Posts

Showing posts with the label सन्दर्भ: वीपी जयन्ती

वीपी तथा संविधान मिलन समारोह

- फजिल मियाँ     नेपालको सि·ो तारा वीपी कोइराला समाजवादका प्रवर्तक महामानव हुन् । आज हामी विश्वासको दियो बाली महामानव वीपीको शतवार्षिकी मनाइरहेका छौं । नेपाली इतिहासका प्रखर पुरुष २००७ सालको जनान्दोलनका नायक विपी कोइराला दूरदर्शी र असल व्यक्ति हुनुहुन्थ्यो । उहाँको व्यक्तित्वको व्याख्यान उनकै नाम वीपी अर्थात् बी पोजेटिभबाट स्पष्ट हुन्छ । उहाँले नेपाललाई सुन्दर, शान्त, समृद्ध र समुन्नत देश बनाउने सपना बोक्नुभएको थियो । उहाँको सपना प्रजातान्त्रिक समाजवादी नेपाल थियो । नेपालको चौतर्फी विकासका लागि गाउँले किसानको विकास हुनुपर्दछ । गाउँले किसानले कपडा, खाना, घर तथा आधारभूत आवश्यकता सहज र सुलभ पाउनुपर्दछ । दुई छाक टार्न मुश्किल हुनुहुँदैन । यसो भयो भने देश सबल, सक्षम र विकसित हुन सक्दैन । सबै गाउँलाई आधुनिक सुख–सुविधा पुर्‍याएर सबल र सक्षम बनाउनुपर्दछ । त्यो किसान जसले धर्तीको छाती चिरी, निधारको पसिना चुहाई नेपाल र नेपालीको भविष्य कोर्ने काम गर्दछ त्यसको चौतर्फी विकास हुनुपर्दछ ।     तर अफसोस, विभिन्न घटना र परिघटनाले गर्दा सामाजिक सुरक्षा, सामाजिक न्याय, सुरक्षा, सुशासन आदिबाट गाउँले जनता प