Posts

Showing posts with the label समीक्षा समाहरण

१. वासुदेव लुइँटेल विषयक विशेष ग्रन्थ

- डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ नेपाली साहित्यको हास्यव्यङ्ग्य फाँटमा भैरव अर्याल, केशवराज पिंडाली र वासुदेव लुइँटेललाई आफ्नो युगका त्रिमूर्तिका रूपमा लिन सकिन्छ । यी तीनजनामध्ये अर्याल र पिंडालीले अलि बढी चर्चा र लोकप्रियता पाएको देखिन्छ । खासगरी पाठ्यपुस्तकहरूमा आफ्ना रचना समावेश भइरहेका कारण लुइँटेलका तुलनामा यी दुईजनाको चर्चा र लोकप्रियता बढी भएको हो । तर लुइँटेलको योगदान पनि हास्यव्यङ्ग्य साहित्य सिर्जनामा कम छैन । लुइँटेलले हास्यव्यङ्ग्य लेखेर मात्र होइन, अपितु विभिन्न वृत्ति पुरस्कारादिको स्थापना गरेर पनि नेपाली भाषा, साहित्य र यसका साधकहरूलाई सेवा पुर्‍याएको देखिन्छ । अझ व्यङ्ग्य स्रष्टाका लागि समेत पृथक् पुरस्कारको स्थापना गरेर यिनले नेपाली हास्यव्यङ्ग्य साहित्यको श्रीवृद्धि हेतु महत्त्वपूर्ण योगदान गरेका छन् । आफूले आजीवन कुनै पनि पुरस्कार ग्रहण नगर्ने आत्मनिर्णय गरेका वासुदेवले वास्तवमा जीवनभरिको कमाइ भाषा साहित्यको सेवा र समृद्धिमा समर्पण गरेको देखिन्छ । यसरी यिनले आफूलाई लिन नखोज्ने तर दिन मात्र जान्ने उदारमना तथा त्यागी व्यक्तित्वका रूपमा चिनाएका छन् । त्यसैले त यिनलाई