Posts

Showing posts with the label प्रसङ्गवश

पोस्टर–पम्पलेट हटाउने जिम्मेवारी कसको ?

Image
- सुरेश विडारी    संविधानसभा निर्वाचनको प्रचार प्रसारका लागि वीरगंजका मुख्य चोक गल्लीहरूमा मात्र होइन, ग्रामीण क्षेत्रमा पनि विभिन्न दल र उम्मेदवारको प्रचारका लागि पोस्टर–पम्पलेट टाँस्नुको साथै तुल ब्यानरहरू, झन्डा टाँगिएका छन् । निर्वाचन कार्यालयहरूले पनि मतदाता शिक्षाका लागि पोस्टर–पम्पलेटहरूको प्रयोग गर्‍यो । प्रचार प्रसारका लागि सस्तो तरिका र आवश्यक ठानेर त्यसको प्रयोग गरियो होला । अब त चुनाव पनि सकिसकेको छ । चुनावको परिणाम पनि आइसकेको छ । भन्नुको मतलब अब ती पोस्टर–पम्पलेटहरूको औचित्य छैन । ती पोस्टर, तुल, ब्यानरहरू अब काम नलाग्ने भइसकेका छन् । त्यसले प्रवाह गरिरहेको सूचना अब अनावश्यक भइसक्यो, महत्त्वहीन भइसक्यो । तर त्यो हटाउने कसले ? जसले टाँस्न वा टाँग्न लगायो उसले, उपमहनगरपालिका वा स्थानीय प्रशासनले ? यसको उत्तर खोज्ने बेला भएको छ । त्यस्ता पोस्टर, पम्पलेटहरू र ब्यानरहरूले वीरगंज नगरको अलिअलि भएको सुन्दरतालाई पनि कुरूप बनाइदिएको छ । उसै त वीरगंज साँघुरो, फोहोर, त्यसमाथि जुनसुकै पर्खाल र भित्ताहरूमा म्याद गुज्रेको पोस्टर पम्पलेट ।     आफ्नो शहर सफा र सुन्दर राख्नु हामी सबैको