Posts

Showing posts with the label सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस

भारतले गरेको आर्थिक प्रगति

- श्रीमन्नारायण मिश्र हाम्रो दक्षिणी छिमेकी भारतले  बितेको दुई दशकमा गरेको आर्थिक प्रगतिलाई चमत्कार नै मान्नुपर्दछ । बहुजातीय, बहुभाषीय, बहुसांस्कृतिक एवं विविध धर्मावलम्बीहरू भएका देशमा लोकतान्त्रिक शासन प्रणालीको संस्थागत विकास गर्दै तीव्र आर्थिक वृदिदर हासिल गर्नु केवल संयोग मात्र नभएर दृढ इच्छाशक्ति एवं सत्प्रयासको परिणाम हो भन्ने कुरालाई हामीले मान्नै पर्छ ।     आधुनिक भारतको विकासगाथाका निम्ति भारतका पूर्वप्रधानमन्त्री पी.वी.नरसिंह रावको योगदानलाई बिर्सन सकिंदैन । सन् १९९१ जुन २१ मा उनले एउटा कमजोर र अल्पसङ्ख्यक सरकारको बागडोर सम्हालेका थिए, जुन  बेला भारत गम्भीर आर्थिक सड्ढटबाट घेरिएको थियो । यसका बाबजुद उनले आर्थिक सुधारका कार्यक्रमहरूको सुरुआत गरे, जसले भारतलाई मात्र नभएर पूरै विश्वलाई नै प्रभावित गर्‍यो । भारतका वर्तमान प्रधानमन्त्री डा. मनमोहन सिंह त्यतिबेला अर्थमन्त्री थिए । भारतको आर्थिक अवस्था यति कमजोर थियो कि  विदेशी सहायताका लागि आवश्यक सर्त पनि पूरा गर्नसक्ने अवस्थामा थिएन । आज भारत एक आर्थिक महाशक्तिको रूपमा उदाएको छ । जसलाई संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को स