Posts

Showing posts with the label समय–सन्दर्भ

काँवर–बिटोर, एक कठिन यज्ञ

Image
- उमाशङ्कर द्विवेदी     हिन्दूका देउताहरूमध्ये महादेवको रूपमा परिचित भगवान् शिवको लि·माथि माघ शुक्ल पञ्चमी तिथिको दिन गरिने जलाभिषेकको लागि सामूहिकरूपमा गरिने धार्मिक यात्राको थालनीभन्दा पूर्व काँवरियाहरूको घरमा अन्य काँवरिया भक्तजनहरू भेला भई विशेष पूजन–अर्चन गर्ने काम विशेषलाई काँवर–बिटोर वा काफ्ला–बिटोर भन्ने गरिएको पाइन्छ । आसपासका केही गाउँका भक्तजनहरूको सम्मिलित समुदायलाई काफ्ला भनिन्छ । पर्सा जिल्लामा मात्रै चार/पाँचवटा काफ्लाहरू छन् । एउटा काफ्लामा करिब दुईदेखि तीन सयसम्म काँवरिया भक्तहरूको सङ्ख्या रहेको हुन्छ । काफ्लामा यात्रा गर्नुभन्दा केही दिनअगावै कुनै निश्चित ठाउँमा काफ्लाको बैठक हुन्छ । काफ्लामा विभिन्न पदाधिकारीहरूको सर्वसम्मतिबाट चयन हुन्छ । यस बैठकमा सो काफ्लाको नेतृत्व गर्नको लागि एकजना भक्तलाई ‘जिमदार’को रूपमा चयन हुन्छ । त्यस्तै केही सिपाही, खजाञ्ची, मुख्य पुरोहित, विचारी तथा अन्य पदाधिकारीहरूको चयन हुन्छ । जिमदार सम्पूर्ण काफ्लाको मालिक मानिन्छ, जसले काफ्लाको नेतृत्व गर्दछ । सिपाहीहरू काफ्लाको खटनपटनमा लागेका हुन्छन् । खजाञ्चीको जिम्मामा काफ्लाको कोष रहन्छ तथा व

पुस महिनाको जाडो

Image
- उमाशङ्कर द्विवेदी     मङ्सिर महिनाको अन्त्य र पुस महिनाको सुरुआतदेखि नै तराईमा चल्ने चिरपरिचित शीतलहर आफ्नो चरम अवस्था प्राप्त गरिसकेको हुन्छ । भोजपुरी भाषामा उखान छ– पुस महिनाको दिन फुस फास अर्थात् पुस महिनाको दिनमा यात घाम लाग्दै लाग्दैन वा लागि हाल्यो भने पनि त्यो एकछिनको लागि मात्र हुन्छ । प्राय: सूर्य भगवान् देखिंदैनन् । आक्कल झुक्कल देखिहाले पनि पूर्ण निस्तेज तथा कान्तिहीनरूपमा देखा पर्दछन् । प्राय: मौसम बाक्लो कुहिरोमय तथा चिसो सिरेटो बग्ने खालको भएको हुनाले तराईमा भयड्ढर शीतलहर चल्ने गर्दछ । यसवर्ष भने ‘विन्टर मनसुन’ समयानुसार नआएकोले होला पुस महिनामा चल्ने शीतलहर त्यति नचले पनि पुस महिनाको जाडो यथावत् नै रह्यो । दिउँसो समयमा सूर्य भगवान् देखा परिरहेका थिए ।     मानिसहरूले जाडो छल्नका लागि स्वेटर, गलबन्दी, कन्टोप, ऊनी चादर(खास्टो) लगाउँछन्, ओढ्छन् तथा बच्चाहरूले गाँती, टोपी जस्ता न्याना  लुगा लगाउँछन् तर यस्ता न्याना लुगाहरू लगाउनाले पनि जाडो छल्न गार्‍हो हुन्छ । कोठामा तापक्रम निकै झरिसकेको हुनाले सिरकभित्र गुटमुटिंदा पनि शुरूमा असाध्य चिसो महसुस हुन्छ । जाडो छल्नका लागि ग

तराईको महत्त्वपूर्ण चाड ‘खिचडी’

Image
- उमाशङ्कर द्विवेदी     सूर्य मकरराशिमा सङ्क्रमण गरेको दिनलाई मकरसङ्क्रान्ति भनिन् छ । यस दिनलाई माघे सङ्क्रान्ति, तिला सङ्क्रान्ति, माघी वा खिचडी पनि भन्ने गरिन्छ । यसवर्ष तराईको महत्त्वपूर्ण चाड ‘खिचडी’ वि.सं. २०७० माघ १ गते माघ शुक्ल चतुर्दशी बुधवारको दिन मनाइनेछ । इसाई धर्म अनुसार बडा दिन २५ दिसेम्बर मानिन्छ तर सौर्यमास अनुसार दिन मकरसङ्क्रान्तिको दिनदेखि बढ्न थाल्दछ । भोजपुरी भाषाको एउटा उखान अनुसार ‘पुस के दिन फुसफास आ माघ के दिन बाघ’ भन्ने गरिन्छ । एक महिना लामो खरमासको समाप्ति यसै मकरसङ्क्रान्तिको दिन हुन्छ तथा यस अवधिमा रोकिएका शुभ कार्यहरू फेरि आरम्भ गरिन्छ ।  यसै दिनदेखि दिन बढ्न तथा रात घट्न थाल्दछ । अत्यधिक जाडो तथा तराईमा चल्ने शीतलहर यसै दिनदेखि दिनानुदिन अल्प हुँदै जान्छ किनकि सूर्यको प्रकाशमा तेज (तापक्रम) दिनानुदिन बढ्दै जान्छ ।     मकरसङ्क्रान्ति खिचडीको ठूलो धार्मिक महत्त्व रहेको छ । यस दिन बिहानको पुण्यकालमा सबै नरनारी पवित्र जलमा स्नान गरेर सूर्य भगवान्लाई अघ्र्यदान गरी गौदान, अन्नदान, शय्यादान, तिलादान तथा गच्छे अनुसारको नगददान गरी गौ र ब्राह्मणलाई भोजन गराएर

खुल्ला दिसामुक्त क्षेत्र– स्तुत्य परिकल्पना

Image
- उमाशङ्कर द्विवेदी     जिल्ला विकास समिति, खानेपानी तथा सरसफाइ कार्यालय र सम्बन्धित गाविसको आपसी कार्ययोजनाको मातहतमा तराईको पर्सा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने परिकल्पना गरिएको सुखद संवाद तथा प्रयासहरू भइरहेको तथ्य जानकारीमा आएको छ, जुन मानवको विकासक्रममा क्रमिकरूपले प्रवाहित हुने धाराको रूपमा सुखद, स्वस्थ्यकर, सराहनीय तथा स्तुत्य परिकल्पनाको रूपमा अस्तित्वमान रहेको महसुस गरिएको छ । देशमा राजनीति तरल अवस्थामा रहेको बेला यस्तो परिकल्पना राजनीतिक विचारकहरूको परिकल्पना हो कि कर्मचारीतन्त्रको दिमागी उपज हो भन्न गार्‍हो भएपनि यस प्रकारको परिकल्पना सराहनीय रहेको निर्विवाद सत्य छ । परिकल्पना गरिएको यस्तो महान् उद्देश्यको जरोमा गएर विचार, आूकलन तथा निक्र्योल गर्नु अपरिहार्य समस्याको रूपमा देख्न सकिन्छ ।     पर्सा जिल्ला मुख्यरूपले मदेशीहरूको वासस्थान हो । शहरी बसोवासको जनसङ्ख्या सीमित रहेको तथा जनसङ्ख्याको मुख्य विस्तार गाउूमा फैलिएर रहेको छ । यहाूका बासिन्दाहरूको मुख्य व्यवसाय वा पेशा कृषि हो । यसकै कारणले यहाँ बसेका गाउूहरू एकै ठाूउमा झुम्म परेर बसेको देखिन्छ तथा गाउूको

पारम्परिक ढुवानी साधन

Image
उमाशङकर द्विवेदी     आदिमानव शिकारी अवस्थामा रहेकै बेलादेखि विभिन्न सामान एक ठाउँबाट अर्को ठाउँमा लानको लागि कुनै ढुवानी गर्ने साधनको खोजीमा लागेको थियो। आदिमानव शिकारको क्रममा प्राय: आफूभन्दा निकै ठूलो तथा भारी जानवरलाई मार्दथ्यो। यस्तो शिकार निवासको छेउमा हुँदैन्थ्यो। अथक परिश्रम र संयोगले मात्र शिकार हुने गर्दथ्यो, जुन बाक्लो वन वा पहाडको टुप्पो वा ढलानमा सम्भव हुन्थ्यो। आदिमानवले शिकारस्थलमैं मासु चोक्टयाउँथ्यो, सके जति त्यसै स्थानमा आगोले पोलेर खान्थ्यो तथा उब्रेको मासुलाई महिला, ससाना बच्चा र वृद्धहरूको आहाराका लागि बोकेर ल्याउन समस्या हुन्थ्यो। सम्भवत: ढुवानीको साधनको कल्पना त्यतिबेलै भएको थियो जस्तो लाग्दछ। मानव शक्तिको सहायताले त्यो मासुको भारी बोकेर निवासस्थानसम्म ल्याइ पुर्‍याउन निश्चयत: कष्टप्रद तथा श्रमसाध्य काम थियो। बिस्तारै शिकारी आदिमानव पशुपालन तथा कृषि काम पनि गर्न थालेको थियो। शिकार, पशुपालन तथा कृषि पैदावरको कारणले भोजन पर्याप्त मात्रामा प्राप्त हुन थाल्यो। पर्याप्त भोजनको आपूर्ति हुन थालेपछि मानव मस्तिष्कको पनि विकास हुन थाल्यो। अत: ढुवानी जस्तो कष्टप्रद तथा श्

नेपालीय भोजपुरीको वर्तमान अवस्था

Image
- उमाशङ्कर द्विवेदी     नेपालमा तेस्रो ठूलो जनसङ्ख्याले बोल्ने भाषा भोजपुरी हो । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा भोजपुरीभाषीको जनसङ्ख्या पन्ध्र लाख चौरासी हजार नौ सय अन्ठाउन्न  अर्थात् कुल जनसङ्ख्याको  करिब ६ प्रतिशत रहेको छ । यस अनुसार भोजपुरी भाषा नेपाली र मैथिली भाषा पछि तेस्रो स्थानमा आसीन रहेको सुखद अवस्था छ । भाषाशास्त्रीहरूको भनाइको समन्वय गरेर हेर्दा आर्य–युरोपेली वा भारोपेली भाषा परिवारको आर्य–इरानेली शाखाको एउटा भेदलाई आर्य भाषा मानिएको छ । यसलाई पनि तीन भागमा बाँडिएको छ– प्राचीन आर्य भाषा, मध्यकालीन आर्य भाषा तथा आधुनिक आर्य भाषा । यसै आधुनिक आर्य मागधी प्राकृतको मागध अपभ्रंशरूपबाट असमी, मैथिली, अवधी तथा मगहीको साथमा भोजपुरी भाषाको उत्पत्ति भएको हो भन्ने मान्न सकिन्छ ।     अतीत र वर्तमानकालसमेतमा भोजपुरीभाषी शोषित, पीडित र उपेक्षित रहेको कारणले भोजपुरी भाषाको लिखित साहित्यको राम्रो विकास हुन पाएन । हुनत भोजपुरी भाषाको लोकसाहित्य विपुल तथा अपरिमेयरूपमा लोककण्ठमा अद्यावधि पनि विद्यमान रहेको अवस्था छ, जसको नक्कल अन्य भाषाभाषीहरूले गरेर यो हाम्रो लोकसाहित्य हो भन

भोजपुरी भाषा तथा यसको शब्दभण्डार

Image
- उमाशङ्कर द्विवेदी    भोज राजा वा भोज नामधारी विश्वामित्रका यजमानहरू अथवा भोज उपाधिधारी अन्य मानिसहरूको वासस्थानको नाम भोजपुर रहन गएको हो । अनि निश्चयत: भोजपुरमा प्रयोग हुने भाषाविशेषलाई भोजपुरी नाम दिइएको हो । भारतमा इस्ट इन्डिया कम्पनीको शासनताका नै ग·ा घाटीको उत्तरी सिरान वा नेपालको दक्षिणी वन्य प्रदेश आबाद भएको हो तथा सम्भवत: नेपालमा भोजपुरी भाषाको प्रवेश पनि त्यसै बेला नै भएको हो । सीमावर्ती भारतीय प्रदेशको भाषा, संस्कृति र छिमेकी नेपाल तराईको भाषा र संस्कृतिको ऐक्यलाई यस कुराको ठोस प्रमाण मान्न सकिन्छ ।     डा. गियर्सनले ‘लि·विस्टिक सर्भे अफ इन्डिया’मा भोजपुरी भाषा बोलिने क्षेत्रको स्पष्ट उल्लेख गरेका छन् । यसमा भोजपुरी भाषा बोलिने क्षेत्रको सिमाना तोक्दै लेखिएको छ– उत्तर हिमालयको तराईदेखि दक्षिण मध्यप्रान्तको जसपुर राज्यसम्म तथा पूर्वमा मुजफ्फरपुरको उत्तर–पश्चिम बस्तीसम्म यसको विस्तार छ । (लि·विस्टिक सर्भे अफ इन्डिया, डा. गियर्सन, भाग ५/पृ २,३) यस अनुसारले विहार राज्यको शाहाबाद, भोजपुर, बक्सर, सारण, पूर्वी तथा पश्चिमी चम्पारण, आरा, छपरा, सिवान, गोपालगंज, राँची, पलामू तथा मुज

कृषिकाममा बढ्दो यान्त्रिकीकरण

Image
- उमाशङ्कर द्विवेदी    श्रीमद्भागवदगीताको दशौं अध्यायमा विभूति वर्णनको क्रममा श्रीकृष्णजी भन्नुहुन्छ– मासानां मार्गशीर्षोऽहमृतूनां कुसुमाकर: । अर्थात् महिनाहरूमा मार्गशीर्ष र ऋतुहरूमा बसन्त मै हुँ । निस्सन्देह मार्गशीर्ष महिना, जसलाई नेपाली भाषामा मङ्सिर तथा भोजपुरी भाषामा अगहन महिना भनिन्छ,ले धार्मिक महत्व त राख्छ नै किसानहरूका लागि पनि ठूलो महत्त्व राख्छ । जेठ, असार महिनामा खेतमा मानो फाल्ने काम हुन्छ भन्ने मङ्सिर महिनामा मुरी भित्र्याउने चटारो परेको हुन्छ । खेतमा तयार रहेको मुख्य बाली धानको कटाइ, बन्हनी, दाइँ, ओसवनी जस्ता कठिन कार्यहरूको चटारो हुन्छ । यो महिना बाली भित्र्याउने कामका लागि मात्र महत्त्वपूर्ण हुँदैन दलहनी, तेलहनी, तरकारी तथा दोस्रो मुख्य खाद्यान्न बालीको रूपमा रहेको गहुँको बीउ छर्ने मुख्य समय पनि यही महिना हो । धानबाली काटेर खेतमैं सुकेर तयार हुनका लागि लहरै फिजाएर राखिएको हुन्छ, जसलाई भोजपुरी भाषामा ‘पसइ’ भनिन्छ । केही दिन घाममा सुकिसकेपछि धानको झारको सानो सानो खुल्ला मुठा बनाइन्छ, जसलाई भोजपुरी भाषामा ‘पन्जियावल’ भनिन्छ तथा त्यस मुठालाई ‘पान्जा’ पनि भनिन्छ । परालक

शुभ बिहानीको प्रकाशमय किरण

Image
- उमाशङ्कर द्विवेदी    बहुप्रतीक्षित, बहुचर्चित, बहुविवादित तथा बहुआशान्वित संविधानसभाको दोस्रो निर्वाचन अन्तत:  निर्धारित समयमा सफलतापूर्वक निष्पक्ष एवं विवादरहित अवस्थामा सम्पन्न भयो । यस निर्वाचनमा खसेको सरदर पचहत्तर प्रतिशत मतले निर्वाचनप्रति जनसाधारणको आकुलताबारे प्रस्ट पार्‍यो । देशमा विगतका केही वर्षदेखिको अन्योल, आतड्ढ, अशान्ति तथा दुरावस्थाबाट जनमानस कतिको चिन्तित, विचलित, कुण्ठित एवं अधीर रहेको थियो भन्ने कुरा यस निर्वाचनले प्रस्ट पारेको पाइयो । यस निर्वाचनको अघिल्लो दिनसम्म पनि निर्वाचन शान्तिपूर्ण ढ·ले सफलतापूर्वक सम्पन्न हुनसक्ने/नसक्ने भन्ने दोधार कायम रहेको भएपनि निर्वाचनको दिन भने निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्षरूपमा सफलतापूर्वक सम्पन्न भयो । निर्वाचनमा होमिएका सम्पूर्ण राजनीतिक दलहरूमा एक विशेष किसिमको जोश, उम· तथा हर्ष विद्यमान रहेको पाइयो ।     प्रत्यक्ष निर्वाचनको अर्को दिनदेखि मतगणनाको काम थालियो । निर्वाचनको परिणाम देशको लागि सरल र स्वाभाविक रहेको भएपनि केही राजनीतिक दलहरूका लागि अप्रत्याशित, अस्वाभाविक तथा स्वार्थपूर्तिको बाटोमा घातक देखा पर्न थाल्यो । आ