Posts

Showing posts with the label सन्दर्भ : चुरे दिवस

चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई

बद्री पन्डित     असार २ चुरे दिवस हो । चुरे दिवसको उपलक्ष्यमा राष्ट्रव्यापीरूपमा ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ नाराका साथ विभिन्न कार्यक्रम गरी मनायो । चुरे र यस पालिको नाराको यो सन्दर्भ थाहा नपाई चुरेलाई बुझ्न सकिंदैन । यदि चुरेलाई चुरेको रूपमा मात्र बुझ्ने हो भने चुरे आँखा छोपेर छामेको हात्तीझैं बन्न पुग्छ । आँखा छोपेकोले हात्तीको जुन अ· समाइन्छ, त्यसैलाई हात्ती ठानेजस्तै चुरेलाई पनि सम्पूर्ण नेपालको सन्दर्भ र चुरे एक्लैको प्रस·मा बुझ्न सकिएन भने चुरे पनि त्यस्तै बन्न पुग्छ ।                 नेपालमा चुरे दिवस कहिलेदेखि मनाउन थालिएको हो ? यस पालिको नाराको तात्पर्य के हो ? चुरे के हो ? यसको स्वरूप र स्वभाव कस्तो छ ? यसको भूगर्भ कस्तो छ ? चुरे संरक्षणमा विद्वान्हरूको राय के छ ? चुरेको गिट्टी–बालुवाको दोहनको भित्री र बाहिरी वास्तविक कथा के हो ? कसरी र कहाँ भइरहेको छ यो राष्ट्रिय सम्पत्तिको सदुपयोग र दुरुपयोग ? संरक्षणका प्रयत्नहरू के–के भए र के–के हुँदैछ ? चुरेमा सहमत हुन नसकिएका विषय के हुन् ?     पूर्व मेचीको इलाम र झापा हुँदै महाकाली अञ्चलको कञ्चनपुर जिल्लासम्म चुरे शृङ्खला ३