादी मानसिकता, कुरीति आदि प्रमुख कारणहरू हुन् । पहिलेको तुलनामा भने केही मात्रामा नारीहरू बाहिर आएकै हुन् भन्न चाहिं सकिन्छ ।     गरिबीले थिचिएको हाम्रो देशका धेरैजसो जनताको दैनिकी बिहान खाए बेलुकी के खाने, बेलुकी खाए बिहान के खाने भन्ने चिन्ताले बित्छ ।     अझै पनि हाम्रो समाजमा छोरी भनेको अर्काको घर जाने जात हो । उनीहरूलाई विवाह गरी पठाउनु नै ठूलो धर्म हो भन्ने सोचाइ रहनुका साथै छोरीहरूलाई जति पढाए पनि अर्काको घरमा चुलो नबाली सुख पाइँदैन, पढाएर के काम भन्ने सोचाइ रहेको पाइन्छ । बाबुआमाको बुढयौलीको सहारा त छोरा नै हो भनी छोरी जन्मिने बित्तिकै हेला गर्ने परम्परासमेत बसेको छ । जसले गर्दा धेरैजसो अभिभावक खासगरी गाउँघरमा तथा अशिक्षित परिवारमा छोरीहरूलाई पढाउनुपर्छ भन्नेतर्फ उन्मुख भएका देखिंदैनन् । साथै छोरीको आवश्यकता महसुस नभएमा गर्भमैं छँदा  वैज्ञानिक पद्धतिद्वारा छोरा वा छोरी के छ भ

नारी दिवसको सन्दर्भमा लै·िक समानताको सवाल

– डा. मञ्जु श्रेष्ठ     लै·िक समानता भन्नाले समाजको आर्थिक, राजनैतिक, सामाजिक तथा शैक्षिक विकासका लागि नारी–पुरुष दुवैको समान सहभागिता र समान अधिकार भन्ने बुझिन्छ । लै·िक समानता भन्नाले महिला–पुरुषबीच एकनास व्यवहार गर्ने, समान अवसर र समान अधिकार दिने दृष्टिकोण राख्दछ ।     लै·िक असमानताबारे धेरै अगाडिदेखि चर्चा नभएको होइन, तर सन् १९७० मा भ्कतयचद्ययकभचगउ ले ‘आर्थिक विकासमा महिलाको भूमिका’ नामक पुस्तकमा आर्थिक विकासमा महिलाले गर्ने योगदानको बारेमा छलफल र विश्लेषण शुरू भयो । अन्य मानवशास्त्रीले महिलाको भूमिका, सामाजिक अवस्था, उनीहरूमाथि हुने शोषणबारेमा लेख्दै आएका थिए तर एस्टरले विकासमा महिलाको भूमिका (ध्यmभल क्ष्ल म्भखभयिऊभलत–ध्क्ष्म्), यसबाट महिलामा पर्ने प्रभाव आदिबारे लेखेकी छिन् । त्यसपछि विकासमा महिलाको सोचाइको सुरुआत भयो । परिणामत: महिलालाई आर्थिक, सामाजिक तथा शैक्षिक कार्यमा संलग्न गरायो । यो सोचमा परिवर्तन आउन थाल्यो । घरेलु कार्यको दायराबाट निस्केर महिलाको उत्पादक भूमिकालाई मान्यता तथा प्रामथिकता दिन थाल्यो । महिलालाई प्राविधिक तालिम तथा सुविधा दिन थाल्यो । यसले महिलाको प्रत्युप