Posts

Showing posts with the label चिठ्ठी

जेलबाट मेरो चिठ्ठी

    नेपालको राज्यसत्ताले षड्यन्त्रपूर्वक मलाई दण्डित गरेर हाल जेलमा राखेको छ। मेरो जीवनको यस कठिन बेलामा धेरै साथीहरू मलाई भेटन् जेलमा आउनुभयो। यस निम्ति म आभारी छु र उहाँहरूले व्यक्त गर्नुभएको भावना मेरा लागि पछिसम्म स्मरणीय रहने छ ।     यो मेरो पहिलो जेलयात्रा होइन र यो अप्रत्याशित पनि थिएन। एउटा दमनकारी राज्यमा, जो राज्यविरुद्ध उभिन्छ, राज्यपनि ऊविरुद्ध खनिनु अस्वाभाविक होइन। जो राज्यको ढाँचालाई तोड्न खोज्छ, उसलाई नेस्तनाबुद पार्न राज्यले पनि बाँकी राख्दैन । निस्सन्देह मसँग यस्तै भएको हो।     प्रायश: हामी ठान्दछौं मन्त्रीजस्ता केही मानिसहरूको झुन्ड नै राज्य हो। देख्दा यस्तै देखिन्छ, तर यो यथार्थ होइन। नेपालको सत्ताको सन्दर्भमा लगभग एउटै प्रकारका स्वार्थको सम्मिश्रित रूप वास्तविक सत्ता हो। यो नै नेपाली राज्य व्यवस्थाको ‘स्थायी सत्ता’ हो। पहिलो मन्त्रिपरिषद् भनौं वा सरकार, दोस्रो एक निश्चित समुदायको वर्चस्व भएको विधायिका भनौं वा संसद्, तेस्रो राज्यको विद्यमान स्वरूपको पृष्ठपोषण गर्ने राजनीतिक दलहरू, चौथो सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा गुप्तचरजस्ता सुरक्षा निकाय, पाँचौं एउटै खा