Posts

Showing posts with the label भ्यालेन्टाइन डे

युवाहरूको विशेष पर्व भ्यालेन्टाइन डे

Image
-विवेक खतिवडा     भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, युवाहरूको विशेष पर्वका रूपमा विगत केही वर्षदेखि नेपालमा पनि धुमधामका साथ मनाइन थालेको छ। अहिलेको युवा पीढीले साइबर जेनेरेशनका रूपमा आफ्नो परिचय बनाउंदै गर्दा भ्यालेन्टाईन डेको रौनक सबैभन्दा बढी सोसल नेटवर्किङ साइटमा परेको छ। २ हप्ता अगाडिदेखि नै आ–आफ्नो स्ट्याटसमा भ्यालेन्टाइन डेको प्रणय भावले भरिएका कविताहरू, फेसबुक, ट्विटर र हाइफाइमा सजिएका छन्। तर प्रणय दिवस धेरै पहिलेदेखि नै मनाउंदै आएको तथ्य छ। सर्वव्यापी किंवदन्तिअनुसार भ्यालेन्टाइन डे ईस्वी सन् २ सय ६० तिर प्रेमको प्रचार गर्ने रोमका एक पादरी भ्यालेन्टाइनको नामबाट यो दिवस मनाइंदै आएको हो। रोमका सैनिकहरूलाई तत्कालीन समयमा विवाह तथा प्रेम गर्न बन्देज गरिएको थियो। सैनिकहरू विवाह तथा प्रेममा आकर्षित भएमा उनीहरू कामभन्दा बढी आफेनो परिवारलाई सम्झन्छन् र मन लगाएर काम गर्दैनन् भन्ने मान्यता थियो। तर सन्त भ्यालेन्टाइन यो मान्यता मान्न तयार भएनन्। र उनले यो बन्देज तोड्दै एक जोडी सैनिकको विवाह गराइदिए। यही विवाहको कारण उनलाई तत्कालीन रोम सरकारले मृत्युदण्ड दियो। प्रेमबिना संसारमा कुनै प