Posts

Showing posts with the label प्रवृत्ति र मनोवृत्ति

स्वतन्त्रता नै अधिकार- समीक्षा क्षेत्री

    “न स्त्री स्वातन्त्रमर्हती” यो वाक्य महाभारतबाट लिइएको हो, जसको अर्थ स्वतन्त्रता नारीको अधिकारको कुरा होइन । हाम्रो सभ्य समाजले नारी र पुरुषलाई बेग्लाबैग्लै व्यवहार गर्दै आइरहेको छ । अटल, साहस, क्रोध, बलियो जस्ता शब्दहरू पुरुषको लागि हो भने निर्बल, कमजोर, ईष्र्यालु, मातृत्व जस्ता शब्दहरू महिलाको लागि बनाइएको छ । एउटा पुरुषले घर र समाजबाट पाउने मानमर्यादा नारीको लागि दुर्लभ हुन्छ । पुरुषले बाहिर झगडा गरेर आओस् वा कसैलाई मारेर नै आओस्, त्यसको कारण पनि एउटा स्त्रीमाथि नै जान्छ । हाम्रा छेउछाउका घटनाहरू हामीबाट लुकेका छैनन् । एकपटक  केटी जिस्काएको निहुँमा केही केटाहरू झगडा गर्दै थिए । बुझ्दा एउटी केटीलाई दुईजना केटाले मन पराएकाले झगडा गरेका रहेछन् । कुरै नबुझिकन झगडा गर्ने हो त । घटना सानो र बेमतलबको भएता पनि गहिरिएर सोच्दा पुरुषवादी सोचले बाँधिएको हाम्रो समाजले त्यस्ता झगडामा पनि नारीकै दोष देखाउँछ । कसरी  भन्नुपर्दा, त्यो केटीले किन त्यो केटालाई साथी बनाइ वा किन दुश्मन बनाइ ? घरबाहिर कति निस्किन्छे ? यस्ता कुराहरूले गर्दा नारीहरू बाध्य भएर कुनै कुनामा रोइरहन्छे तर एकशब्द बोल्ने आँट प

झुत्रो नोट र राजनीति उस्तै–उस्तै

–कुमार रूपाखेती     नेपालीहरूलाई धेरै कुराको ज्ञान छैन। नोट (रुपियाँ) बारे त नेपालीहरू झनै अनभिज्ञ छन्। यही अज्ञानताका कारण नेपाली नोटहरू चाँडै झुत्रो हुने, च्यातिने र नचल्ने अवस्थामा पुग्छन्। नोटमा लेख्ने, कर्‍याककुरूक गरेर जथाभावी राख्ने, पानीले भिजाउने र नोटलाई बटारेर कान कोट्याउनेसम्मको काम गरिन्छ। झुत्रो नोट बैंकले सजिलै साटी दिन्छ भन्ने ज्ञान चाहिं छ हाम्रोमा। तर नोटलाई असमय झुत्रो पार्दा, च्यात्दा मुलुकले नयाँ नोट छपाउनुपर्दा अत्यन्तै कष्टकर र आर्थिक बोझ थपिन्छ भन्ने कुराको ज्ञान हामीमा छैन। अन्तर्राष्ट्रिय बैंकिङ नियमअनुसाार एउटा नोटको सरदर आयु दुई वर्ष मानिन्छ। विकसित राष्ट्रहरूमा नोटलाई बडो जतन गरेर राखिन्छ। के कुनै विदेशी डलर (नोट) मा तपाईंले जथाभावी लेखेर, केरमेट गरेको पाउनुहुन्छ ? हाम्रो हातमा परेको डलर (विदेशी नोट) लाई नेपालीहरूले समेत जतनले सफा र सुरक्षित राख्न रुचाउँछन् तर आफ्नै मुलुकको नेपाली नोटको हविगतबारे आम नेपालीलाई कुनै चिन्ता छैन। नोटको सुरक्षा हुन नसकेकोमा हालै गर्भनर युवराज खतिवडाले विराटनगरमा चिन्तासमेत व्यक्त गरे। अस्ति शुक्रवार विराटनगरमा नेपाल राष्ट्र बैंक