Posts

Showing posts with the label वातावरण

वन डढेलो व्यवस्थापन र वन अतिक्रमण नियन्त्रणको कुरा ठूलो, काम शून्य

Image
सुदर्शनराज पाण्डे     वनज·ल ईश्वरको उपहार र प्रकृतिको अनुपम वरदान हो । हराभरा, हरियाली र स्वच्छ वातावरणमा हुर्कन र रमाउन पाउनु प्रत्येक मानिसका लागि सौभाग्य हो । प्रकृतिको अनमोल रचना नेपालमा छ । अनुपम सौन्दर्यले ढोकेको नेपाल साधकहरूका लागि सिद्धस्थल पनि हो । उत्तरतर्फको हिमालयको काखमा बसेको पूर्व मेचीदेखि पश्चिम महाकाली नदीसम्म फैलिएको नेपाली धर्तीको माटो तेजोमय छ । हिमाल, पहाड र तराई मधेसको भूभाग रहेको नेपालको संस्कार र संस्कृति तन्त्रमन्त्रमय छ । देश देशो हिमालय, अधिकतम देवस्थल र तीर्थस्थल नेपालमैं छन् । हिमालयबाट उत्पन्न भएका अटुटरूपमा बग्ने हिमनदी नेपालमैं छन् । कैलाश पर्वतबाट गायब भएका भगवान् शिवजी ज·लमा म·ल गर्न मृगको रूप धारण गरी पशुपति क्षेत्रमा आएर धेरै दिनसम्म बसेको पुराण, धार्मिकग्रन्थमा उल्लेख छ । वनज·लमा मात्र पाइने दुर्लभ गुण भएका साध्य/असाध्य रोगहरूको उपचार गर्ने जडीबुटी प्राचीनकालदेखि नेपालमा प्रशस्त पाइन्छन् । वैदिक सनातन हिन्दू धर्ममा आस्थावान हुनेहरूले दैनिक साधना, विधिअनुरूप शान्ति पाठ गर्दै “ॐ द्यौं, शान्तिरन्तरिक्ष ग शान्ति: पृथ्वी शान्तिराप: शान्तिरोषधय शान्ति: