Posts

Showing posts with the label धर्म–संस्कृति

भक्तियोग

Image
अभय भट्टराई     हामीले अरूबाट आप्mनो सम्मान चाहन्छौं । अरूले आपूmप्रति श्रद्धा राखिदिऊन् भन्ने हाम्रFे चाहना हुन्छ । हामी प्रेमको भोका छौं र हामीलाई प्रेम गरिदिए हुन्थ्यो भन्ने चाहन्छौं । हामीले अरूबाट जेजस्तो चाहना राखिरहेका हुन्छौं, अरूको त्यस्ता चाहनाको पूर्ति गर्न भने हामी अग्रसर हुँदैनौं । ‘आत्मनः प्रतिकूलानि परेषा न समायरेत्’ अर्थात् आपूmलाई प्रतिकूल हुने व्यवहारहरू अरूलाई गर्नुहँुदैन भन्ने कुरा हामीलाई थाहा त छ, तर त्यसलाई हामीले आप्mनो व्यवहारमा कार्यान्वयन गर्न सकिराखेका छैनौं । हामीले अरूबाट सम्मान, श्रद्धा र प्रेम गर्न जान्नुपर्दछ । हामी जब अरूलाई यस्तो व्यवहार गर्न अभ्यस्त हुन्छौं, वास्तवमा हाम्रालागि सबै मान्छे नै भगवान्जस्तै लाग्न थाल्छन् र हामीले श्रद्धापूर्वक गरिने भगवान्को उपासना पनि सार्थक हुन्छ । त्यही सार्थक यात्राको नाम नै भक्तिमार्ग हो ।     दिव्यचक्षुको माध्यमले श्रीकृष्णको विराट स्वरूपको दर्शन गरिसकेपछि अर्जुनले सगुण वा साकार र निर्गुण वा निराकार ईश्वरको उपासनामध्ये कुन उपासना सर्वश्रेष्ठ हुन सक्छ ? भन्ने जिज्ञासा राखे । अर्जुनको त्यही जिज्ञासालाई शान्त गर्ने

सेनवंशीय शासनकालमा मकवानपुर राज्यको प्रशासनिक व्यवस्था– एक परिचय

Image
गताङ्कको बाँकी बासुदेवलाल दास मकवानपुर राज्यको प्रशासनिक व्यवस्था विषयक अध्ययन गर्दा त्यस समयमा प्रचलित रहेका केही प्रशासनिक पदहरूबारे जानकारी पाइन्छ । यस्ता पदाधिकारीहरूको सहयोगद्वारा नै राज्यको प्रशासन व्यवस्था सुचारु हुने गरेको थियो । राज्यको शासन व्यवस्थामा राजाको स्थान सर्वोपरि हुने गर्दथ्यो । राजाले ‘महाराजाधिराज राजराजेश्वर’ जस्ता उपाधि धारण गर्ने गर्दथे । त्यस समयमा राज्यको शासन व्यवस्थामा धर्मको पनि प्रमुख भूमिका हुने गरेको कुरा थाहा पाइन्छ । सेन राजाहरू ‘हिन्दूपति’ नामक विरूद धारण गर्ने गरेका पाइन्छन् । सेनकालमा राज्यमा अनेक विद्वान्लाई आश्रय प्राप्त रहेको एवम् उनीहरूलाई बिर्ता भूमिदान दिने गरिएको देखिन्छ । यसका साथै सेन राजाहरूले अनेक प्रकारका धार्मिक कार्य गरेका तथा विभिन्न मठ–मन्दिरहरूमा भूमिदान दिएका अभिलेखहरू प्राप्त भएका छन् । यस्तै अनेक देवीदेवताका मूर्तिहरूको स्थापना तथा मन्दिरहरूको निर्माण सेन शासनकालमा भएको थियो ।     राजा लोहंगसेनले पूर्वतर्फको राज्य विस्तार अभियान अन्तर्गत किराँतहरूसित सम्झौता गरी तिनीहरूलाई वंशानुगत रूपमा देवानको पदमा स्वीकार गरेका थिए, किनभने

सेनवंशीय शासनकालमा मकवानपुर राज्यको प्रशासनिक व्यवस्था– एक परिचय

Image
बासुदेवलाल दास नेपालको नारायणी अञ्चलको मकवानपुर नामक जिल्ला अठारहौं शताब्दीको मध्यसम्म एउटा स्वतन्त्र राज्यको रूपमा अवस्थित रहेको थियो । यस मकवानपुर राज्यमा सेनवंशका शासकहरू हुने गरेका थिए । मकवानपुर राज्यको स्थापना ईसवीय सन्को तेह्रौं–चौधौं शताब्दीतिर भएको मानिन्छ । मकवानपुरबाट सेनवंशीय राज्यको विस्तार पश्चिममा पाल्पासम्म तथा पूर्वमा विजयपुरसम्म भएको थियो । सन् १७६२ ई.मा गोरखाली शक्तिद्वारा आक्रमण गरिएपछि मकवानपुरको राज्यशक्तिको अस्तित्व समाप्त भएको थियो ।     कालक्रमको सिलसिलामा यस राज्यमा अनेकपटक विभाजन भएर एवं अन्य कारणहरूले गर्दा पाल्पा, विजयपुर, चौदण्डीलगायत अन्य सेनवंशीय राज्यहरू स्थापित हुन पुगेका देखिन्छन् । यस प्रकार अनेक ससाना सेनवंशीय राज्यहरू स्थापित भएबाट एउटा बलियो प्रशासनिक एकाइको रूपमा यस राज्यको स्थिरता कायम रहन सकेको थिएन । राजा मुकुन्दसेनको पालामा सन् १५१८ ई.तिर भएको राज्य विभाजनको आधारमा पाल्पा क्षेत्र अलग भई मकवानपुर राज्यको शासन लोह·सेनको हातमा परेको थियो । राजा लोह·सेन (१५५३–१५९१ ई.)को शासनकालमा मकवानपुर राज्यको प्रशासनिक व्यवस्था सुदृढ रहेको भए तापनि उनको शा

मिथिला समाजमा पौनी–पसारीबारे चर्चा

बासुदेवलाल दास गताङ्कको बाँकी धोबी :–     मिथिला क्षेत्रको समाजमा धोबी जातिको पनि महत्त्वपूर्ण स्थान रहेको देखिन्छ । यस जातिलाई पनि पौनी–पसारी वर्ग अन्तर्गत मानिने गरिन्छ । मिथिला क्षेत्रको सामाजिक परम्परामा धोबी जातिलाई अस्पृश्य मानिने गरिएको देखिन्छ । यस जातिको जातीय कार्य भनेको लुगा सफा गर्नु हो । अर्कोतिर, मिथिलाको सामाजिक परम्परामा भनिन्छ कि धोबी जातिको दर्शन शुभकारक हुने गर्दछ । यात्राकालमा धोबीको दर्शन भएमा यात्रा सफल हुने विश्वास गरिन्छ । त्यस्तै नवनिर्मित गृहमा प्रवेश गर्ने मुहूर्तमा अन्य शुभकारक वस्तुहरूको दर्शनका साथै धोबीको दर्शन पनि गर्ने प्रचलन रहेको पाइन्छ । भनिन्छ कि यसै कारण धोबी जातिको निवास ग्रामीण क्षेत्रमा प्राय: गाउँमा प्रवेश गर्ने भागमा रहेको देखिन्छ । यसरी धोबी जातिलाई शुभ र स्वच्छताको प्रतीक मानिएको पाइन्छ ।     धोबी जातिको अधीनमा गाउँ क्षेत्र रहेको हुन्छ । यसरी गाउँमा निवास गर्ने सबै गृहस्थ परिवार धोबीका गिरहस–यजमान मानिने गरिएका हुन्छन् । धोबीले सबै घरका लुगा धुने गर्दछन् । समाजमा कसैको घरमा शिशुको जन्म हुँदा प्रसूताका वस्त्रादि धुने कार्य धोबीले गर्दछ । यस्त

मिथिला समाजमा पौनी–पसारीबारे चर्चा

Image
गताङ्कको बाँकी बासुदेवलाल दास लोहार:–     यसरी नै मिथिला क्षेत्रको समाजमा पौनी–पसारी वर्ग अन्तर्गत लोहार जातिलाई मानिएको पाइन्छ । यस जातिको जातीय कार्य भनेको फलाम धातुबाट खासगरी कृषि क्षेत्रका तथा घरेलु उपयोगमा आउने औजार उपकरणहरूको निर्माण र आपूर्ति गर्नु हो । मैथिली भाषामा फलामलाई ‘लोह’ अथवा ‘लोहा’ भनिन्छ । यसरी औजार तथा उपकरण इत्यादि बनाउनका लागि फलाम धातुलाई तताउने र पिट्ने गरिन्छ । यस कार्यका लागि निर्धारित गरिएको स्थानलाई ‘लोहसारि’ भनिन्छ । लोहसारिमा आगो बाल्न बनाइएको स्थानमा हावा फुक्ने कार्यका लागि उपकरण विशेष जडान गरिएको हुन्छ, जसलाई ‘भाथी’ (आरन) भनिन्छ । भाथीको निर्माण विशेष प्रविधिका साथ छाला र काठ आदिको प्रयोग गरी गरिएको हुन्छ । यसमा माथिपट्टि बीच भागमा झुन्ड्याएर राखिएको एउटा लठ्ठी हुन्छ, जसको पछाडिपट्टिको भाग भाथीसित जोडिएको हुन्छ भने अगाडिपट्टिको भागमा एउटा डोरी बाँधिएको हुन्छ, जसलाई हातले समातेर तलमाथि पारेर चलाइने गरिन्छ । यसरी तलमाथि चलाउँदा आगो बालिने स्थानमा हावा आउने गर्दछ, जसले गर्दा आगो बल्न सहयोग पुग्ने गर्दछ । यसका साथै आगो बालिने स्थाननजिकै फलामको सानो स्तम्भ

पत्नीको भावनाको कदर किन ?

शीतल गिरी परपुरुष अर्थात् पति अथवा नातागोताभन्दा एकदम फरकको कुनै पुरुष । यस्ता मानिसहरूसँग भेट हुनु, केही कुराकानी हुनु प्रत्येक नारीको लागि सामान्य कुरा बनिसकेको छ । पुरुषप्रधान समाजमा यस्तो हुनै सक्दैन कि नारीले तिनीहरूको कुनै वास्ता नगरोस् ।     घरमा, बजारमा, कार्यालयमा, बसमा, टेम्पोमा पुरुषहरूसँग भेटघाट हुनु स्वाभाविकै हो ।     त्यो युग त अहिले रहेन कि नारीलाई निवासमा थुनेर राखियोस् । नारीहरू युग अनुसार आफ्नो प्रतिभा र महत्त्व बुझेर घरबाट बाहिर पाइला राख्न सक्ने क्षमतावान बनेका छन् भने अवश्य नै पुरुषहरूसँग भेटघाट त भइहाल्छ ।     हाम्रो देशको सामाजिक बनोट अनुसार पुरुष चाहे पति–मित्र होस्, छिमेकी होस्, सहकर्मी अथवा बाटोमा चिनिएको कुनै परिचित नै किन नहोस् सबैसँग औपचारिक हार्दिकतासाथ व्यवहार गर्नु गाह्रो छ ।     यदि नारीले यस्तो गर्दिन भने उसलाई घमण्डी, अहड्ढारी आदि नजाने के के उपाधि भिडाइन्छ ।     यहाँनिर क्षितिज र अमिताको उदाहरण दिनु समसामयिक हुनेछ । क्षितिजमोहनसँग अमिताको विवाह भएको थियो ।     घरपरिवारसँग परिचय भएको दिन कुर्सीमा बसेकी शर्मिली, सड्ढोची, लजालु, नता·ी अमितासँग हाँसखेल

मिथिलाको संस्कृतिमा माछा विषयक चर्चा

Image
 बासुदेवलाल दास    द्विरागमनको चौथो दिनमा ‘भरफोरी’ नामक विशेष विधि सम्पन्न गरेपछि नववधूलाई भान्सामा प्रवेश गराइन्छ । यसै दिन वधूद्वारा माछा काटिने र पकाइने गरिन्छ । यस प्रकार नववधूद्वारा सर्वप्रथम भान्सामा प्रवेश गर्दाको अवसरमा माछाको व्यवहारलाई अनिवार्य बनाइएको देखिन्छ । माछालाई सुख र समृद्धिको प्रतीक मानेर नववधूलाई माछाको परिकारका साथ भान्सा कार्यमा प्रवेश गराएर पारिवारिक सुख र समृद्धिमा अभिवृद्धिको कामना गरिएको मान्यता मिथिला क्षेत्रमा रहेको पाइन्छ । यसरी नै यस क्षेत्रमा नवगृहको निर्माण गरी गृहप्रवेशको विधि सम्पन्न गरेपछि घरमा पाककार्यमा सामिष वस्तुको प्रथमत: समावेश गराइने बखतमा सर्वप्रथम माछा पकाइने परम्परा रहेको छ । यसरी माछाको पाक भइसकेपछि मात्र मासुको पाककार्य गर्ने प्रचलन रहेको देखिन्छ ।     मिथिला क्षेत्रमा श्रावण महिनाको कृष्णपक्षको पञ्चमी तिथिदेखि शुक्लपक्षको तृतीया तिथिसम्म विशेष विधिपूर्वक मधुश्रावणी पर्व मनाइने गरिन्छ । यो नवविवाहिताले मनाउने पर्व हो । यस पर्वको मिथिलामा ठूलो सांस्कृतिक महत्त्व रहेको छ । यस पर्व अन्तर्गत प्रत्येक दिन कथा भन्ने गरिन्छ, जस अन्तर्गतको एउट

मिथिलाका केही सामाजिक प्रचलनहरू

Image
गताङ्कको बाँकी सनेस : सनेस शब्दको अर्थ कोसेली अथवा उपहारको रूपमा लगाउन सकिन्छ । मिथिला क्षेत्रमा कौटुम्बिक परिवारबीच परस्पर सनेस, विशेषगरी खाद्यवस्तु आदिका साथै वस्त्र पनि पठाइने गरिन्छ । यसलाई सम्मान, स्नेह, आदर, आत्मीयता र सत्कारको प्रतीक भनिन्छ । सनेस पठाइने अवसर अन्तर्गत खासगरी छोरी, बुहारीको आवागमनको अवसर हुने गर्दछ । यसका साथै शुभ सांस्कारिक अवसरहरू एवं व्रत, पर्वका अवसरहरू हुने गर्दछन् । सनेसका वस्तुहरूमा चिउरा, दही, फलफूल आदिका साथै अनेक प्रकारका पकवान तथा मिष्टान्न रहने गर्दछ । मिथिला क्षेत्रमा सनेस भनेर पठाइने पकवानमा ठकुआ, भूसबा (चामलबाट बनाइने लड्डू विशेष), पलकिया (पिरुकिया), पू (पूआ), खजूर (खजुरिया) आदि तथा मिष्टान्नमा लड्डू, बताशा, खाजा, गाजा आदि हुने गर्दछ । लड्डूमा बेसनबाट बनाइने लड्डू, जसलाई मूङबाको लड्डू भनिन्छ, यस क्षेत्रमा विशेष लोकप्रिय देखिन्छ । सनेस पठाउँदा सिन्दूर पनि पठाइने प्रचलन रहेको छ, जसलाई सौभाग्यको प्रतीक ठानिन्छ । सनेसका वस्तुलाई ढक्की आदि भाँडामा राखेर एवं भारको रूपमा समेत पठाइन्छ । यसका साथै सनेसका खाद्यवस्तुलाई छरछिमेकमा ‘बएन’ भनेर बाँड्ने गरिन्छ

मिथिलाका केही सामाजिक प्रचलनहरू

बासुदेवलाल दास     मिथिला क्षेत्रको समाजमा प्रचलित केही यस्ता प्रचलनहरू छन्, जुन यस क्षेत्रको संस्कृतिको उल्लेखनीय भागको रूपमा विद्यमान रहेका देखिन्छन् । यसमध्ये ‘नुत’, ‘भोज’, ‘भार’, ‘सनेस’, ‘बएन’, ‘व्यवहार’, ‘उकठ’ इत्यादि प्रथाहरूको प्रचलन विषयक केही चर्चा गर्ने प्रयास यस लेखमा गरिएको छ । नुत– मिथिला क्षेत्रमा ‘नुत’ विषयक प्रचलन पाइन्छ । नुत भनेको निमन्त्रण हो । यसलाई मैथिली बोलीमा नेओत, न्यौत अथवा नेओता पनि भनिन्छ । सामान्यत: भोजको आयोजन गरिंदा नुत दिइने एवं निमन्त्रित व्यक्तिलाई भोजन गराइने गरिन्छ । परन्तु मिथिला क्षेत्रको समाजमा यसको प्रचलन एउटा विशेष अर्थमा पनि रहेको छ । यस अन्तर्गत कसैको घरमा कुनै यज्ञ, सांस्कारिक उत्सव, अनुष्ठान आदि भएमा आफ्नो कौटुम्बिक नाता–सम्बन्ध पर्ने परिवारहरूमा नुत पठाइने गरिन्छ । यसमा प्राय: हजाम जातिका व्यक्ति हस्ते नुत विषयक बेहोरा लेखिएको कागज अथवा सुपारी पठाइन्छ । यस्तै वैष्णव धर्मसित अथवा मठमन्दिरसित सम्बन्धित अनुष्ठान भएमा निमन्त्रणको रूपमा तुलसीदल पठाइन्छ । निमन्त्रण लिएर आउने हजामलाई यथोचित बिदाइ गरिन्छ । यसरी पठाइएको निमन्त्रण जुन परिवारमा आउने ग

रोजाका महत्त्वपूर्ण फाइदाहरू

Image
- हलीम अन्सारी     रोजा (व्रत)लाई अरबी भाषामा शौम र उर्दू भाषामा रोजा र संस्कृत तथा नेपालीमा उपवास, व्रत भनिन्छ । यो धु्रवसत्य हो, रोजा अल्लाहको आदेश (हुकुम) हो । इस्लाम धर्म मान्नेहरूले रोजालाई अनिवार्यरूपले गर्छन् । इस्लाम धर्म ५ बुँदामा आधारित छ– (क) इमान (ख) नेमाज (ग) रोजा (घ) हज (ङ) जकात ।     यी बुँदामध्ये एक बुँदा रोजा पनि हो । रोजालाई रहमतको महिना भन्ने गरिन्छ । यो ईश्वरबाट प्राप्त भएको उपहार, इनाम वा सौगात हो ।     यो रोजा हामीलाई मात्र पाएको होइन । रोजा सबैभन्दा पहिले आएको पुरुष आदम (मनु) माथि पनि अनिवार्य थियो । त्यस्तै अरु नबी र रसुलका उम्मतहरूमाथि पनि अनिवार्य थियो । जस्तै:– नुं एलै. इब्राहिम एलै. मुसा एलै. अर्थात् एक लाख चौबीस हजार कमोबेस नबी र नबीका उमत (भक्तजन)माथि  अनिवार्य थियो।     रोजा यस्तो इबादत (पूजा) हो, जुन अल्लाह (ईश्वर)लाई सबैभन्दा प्यारो छ । अरू पूजाको फल फरिश्ता अर्थात् देवदूतहरूले दिन्छन् तर रोजाको फल स्वयम् ईश्वर (अल्लाह)ले दिन्छन् । रोजाका विशेषताहरू:– १)    हजुर मोहम्मद स.अ.व.स.ले भन्नुभएको छ– “साबान (सोबरातवाला महिना) मेरो महिना हो र रमजान ईश्वर (अल्

बालसाहित्यको प्रश्न

Image
- शीतल गिरी     नेपाली बालसाहित्यमा चित्राङ्कनको सुरुआत कहिले भयो भन्नेबारे ठोस अध्ययन भइनसके पनि बालसाहित्य र चित्राङ्कनबीचको अन्योन्याश्रित सम्बन्ध रहेकोमा दुई मत देखिंदैन । हुन पनि चित्र त भाषाभन्दा जेठो अभिव्यक्तिको विश्वव्यापी माध्यम  हो । लिपिको विकासभन्दा पहिले नै चित्राभिव्यक्ति र चित्राक्षरको सुरुआत भइसकेको थियो । ग्रहण गर्न सजिलो माध्यम भएरै होला भर्खर तोतेबोली फुटेका नानीहरू पनि चित्रको रङ र लय हेर्दै ‘ताताङ–तुतुङ’ बोलीमा हराउन थाल्छन्, मन्त्रमुग्ध हुन्छन् । मानसिक र शारीरिक बुद्धिसँगै उनीहरूको बोध र ग्रहण क्षमता बढ्दै जान्छ र चित्रको भावनामा डुब्ने कल्पनाको रोचक उडान भर्न सक्छन् । चित्राङ्कित साहित्यले त्यस्तो आस्वाद्य रस प्रदान गर्दछ, जसलाई बालबालिकाहरू पहिले आँखाले पिउँछन् अनि मनमस्तिष्कमा पुर्‍याएर भापना वा विचारलाई अमृतमय पार्दछन् । बालबालिकाहरूलाई मनोरञ्जन दिने, रचनात्मक एवं सिर्जनात्मक हुने प्रेरणा दिने र ज्ञानविज्ञानका विविध विषय सम्बन्धमा जानकारी दिने विषयवस्तुलाई उनीहरूको उमेर अनुसारको सरल एवं सरस भाषामा रोचक तरिकाले प्रकाशन गरिएको कृति नै बालसाहित्य हो । यसैग