Posts

Showing posts with the label पाठक पत्र

पाठक पत्र

श्रीमान् सम्पादकज्यू,     उपरोक्त सम्बन्धमा मिति २०७७/०७/४ गते प्रकाशित ‘भगवती स्टीलमा कमिशन खाएर गार्ड नियुक्ति, दशैं खर्च नदिंदा तीनजनालाई कामबाट हटाइयो’ शीर्षक समाचारमा यस गरुड सेक्युरिटी प्रालि पर्सा शाखाको ध्यानाकर्षण भएको छ।     यस सम्बन्धमा त्यहाँ कार्यरत सुरक्षागार्डहरू दशैंमा भोज आयोजनका  लागि एकापसमा आर्थिक सहयोग लिई मनाउने सरसल्लाह भएको हुँदा सो विषयमा समाचारमा अन्य विवरण छापिन गएको बेहोरा जानकारी गराइन्छ। अभयविक्रम शाह (शाखा प्रमुख) गरुड सेक्युरिटी प्रा.लि., पर्सा शाखा

पालिकाहरू पारदर्शी छैनन्

    विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा सतर्कतामा लागिपरेको भन्ने पर्साका स्थानीय तहहरूले जनताको नाममा विभिन्न किसिमका स्वास्थ्य सामग्री,  क्वारेन्टाइन व्यवस्थापन र अतिविपन्न परिवारको लागि वितरण गरिएको राहत सामग्रीमा अनियमितता बढ्दै गइरहेको छ।     पर्सामा एक महानगरपालिका, तीनवटा नगरपालिका र दशवटा गाउँपालिका छन्। उक्त पालिकाहरूले जनताको नाममा वितरण गरेका विभिन्न सामग्री खरीदमा अनियमितताको गन्ध आइरहेको छ। निगरानी तथा कारबाही गर्ने निकाय कोरोना भाइरस महामारीको कारण सुस्त भएपछि स्थानीय पालिकाहरूमा मनोमानी बढ्दै गइरहेको छ।     पर्साका स्थानीय तहहरूले खरीद गरेका मास्क, ग्लोब्स, सेनिटाइजर, साबुन, प्लास्टिकका सामग्री, पिपिई वितरण गरेकोमा सोको विवरण अभैm वेबसाइटमा राखेका छैनन्। अतिविपन्नको नाममा खरीद भएका खाद्यान्न सामग्री र वितरणमा खर्च भएको विवरण स्थानीय निकायहरूले आफ्नो वेबसाइटमा सार्वजनिक गरेका छैनन्। साथै खरीद सामग्रीहरूको बिल भर्पाइसमेत सार्वजनिक गरेका छैनन्।     स्थानीय तहहरूले खरीद गरेको सामग्रीको भ्याट बिल तथा भर्पाइ वेबसाइटमा नराखिनुले स्थानीय तहका पदाधिकारी
जब संस्कृति ओझेल पर्छ     गोपाल ठाकुरको लेख ‘धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षता’मा स्वतन्त्रतापूर्वक आफ्नो धर्मको उपयोग गर्न धर्मनिरपेक्षतामा नै सम्भव छ भन्ने विचारसँग म सहमत छु । केवल धर्मको सम्बन्धमा मात्रै मेरो यो मन्तव्य सीमित छ कि पृथ्वीनारायण शाहले हिन्दू धर्मको लागि जे गरे समयसापेक्ष राम्रो गरे । हिन्दू धर्मको अवसानको बेला यस्तो गर्न गोरखनाथले पनि सघाएका थिए । गैरखसहरूलाई पनि गोर्खाली बनाउने कुरा वा मधेसमाथि थिचोमिचो सर्वथा भिन्न विषय हो । त्यो लडाइँ र सङ्घर्षमा हामी पछाडि पर्ने छैनौं । अहिलेको परिप्रेक्ष्यमा हामी सांस्कृतिक सङ्घर्ष गर्दैछौं । धार्मिक सङ्घर्ष कमल थापाहरू यसैलाई ओझल पार्न गर्दैछन् । यसविरुद्घ स·ठित हुनुपर्छ तर विषय संवेदनशील भएकोले बुद्घि पुर्‍याउनु बढी जरुरी छ । हिन्दू धर्मको विरोध गरियो भने पासा पल्टिन सक्छ । राजदूत स्पाक्र्सको पत्रले यसमा तर· ल्याइदिएको छ ।     धर्म परिवर्तनलाई लेखकले अपराध भनेका छन्, जुन मलाई मन पर्‍यो । पृथ्वीनारायण शाहको समय फरक भएपनि अब यस विषयलाई विश्व परिप्रेक्ष्यमा हेर्नुपर्छ । कमल थापाहरूले आज ऊर्जा पाएका छन् । म आफ्नो धर्मको हिमायती

सञ्चारक्रान्तिले हानि पनि, नोक्सानी पनि

    २७ गते शनिवार वाटिकामा चन्द्रकिशोर झाको लेख ‘समयको आँखीझ्यालमा विकासक्रम, पढेर विगतको सम्झना भएर आयो । एक जमाना थियो, जब हामी आफ्नो सर्टीफिकेटको नकल बनाउन कुनै टाइपराइटरको खोजी गथ्र्यौं वा हातले नै लेखी एटेस्टेड गराउँथ्यौं । प्रींटिंग प्रेसमा बसेर कम्पोज मिलाउने र त्यही भाडामा कति अखबार छापिने गर्थे । अफसेटको त चर्चासमेत थिएन । चिठ्ठीपत्री लेखेर रक्सौल छोड्न जाने गरिन्थ्यो । मोबाइलको त के कुरा टेलिफोन पनि देखेको मात्र थियो त्यो पनि सिनेमामा । हेर्दाहेर्दै समय कति परिवर्तित भइसक्यो यो हेरेर म छक्क त पर्छु नै उमेरको हिसावले त्यसको प्रयोग पनि राम्ररी गर्न सकिने अवस्था छैन । आज मोबाइल हातहातमा आयो, जबकि एउटा टेलिफोन जडान गर्नका लागि कति धपेडी खेप्नुपथ्र्यो । सञ्चारको यस विकासले चिठ्ठी लेख्न छुट्यो । तर मेरो नजरमा चिठ्ठीको महत्त्व अहिले पनि छ । हातले लेखेका कुरा सीधै हृदयमा बस्छ । सञ्चार र समयको परिवर्तनले किताबको प्रयोग घट्यो । अबको युगमा केवल सन्देश र सोसल साइटको महत्त्व बढेको छ । यसलाई म एक खतरनाक कुरा मान्दै आएको छु । किताबको अध्ययन कम्प्युटरले पूरा गर्न सक्दैन । यसले गर्दा युवाहरू

तीखो धारको प्रहार

    ११ गतेको प्रतीकमा गोपाल ठाकुरले आफ्नो लेख “संविधान बनाउने सन्त मनको प्रदर्शन”मा गोर्खाली साम्राज्यवादी र आन्तरिक उपनिवेशवादीमाथि तीखो प्रहार गरेका छन् । भोजपुरीमा एउटा कहावत छ– ‘बिलाई के भाग से सिकहर टुटे ।’ आज यिनीहरूको भागमा मोदीले सिकहर तोडेर गये । अब यिनीहरू पश्चगमनको माखन खाँदैछन् । विभिन्न कुरामा शोषण कायम गर्ने प्रयासमा लागेका छन् । तर यिनीहरूलाई थाहा छैन कि बीचमा घरमालिक आइपुग्छ र आफ्नो डन्डाले शिर फुटाइदिन्छ । न करण सिहंको सिकहर, न मोदीको मोदक काम लाग्नेछ ।     पृथ्वीनारायण शाहको दिव्योपदेशमा के थियो थाहा छैन । खोजतलाश गर्दा पत्ता लाग्छ । शासक वर्ग सदैव प्यासा हुन्छन्, उनले भनेका होलान् । तर यिनीहरूको उपचार गर्न र तीतो औषधि खुवाउन जनता पछि पर्ने छैन । पुष्यगुच्छा र सयौं फूलका थु·ाको नकली प्रलापले जनतालाई आश्वस्त पार्न सकेको छैन । यस अवस्थामा पारपाचुके हुने निश्चित छ । संविधानसँग नै उपद्रव हुने निश्चित छ ।                                डा. शिवशङ्कर यादव छपकैया, वीरगंज कजष्खकजबलपबच।थबमबखद्धघज्ञ२नmबष्।िअयm

उडी छुनु चन्द्र एक

    ‘कबिरा खडा बजार’को लेख ‘जब समाज सपनाजीवी हुन थाल्छ’ पढें । कबीर स्वयंले रामको सपना हेरे र पाए पनि । सपना त्यो चरा हो, जो आकाशमा उड्छ र गुँडमा आएर आफ्ना बचेराहरूलाई त्यस्तै आकाश छुन भन्छ । मधेसको सपना आन्दोलनले भएको होइन, बरु सपनाले आन्दोलन गरेको हो । जसले सपनाका बचेराहरूमा प्वाँख थपिदियो र ‘उडी छुनु चन्द्र एक’ बनाइदियो । राजनीतिक क्रियाशीलता, स·ठन, गैसस, महिलामैत्री, जुवा हस्तक्षेप, सूचना सञ्जालको महत्त्व र मातृभाषा तथा माटोप्रति प्रेमको विस्तार गरिदियो । लेखकको यो विश्लेषण बिल्कुल सही हो । यस्तालाई पनि यहाँका साम्प्रदायिक नेताहरू पूरा नहुने खालका र विखण्डनकारी भन्छन् भने मलाई देश विकासको चिन्ताले सताउँछ । देश विकास कसैको शोषणले हुँदैन, न रेमिटान्स, न उपनिवेश बनेर हुन्छ । देश विकास केवल सहकार्य, सहभागिता, समन्वय र सामथ्र्यले हुन्छ । लन्डनका उपनिवेशहरू थिए । आज उसलाई १६ औं शताब्दीको देश भन्छन्, पर्यटकहरू । उसको उपनिवेश भारत तेस्रो विश्वशक्ति बन्दैछ । मधेसको आन्तरिक उपनिवेशिता खतम गरेर सहकार्य गर्नुस्, मेरो जीवनकालमा नै नेपाल चन्द्र छुने देश बन्छ । तर अफसोचको साथ भन्नुपर्छ, जबसम्म यो

भुसको आगो

    अधिवक्ता वीरेन्द्रकुमारको लेख ‘बेवारिसे मधेस मुद्दा र मधेसवादीको भूमिका’ समयोचित छ । जब कोही भारतका राजनयिक आउँछन्, हाम्रा मधेसी नेता आफू प्रयोग भएको गुनासो गर्छन् । यही आक्रोश प्रचण्डमा पनि छ, कुनै शक्तिकेन्द्रलाई नै मान्दा रहेछन्, यो हेक्का हामी कसैमा छैन । शक्ति केन्द्रले नै सबै गरिदिने हो भने हाम्रा नेताहरूको के आवश्यकता ? शक्ति केन्द्र आफ्नो दुनो सोझ्याई फालिदिन्छन्, यो कसलाई थाहा छैन ? अन्य पार्टीहरू पनि शक्ति केन्द्रहरूबाट प्रयोग हुन्छन् । तर उनीहरूले पनि आफ्नै लागि शक्ति केन्द्रलाई प्रयोग गरेको पाइन्छ । मधेसी नेताहरू दालभातको गाँस ख्वाइदिन बालहठ गर्छन् । मधेसको मुद्दा बेवारिसे भएको जस्तो लाग्छ । तर त्यो भुसको आगोसरि सल्किरहेको छ । ठूला दलले मधेसीमैत्री संविधानलाई सम्बोधन गर्छन् भन्नेकुरा न सोचे पनि हुन्छ । समय पाएर भुसको आगो आफैं बल्नेछ ।        डा. शिवशङ्कर यादव, वीरगंज    कजष्खकजबलपबच।थबमबखद्धघज्ञ२नmबष्।िअयm

हाम्रो बहाना गजबको

    १४ गते आइतवार प्रतीकमा ओमप्रकाश खनालको लेख ‘सरकार व्यापारी, जनता भिखारी’ पढें । जस्तो लेखको नाम छ त्यस्तो लेखमा जनपक्षीय विचार पाइएन । हिन्दूस्तानमा रेल बन्यो । त्यस बेला धेरै विरोध भएको थियो, आज रेल भारतको संस्कृति बनेको छ । चिनी कारखाना बने । त्यसको पनि विरोध भयो । तर विस्तारै चिनी कारखाना यस क्षेत्रको ढुकढुकी बन्यो । घडी मिलाउनेदेखि रोटीको व्यवस्थासम्म यसले दियो । आज त्यो बन्द छ । सबै यसको माध्यमले आफ्नो रोटी सेक्ने दाउमा छन् । लेखक यसको विपक्षमा छन् । खर्बौं रुपियाँ चुनाव र माओवादीको लागि खर्च भयो । रोटीको लागि एक अर्ब पनि खर्च गर्न अप्ठयारो छ । यिनै हुन् हाम्रो देशका नेता र बुद्घिजीवीहरू । अनि देश कसरी उँभो लाग्छ ?     चिनी कारखानाको क्षेत्र जस्ताको त्यस्तै छ । न बाक्लो बस्ती बसेको छ न गाउँ बढेको छ । तर पनि लेखक बस्ती बसेको निहुमा अन्यत्र सार्ने आवश्यकता देख्छन् । सँगैको मोतीपुर, चकिया र मझौलियाका चिनी मिलहरू यसभन्दा निम्नस्तरमा भए पनि निर्वाध चल्दैछन्, त्यही ठाउँमा । हाम्रो भने बहाना नै गजबको छ । – डा. शिवशङ्कर यादव छपकैया, वीरगंज नेपाल कजष्खकजबलपबच।थबमबखद्धघज्ञ२नmबष्।िअयm

गाँधीवादको सच्चा वाहक बन्नुपर्छ

    १३ गते प्रतीकको वाटिकामा चन्द्रकिशोरले गाँधी र अहिंसाको चर्चा गरेर बालपनको याद ताजा बनाइदिए जब म मनोहर पोथीमा गाँधी को यसै तस्वीरका साथ पाठ याद गर्दथें । तत्पश्चात् मनोहर पोथी हरायो र गाँधी पनि हराए । परिणाम महेन्द्रको निरङ्कुशतादेखि माओवादीको छोटो बाटो देख्नुपर्‍यो । धेरै गहन र सूक्ष्म विवेचना गरेका छन् लेखकले यसमा । हिंसा र अहिंसामा जमिनआसमानको फरक छ । अहिंसा योग हो भने हिंसा विध्वंस हो । अहिंसाले समाजलाई जोड्छ, हिंसाले तोड्छ । माओले सत्ता बन्दुकबाट प्राप्त हुन्छ भनेका छन् । अवश्य सत्ता त्यसले प्राप्त हुन्छ तर सांस्कृतिक क्रान्ति को विध्वंस दुनियाँको दोस्रो अर्थतन्त्र भए पनि चीनलाई कही पुर्‍याएन । जबसम्म कनफ्युसियस र बुद्घ स्थापित हुँदैनन्, चीन ज·लमा बाटो बिराएको सौदागर सरी भोकप्यासले मर्छ । उसको सीको गरी नेपाल छिमेककै गाँधी र आफ्नै बुद्घको अवहेलना गर्नु महान् आश्चर्य हो । तर यहाँका प्रजातान्त्रिक भनाउँदाहरू पनि छद्म नामले गाँधी भएका छन्, जुन हास्यास्पद मात्र होइन विडम्बना पनि हो । गाँधीवादमा छद्म, रहस्य वा मुकुन्डोको कुनै स्थान छैन । यही मुकुन्डोको कारण यहाँ माओवाद पलायो । गाँधी

गणतन्त्र अवश्यम्भावी

१२ गतेको प्रतीकमा श्रीमन्नारायण मिश्रको लेख ‘गणतन्त्र भारतको विशेषता’ लेख पढें । यो लेख पढेर नेपालले पाठ सिक्नुपर्ने हो तर अफसोस भारतको छिमेकी देश भएर पनि नेपालमा घाम लागेको छैन । निश्चय पनि हाम्रो गणतन्त्र बुद्धको बेलादेखि नै चलिआएको हो । भारतीय गणतन्त्र बलियो हुनुको मुख्य कारण पुरानो जग हुनु पनि हो । तर नेपालमा एउटा तत्त्व गणतन्त्रको विरोधमा उभिएको छ । हामीले चनाखो भएर यसको सामना गर्नुपर्छ । मधेसमा बुद्ध जन्मे पनि यसै मधेसलाई टेर्दैनन् यहाँका नेताहरू । अनि कसरी देश उँभो लाग्छ । परिणामत: ८ वर्षमा पनि हामीले संविधान बनाउन सकेनौं । यहाँ लेखकले दिएका अन्य मुलुकको उदाहरण जस्तो देखिन्छ । तर जनता हताश र निराश भएपनि चनाखो छन् । अब नेपालमा लोकतन्त्र, गणतन्त्र र सङ्घीयता अवश्यम्भावी छ । डा. शिवशङ्कर यादव छपकैया, वीरगंज क्जष्खकजबलपबच।थबमबखद्धघज्ञ२नmबष्।अयm

प्रजातन्त्रवादी र गणतन्त्रवादी पाए तर सङ्घीयतावादी पाएनन्

    १८ गते म·लवार प्रतीकको स्वतन्त्र विचारमा अधिवक्ता वीरेन्द्रप्रसाद यादवको लेख “संविधान बन्ने सम्भावना र मधेसमैत्री संविधान” पढें । एक वर्षमा संविधान नबन्ने पक्का छ र त्यो मधेसमैत्री नहुने पनि पक्का छ । रेग्मीले शासनको  बागडोर दिए, त्यो नै काफी छ, नत्र तानाशाह पनि बन्न सक्थे । पूजापाठ गर्ने आध्यात्मिक रेग्मीले देशलाई ठूलै गुन लगाए । थारू र जनजातिहरूलाई मधेसीको सूचीमा राखी सच्याए । मधेसी दल बढारिए पनि मधेस बढारिने छैन । आजसम्म मधेसीले के पायो ? राजा, नेका र एमालेले के दिए ? अब हुने नेपालको आन्दोलन केवल मधेसको हुनेछ । किनकि प्रजातन्त्रवादीले प्रजातन्त्र पाए, गणतन्त्रवादीले गणतन्त्र पाए । तर सङ्घीयतावादीले सङ्घीयता पाएनन् । सङ्घीयताको मूल मुद्दा मधेससँग सम्बन्धित छ, जुन पाइने छाँटकाँट छैन । र, यो नपाई नयाँ मधेसी सन्तति मान्नेवाला छैनन् । –डा. शिवशङ्कर यादव यादव अल्ट्रासाउन्ड छपकैया, वीरगंज नेपाल कजष्खकजबलपबच।थबमबखद्धघज्ञ२नmबष्।िअयm

नयाँ नेतृत्व र शक्ति अति आवश्यक

    ११ गते म·लवार प्रतीकमा अधिवक्ता वीरेन्द्रप्रसाद यादवको स्वतन्त्र विचार पढें । उनको कुरामा म शतप्रतिशत सहमत हुने ठाउँ छैन । पद्धति निर्माण गरे पनि नेतृत्वले नै त्यो पद्धतिलाई थाम्न सक्छ । पद्धति र सिद्धान्त हिन्दूस्तानमा गाँधी र नेहरूको नेतृत्व नभएको भए न भारत स्वतन्त्र हुने थियो, न यति प्रगति गर्न सक्ने थियो । गाँधी र नेहरू त्यो पद्धतिको नयाँ नेतृत्व थिए । त्यहीं पद्धति आज आएर भ्रष्टाचारको पद्धति बनेको छ । नेपालमा वीपी कोइरालापछि काङ्ग्रेसको त्यहीं हालत छ । पद्धति त्यही हो, सिद्धान्त पनि त्यही हो, तर नेतृत्व गायब छ । माओवादी र मधेसवादीहरूले नेतृत्वको कारणले नै पद्धति बिगारे । तसर्थ नयाँ नेतृत्वको उदय आवश्यक छ । त्यो जनतासँग अनुमोदन पाउँछ कि पाउँदैन, त्यो बेग्लै कुरा हो । महाथीर मोहम्मदले मलेसियालाई आफ्नो नेतृत्वमा विकास गरे । यस्तो भएमा जनताले पनि विश्वास गर्नै पर्छ । अहिले त जनता पूर्वको नेतृत्व हेरेर झस्केका छन् । सितिमिति नयाँ शक्तिमा पनि विश्वास गर्दैनन् । तर यसले नयाँ शक्तिको आवश्यकता खतम हुँदैन । विदेशी नियन्त्रण पनि त्यस्तै हो । त्यसलाई अस्वीकार गर्न पनि नयाँ शक्तिको आवश्यकत

जनता के मनाउने ?

    ७ गते बुधवार प्रतीक दैनिकमा गोपाल ठाकुरको लेख ‘६४ औं राष्ट्रिय प्रजातन्त्र दिवस’ पढें । लेखक ले पर–जा–तन्त्र र  रोकतन्त्र भनी राम्ररी व्यङ्ग्य गरेका छन । वास्तवमा अधिरचनावादीहरूले यही गरिरहेका छन् । सचेतना साट्नेबाहेक यहाँका नेताहरूले अरू केही गरेका छैनन्, किनभने सबै ठूला नेताहरू अधिरचना गर्ने राणा र राजाका सन्तान हुन् । नयाँ परिवर्तन र चेतनालाई धूलीसात गर्न मात्र उनी अगाडि आउँछन । राजासँग सम्झौता गर्दा हिन्दू राष्ट्र  राख्छन्, किनकि अन्य धर्म अपाच्य भएको पाठ पृथ्वीनारायणले  सिकाएर गएका छन् । माओवादीसँग सम्झौता गर्दा सङ्घीयता राख्दैनन् । असलमा यिनीहरूलाई परिवर्तन नै चाहिंदैन, केवल आफ्नो भाग पाए सब थोक पुग्छ । अरूको वा खसेतरको भागसँग यिनीहरूलाई लिनुदिनु केही छैन । समावेशिता र समानुपातिक त यिनीहरूको आम्दानीको राम्रो स्रोत बनेको छ । यिनीहरू ६४ औं प्रजातन्त्र दिवस मनाइरहेका छन्, जनतालाई थाहै छैन । आजादी र गणतन्त्र दिवस भारतमा पनि मनाइन्छ । घरघरमा तिर·ा फहराइएको हुन्छ । हाम्रो त अहिले झन्डामा नै अडकल छ । फहराउने के ? यहाँ प्रजातन्त्र  काङ्ग्रेसको निम्ति, गणतन्त्र एमाओवादी को र राजतन्त्र

नेपालमा माली जातीहरू लोप हुने अवस्थामा

    नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराईका विभिन्न जिल्लाहरूमा बसोवास गर्ने विभिन्न थरले चिनिने माली, सैनी, भगत, भण्डारी, मल्होरी, मालाकार आदि माली जाति हुन् । यो जाति सदीयौंदेखि नेपालमा बसोवास गर्दै आए तापनि यस जातिको अस्तित्व लोप हुने अवस्थामा छ ।     नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक पृष्ठभूमि बोकेको देश भएकोले यस देशको विभिन्न जिल्ला गाउँ, नगरहरूमा अल्पसङ्ख्यकको रूपमा सदीयौं (परापूर्वकाल) देखि बसोवास गर्दै आएको जाति हो माली । यस जातिलाई माली शब्दले नै परिभाषित गर्दछ । जसले फूल र यससँग सम्बन्धित सम्पूर्ण कार्यहरू (विवाहमा काम लाग्ने मउर, मुकुट र देउताहरूको पूजामा काम लाग्ने गेरुवा झाँप, माला, सेहाला फूलको माला बनाई मण्डप–मडवा तथा गाडी,  स्टेज सजाउनुसँग सम्बन्ध राख्दछ । नेपालको तराईका विभिन्न जिल्ला, गाउँ तथा नगरहरूमा छरिेएर विभिन्न टाइटिलहरू (थरहरू) माली, सैनी, भगत, भण्डारी, मालाकार, मल्होरी आदि र पहाडमा भएका थरहरू आदि ८०,००० भन्दा बढी सङ्ख्यामा रहेको छ र यस जातिको उत्पत्ति हिन्दूग्रन्थको सातौं स्थानमा पर्नेै अग्निकुण्डबाट भएको बुझिन्छ । माली जाति खासगरी तीर्थस्

नियमविपरीत शुल्क असुल्दै माध्यमिक विद्यालयहरू

    नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत रहेका माध्यमिक विद्यालयहरू पूर्णरूपमा नेपाल सरकारको लगानीमा सञ्चालन भइरहे पनि नेपाल सरकारको नीति निर्देशन पालना भने गरेको छैन । एसएलसी परीक्षाको लागि योग्य विद्यार्थी छनोट गर्ने प्रक्रिया जसलाई एसएलसी योग्यता परीक्षा पनि भनिन्छ । यसलाई नेपाल सरकारले पूर्णरूपमा हटाएको छ । जसको फलस्वरूप कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू जसको उत्तीर्ण प्रतिशत राम्रो छ, तिनीहरूले एलएलसी परीक्षा दिन सक्छन् । कुनै किसिमको बाधा छैन । त्यसका साथै कक्षा १ देखि १० सम्म कुनै किसिमको शुल्क विद्यालयहरूले लिन नपाउने नीति नियम भए पनि माध्यमिक विद्यालयहरूले त्यसको पालना भने गरिरहेका छैनन् ।         गरीब जनतासँग शिक्षाको नाममा माविले कुनै न कुनै बहानाबाट रकम असुल्ने गरेको छ । तर त्यसको हस्तक्षेप कतैबाट पनि भएको छैन । भर्खरै एसएलसी योग्यता परीक्षाको नक्कल गर्दै नाउँ परिर्वतन गरी संयुक्त स्रोत केन्द्र स्तरीय वार्षिक परीक्षा समितिको नामबाट विद्यार्थीहरूबाट मनपरी ढ·ले शुल्क उठाउने र त्यो शुल्क गठन भएको परीक्षा समिति र सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूको मिलोमतोमा खर्च गरेको सर

सामन्तवाद नै छ नेपालमा

    १ गते माघ बुधवार प्रतीकमा गोपाल ठाकुरको लेख ‘राष्ट्रिय एकता दिवस साँच्चै हामीसँग छैन त ?” पढें । असलमा अहिलेसम्म नेपाल सामन्तवादी व्यवस्था मा नै छ । २००७ सालपछिको प्रजातन्त्र मा हामी त्यहीं थियौं, पञ्चायती व्यवस्थामा पनि त्यहीं थियौं र २०४६ सालमा पनि त्यहीं थियौं । माओवादी जनयुद्घ भयो ।     देशमा गणतन्त्र त आयो तर अझ पनि कम्युनिस्टहरू र यहाँसम्म कि प्रचण्ड स्वयं यस मानेमा ढुलमुले छन् र जातीय राज्यको एजेन्डा छोड्ने भनिरहेका छन् । तीन धु्रवीय धारमा गणतन्त्र धु्रवीय पक्ष कमजोर भएको कारण यही सामन्त ध्रुवीय हावी भएर हो । असलमा ने.का. र एमालेले आफ्नो हिस्सा मात्र खोजेका छन्, जुन राजाले दिएनन् । बाँकी प्रजातन्त्र र गणतन्त्रमा यिनको कुनै रुचि छैन । प्रचण्डलाई आफ्नो पक्षमा ल्याउन भरमग्दुर कोशिश भएको छ, त्यही कारण उनी विचारमग्न र ढुलमुले देखिन्छन् । तर यो ढुलमुले चरित्रले उनलाई रसातल पुर्‍याउने छ ।     पृथ्वीनारायणबारे मैले धेरै लेखिसकें । उनको चर्चा वाशिंगटन, गाँधी र बिस्मार्क सबैसँग दाँजेको भएको देखे । यस देशको सोचको यस दिवालियापन मा आफ्नो संस्कृतिको रक्षाको चिन्ता लागेको छ मलाई । यसबाहेक
श्रीमान् सम्पादकज्यू,     प्रतीक दैनिकको २०७० पुस १३ गतेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पर्सा जिल्ला लखनपुर गाविसमा रहेको श्री नेराप्रावि एकडेर्वामा म प्रअ रही काम गरिरहेको आव २०६४/०६५ मा विद्यालयको भौतिक निर्माणको रकम जिल्ला शिक्षा कार्यालय, पर्साबाट नआएको प्रस्ट्याउँछु । रकम नआएको शीर्षकमा भ्रष्टाचार गर्नेे भन्ने नै हुँदैन । समाचार प्रकाशित भएपछि मैले सोबारे सत्यतथ्य छानबिनका लागि जिल्ला शिक्षा कार्यालय, पर्सामा लिखित निवेदन दिंदा प्राप्त सबुत प्रमाणको आधारमा उक्त रकम शिक्षा कार्यालयका केही प्राविधिक कर्मचारीहरूको मिलीभगतमा अपचलन भएको जानकारी गराउँदछु । सो बखत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरिप्रसाद सहनी थिए तर पत्रिकामा सत्यनारायण यादव उल्लेख भएकोमा सो सच्याउन आग्रह गर्दछु ।     अत: यसबारे जिशिका पर्साबाट तथ्य प्रमाणहरू लिएर अथवा मसँग उपलब्ध प्रमाण बुझी घटना अझ बढी सार्वजनिक गरिदिनुहुन अनुरोध गर्दछु । पारसप्रसाद साह (प्रअ)

यसपटक संविधान बन्ला ?

    नेपालीको चाहना र आवश्यकता संविधान हो । यसपटक संविधान बन्ला भन्ने चासो सर्वत्र छाएको छ ।     पहिलो संविधानसभा निर्वाचनमा अर्बौ रुपियाँ खर्च गरे पनि उपलब्धि केही पाइएन । सभासद्हरू मोजमस्तीमा तल्लीन भए । संविधान बनाउन दिनुपर्ने समय कुर्सी र पदको भागबन्डामा बित्यो । जनताको म्यान्डेट बिर्सेर फोहरी खेलमा लाग्नाले नेताहरूले जनतालाई संविधान दिन सकेनन् । नामर्द सभासद्को सूचीमा आफ्नो नाम लेखाएपश्चात् दोस्रो संविधानसभा चुनावमा पराजय भोग्नुपर्‍यो । जनता जनार्दन हो र निर्णय पनि जनताले नै गर्छ भन्ने साबित गरिदियो ।     दलहरू असफल भएपछि कर्मचारी संयन्त्रको सरकारबाट दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भयो । जनताका प्रतिनिधिहरू सभासद् भए । तर यिनीहरूबाट अब संविधान बन्ला भन्ने अन्योलता छाएको छ । चुनाव सम्पन्न भएको एक महिना बितिसक्दा पनि समानुपातिक सदस्य छनोटमा ढिलासुस्ती हुनुले दलहरूबीच आपसी तालमेल नभएको सड्ढेत दिएको छ । जनविश्वास र जनमतका साथ अघि बढेका ठूला दुई दलमा आपसी समझदारी नहुँदा यसपटक पनि संविधान बन्न कठिनाइ हुन्छ भन्ने अडकल गर्न थालेको छ, नेपाली जनता ।     तसर्थ दलहरू एकापसमा मिलेर संविधान न

जापानी इन्सफेलाइटिसविरुद्धको खोप पाइएन

    नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा विगत चार महिनादेखि जापानी इन्सेफलाइटिसविरुद्धको खोप छैन ।     विगत चार महिनादेखि हामी दम्पती आफ्नो छोरा लिएर नाउक्षे अस्पताल वीरगंज पटकपटक धाउँदासमेत अस्पतालका खोप इन्चार्जले कहिले आइतवार आउनू, कहिले सोमवार आउनू भनेर फर्काउने गरेको छ। गत मङ्सिर २३ गते नाउक्षे अस्पतालमा यस रोगविरुद्धको भ्याक्सिनबारे सोध्दा जनस्वास्थ्यमा गएर सोध्न भनी फर्काए । हामी त्यहाँ पुग्दा यो केन्द्रको समस्या हो, एक महिनापछि आउँछ भनेर फर्काइदिए।     मेरो छोरो २३ महिनाको छ, र यो खोप दुई वर्षभित्रका बालबालिकालाई लगाइन्छ। यो यहाँको मात्र समस्या होइन अधिराज्यभरिको समस्या हो । जसरी पोलियोको थोपा बालबालिकाको लागि अमृतसमान हुन्छ, त्यस्तै जापानी इन्सेफलाइटिसको खोपले विभिन्न रोगहरूबाट जोगाउँछ। सरकारले निश्शुल्क उपलब्ध गराउँदै आएको यो खोप यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गर्दै ध्यानाकर्षण गराउन चाहन्छु। –सुस्मिता/विवेक यादव कर्कच करमैया–७, पिपराटोल

जनमत कुल्चने छुट कसैलाई छैन

    म एक देशभक्त र स्वाभिमानी नेपाली हुँ । त्यसैले आफ्नो देश र देशको राजनीतिक अवस्थाबारे जानकारी राख्नु मेरो कर्तव्य पनि हुन आउँछ । पछिल्लो समय संविधानसभा निर्वाचनको प्रारम्भिक मत परिणाम सार्वजनिक हुँदै गर्दा नेकपा–माओवादीभित्र निर्वाचनमा जान चाहने कमरेडहरूलाई निर्वाचनमा जान नचाहने कमरेडहरूले प्रशन्न मुद्रामा भन्दै थिए– देख्नुभयो त कमरेड प्रचण्डको त यो हाल भयो हाम्रो के हाल हुन्थ्यो ? वास्तवमा ती कमरेड एकदम सही भन्दै थिए । यदि नेकपा–माओवादी निर्वाचनमा गएको भए यही निर्वाचनबाटै सिद्धिन्थ्यो । त्यसैले अहिले उनीहरू जोगिएका छन् । एक किसिमले यो उनीहरूको राजनीतिक जीत नै मान्नुपर्छ ।     अर्कोतिर निर्वाचन सम्पन्न भएपछि यसलाई ऐतिहासिक र जनतालाई साहसिक भनेर धन्यवाद दिने एमाओवादी र केही मधेसवादी दल निर्वाचनको प्रारम्भिक मत परिणाम आफ्नो प्रतिकूल हुँदै जाँदा हतारहतार हताश मनस्थितिमा पत्रकार सम्मेलन गर्न तम्सिए र लाज पचाएर नेपाली जनतासामु फेरि एकपटक झूट बोले । उनीहरूको त्यो लाजमर्दो कुकृत्य नेपाली जनताले टेलिभिजनमा हेर्दै गर्दा धेरैले त हाँसेर उडाए भने केही दु:खी पनि भए । तर, मैले प्रचण्डले पहिले हत