Posts

Showing posts with the label २० चैत्र २०७१)

नेपाली सहकारी अभियान: आगामी कार्यदिशा

Image
कृष्ण पौडेल     नेपाली सहकारी अभियानले विभिन्न आरोह अवरोहसहित छ दशक पार गरेको छ । २०१० सालमा सहकारी विभागको स्थापना र २०१३ चैत्र २० गते चित्तवनमा बखान ऋण सहकारीको स्थापनासँगै अघि बढेको अभियानले दशक पार गरिरहँदा थुप्रै उपलब्धि र अवसरहरूसँगै विकृति, जोखिम र चुनौती पनि खडा भएको छ । एक राष्ट्रिय सहकारी सङ्घ, १८ केन्द्रीय विषयगत सहकारी सङ्घ, तीन सयको हाराहारीमा जिल्ला सङ्घहरू र बाँकी प्रारम्भिक संस्थाहरू गरी सहकारीको सङ्ख्या बत्तीस हजार पुगेको छ । सहकारीहरूमा सतचालीस लाख नागरिकबीच झन्डै तीन सय अर्बको कारोबार भइरहेको छ । सहकारीहरूले नेपाली अर्थतन्त्रमा कुल गार्हस्थ्य उत्पादनमा ४ र वित्तीय क्षेत्रमा बीस प्रतिशत योगदान गरिरहेका छन् । राज्यले सहकारी क्षेत्रलाई संवैधानिक रूपमा सम्बोधन गर्दै त्रैआयामिक विकासको महत्त्वपूर्ण आधारस्तम्भको रूपमा परिभाषित गरेको छ । सहकारी नियमनका लागि सहकारी ऐन, नियमावली, नीति र मापदण्डहरूको व्यवस्था भएको छ । स्वानुशासित र स्वनियमित सामाजिक संस्था भएकोले साधारणसभा, आन्तरिक नीति नियम र उत्तम अभ्यासले निर्देशित गर्ने स्वायत्त निकायको रूपमा सहकारीलाई लिइन्छ ।      सह