Posts

Showing posts with the label सम–सामयिक

द्वन्द्वकालमा बाल अधिकार र शिक्षा : हिजो र आज

Image
मञ्जु श्रेष्ठ     बाल अधिकार महासन्धिको बावजुद आन्दोलनकारी पक्षले नौ वर्षसम्मका बालबालिकाको काँधमा बन्दुक भिराएको कुरा सार्वजनिक भएको छ। यस्ता सयकडौं दूधे बालकलाई युद्ध मैदानमा अग्रपङ्क्तिमा राखिन्थ्यो। १३ वर्ष उमेरकी मञ्जु गुरुङले राष्ट्र सङ्घीय सुरक्षा परिषद्को बैठकमा द्वन्द्वले प्रताडित युवा पुस्ताको प्रतिनिधित्व गर्दै आफ्नो वेदना व्यक्त गर्दै छापामार बन्दाको घटनाक्रम सुनाएकी थिइन्। सात दिनसम्म सडक खनेको, १४ घण्टा जङ्गलमा हिंडेको, एके ४७ चलाउन सिकेको, कमान्डर पद पाएको, घटुवा गरी भान्से बनाएको बताएकी थिइन् र सेनाले फेला पारे मार्लान् भन्ने डर र माओवादीले फर्काएर लग्लान् भन्ने सन्त्रासमा बाँचेको कुरा सुनाएकी थिइन्् ।     नेपालमा १६ वर्षमुनिका बालबालिकाको सङ्ख्या कुल जनसङ्ख्याको ४०.९३ प्रतिशत छ, जसमा बालक ५०.९७ प्रतिशत र बालिका ४९.३ प्रतिशत छन्। १० वर्षे सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी खतरामा पर्ने र प्रभावित हुने बालबालिका थिए। अङगभङग, अभिभावकविहीनता तथा अन्य कारणले पीडित हुनेहरूको विवरण हालसम्म यकिन छैन। बालसेना, सुराकी, सूचनादाता, सन्देशवाहक, भान्से, भरिया, पाले आदि कार्यका लागि