Posts

Showing posts with the label स्वान्त–सुखाय

माई बेस्ट फादर...

Image
            सञ्जय मित्र मेरो गाउँमा एकजनाका धेरै सन्तान छन् । दुई/चार जना हुँदासम्म त सबैको नाम कण्ठस्थ हुन्थ्यो तर सन्तान बढ्दै गएपछि नाम जन्मदर्तामा सीमित हुन पुग्छ । अनि बोलाउन शुरू हुन्छ जन्मक्रमको आधारमा एक, दुई, तीन... उन्नाइस । संयोगले जेठो छोरा र त्यसपछि छोरी छे । छोरो बदमाश, उसको नाम भएको एक नम्बर । छोरी भलाद्मी तर नाम चाहिं दुई नम्बर । कहिलेकाहीं त आफ्नै सन्तान चिन्न गा¥हो हुन्छ । हो, म तपैंकै छोरो हुँ भनेपछि मान्नुपर्ने । कहिलेकाहीं त मेरा हुन् कि छिमेकीका छुट्याउन नसकेर नाम सोध्नुपर्छ । हरेकलाई नाम त थाहा छ तर जन्मदर्ताको नाम बतायो भने छिमेकीको छोराछोरी भन्ठान्लान् भनेर छोराछोरीले पनि आफ्नो रोलक्रम नै बताउँछन् । धेरै सन्तान हुनेले मात्र यस्तो आनन्द प्राप्त गर्न सक्छन् । बीसौं प्रसवभन्दा पहिले सारै सहयोग गर्ने छोरीलाई आमाले प्रशंसा गर्छिन्– बेस्ट छोरी । हेर्दा सबैभन्दा मरन्च्याँसी र फोहोरीको नामै भयो बेस्ट छोरी । ऊभन्दा कैयौं क्रम पछाडिकाले पनि उसलाई बेस्ट छोरी नै भन्छन् । भाइबहिनीका पनि बेस्ट छोरी । म बोर्डिङमा पढ्दा एकजना मास्टर साहेबले निबन्ध लेख्नलाई भनेका थिए । शीर्षक थ

नवराज रिजालको ‘बोक्सी बूढी’ बालकथा सङ्ग्रहका कथानायकहरूको प्रवृत्तिगत विश्लेषण

Image
      सञ्जय मित्र १. परिचय शताङ्कतर्फ उन्मुख नवप्रज्ञापन साहित्यिक त्रैमासिकका सम्पादक/प्रकाशक नवराज रिजाल प्रतिष्ठित साहित्यकार हुन्। शिक्षण/प्राध्यापन पेशामा आबद्ध रिजाल कुशल सम्पादक हुन्। रिजालले देवकोटा व्याख्यान सङ्ग्रह, समायोजन, मैदान, मूच्र्छना, उत्तराद्र्ध, महेश आवाज, नेश्चिल, प्रलेस, बालप्रज्ञा र आलेखनजस्ता साहित्यिक पत्रिकाको सम्पादन गरिसकेका छन्।बारामा जन्मेर काठमाडौंमा जीवनवृत्ति गरिरहेका रिजालका नेपाली तथा अङ्ग्रेजी भाषामा विभिन्न विधाका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन्। उनले कथा/बालकथा/लघुकथा, कविता, गजल, गीत, नियात्रा, समालोचना/समीक्षा क्षेत्रमा कलम चलाएका छन्। रिजालका बालकथाहरू विभिन्न प्रकाशनका पाठ्यपुस्तकमा पनि परेका छन् र संस्थागत विद्यालयमा पठनपाठन पनि भइरहेका छन्। २०७७ को प्रदेश २ को प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित रिजालले यसअघि नै सुगन्ध लघुकथा पुरस्कार, शिक्षकश्री पुरस्कार, नारायणी वाङ्मय पुरस्कार, राष्ट्रिय वाङ्मय सम्मान, अनेसास पुरस्कार, तेस्रो बालसाहित्य सम्मान, नवसिर्जना उदयमञ्जरी सम्मान, कालीगण्डकी साहित्य कला पुरस्कार, नेपाल भोजपुरी बौद्धिक

अभ्यन्तरमा दीपोत्सव होओस् ज्ञानको

Image
    सञ्जय मित्र प्रकाशविहीन दीप हुन सक्दैन । जहाँ दीप छ त्यहाँ प्रकाश हुन्छ । दीप उज्यालोमा भए पनि त्यसले दिने प्रकाश नै हो । हो, दीपले दिने प्रकाशभन्दा बाहिरको प्रकाश बढी हुन पुग्दा दीपको प्रकाशको मूल्य कम हुन्छ । मूल्य कम हुनु भनेको मूल्यहीन हुनु होइन । उज्यालोमा बलेको दीपको उज्यालोको महŒव नभए पनि बलेको दीपले दीपकमा जीवन रहेको अनुभूति दिलाउँछ । यसर्थ दीपकको महŒव छ र अँध्यारोमा दीपकले काम दिन्छ भन्ने विवेक प्रदान गर्दछ । दीप भन्नु पनि एक अर्थमा यही विवेक हो, ज्ञान हो, प्रकाश हो । निरर्थक भाँडो होइन, जसरी जीवन निरर्थक हुन सक्दैन । निभेको दीपकजस्तै निरर्थक जीवनदीपलाई उसको मूल्य बुझाउनुपर्ने हुन्छ। बौद्ध दर्शनमा पनि प्रकाशको महŒवलाई उच्च स्थान दिइएको छ । अप्पो दीपो भवः भनी प्रकाशको त्यस महŒवलाई प्रकाशित गरिएको छ, जसमा व्यक्ति आफैं प्रकाशवान बन्नुपर्ने बताइएको छ । हरेक व्यक्ति विशिष्ट हुन्छ र हरेक व्यक्ति आफैंमा प्रकाश पनि हो । प्रकाशलाई चिन्नुपर्दछ र आफूभित्रको प्रकाशलाई बाहिर ल्याउनुपर्दछ । प्रकाश स्वतः प्रकाशित हुने अवस्था पनि हुन्छ तर पनि वातावरणले प्रभाव पार्दछ । वातावरणले प्रकाशलाई

मधेसमा भानुभक्तको लोकप्रियता

Image
    -सञ्जय मित्र  तराई–मधेसका शिक्षित वा साहित्यमा दीक्षित व्यक्तित्वहरूको मूल आधार नै नेपाली भाषा र साहित्य हो । देशभरिको संवादको मूल माध्यम नै नेपाली भाषा बनिसकेको वर्तमान परिवेशमा नेपाली साहित्यका अध्येताहरूले भानुभक्त आचार्यलाई अन्तरह्दयदेखि सम्मान गर्दछन् । भानुलाई मधेसीले पनि उच्च सम्मान गर्दै आएका छन् ।     वास्तवमा नेपालको तराई–मधेसमा अहिलेसम्मको अवस्थामा नेपाली साहित्यकारहरूकै लोकप्रियता रहेको छ । स्थानीय मातृभाषाका साहित्यकारहरूको पनि नेपाली साहित्यप्रति प्रगाढ पे्रम हुनु तथा आफ्नो लोकप्रियताको कसी नेपाली साहित्यलाई मान्नु पनि नेपाली साहित्यकारहरू बढी प्रिय बन्ने कारणहरू हुन् । मूलधारको शिक्षामा नेपाली मातृभाषी साहित्यकारहरूको करीब एकाधिकार हुनु त मुख्य कारण हो नै । हाम्रो परम्परागत शिक्षा प्रणालीले पनि यसमा प्रभाव पारेको देखिन्छ । नेपाली मातृभाषीबीच प्रख्यात साहित्यकारहरू नै तराई–मधेसमा पनि प्रख्यात छन् । ती प्रख्यात साहित्यकारमध्ये भानुभक्त आचार्य पनि एक हुन् ।     देश–विदेशमा भानुभक्त आचार्यको लोकप्रियताको एउटा मापन रामायण रहिआएको छ । कतिपय सन्दर्भमा भानुभक्त आचार्य र रामा

संस्कार: अन्धविश्वास या उत्तर आधुनिक व्यवहार

Image
सञ्जय मित्र     आउने बित्तिकै मैले पण्डितजीलाई भनिदिएँ प्रश्नसूचक भावले, “किन आउनु भो मकहाँ ?”     प्लास्टिकको कुर्सीमा बस्न अलमल गर्दै थिए पण्डितजी। अप्रत्याशित र अकल्पनीय मेरो प्रश्नले अनुहारमा विषाक्तयुक्त अप्ठ्यारो हाँसोजस्तै भर्दै पण्डितजी बोल्छन्, “किन आउँदैमा के भइहाल्यो ?”     भर्खर कसैकहाँ पूजा गराएर आउँदै थिए। जसकहाँ पूजा गराए, खाना भने खाएनन्। उनको घरबाट निस्कनासाथ प्रहरीले देखिहाल्यो। बिहानको समय भएपनि प्रहरीले कडाइ गरेको छ बजार क्षेत्रमा। प्रहरीले देखेको पण्डितजीले थाहा पाएपछि चिटचिट पसिना आइहाल्यो । तर प्रहरीले केही पनि भनेन, सम्भवतः सहानुभूतिपूर्ण आँखाले हेर्दै अगाडि बढ्यो। मनभरि त्रास लिएर पण्डितजी बिहानै मेरो घरमा पसेका थिए।     “हामीलाई छुतका छ। यस्तो अवस्थामा अरू हामीकहाँ आउनुहुँदैन, अझ हामी पनि अरूकहाँ जानुहुँदैन भन्ने मान्यता छ। त्यसमा त तपाईं पण्डितजी । अरूले के भन्लान् ?”     कोरोनाको कहरले बजारमा झन्डै कफ्र्यूको स्थिति रहेको छ। एकले अर्कालाई छुनुहुँदैन। सम्भव भए एक मिटर टाढा नै बस्नुपर्ने सबैतिरको सुझाव छ। त्यसमा पनि छुतकामा परेको मानिसको घरको नून चल्दै

अआश्चर्य दृश्यभन्दा पृथक

Image
सञ्जय मित्र     हिमालय शृङ्खलाको दर्शन अआश्चर्यजनक होइन। दशगजाको आसपासबाट हिमालयको दृश्य देखिनु पृथक आश्चर्य हो।     दुई भिन्न धरातलका एकै यथार्थ हुन्। गत हप्ता हिमालय शृङ्खलाको दर्शन भएपछि सामाजिक सञ्जाल र केही भारतीय चर्चित अखबारहरूले दुवै पृथक आश्चर्यलाई प्रस्तुत गरे।     जनकपुरका कलाकार उपेन्द्रभगत नागवंशी, सर्लाहीको बलराबाट पत्रकार चन्द्रकिशोर र रौतहटको गेंडहीगुठीबाट उत्तरका हिमालय शृङ्खलाको दृश्य देखिएका फोटाहरू नै सामाजिक सञ्जालमा सार्वजनिक ग¥यौं। दैनिक जागरणलगायतका भारतीय चर्चित दैनिक अखबारहरूले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट हिमालयको दृश्य देखिएका फोटा तथा खबरहरू प्रकाशित गरे। साथै विभिन्न व्यक्तित्वका विचारहरू पनि प्रवाहित गरे।     हिमाल देखिनु अआश्चर्यजनक हो। चालीस उमेर काटेकालाई यसो लाग्नु स्वाभाविक छ। मलाई राम्ररी सम्झना छ, आकाश सफा हुँदा यो नियमित दृश्य थियो। वर्षापछि पहाडतिर पनि बादल नभएको बेला मुख्यगरी बिहान र साँझतिर हेरेर रमाउने दृश्य थियो। नेपाल–भारत सीमा क्षेत्रको अलिकति मात्र दक्षिणमा निर्माण भएको बाँधबाट पनि यो दृश्य धेरैपटक देखेको सम्झना छ। बैरगनिया छिर्ने मू

सीताको पूर्वजन्म र पुनर्जन्ममा रावण

Image
सञ्जय मित्र     आज सीता जयन्ती हो। अवस्था सामान्य भएको भए आजको दिन कम्तीमा दुई किसिमका कार्यक्रमहरू हुन्थे । पहिलो त जनकपुरमा भव्य कार्यक्रम हुन्थ्यो, जसरी पहिलेदेखि हुँदै आएको छ र अन्य शक्तिपीठहरूमा पनि सीतालाई सम्झिइन्थ्यो तथा घरघरमा पूजा गरिन्थ्यो। कोरोनाकालले सबैजसो चाडपर्व र उत्सवहरूलाई प्रभावित पारेको वर्तमानमा सीता जयन्ती पनि प्रभावित हुनुलाई स्वाभाविक मानिएको छ। यसले यसको प्रचारप्रसारमा पनि कमी आएको मानिएको छ तर घरघरमा भने पूजा हुने कुरालाई केही हदसम्म मात्र प्रभावित भएको स्वीकार्न सकिन्छ । दोस्रो हो, केही वर्षदेखि सीता जयन्तीको दिन औपचारिक कार्यक्रम सञ्चालन गरेर मनाउनु। केही वर्षदेखि सीता जयन्ती मनाउने अभ्यास पनि भइरहेको छ। राजधानी काठमाडौं तथा प्रदेश २ का अन्य ठाउँमा सीता जयन्तीलाई सम्मानपूर्ण किसिमले मनाउने इतिहास बन्न थालेको थियो।     बिस्तारै सर्वसाधारणले पनि बुभ्mदै गएका थिए– रामनवमीको एक महीनामा जानकीनवमी आउँछ। चैत शुक्ल नवमीमा रामको जन्म भएको र वैशाख शुक्ल नवमीमा सीता अर्थात् जानकीको जन्म भएको हो। विश्वभर महिलाको राजनीतिक महŒव बढ्दै गएको र महिला दिवसहरू मनाउनेक्रम बढ

कोरोनाकालमा सर्जकको चिन्ता र चासो

Image
सञ्जय मित्र     सर्जकहरूको जहिले पनि चिन्ता हुने गर्दथ्यो, फुर्सद भएन। फुर्सदको अभावले केही कुरा लेख्न पाइएन, केही कुरा पढ्न पाइएन। समय नपाएर वास्तवमा चाहेजस्तो सिर्जना हुन सकेको छैन। पत्रिकाले वा फलानो विशिष्ट व्यक्तिले वा विशिष्ट ठाउँबाट रचनाको माग आएपछि तोकिएको समयको अन्तिममा बल्लतल्ल मिलाएर यस्सो एउटा पठाउन भ्याएको थिएँ। आदि आदि।     सधैं कामको मारामार र चापाचापमा अध्ययन र सिर्जनाको लागि समय नै नपाइने गुनासो अलिखित वा लिखित दुवै माध्यमबाट अभिव्यक्त भइरहन्थे। अलिखित माध्यमबाट अझ बढी आउँथ्यो।     आफूले पढ्न चाहेर पनि पढ्न नपाएको कृति फलानो हो, तपाईंले भ्याउनुभयो भने अवश्य पढ्नुहोला। मैले पढेका सबै कृतिमध्ये फलानो सर्वोत्कृष्ट ठानेको छु, एकचोटि अवश्य पढ्नुहोला भनेर सिफारिशहरू भइरहन्थे। तर समय जहिले पनि अपुग हुने गर्दथ्यो।     समय अपुग हुनु चाहिं व्यस्तताको परिचायक हो। सार्थक व्यस्तताले सर्जकलाई निरन्तर ऊर्जा दिइरहन्छ। त्यहीं ऊर्जाबाट सिर्जनकर्मको परिचय बन्दछ। सामान्य दिनचर्याको रचना यसै कारण सामान्य हुँदाहुँदै पनि विशिष्ट हुन्छन् र कम समयमा आफ्नो मस्तिष्कलाई अत्यधिक बढी उपयोग गर्ने

मृत्योन्मुखी संवत्को जीवन

Image
सञ्जय मित्र     यदि परम्परा र शास्त्रहरूलाई आधार मान्ने हो भने अहिले विक्रम संवत् २०७७ हो र विक्रम संवत् २०७६ को समाप्ति करीब तीन हप्तापहिले नै भइसकेको छ।     वास्तवमा विक्रम संवत्को नयाँ वर्ष चैत शुक्ल प्रतिपदादेखि हुन्छ। यस वर्षको चैत शुक्ल प्रतिपदा गत चैत १२ गते नै थियो।     विक्रम संवत्मा हरेक महीनाको पहिलो दिनलाई सङ्क्रान्ति भनिन्छ। यसरी हरेक महीनाको पहिलो दिन सङ्क्रान्ति हुने भएकोले १ गतेलाई त्यस महीनाको सङ्क्रान्ति मानिएको हो तर वास्तवमा सङ्क्रान्ति भनेको हरेक महीनाको शुक्ल प्रतिपदा हो।     चन्द्रमासमा महीनाको गणना सजिलो होओस् भनेर पूर्णचन्द्र अर्थात् पूर्णिमाको दिनको भोलिपल्टबाट मान्ने गरिएको पाइन्छ। पूर्णिमाको भोलिपल्टदेखि कृष्ण पक्ष शुरू हुन्छ र पन्ध्र दिनपछि शुक्ल पक्ष शुरू हुन्छ। कृष्ण पक्षको अन्तिम दिन चन्द्रमा अलिकति पनि उदाउँदैन भने शुक्ल पक्षको अन्तिम दिन रातभर चन्द्रमा आकाशमा रहन्छ। कृष्ण पक्षको अन्तिम दिनलाई औंसी र शुक्ल पक्षको अन्तिम दिनलाई पूर्णिमा भनिन्छ।     शास्त्रहरूमा कृष्ण पक्षलाई वदी र शुक्ल पक्षलाई सुदी भनिएको पाइन्छ। नेपालमा पनि विक्रम संवत्लाई आधिक

तपाईं इमानदार हुनुहुन्छ ?

Image
सञ्जय मित्र     बालबालिका हरेकको घरमा छन् । बालबालिका नभएको पनि कुनै घर हुन्छ त ? र बालबालिकाले आफ्ना अभिभावकबाट धेरै कुरा सिक्छन्। बालबालिकाले अभिभावकबाट धेरै कुरा सिक्छन् भन्ने कुरोमा विश्वास छ ?     बालबालिकाको नजरमा आफ्ना पिता र माता संसारका सबैभन्दा ठूला वा पूज्य हुन्छन्। बुबाआमाले नै देउतालाई पनि चिनाउँछन्। घरमा देउताप्रति श्रद्धाभाव राख्न र आमाबुबाका साथै आफूभन्दा ठूलाको आदर गर्न सिकाउँछन् । को किन आदरणीय भन्ने प्रश्नको उत्तर बालबालिकाले सबैभन्दा बढी आबाबुबाबाटै सिक्छन्। कुनैपनि बालबालिकालाई उनका आमा वा बुबा बेइमान छन्, ठग छन्, चोर वा बदमाश छन् भन्दा पक्कै हृदयमैं चोट लाग्छ। सकेसम्म प्रतिकार गर्छन् र नसक्ने अवस्थामा आफ्नो आक्रोश वा पीडालाई मनमा दबाएर आफूलाई निरीह पाउँछन् । यस प्रकारका कुराले बालबालिकाको मनोविज्ञानमा साँच्चै कस्तो प्रभाव पर्छ होला भन्ने विषयमा हामीले कहिले सोच्ने गरेका छौं। आफ्नाअगाडि खेलिरहेका वा पढिरहेका वा आफ्नै धुनमा व्यस्त रहेको बेला आफ्ना सन्तानको अनुहारमा हेर्दै आफूले आफ्नो हृदयलाई प्रश्न गरौं त, के वर्तमानमा तिनीहरूप्रति न्याय गरेका छौं ? के साँच्चै हा

आत्मप्रकाशनमा ‘कोरोना’सम्बन्धी चेतना

Image
सञ्जय मित्र     आजसम्म पनि साहित्यसिर्जनामा सामान्यतया दुुई धार छन्। एउटा धारले साहित्य जीवनको लागि र अर्को धारले साहित्य मनोरञ्जनको लागि हुनुपर्ने तर्क गर्दछन्। र जुन धारको साहित्य भएपनि यथार्थ प्रस्तुत गर्दछ। यथार्थको प्रस्तुतिलाई कतिपयले काल्पनिक रङ दिन्छन् त, कतिपयले आप्mनै यथार्थ हो भन्नेजस्तो पारेर प्रस्तुत गर्दछन्। अझ साहित्यमा वर्तमान त बोलेकै हुन्छ, वर्तमानले साहित्यमा आधिपत्य जमाएकै हुन्छ। साहित्य, कला र संस्कृतिलाई मानव मात्रको सम्पत्ति मानिएको छ।     अहिले मानव समुदाय एउटा अकल्पनीय महामारीबाट गुज्रिरहेको छ । हरेक व्यक्तिको मनमा डर छ। मानव समुदाय संवेदनशील बनेको छ। गम्भीर संवेदनशीलताको यस घडीमा साहित्य सिर्जना हुनु स्वाभाविक हो। अझ घरमा नै बस्नुपर्ने नैतिक तथा सामाजिक दायित्वले गर्दा सर्जकको मन र मस्तिष्कलाई झङ्कृत बनाएको छ। जब सर्जक संवेदित हुन्छ, तब सिर्जना हुन्छ। सिर्जनाको प्रकाशन विभिन्न माध्यमले गर्दछ। वर्तमान विश्वलाई पनि सिर्जनामा उतारेर विभिन्न सामाजिक सञ्जालमा सर्जकहरूले सार्वजनिक गरिरहेका छन्। वास्तवमा यो एक किसिमले तात्क्षणिक आत्मप्रकाशन नै हो।     कोरोनाविरुद्

यो लामो छुटीमा बालबालिकालाई घरमा कसरी राख्ने !

Image
सञ्जय साह मित्र     अति आवश्यक कामबाहेक घरबाट ननिस्कन सरकारको सल्लाह सार्वजनिक भएकै दिन देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय सार्वजनिक भएको छ । देशका करीब सम्पूर्ण शिक्षालय बन्द छन् । शिक्षालयहरू अप्रत्याशित बन्द भएका होइनन्। सरकारले चैत ५ गतेसम्म विद्यालय तहका सम्पूर्ण परीक्षा सम्पन्न गर्ने निर्देशन दिएको थियो र चैत ६ गतेदेखि हुने एसइई परीक्षासमेतलाई रोक्दै देशभरका क्याम्पस तथा विद्यालयहरू औपचारिकरूपमैं बन्द गर्ने निर्णय पनि आयो । देशमा भीडभाड हुने अन्य कामहरूमा पनि करीब रोक लगाइएको अवस्था छ । क्याम्पस पढिरहेका विद्यार्थीहरू तथा विद्यालय तहका बालबालिकाहरू घर फर्केका छन् र फर्किरहेका छन् । शहर बजारमा चहलपहल कम हुँदै गएको अवस्थामा बालबालिकाहरू गाउँतिर वा आआप्mनो घरतिर थन्किने अवस्था आइरहेको छ ।     एकजना महिला अभिभावकले एकजना शिक्षकसमक्ष आप्mनो दुःखेसो पोख्छिन्– कसरी एक महीनासम्म बच्चालाई घरमा राख्ने होला ? अवस्था यस्तो आइसकेको छ कि मामाघर पनि पठाउन सकिन्न र घरमा दिनभर राखिरहन निकै गा¥हो छ ।     वास्तवमा विद्यालयमा ६ घण्टाको लागि जाँदा अभिभावकहरूले सबै कुरामा विद्यालयले नै राम्रो गरि