Posts

Showing posts with the label लोक/संस्कृति

जट–जटीन

शीतल गिरी     मिथिलाका राजा धर्मध्वज जनक ज्ञानी, कर्मशील, प्रजापालक थिए । अन्नपात प्रशस्त फलाइ प्रजामा कुनै किसिमको दु:ख–कष्ट हुन नदिन ठाउँठाउँमा ठूल्ठूला पोखरीहरू खनाएका थिए । मुहारबाट, भेषभूषाबाट कोही पनि प्रजापालक बन्न सक्दैन । अनुमानको भरमा पनि प्रजापालक पहिचान गर्न सकिन्न । म धर्मध्वज जनकलाई उनले गरेका कार्यको आधारमा चिनाउने प्रयत्न गर्दैछु ।     ज्ञानी, कर्मशील, प्रजापालकप्रति श्रद्धा जाग्दछ । आँखा स्वाभाविकरूपले सजल विनम्रतापूर्वक झुक्दछ । सजलताका साथ जट–जटीन लोक नाट्यमा धर्मध्वज खोज्ने प्रयत्न गर्दैछु ।     आजको समयमा यो लोक नाट्य कतैकतैमात्र खेल्ने गरेको पाइन्छ ।     उहिल्यै मिथिला राज्यको ठाउँठाउँमा हाटबजार लाग्दथ्यो ।     क्रेता र विक्रेताको सभ्य भीड बजारमा देखिन्थ्यो ।     धर्मध्वज राजाको राज्यमा प्रजा सुखी थिए, दरबारको कोष भरिभराउ थियो साथै राजासँग बलियो सेना पनि थियो । कसको सामथ्र्य थियो, मिथिलासँग लड्ने ? अर्को कुरा उनले धर्म र ज्ञानले छिमेकी देशका राजा र जनताको मन जितेका थिए ।     त्यतिखेरको समयमा राजा धर्मध्वजको सम्पन्नताको चर्चा चारैतिर थियो । तर पनि सो राज्यमा एक समय

नम्रताको चुनौती

Image
शीतल गिरी     प्रत्येक सन्तान पति–पत्नीको पारस्परिक प्रेमको प्रतीक हो, उनीहरूको प्रेम र समर्पणको जीवन्त प्रमाण हो, अमूल्य निधि हो र सुरक्षित पुष्प । निर्मलाले नौ महिना गर्भमा राखेर प्रसवको असहनीय यन्त्रणा सहेर पृथ्वीमा अवतीर्ण गराइ– नम्रतालाई । निर्मलाको लागि अमूल्य निधि र सबभन्दा प्यारो उपलब्धि थियो, नम्रता । निम्नवर्गमा जन्मिएकी नम्रताको अवस्था सार्‍है नै दयनीय थियो, जहाँ दिनमा एक छाक पनि पेटभर सन्तुलित आहार पाउँदिनथी, त्यहाँ उनको जन्म एउटा अभिशाप नै बन्यो । निर्मलाको लागि ऊ अनावश्यक बोझ बनेकी थिई, जबकि नम्रताले सानै उमेरदेखि नै घरको जिम्मेवारी सम्हालेकी थिई । साना भाइबहिनीको हेरविचार गरेकी थिई । घरको कामकाज गर्नु, आमाको साथमा अरूको घरमा भाँडा माझ्न, कपडा धुन जानु उनको निश्चित कामहरू थिए । बाल्यकाल कहिले आयो, कहिले कसरी गयो, यसको बोध हुनै पाएन ।     माया र ममताको साटो हप्कीदप्की पाउनु, आमाबुबाको गाली र झगडा हेर्नु यही उनको दिनचर्या अथवा मनोरञ्जन बन्यो । अबोध आँखा जसमा जीवनका रङ्गीन सपना हुनुपथ्र्यो, सुक्खा र उदास थिए । ऊ ममताको स्पर्श र स्नेहयुक्त शब्दको लागि लालायित हुन्थी । तर

मिथिला क्षेत्रमा गरिने कबुला विषयक चर्चा

Image
- बासुदेवलाल दास     कबुला भनेको कबोल गर्नु अथवा भाकल गर्नु हो । यसलाई अर्को शब्दमा बाचा गर्नु वा वचनबद्धता पनि भन्न सकिन्छ । यसो हेर्दा यसलाई एक प्रकारको अन्धविश्वास भन्न सकिए तापनि सामाजिक परम्परामा यसप्रति लोकको विश्वास रहेको पाइन्छ । यस संसारमा जे जति भयो, जे जति भइरहेको छ तथा भविष्यमा समेत जे जति हुनेछ, ती सबै ईश्वर अथवा परमशक्तिको इच्छा अनुसार नै हुन्छ भन्ने अवधारणा समाजमा विद्यमान रहेको देखिन्छ । यसै अनुरूप, वास्तवमा, ईश्वरलाई सर्वशक्तिमान ठानेर उनीप्रति मानिसले आस्था राख्ने गरेको पाइन्छ । ईश्वरीय शक्तिद्वारा जुनसुकै कार्य पनि सम्भव हुन सक्ने दृढ विश्वास समाजमा रहेको छ । यस कारण ईश्वरीय शक्तिप्रति जनमानसमा एक प्रकारको डर अथवा भय पनि विद्यमान रहेको पाइन्छ । भनिन्छ कि त्यही डर अथवा भयले गर्दा उनीप्रति श्रद्धाभावको विकास भएको थियो । ईश्वरीय शक्ति समक्ष मानिस अति निरीह प्राणीको रूपमा उपस्थित हुने गर्दछ । ईश्वरको प्रसन्नता इष्टकारक तथा अप्रसन्नता अनिष्टकारक हुने मान्यता समाजमा रहेको छ । यसै कारणले ईश्वरप्रति भय मिश्रित आस्थाभाव स्थापित हुन पुगेको भनिन्छ ।     विद्वानहरूको विचारमा म

मिथिलामा आशीर्वादको परम्परा

Image
- बासुदेवलाल दास     मिथिला क्षेत्र प्राचीनकालदेखि नै दार्शनिकहरूको भूमि रहिआएको छ । यहाँका विद्वान् चिन्तक, मनीषीहरूले भौतिक तथा आध्यात्मिक सबै पक्षमा व्यावहारिक क्रियाकलाप विषयक विवेचन गरेका छन् । आफूभन्दा श्रेष्ठ मान्यजनलाई प्रणाम गर्नु एवं उनीहरूबाट आशीर्वाद प्राप्त गर्नु मानिसका लागि कल्याणकारी हुने विश्वास गरिन्छ । यस अन्तर्गत श्रेष्ठ व्यक्तिका साथै गुरु, पुरोहित, देवीदेवता, प्रकृति, वनस्पति इत्यादिप्रति आस्था र श्रद्धा राख्ने तथा तिनीहरूबाट आशीर्वाद प्राप्त गर्ने प्रथा रहेको पाइन्छ । आशीर्वादलाई आशीष पनि भनिन्छ । यस अन्तर्गत आशीर्वादाकाङ्क्षीप्रति सुख, समृद्धि, सन्तति, सुस्वाथ्य, दीर्घायु, सफलता, मनोकाङ्क्षापूर्ति, उत्तरोत्तर उन्नति तथा प्रगति आदिको कामना गरिने प्रचलन देखिन्छ ।     श्रेष्ठजनलाई चरणस्पर्श गरेर प्रणाम गरिन्छ । मैथिली भाषामा प्रणामका लागि ‘गोर लागब’ अथवा ‘पैर छूअब’ शब्दहरू प्रचलित रहेका छन् । मैथिली बोलीमा चरणलाई  ‘गोर’ पनि भनिन्छ । यसरी प्रणाम गर्दा सामान्यत: प्रणम्यको दाहिने चरणमाथि प्रणाम गर्नेको देब्रे हात तथा देब्ेर चरणमाथि दाहिने हात द्वारा स्पर्श गरिन्छ ।

मिथिलाका केही अनौठा परम्पराहरू

Image
बासुदेवलाल दास सहप्राध्यापक, इतिहास विभाग ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज     मिथिला क्षेत्र पूर्वकालदेखि नै दार्शनिक, चिन्तक र विचारकहरूको भूमि रहेको मानिन्छ । यहाँको समाजमा विविध प्रकारका प्रचलन तथा परम्पराहरू रहेका पाइन्छन् । यस्ता परम्पराप्रति लोकमा विश्वास रहेको देखिन्छ । सामान्यत: यसबारे वैज्ञानिकरूपले विचार गर्दा अनावश्यक पनि लाग्न सक्दछ, तथापि यस्ता प्रचलनहरूमा अन्तर्निहित व्यक्तिगत तथा सामाजिक भावबोध विषयक कुरा महत्त्वपूर्ण ठानिन्छ । यस्तै कतिपय प्रचलन अथवा परम्परामा लोककल्याणको भावना पनि रहेको हुन्छ । यस्तै प्रथा र परम्पराहरू मिलेर मिथिलाको संस्कृतिलाई सम्पन्नता प्रदान गरेको देखिन्छ । यस सन्दर्भमा मिथिला क्षेत्रमा हाँस्ने, रुने, रगत खुवाउने तथा गाली सुनाउनेजस्ता केही परम्पराहरू रहेका पाइन्छन्, जसलाई यसो हेर्दा केही अनौठो लाग्न सक्दछ ।     हाँस्नु भनेको मानव शरीर र स्वास्थ्यका लागि समेत आवश्यक मानिन्छ । यसबाट प्रसन्न तथा प्रफुल्ल हुनुका साथै स्फूर्ति पनि आउँछ । यसो त मानिस प्राय: हाँस्ने नै गर्छन्, परन्तु मिथिला क्षेत्रमा एउटा विशेष अवसरमा हाँस्ने परम्परा रहेको पाइन्छ । यस

मिथिलाको दीपावली र भ्रातृद्वितीया पर्व

बासुदेवलाल दास सहप्राध्यापक, इतिहास विभाग ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज     कार्तिक महिनाको कृष्णपक्षको अमावस्या तिथिमा दीपावली पर्व पर्दछ । यसलाई मिथिला क्षेत्रमा दीयाबाती, सुखरात्रि अथवा सुकराती भनिन्छ । यस दिन श्रीलक्ष्मीको व्रत तथा पूजा गरिन्छ एवं दीप बाल्ने गरिन्छ । यसैले यस पर्वलाई लक्ष्मीपूजा तथा दीपावली पनि भनिन्छ । वस्तुतः यस पर्वको आरम्भ कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि नै हुने गर्दछ । त्रयोदशीका दिनलाई तेरस वा धनतेरस पनि भनिन्छ । यसै दिन श्रीधन्वन्तरि देवताको विशेष पूजा गरी उनको जयन्ती मनाइन्छ । श्रीधन्वन्तरिलाई आयुर्विज्ञान तथा चिकित्साशास्त्रका अधिष्ठाता देवताको रूपमा मानिन्छ । यसको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण चतुर्दशी तिथिका दिन यमराजलाई दीपदान गर्ने गरिन्छ । यस दिनलाई मिथिला क्षेत्रमा यमदीयारी भनिन्छ । यस दिन साँझपख एउटा दीप बालेर आप्mनो घरको मुख्य प्रवेशद्वारको अगाडि पूर्वाभिमुख पारेर राखिने गरिन्छ । यसरी यमराज देवतालाई दीपदान गरेमा उनको सत्कृपा प्राप्त भइरहने तथा परिवारमा अकाल मृत्युको भय नरहने विश्वास गरिन्छ ।      कार्तिक अमावस्याका दिन बिहान गोबरले आँगन लिप्न

भगिनी–प्रेम र सामाचकवा

शीतल गिरी     भगिनी प्रेममा आधारित पर्व सामाचकवाको कथातर्फ एक दृष्टि लगाउँदै यसलाई कहिले र कसरी मनाइन्छ, त्यसबारेमा लेख्ने प्रयत्न गर्दैछु । महाभारतसँग सम्बन्ध भएको यो लोककथामा वृन्दावनको यदुवंशी राजा कृष्ण (महाभारतका नायक)की पत्नी जाम्बवती (अनार्य, भालु गोत्र भएका राजा जाम्बवतकी छोरी)को पुत्री सामा लोककथाकी नायिका हुन् र राजदरबारकी राजकुमारी सामाको बालककालदेखिको सखा (मित्र) वृन्दावनको ऋषि आश्रममा हुर्किएका चारु भन्ने वीर नायक हुन् । सामा र चारुको बाल्यकाल वृन्दावनको मुनिका आश्रममा, महलमा खेल्दै बित्यो र उमेरले दुवैमा शारीरिक परिवर्तन ल्यायो ।     सामा भनेपछि हुरुक्क हुने थुप्रै युवकहरूमध्ये भेदियाको काम गर्ने चुडक पनि एक थियो, जो कृष्णको दाहिने हात थियो र उसको राजपाठमा उसको राम्रो दखल थियो ।     मन नपरेको व्यक्तिलाई नाना तिकडम गरेर ऊ दण्ड दिलाउने गथ्र्यो । चारुसँग मायाप्रीतिका मीठा–मीठा कुराकानी गरी राति अबेला दरबारमा आउन लागेकी सामालाई चुडकले भेटयो ।     उसले सामाको अगाडि चारुको बदख्वाइँ गर्‍यो, राजा कृष्णलाई चुक्ली लगाउने डर देखाउँदै धम्कायो । तर सामाले चुडकको धम्की र घुर्कीलाई रत्त

सिम्रौनगढको सांस्कृतिक सम्पदाको चुनौती

- शीतल गिरी     नेपालमा आफ्नै विशेष संस्कृति भएका विभिन्न जातिहरू छन् ।     यही नै नेपालको विशेषता हो । यसैमा नै सुन्दरता रहेको हुन्छ ।     नेपालको तराई क्षेत्रमा अवस्थित सिम्रौनगढ सन् १०९७ देखि १३२६ अर्थात् २२९ वर्षसम्म तत्कालीन कर्णाटवंशी देव नामधारी डोयको राजधानी थियो । तत्कालीन डोय राज्य पूर्वमा कोशी, दक्षिणमा ग·ा, पश्चिममा नारायणी (गण्डकी) र उत्तरमा चुरेसम्म फैलिएको थियो ।     कर्णाट वंशले राज्य गरेको डोय राज्यको राजधानी सिम्रौनगढ अहिले नेपालमा छ र दक्षिणी भाग अहिलेको भारतमा परेको छ । भारतीय इतिहासकारहरूले पनि तत्कालीन कर्णाट वंशको इतिहासलाई भारतको इतिहासको एक अर्काको रूपमा प्रस्तुत गर्दै आएका छन् । कर्णाट वंशले सिम्रौनगढबाट शासन गरेको भनी नेपालको इतिहासमा लेखिंदै आएको छ । सन् १८१६ को सुगौली सन्धिपछि मात्र वर्तमानको सीमा कायम भएको हो । त्यसभन्दा पहिले सीमाङ्कन भएको थिएन ।     भाषा, संस्कृति र धर्मको निश्चित सीमा हुँदैन ।     दक्षिण भारत कर्णाटकका राजा विक्रमादित्यको उत्तरतर्फ साम्राज्य विस्तार गर्ने योजनाको मूर्त रूप डोय राज्य हो । उनको मृत्युपछि विशाल कर्णाटक राज्यबाट ई.सं.१० जुल

देखेको–सुनेको–भेटेको तथ्यगत सत्य लेख्नैपर्छ

- शीतल गिरी –    “नेपालमा सबभन्दा धेरै दु:खकष्ट झेलेको साहित्यकार को होला ?” –    “कुन दृष्टिकोणले ?” –    “सब दृष्टिकोणले खास गरेर पारिवारिक दृष्टिकोणले ।”     जसले पनि एउटै जवाफ दिने गरेको छ— महाकवि लक्ष्मीप्रसाद देवकोटा । आधा शताब्दीअघि जगत् छाडिसक्नुभएका देवकोटा र उनको परिवारको बारेमा न त अन्वेषक, न त साहित्यकार, न त जिज्ञासु नै प्रस्ट छन् । यथार्थ कुरा कसैले पनि अगाडि ल्याउन चाहेनन् किन ? –    महाकविले के के लेख्नुभयो ? –    कति लेख्नुभयो यसको पूर्ण जानकारी कसले दिन सक्छ ?     महाकविलाई गरिबको रूपमा कसबाट कुन उद्देश्यपूर्ति गर्न चित्रण गरियो ? यसको छानबिन गरिनुपर्छ । अभिव्यक्तिका नगेन्द्रराज शर्माले देवकोटा गरिब थिएनन् भनेपछि मात्र महाकविका छोराछोरी, नातेदारहरूले यथार्थ ओकले । कुन मनसायले करिब आधा शताब्दी चुप लागेर बसे यसतर्फ पनि ध्यान दिनै पर्छ । झिगटीको छाना भएको तीनतले घर र ठूलो कम्पाउन्ड त समकालीनको नजरबाट पक्कै पनि नलुक्नुपर्ने हो । भान्से बाहुनी, घरमा काम गर्ने सहयोगी राखेका देवकोटा परिवार किन गरिबको रूपमा चित्रण गरियो । अङ्ग्रेजी भाषामा निपुणता हासिल गरेका देवकोटाले एक महिन

लुम्बिनीको यथार्थ

- शीतल गिरी     संसारभरका बौद्धहरूका लागि लुम्बिनी त्यति नै महत्त्व र श्रद्धाको स्थल हो, जति इसाई धर्मावलम्बीलाई बेथेलहम, जेरुसलेम र भेटिकनसिटी, इस्लामलाई मक्का मदिना तथा हिन्दूहरूका लागि केदारनाथ, बद्रीनाथ, पशुपतिनाथ, मुक्तिनाथ आदि । विक्रमपूर्व ४६६ मा लुम्बिनी वनको शाल वृक्षमुनि कपिलवस्तु गणराज्यका राजा शुद्धोधनका प्रथम पुत्रको रूपमा रानी कामादेवीले एक शिशुलाई जन्म दिएकी थिइन् र उनै शिशु पैतीस वर्षको उमेरमा बुद्धत्व प्राप्त गरी गौतम बुद्धको रूपमा प्रख्यात भए ।     बुद्ध जन्मिएको, ज्ञानप्राप्त गरेको, प्रथम ज्ञान प्रसारण गरेको र महापरिनिर्वाण प्राप्त गरेको यी चार स्थानलाई बौद्ध चार संवेजनीय स्थल मानिन्छन् । आफ्ना धर्मगुरु उपगुप्तसँग मौर्य सम्राट अशोक विक्रमपूर्व १९२ मा लुम्बिनी आउँदा यहाँ मानव बस्ती बसिसकेको देखिन्छ ।     आफ्ना धर्मगुरुले जहाँ बुद्ध जन्मेको ठाउँ भनेर देखाएका थिए, त्यहाँ राखिएको बुद्ध जन्मस्थल सङ्केतक शिलाप्रति मान्छेहरूमा श्रद्धा बसिसकेको थियो । सम्राट अशोकले जन्मशिलालाई सुरक्षित गरी ठडयाएको विशाल स्तम्भमा संक्षिप्त तर स्पष्टसँग “यही लुम्बिनीमा शाक्यमुनि बुद्धको जन्म भ

बज्जि र बज्जिका

गताङ्कको बाँकी - शीतल गिरी  जातीय सौहार्द, भाषिक सौहार्द र सांस्कृतिक सौहार्द यहाँको विशेषता हो । नेपालमा बस्ने प्रत्येक जाति नेपाली हो र उसको संस्कृति, भाषा, परम्परा र पहिचान नेपालको हो । समस्त नेपालीका पुर्खाहरूले सिर्जना गरेका संरचना र जीवनका उपलब्धि तथा उच्चताको लागि अनुसरण गरेका सांस्कृतिक धरोहरको महत्ताको ज्ञान नयाँ पुस्तालाई हुनु जति आवश्यक छ, त्यति नै त्यस्ता तत्त्वको संरक्षण संवद्र्धनप्रति संवेदनशील हुनु आवश्यक छ । त्यसो नभएमा जातीय तथा राष्ट्रिय गौरवका आधारभूत तत्त्व हराउने र पहिचान लोप हुने डर रहन्छ । यस क्रममा परम्परागत जातीय विरासत तथा सांस्कृतिक सम्पदाको र्‍हास हुन सक्ने सम्भावना व्यापकरूपमा देखिएको छ । नयाँनयाँ विधि र प्रविधिको विकास हुनु र जीवन पद्धति सरल एवं आकर्षक बन्नु त राम्रो कुरा हो तर त्यही प्रविधिगत प्रयोगबाट जीवनका बहुमूल्य मान्यताको लोप हुन थाल्यो भने समाज र सांस्कृतिक विशाल वटवृक्षको जरामा आवश्यक मलजल पुग्न नसक्ने खतरा बढ्दछ । समयको गतिमा हिंड्न नसक्ने जीवनको उच्चतामा बाधक बन्ने चालचलन तथा संस्कृतिका नाममा चल्दै आएका आडम्बर रूढि, अन्धविश्वास र पछौटेपनका आधा