– डा. रमेश मिश्र
आयुर्वेद चिकित्सा पद्धति विश्वका सबै चिकित्सा पद्धतिमध्ये सबभन्दा पुरानो चिकित्सा पद्धति हो। मानव सभ्यताको विकाससँगै आयुर्वेद चिकित्सा पद्धतिको विकास भएको मान्यता छ। प्राचीनकालमा आयुर्वेदका प्रसिद्ध विद्वान्हरूले आफ्नो अथक परिश्रमबाट विभिन्न प्रकारका जडीबुटी, खनिज, जान्तव द्रव्यको अध्ययन अनुसन्धान गरी मानवमा परीक्षण गरी आयुर्वेद चिकित्सा पद्धतिको प्रारम्भ गरेका हुन् र यो अध्ययन अनुसन्धानको परम्परा हालसम्म चल्दै आइरहेको छ। आयुर्वेद धूलोमूलोको प्रयोग मात्र हैन, यो सम्पूर्ण चिकित्सा पद्धति हो। अत: हामी सबैले आयुर्वेद एउटा वैज्ञानिक चिकित्सा पद्धति हो भनेर विश्वास गर्नुपर्छ।
आयु: कायममानेन, धर्मार्थ सुख साधनाम् ।
आयुर्वेदोपदेशेषु बिधेय: परमादर:।।
हामीले आफ्नो लामो र सुखी जीवनको लागि आयुर्वेदको आदरसाथ प्रयोग गर्नुपर्छ। किनकि आयुर्वेदले रोगीको रोग मात्र ठीक पार्दैन, निरोगी व्यक्ति कसरी सुखी रहन्छ त्यसको पनि व्यवस्था गरेको छ। आयुर्वेदमा वर्णित स्वस्थवृत्तको यदि हामी पालना गर्यौं भने जीवनमा कहिले पनि रोगी हुँदैनौं। हाल आयुर्वेदको प्रचारप्रसार प्रयोग हाम्रो देशलगायत विश्वका अनेकौं देशहरू जस्तै: भारत, श्रीलङका, मालदिभ्स, कोरिया, जर्मनीलगायत विभिन्न पश्चिमी तथा विश्वका अनेकौं देशमा भइरहेको छ। दिनहुँ टिभी, एफएम आदिमा प्रचारप्रसार भइरहेको छ। कतै देवताको सहारामा जडीबुटी बाँड्ने काम पनि भइरहेको छ । मानौं हर्बल युग नै आइसकेको छ। प्रचारप्रसार गर्नु ठीक कुरा हो तर त्यसमा वैधानिकता हुनुपर्छ। गलत प्रचारप्रसारले जनताको पैसाको नोक्सानी हुन्छ र रोगमा पनि दीर्घकालीन असर पर्न जान्छ। अत: विज्ञापन भइरहेका औषधि, आयुर्वेदिक उपचार संस्थाको वैधानिकता छ कि छैन यकिन गरेर मात्र ती संस्थाहरूले दिएका उपचार सेवा र आयुर्वेदिक औषधि, जडीबुटी प्रयोग गर्नुपर्छ। जडीबुटीको प्रयोग गर्दा विशेष ध्यान दिनुपर्दछ, किनकि सबै जडीबुटी सबैले चिनेका हुँदैनन् । जडीबुटी कहाँबाट उखेल्नुपर्छ, कसरी छुनुपर्छ, कसरी सुकाउनुपर्छ, उसको पात, जरा, रस के खाने हो ? विष भएको छ कि विष नभएको हो। सबैलाई त्यति ज्ञान हुँदैन र ती जडीबुटीले फाइदाको साटो हानि पनि गर्न सक्छन्। कहिलेकाहीं त प्राणघातक पनि हुन्छ। अत: आयुर्वेद उपचार, आयुर्वेदिक औषधि र जडीबुटीको प्रयोग गर्दा उपरोक्त कुराहरूलाई ध्यानमा राख्नुपर्छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत रहेको आयुर्वेद विभाग देशभरि आफ्नो सेवा प्रदान गरिराखेको छ। देशको ७५ जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, अञ्चल आयुर्वेद औषधालय रहेका छन् र प्रत्येक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रअन्तर्गत आयुर्वेद औषधालय रहेका छन्। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, अञ्चल आयुर्वेद औषधालयमा कुशल आयुर्वेदिक चिकित्सक, कविराज वैद्यजीहरूको नियुक्ति भएको हुन्छ र यी सबै आयुर्वेदिक संस्थाहरूमा निश्शुल्क आयुर्वेदिक उपचार गर्नुको साथै निश्शुल्क औषधि पनि पाइन्छ साथै वृद्धवृद्धाहरूको लागि विशेष उपचारको व्यवस्था गरिएको हुन्छ।
सुत्केरी महिलाहरू जसको दूध कम आउँछ त्यस्ता स्तनधारी आमाहरूको लागि दूध बढाउने औषधि यी संस्थाहरूमा निश्शुल्क पाइन्छ। जसको सेवनले आमा र बच्चाको स्वास्थ्यमा सुधार आउँछ र आमा र बच्चा बलिया हुन्छन्। किसानहरूको आकर्षण जडीबुटी खेतीतर्फ बढाउन र किसानहरूको सो खेतीबाट आयआर्जन बढाउन जडीबुटी खेतीको लागि निश्शुल्क परामर्श दिइन्छ। यसको साथै आयुर्वेद विभागबाट मान्यताप्राप्त अन्य आयुर्वेद उपचार गर्ने संस्थाहरू छन् । देशमा विभिन्न आयुर्वेदिक औषधि उत्पादन गर्ने औषधि कम्पनीहरू छन्। विदेशबाट पनि औषधि व्यवस्था विभागमा दर्ता भएका औषधिहरू उपलब्ध छन्। अत: रोग लागेमा वा स्वस्थ रहनको लागि आयुर्वेदिक औषधि सेवन गर्नुपरेमा दर्तावाला चिकित्सक, कविराज, वैद्यको सल्लाहअनुसार आयुर्वेदिक औषधि र जडीबुटीको सेवन गर्नुपर्छ।
– लेखक नेपाल आयुर्वेद चिकित्सा परिषद्का रजिस्ट्रार हुन्।