Posts

Showing posts with the label गुरुनानक देव जयन्ती विशेष

सिख धर्म र गुरु नानकदेव

–पृथ्वीराज पाण्डे     भारत देशमा ज्ञानको ज्योति तथा धर्मको प्रकाश निभ्दै गएकोले मुगलकालमा धर्मको नाउँमा अत्याचार हुन थालेको थियो । विशेषत: पन्ध्रौं शताब्दीमा त अधर्म, कलह, वैमनस्यता आदि आसुरिक वृत्ति चरम शिखरमा पुगिसकेको थियो । हिन्दूजगत्मा धार्मिक–परम्परा–विश्वास अनुसार मार्कण्डेय पुराणको दुर्गा–सप्तशतीमा जगदम्बा दुर्गा तथा श्रीमद्भागवत गीतामा श्रीकृष्णको विश्वमा अज्ञानताको अन्धकारको परमसीमा पुगेपछि ज्ञान र धर्मको पुन: दियो बाल्न दिव्य महापुरुषहरूको यस कर्मभूमिमा अवतरण हुन्छ भन्ने प्रतिज्ञाअनुसार विक्रम संवत् १५२६ (ईस्वी सन् १४६९, १५ अप्रिल) मा हिन्दूहरूको  पुण्यतिथि कात्तिक शुक्ल पूर्णिमाको शुभदिनमा पञ्जाबको शेपूरा जिल्लामा तलबण्डीराय नामक गाउँमा महापुरुष गुरु नानकको जन्म भएको थियो । उनको पिताको नाम कालूचन्द र माताको नाम तृप्ता थियो । दुवै कट्टर हिन्दू धर्मावलम्बी थिए । गुरु नानकले पञ्जाबी, संस्कृत, फारसी तथा गणित शास्त्रको पनि अध्ययन गरेका थिए । उनी धैरै दयालु र परोपकारी थिए । वि.सं. १६०२ मा श्री मूलचन्दकी सुपुत्री सुलखनीसँग १४ वर्षको अवस्थामा गुरु नानकको विवाह संस्कार सम्पन्न भयो र