Posts

Showing posts with the label महिला हस्ताक्षर

के महिलाका लागि सुरक्षित छ शहर ?

Image
मायामितु न्यौपाने     शहर भन्नसाथ हामी सुविधासम्पन्न बस्ती बुझ्दछौं । शहरमा केहीको पनि अभाव हुँदैन जस्तो ठान्दछौं । सबैभन्दा सहज, सरल र सुगम मानिन्छ शहर– बाटोघाटो, शिक्षा, स्वास्थ्य, यातायात सबैमा । सबैको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ शहर । तर के साँच्चै हामीले सोचेजस्तो छ त शहर ? के हामी सुरक्षित तरिकाले घुमफिर गर्न सक्छौं शहरमा ? यहाँ मैले महिलाको सन्दर्भमा  भन्न खोजिरहेकी छु । के महिलाका लागि सुरक्षित छ शहर ? महिलाहरू निर्धक्क यो शहर मेरो पनि हो भनेर हिड्न सक्छन् ? हुँदो हो भने भक्तपुरदेखि संविधानसभा बैठकमा सहभागी हुन आउने महिला सभासद्ले सार्वजनिक सवारी साधनमा दुव्र्यहार भएको गुनासो गर्ने थिएनन् । कामकाजी महिला रमिता तुलाधरले सवारी साधनका कर्मचारीको अपशब्द  सुन्नुपर्ने थिएन । यो त भयो काठमाडौंको उदाहरण ।     काठमाडौं, पोखरा, धरानको कुरै छाडौं । यही वीरगंजमा हेरौं न । महिलाहरूका लागि कति  सुरक्षित छ, यो शहर १     अहँ छैन १ यदि हुँदो हो त सहकारीमा काम गर्ने एकजना महिलालाई रकम सड्ढलन गर्न जाने क्रममा अपरिचित युवकले साइकल रोकेर दिउँसै बीच सडकमा म्वाइ खाने हिम्मत गर्ने थिएन । यस