Posts

Showing posts with the label बाटिका

बिहेमा को–को थिए ?

Image
मुकुन्द आचार्य     विवाह शब्द नै खिइएर बिहे बन्न गएको हो। छोटकरीमा भन्नुपर्दा, जिब्रोको सजिलोका लागि अङ्ग्रेजीको ‘ब्रदर’ ब्रो भयो, युनाइटेड किङ्गडम युके भयो, युनाइटेड स्टेट्स अफ अमेरिका ‘युएसए’ बन्न पुग्यो, मार्केट–मार्ट भयो, मदरबाट मम भयो। मान्छे सा–है छोटो हुँदै गयो।     त्यसैले अचेल बिहेवारी पनि छोटकरीरूपमा हुन थाल्यो। त्यसो त हाम्रो हिन्दू समाजमा चट मँगनी पट शादीको चलन पहिलेदेखि नै नभॉको त हैन। शुभस्य शीघ्रम भनिने टुक्काले पनि चटपट बिहे गरिहाल्नेलाई रौस्याएकै हो नि त। अनि त आइहाल्यो नि ‘मियाँ बीबी राजी तो क्या करेगा काजी !’ आँखा मात्र जुध्नुपर्छ अनि त धेरै थोक जुध्न थाल्छन्।      म पनि हालसालै एक मित्रको छोराको बिहेमा साक्षी किनाराको सदर बन्दै जन्त भएर गॉको थिएँ। पाए अन्त नपाए लखनेको जन्त भन्ने आहानलाई चरितार्थ गर्दै म जन्त भएर दक्षिणकालीको सुरम्य शक्तिपीठमा दाखिल हुन पुगें। हुलमुलमा जीउ जोगाउनू भन्छन्। मातालाई टाढैबाट ढोग गरें।     जन्तीमा विविधखाले मानव आकृतिका जीवजन्तुहरू हुनु स्वाभाविकै हो। जन्त हिंड्नुअघि नै यौटा धक्कुबाजले गुड्डी हाँक्यो– म त खाँटी काङ्ग्रेसी ! मेरा बाजेले वि

जिउँदो इतिहास

Image
राजेश मिश्र     पर्सा जिल्लाको देहातमा रहेको सुहपुर भन्ने गाउँ वीरगंजदेखि पश्चिम–उत्तर कुनामा अवस्थित छ। हुलाकी राजमार्गले देहाती जनजीवनलाई वीरगंजसँग नजीक ल्याएकोले यतिबेला देहात हर्षित छ। वीरगंजदेखि बहुअर्वा–पोखरिया हुँदै सुहपुर करीब २५ किलोमिटर टाढा पर्छ। सुहपुर वीरगंजदेखि बहुअर्वा–माधोपुर हुँदै करीब १९ किलोमिटर टाढा पर्छ। कालान्तरमा देहाती जीवन सडकको दुरवस्था र खोलानालामा पुलको अभावले दुर्गम क्षेत्रको रूपमा विद्यमान थियो। यद्यपि कालान्तरमा राज्यपक्षबाट उपेक्षित देहातको अवस्था थोरै भएपनि हालको दिनमा सुधारोन्मुख भन्नुपर्छ।     सोही क्षेत्रका एक वृद्ध जसले हैजा महामारीदेखि कोरोनाकालसम्म देखेका छन्। ती वृद्धसँग सम्पर्क गराउने व्यक्ति हुन्, सामाजिक अभियन्ता बृजेश्वरप्रसाद चौधरी। उक्त क्षेत्रको यात्राको क्रममा गहुँ र तोरीबालीको मनमोहक दुश्य अवलोकन गर्दै हामी वीरगंजदेखि देहात सुहपुरतर्फ लाग्यौं। १०८ वर्षीय जीतमन दास थारूसँग भेट भयो। दिउँसोको समयमा उनी घरअगाडि घाम ताप्दै थिए। वृद्धसँग संवाद भइरहँदा मोहन साह तेली, सुरेन्द्र ओझैया, भोलाराम थारू, उनका छोरा नागेन्द्रदास थारूलगायतले उत्सुकतापूर्

द्रोण पर्व–३२

Image
उमाशङ्कर द्विवेदी     ऊ एक्लो र असहाय भएपछि दुःशासनको पुत्रले सङ्कटापन्न अवस्थामा उसलाइ मारिदियो। उसले पहिले एक हजार हात्ती, घोडा, रथी र मानिसहरूलाइ मा–यो, फेरि आठ हजार रथी र नौ सय हात्तीको संहार ग–यो, तत्पश्चात् दुई हजार राजकुमार तथा अन्य धेरै सारो अज्ञात वीरलाई मारेर राजा बृहद्वललाई पनि यमलोक पठायो, त्यसपछि मात्र ऊ बल्ल स्वयम् म–यो। यही हाम्रोलागि सबैभन्दा बढ्ता शोकको कारण हो।     धर्मराजको कुरा सुनेर अर्जुनले पुत्र, पुत्र भन्दै उच्छ्वास लिन थाले र व्यथाबाट अत्यन्त पीडित भई पृथ्वीमाथि ढलिहाले। त्यति बेला सबैको मुखमा विषाद देखियो तथा जम्मैले अर्जुनलाई चारैतिरबाट घेरेर निर्निमेष नेत्रबाट एकअर्कालाई हेर्न थाले। अलिक बेरमा अर्जुन चैतन्य भएर क्रोधित भई भने– म तपाईंहरूको सामु यो साँचो प्रतिज्ञा गरिरहेको छु कि यदि जयद्रथले कौरवहरूको आश्रय त्यागी भागेर गएन अथवा हाम्रो वा भगवान् श्रीकृष्णको अथवा युधिष्ठिरको शरणमा आएन भने भोलि म उसलाई अवश्य नै मार्नेछु। कौरवहरूको प्रिय गर्ने पापी जयद्रथ नै त्यस बालकको वधको निमित्त बनेको थियो, अतः निश्चय नै भोलि उसलाई यमलोक पठाउनेछु। भोलि उसलाई मार्न नसकेमा मात

श्रीपञ्चमी पर्वका धार्मिक, सामाजिक तथा सांस्कृतिक पक्ष

Image
बासुदेवलाल दास   परिचयः     माघ महीनाको शुक्ल पक्षको पञ्चमी तिथिलाई श्रीपञ्चमी अथवा वसन्तपञ्चमी भनिन्छ। यस दिन श्रीसरस्वती देवीको पूजा गर्ने प्रचलन रहेकोले यसलाई सरस्वती–पूजा भनेर पनि अभिहित गरिन्छ। नेपालको प्रदेश नं २ क्षेत्रमा यो पर्व मनाउने परम्परालाई अध्ययन गर्दा यसका धार्मिक, सामाजिक तथा सांस्कृतिक जस्ता पक्षहरू रहेका देखिन्छन्। यस आलेखमा यिनै कुराहरूबारे संक्षेपमा चर्चा गरिएको छ।     श्रीपञ्चमी शब्दमा रहेको ‘श्री’ शब्दले धनकी देवी लक्ष्मीलाई सम्बोधन गरिएको हो। एउटा मान्यता अनुसार समुद्र–मन्थनबाट यसै तिथिमा लक्ष्मीको उत्पत्ति भएकोले यसलाई श्रीपञ्चमी भनिएको हो। अर्कोतिर, यसलाई वसन्तपञ्चमी पनि भनिन्छ। वसन्त भनेको वर्षका ६ वटा ऋतुमध्येको एउटा ऋतु हो, जुन प्राच्य धारणा अनुसार चैत र वैशाख महीनामा पर्ने गर्दछ। वसन्त ऋतुलाई प्रीति र अनुरागका देवता कामदेवको सहचरको रूपमा स्वीकार गरिएकोेले एवं रतिका साथै कामदेवको पूजा माघ शुक्ल पञ्चमी तिथिमा गरिने प्रचलन भएकाले यस पञ्चमी तिथिलाई वसन्त–पञ्चमी भनिएको हो। माघ शुक्ल पञ्चमीका दिन वसन्तोत्सव मनाइने तथा ‘वसन्त–राग’ श्रवण गर्ने गरिन्छ। धार्मिक पक्ष

ब्रह्म

Image
            शीतल गिरी “ब्रह्म” शब्द उपनिषद् प्रतिपादित परमसत्ताको द्योतक बन्यो, यस प्रश्नको उत्तर फरक–फरक विद्वान्हरूले फरक–फरक किसिमबाट दिएका छन् । हौगको मतमा ब्रह्मको अर्थ हो प्रार्थना, जुन “बृह्” धातुबाट बनेको छ, जसको अर्थ हो बढ्नु अथवा उत्पन्न हुनु । यो त्यो सत्ता हो, जुन बढ्दछ अथवा उत्पन्न हुन्छ ।    वृहदारण्यक उपनिषद्, १ः३, ९० अनुसार छोरा निश्चय नै जीवन प्रकृतिभन्दा पृथक किसिमको व्यवस्थामा आउँदछ । यद्यपि प्राण शरीरको सारभूत तŒव हो । तर प्राणलाई समस्याको समाधान मान्दा पनि ऊ असन्तुष्ट नै रहन्छ, किनभने प्राणीजगत्मा जुन चेतनात्मक घटना हाम्रो सम्मुख आउँदछ, त्यसको व्याख्या जीवनतŒवसँग हुन सक्दैन । मानव अथवा प्रत्यक्ष ज्ञानात्मक चेतना एउटा यस्तो पदार्थ हो, जुन जीवन एवं प्रकृतिभन्दा एकदम विलक्षणस्वरूप छ र जो समस्त प्राणधारक प्रक्रियाको मूर्धन्य प्रतीत लाग्दछ । “यो त्यो पुरातन वृक्ष हो, जसको जरो माथितिर छ र जसका हाँगाहरू तलतिर जान्छ । ऊ प्रकाशको पुञ्ज उज्ज्वल ब्रह्म हो, जो अमर छ, सबै लोक उसैभित्र निहित छ र यसको बाहिर केही पनि छैन ।” (कठोपनिषद्, २ः६,१)  निम्नस्तरका पदार्थ विशुद्ध ब्रह्मभन्द

माई बेस्ट फादर...

Image
            सञ्जय मित्र मेरो गाउँमा एकजनाका धेरै सन्तान छन् । दुई/चार जना हुँदासम्म त सबैको नाम कण्ठस्थ हुन्थ्यो तर सन्तान बढ्दै गएपछि नाम जन्मदर्तामा सीमित हुन पुग्छ । अनि बोलाउन शुरू हुन्छ जन्मक्रमको आधारमा एक, दुई, तीन... उन्नाइस । संयोगले जेठो छोरा र त्यसपछि छोरी छे । छोरो बदमाश, उसको नाम भएको एक नम्बर । छोरी भलाद्मी तर नाम चाहिं दुई नम्बर । कहिलेकाहीं त आफ्नै सन्तान चिन्न गा¥हो हुन्छ । हो, म तपैंकै छोरो हुँ भनेपछि मान्नुपर्ने । कहिलेकाहीं त मेरा हुन् कि छिमेकीका छुट्याउन नसकेर नाम सोध्नुपर्छ । हरेकलाई नाम त थाहा छ तर जन्मदर्ताको नाम बतायो भने छिमेकीको छोराछोरी भन्ठान्लान् भनेर छोराछोरीले पनि आफ्नो रोलक्रम नै बताउँछन् । धेरै सन्तान हुनेले मात्र यस्तो आनन्द प्राप्त गर्न सक्छन् । बीसौं प्रसवभन्दा पहिले सारै सहयोग गर्ने छोरीलाई आमाले प्रशंसा गर्छिन्– बेस्ट छोरी । हेर्दा सबैभन्दा मरन्च्याँसी र फोहोरीको नामै भयो बेस्ट छोरी । ऊभन्दा कैयौं क्रम पछाडिकाले पनि उसलाई बेस्ट छोरी नै भन्छन् । भाइबहिनीका पनि बेस्ट छोरी । म बोर्डिङमा पढ्दा एकजना मास्टर साहेबले निबन्ध लेख्नलाई भनेका थिए । शीर्षक थ

सीमा वारि र पारिका बेहुला–बेहुली चिन्तामा

Image
      राजेश मिश्र “लइका देखे जातानी लोगन का हो काका ?” गाउँका एक अधवैंसे पुरुषले यात्रामा निस्किरहेका पडोसिया (छिमेकी)सँग प्रश्न गरे। पडोसियाको उत्तर थियो, “पिछला साल सब तय हो गइल रहे, लकडाउन के कारण पिछला साल बियाह ना हो सकल, जातानीसन एही महीना में दिन उतारे, कहियाले बेटीके बियाह टारल जाँव ? जेतरे होई कइल जाई।” गाउँदेहातका बुजुर्गहरूको मान्यता अनुसार विवाह तय भइसकेपछि बढी समयसम्म रोक्नुहुँदैन। विवाह नभएसम्म दुवै परिवारको एकापसमा अन्तरङ्ग घुलमिल भएको हुँदैन। एकअर्काको पारिवारिक दुःख–सुख पनि बुझेका हुँदैनन्। वैवाहिक प्रक्रिया टुङ्ग्याइसकेपछि धेरै ढिलो भयो भने विभिन्न प्रकृतिका बाधा–व्यवधान उत्पन्न हुन सक्ने सम्भावना हुन्छ। त्यसैले पुरनियाहरू भन्छन्, “विवाह गर्नेबारे टुङ्गो लागिसकेपछि ढिलो गर्नुहुँदैन।” मधेसमा केटाकेटी ‘देखसुन’को प्रक्रियादेखि लिएर ‘दिन उतार्ने’ काम दीपावलीको तेस्रो दिन मनाइने गोवर्धन पूजा अर्थात् बजडी/भाइटीकाको दिनदेखि प्रारम्भ हुन्छ। यद्यपि वर्तमान समयमा विगतको लोकमान्यता समयको गतिसँगै परिवर्तनशील पनि हुँदै गएको देखिन्छ। पहिले ‘बजडी’को दिनदेखि विवाहको लागि कुरा अघि बढा

कहाँ गए ती दिन ?

Image
      मुकुन्द आचार्य सबैलाई थाहा छ, समय परिवर्तनशील छ। सम्भवतः समयको यसै विशेषतालाई ध्यानमा राख्दै कसैले पुकार गरेको थियो– समय बडा बलवान रे भैया, समय बडा बलवान ! यससम्बन्धी यस परम सत्यतथ्यलाई हाम्रो मानवीय तुजु्रकले झट्ट स्वीकार्दैन। मन आफ्नो मौजमा हिंड्ने हुनाले ‘मनमौजी’ शब्द बनेको होला। मान्छेका सकल इन्द्रियलाई काममा जोत्न यै मोरो मन त हो नि। मन एवं मनुष्याणां कारण बन्ध मोक्षयो अर्थात् मनकै कारणले मानिस बन्धनमा पर्छ वा मोक्ष हुन्छ। यो गीताको वचन हो। यसलाई सत्य नमाने त सकिगयो नि ! अब यै छठको पर्वलाई हेरौं न। पर्वको लम्बाइ–चौडाइ त बढ्यो, अर्थात् छठका श्रद्धालु भक्तजनहरू तराईदेखि पहाडसम्म सलहझैं फैलिए, तर यसको गहिराइतिर मान्छेले ध्यान दिनै छाडे। बाहिरी देखावटी तडकभडकले कुरोको चुरोलाई नै ओझेलमा पा–यो जस्तो लाग्दैन ? श्रद्धा भक्ति गायब, फेशन भो जायज !! सजावट गर्ने बेपारीले आफूलाई नयाँ सृष्टि गर्ने विश्वामित्रको स्थानमा राखेर आफ्नो हैसियत ह्वात्तै बढाउँछ, साथसाथै आम्दानी पनि। त्यसैगरी, अर्को छट्टु टेन्टको सजावट भनेर मोटो रकम कुम्ल्याउन सफल हुन्छ। यसरी छठको ठेकुवा खाने थुप्रै छन्। चतुर, चला

अवमूल्यनमा परेको मानिस

Image
      शीतल गिरी   गताङ्कको बाँकी... अमरसिंहको नेतृत्वमा सिपाहीहरू जन्मभूमिको रक्षा गर्न स्वाहा हुन तयार थिए। देशलाई बचाउन आफ्नो रगत बगाउन तयार थिए सिपाही। यदि लडाइँका हतियार तरबार, छुरी, भाला, खुकुरी, खुडा जस्ता मात्रै पर्याप्त हुँदा हुन् त निश्चय नै रणसङ्ग्राममा नेपाली सिपाहीले छप्काउने थिए।   हिन्दूका राजा अङ्ग्रेजसित मिले, एशियावासीलाई हिमालका नेपालीको रित्तो अङ्कमाल स्वीकार्य नभएको हुँदा स्थिति बडो जटिल थियो। हिन्दुस्थान पराधीन बन्न तयार थियो, एशियाबाट अङ्ग्रेज धपाउने हिमालका नेपालीको प्रस्ताव स्वीकार्य नहुनु स्वाभाविक थियो। तर अमरसिंह हिमालको देश स्वतन्त्र राख्न चाहन्छन्। बहादुर शाहको पहिलो कदम भनेको रानीको समूहमा काम गरेको आशङ्कामा भारदारीबाट अमरसिंहलाई हटाइदिए। तर बहादुर शाहले उनको सैनिक योगदानको चाहिं चाहेर पनि उपेक्षा गर्न सकेनन्। शीघ्र नै उनलाई आफ्नो वृहत् पश्चिमी अभियानमा जीव शाहको सैनिक टोलीमा संलग्न गराइ पर्वत–प्यूठान हान्न पठाउने निर्णय गरे। यसैगरी। यसैताका शुरू भएको प्रथम नेपाल–तिब्बत युद्धमा पनि अमरसिंहको सक्रिय संलग्नता नै रह्यो र यस युद्धमा पनि उनले आफ्नो सैनिक योग्यत

प्रेम कथा

Image
      सञ्जय मित्र उत्तरवाहिनी बकेआले झन्डै घेरेको छ गाउँलाई। असारको आकाशले धर्ती तताएको छ भने गाउँलाई त्रास हुन्छ र रुझाएको छ भने धेरैको निद्रा हराउँछ। सोझो छैन, बकेआ ठाकुर पहिलेदेखि नै टेंढो छ। कहिले सोझो बनेर कतिको उठीबास गराउँछ त कहिले झन् टेंढो बनेर सताउँछ कैयौंलाई। नदीको पनि मन हुन्छ क्यारे– कहिले सोझो बनेर बिगार्ने र कहिले टेढो बनेर पनि उठीबास गराउने। अलिकति पानी आउँदा पनि ठाकुरले तिवारीको घर खोस्रन थाल्छ। पोहोरदेखि तिवारीको घरलाई बकेआ ठाकुरले अलिक बढी सताउन थालेको सबैले देखेका छन्। पहिले ठाकुरले तिवारीलाई यसरी सताएको पुर्खौंपुर्खादेखि कसैले देखे सुनेका छैनन्। आँगनमैं बसेर ठाकुरको शान्त र रौद्र रूप निस्पृह नयनले हेर्दै आएको छ तिवारी परिवार। “हे बकेआ ठाकुर, एई साल कथि होगेल ? काहेला खिसिआएल छा ?” मनमनै प्रार्थना गर्छन् घरका सबै। बिहानै बाढी बढेको छ। ठाकुरको रङरूप अलिक फरक छ। बढी हिलोमाटो कताकताबाट बगाएर ल्याउँदैछ, लैजाँदैछ। गर्जन छैन तर कुनै बेला नाच्दै बाढीको पानीको एक झोक्का आएर तिवारीको घडेरीमा ठोक्किन्छ। अलिकति माटो खोस्रेर लैजान्छ। माटो खोस्रेको पानीको झोक्का खुशी हुँदै उप्रि

९२ वर्षीया आनन्द कुमारीको जीवनयात्रा

Image
      राजेश मिश्र सारे मासको दबदबे हिलो, छि मलाई घिन लाग्यो, छि मलाई घिन लाग्यो, पियारी ज्यानलाई फरिया दिंदा, लौ बिसरिन लाग्यो, लौ बिसरिन लाग्यो होई हो...     ९२ वर्षीया आनन्द कुमारीको स्वरमा उपरोक्त लोकगीत जोकोहीलाई पनि सुनुसुनु जस्तो लाग्छ। उनलाई झ्याउरे गीत खूब मन पर्छ। बूढाबूढी पहिलोपटक हेटौंडामा फिल्म हेर्न गएको याद छ, उनलाई। उनलाई असाध्यै मनपर्ने फिल्ममध्ये ‘कुसुमे रुमाल’ पनि हो। रक्सौल–अमलेखगंज रेलसेवा उनको सम्झनामा छ। आनन्द कुमारीसँग हाम्रो भेट कसरी भयो ? उनीसँग प्रभावित हुनुको कारण के हो ? लगायतका प्रसङ्गहरू यस प्रकार छन्। वीरगंजदेखि सबैभन्दा नजीक पर्नेे पर्यटकीय क्षेत्र ‘हात्तीसार’को अवलोकन भ्रमणमा जाने योजना अनुसार विकाश शर्मा, गम्भीरा सहनी, राजेश मिश्र, राधेश्याम पटेल, धर्मेन्द्र चौरसिया, शेखर छतकुली, सञ्जय जैसवाल, गुरुदेव उपाध्याय, रमेश जैसवाल, दीपक जैसवाल गरी हामी दशजना कात्तिक ८ गते दिउँसो करीब २ बजे वीरगंजबाट हिंड्यौं। करीब एक घण्टाकोे यात्रापश्चात् बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं २१ मा अवस्थित ‘हात्तीसार’ पुग्यौं। हात्तीसारको एक होटलमा दिउँसोको खाजा र

अवमूल्यनमा परेको मानिस

Image
      शीतल गिरी  एक योद्धाको सम्झना आउँछ। हिमालको चिसो काखमा रहेको सिह्रानचोकमा विसं १८०८ मा जन्मेका थिए। रञ्जै बगाले थापा क्षेत्रीका नाति भीमसिंह थापाका छोरा अमरसिंह थापा। नेपालको इतिहासमा अमर बने पनि कहीं कतै उनको कदर गरिएको पाइएको छैन। इतिहासका योद्धालाई नेपालका विगतदेखि वर्तमानका शासकले किन बेवास्ता गरेका हुन्, थाहा हुन सकेन। यिनका पिता भीमसिंह थापा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सेनामा उमराव थिए। पिताले युद्धमा वीरगति प्राप्त गरेपछि विसं १८२० मा बा–ह वर्षको उमेरमा अमरसिंह थापा सेनामा भर्ना भए। यिनी पृथ्वीनारायण शाहको शिक्षादीक्षामा हुर्किए। यिनमा रहेको अद्भुत प्रतिभा हिमाली राज्यलाई एक ढिक्का बनाउनमा लगाए। अद्भुत प्रतिभाका धनी भएर पनि यिनी इतिहासमा निरीह देखिन्छन्। एकीकरणकालीन नेपालको इतिहासका पानामा अमरसिंह थापा नामका भारदारहरू दुईजना देखा पर्छन्। यी अमरसिंहले एकीकृत नेपाललाई स्वर्ग बनाउन चाहेका थिए।   एकजना अमरसिंहले विसं १८२५ मा सरदारको पदवी पाए भने अर्का विसं १८५५ मा सरदार बने। यिनका बीच विभेद गर्न विसं १८५५ देखि एउटालाई “बडा काजी” त अर्कालाई “छोटा काजी” अमरसिंह थापाबाट सम

अनाथाश्रम, वंशीलाल र हृदयलाल ‘कश्यप’

Image
    कोरोनाकालमा साढे सात महीना कुँजिएपछि कतै त जानुप¥यो भन्ने सोच पलाइरहेको थियो । यो विचार दशैंको प्रारम्भ घटस्थापनादेखिकै हो । सोच थियो, बूढीलाई लिएर काठमाडौं जाउँ र घुँडाको उपचारका साथै साथीभाइहरूसँग कुराकानी पनि गरूँ र त्यतैबाट विराटनगर गएर सालीको परिवारलाई पनि ल्याएर दशैंदेखि तिहार र छठसम्म चहलपहल बढाउँ । यसरी बाहिर जाने आवश्यकता मलाई त थियो नै, बुढेसकालले छोप्दै गएको र कोरोनाको बन्दाबन्दीले हामी बूढाबूढी दुवैलाई झर्को लाग्ने, कुराकुरामा मतभिन्नता देखिनेजस्तो मनोरोगले च्याप्दै लगेको हो कि भन्ने आशङ्का पलाइरहेको थियो । दुर्भाग्य त्यसै बेला काठमाडौंबाट जसले पायो– यहाँ कोरोनाको सङ्क्रमण बढिरहेको छ, अत्यावश्यक कामबाहेक बाहिरबाट कोही नआउनुहोला भन्ने खबर टिभी च्यानलहरूले दिन थालेका थिए । झर्को लागेर आयो र कहीं निस्कन मन लागेन । म त बैठक, गोष्ठी, कहिले भर्चुअल त कहिले भौतिक कार्यक्रमहरूमा अल्झि नै रहेको थिएँ ।  बिहान–बिहान पेपरको काममा दुईतीन घण्टा बितिहाल्थ्यो । खाना खायो, सुत्यो गर्दा दोस्रो पहर पनि बित्थ्यो । अनि कोही साथीभाइ आइपुग्यो, गफ ग¥यो बारीमा गयो रूख–बिरूवाहरूको हेरचाह ग¥यो ।