Posts

Showing posts with the label सन्दर्भः गुरु नानक जयन्ती

दलितहरूप्रति आत्मवत् गुरु नानक

Image
जब गुरु नानकदेव साधु वेश धारण गरेर धर्म-प्रचारका लागि निस्के, उनी एउटा गाउं सैयदपुर (जिल्ला गुजरानवाला) पुगे। त्यहां गाउं बाहिर एकजना गरीब सिकर्मी लालोको झुपडी थियो, उनले त्यहीं आसन जमाए। सिकर्मी गरीब भए तापनि धर्म-प्रेमी र परोपकारी भावना भएका व्यक्ति थिए। यसले गर्दा गाउंमा के समाचार प्रसारित भयो भने एउटा उच्च जाति -खत्री) मा उत्पन्न सन्त अछुत लालोको घरमा बास बसेका छन र उसैले पकाएको खान्छन पनि। यो समाचार त्यस गाउंका मुखिया मालिक भागोले पनि सुने। त्यसै दिन उनीकहां एउटा ठूलो भोजको आयोजन थियो, त्यसैले नानक देवकहां पनि उनले निमन्त्रण पठाइदिए। निमन्त्रण पुर्‍याउन गएका व्यक्तिलाई बडो आश्चर्य लाग्यो जब नानक देवले भागोको असल मिर्ठाईहरूभन्दा लालोको सुख्खा रोटीलाई श्रेष्ठ बताए। समाचार सुनेपछि भागोले नानकदेवलाई आफूकहां बोलाए र आफनो भोजनको अपेक्षा लालोको रोटीहरूमा के विशेषता छ भनी सोधे। नानक देवले भने-"निश्चय नै लालोको रोटी यी पकवानहरूभन्दा श्रेष्ठ छन र तिनमा मलाई दूध र महको पनि स्वाद आउंछ। कारण के हो भने उसले जे पनि कमाउंछ, कठिन परिश्रम गरेर कमाउंछ र त्यसैबाट केही जोगाएर यथाशक्ति खांचो परेक