Posts

Showing posts with the label सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस

नेपाल–भारत सम्बन्ध

Image
श्रीमन्नारायण     विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारत र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालबीच परम्परागत बहुआयामिक सम्बन्ध रहिआएको छ । नेपालको चौतर्फी विकासमा भारतले सहयोग गर्दै आएको छ । नेपालको प्रत्येक राजनीतिक परिवर्तनमा भारतले सहयोगीको भूमिका निर्वाह गर्दै आएको छ । भारतको स्वाधीनता आन्दोलनमा नेपालीहरूले पनि आफ्नो क्षमता अनुसार सहयोग गरेका थिए । भारतको स्वाधीनता आन्दोलनमा जेल जानुदेखि विभिन्न किसिमको कठोर यातना पनि नेपालीहरूले सहेका थिए । विदेशी अङ्ग्रेजहरूको शासनबाट भारत मुक्त भएपछि नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो । नेपालको छिमेकमा भारत देश नभएको भए तथा खुला सिमाना नभएको भए नेपालमा आजसम्म जे जति आन्दोलनहरू भएका छन् त्यसमा धनजनको ठूलो क्षति हुने थियो । दक्षिणी छिमेकी भारत प्रत्येक सड्ढटको समयमा हाम्रो निम्ति भरपर्दो मित्र शक्ति साबित भइआएको छ । केही अघि मात्रै देशमा गएको विनाशकारी भूकम्पका बेला पनि सर्वप्रथम सहयोग गर्न आइपुग्ने देश भारत नै थियो र भूकम्पका बेला भारत र त्यहाँका जनताले हामीलाई गरेको सहयोगलाई सम्पूर्णतामा हेर्ने हो भने विश्वका अन्य सबै देशहरूले मिलेर गर