Posts

Showing posts with the label पाठक प्रतिक्रिया

आजकाल वैज्ञानिक व्याख्या जरूरी देखिन्छ

    १६ गते प्रतीकको लेख ‘भगवान् भावको अधीनमा छन्’ पढें। के हो यस भाव र भावको अधीनताको मतलब ? अब यसको वैज्ञानिक व्याख्या पनि प्रस्तुत नगरी आधुनिक मानिस यसमा विश्वास गर्न तयार छैनन्। आधुनिक समाज डार्बिनको जीव निर्माण र जीवको विकासवादमा विश्वास गर्छ तर भगवान्ले बनाएको कुरामा विश्वास गर्दैनन्। उनीहरूलाई यो पनि थाहा हुनुपर्छ कि डार्बिनको सिद्धान्त अनुसार जीवको निर्माण वैज्ञानिकहरूले गर्नमा असफल रहे। विकासवाद सही हुनु कुनै आश्चर्यको कुरा होइन। यो त मैले लेखिरहेको अक्षरलाई सुधार गर्दै सुन्दर बनाउने सरह हो। प्रकृतिले त्यसलाई सुन्दर बनाउँदै लग्यो। हाम्रो समाज अध्यात्मले यसरी सराबोर छ कि चाहेर पनि कोही यसबाट टाढा जान सक्दैन। हावा भगवान् हो, माटोे, नदी भगवान् हुन्, कणकण भगवान् हुन्। यो कुरा मुस्लिमहरूले बुझ्दैनन्, जसको एउटा भगवान् र एउटा मात्र शैतान हुन्छ। भगवान्ले बनाउने र शैतानले बिगार्ने। हामीमा बनाउने र बिगार्ने सबै भगवान् नै हुन्छन्। असलको बनाउने र खराबको बिगार्ने। तब प्रश्न उठ्छ कि घडामा भरिएको हावा वा आकाशमा भरिएको हावा कृष्ण कसरी बन्छ ? रामको रूप कौशल्याको अगाडि कसरी प्रकट हुन्छ ? कसरी कर

डा. शिवशङ्कर यादवद्वारा व्यक्त विचारको प्रत्युत्तर

 मिति २०७७ माघ १५ गते बृहस्पतिवारको प्रतीक दैनिकमा “पृथ्वीनारायण शाह — आजको सन्दर्भमा” शीर्षकमा प्रकाशित मेरो लेखबारे मिति २०७७ माघ १७ गते शनिवारको प्रतीक दैनिकमा पाठक प्रतिक्रिया स्तम्भ अन्तर्गत छपकैया, वीरगंजका डा. शिवशङ्कर यादवद्वारा व्यक्त विचारको प्रत्युत्तर– प्रस्तुति ः– बासुदेवलाल दास, पीएच.डी. प्राध्यापक तथा विभागीय प्रमुख, इतिहास शिक्षण विभाग, ठाकुर राम बहुमुखी क्याम्पस, वीरगंज (नेपाल) ।     आदरणीय डा. शिवशङ्कर यादवद्वारा “कसैको मूल्याङ्कन उसको गुण–दोष दुवैबाट हुन्छ, केवल गुणबाट होइन” एकदम ठीक र सार्थक रहेको छ । परन्तु, मेरो लेखको विषय पृथ्वीनारायण शाहको मूल्याङ्कन गर्नु थिएन । सबै व्यक्तिमा गुण र दोष दुवै हुन्छ । हामीले कसैको मूल्याङ्कन गर्दा निश्चितरूपमा दुवैबारे समालोचना गर्नुपर्दछ । परन्तु, मेरो लेखको विषय भनेको पृथ्वीनारायण शाहमा रहेका गुणहरू आज हाम्रालागि सान्दर्भिक छन् भन्ने थियो । भनिन्छ, कसैको दोषको अन्वेषण गर्नुभन्दा पनि उसमा रहेका गुणहरूलाई ग्रहण गर्नुपर्दछ । रावणलाई उसका दोषका कारण मृत्युको मुखमा पु¥याएर पनि रामले भाइ लक्ष्मणलाई रावणसित नीतिज्ञान प्राप्त गर्न पठाएक

चाहे भने प्रचण्ड फिनिक्स बन्न सक्छन्

    २६ गते प्रतीकमा श्रीमन्नारायणको लेख ‘सत्ताधारी नेकपा र भारुण्ड पक्षीको कथा’ रोचक लेख लाग्यो। दुई टाउको भएको नेकपामा यो लेख सटीक अर्थ राख्छ। नेकपाले निर्वाचनमा दुई तिहाइको अमृतफल पाएको थियो। तर त्यसको स्वाद प्रचण्डलाई मरिगए चाख्न दिइएन।     कथामा अर्को मुखले विषफल पायो र त्यो खाएर बदला लिएको थियो। लेखको प्रसङ्गमा त्यो विषफल के हो ? त्यो विषफल यदि राजावादीको सडक प्रदर्शनलाई भनौं भने त्यसलाई प्रचण्डले होइन, ओलीले नै खाने सम्भावना देखिंदैछ। अतः भारुण्डको जुन मुखले अमृतफल खायो त्यही मुखले विषफल पनि खाने देखिन्छ। प्रचण्ड परिवर्तनका संवाहक हुन् र ओली त्यसका अवरोधक। मृत्यु त खैर हुन्छ नै भारुण्ड–नेकपाको, तर एउटै मुखले गर्दा।     एउटा पक्षी हुन्छ, फिनिक्स। त्यो आफ्नै खरानीबाट पुनः जीवित हुन्छ।  यदि प्रचण्ड नेकपाबाट अलग भएर फिनिक्स बन्न चाहे भने उनी त्यही खरानीबाट पुनः जीवित हुन सक्छन्। अन्यथा जनता त सडकमा राजाको रजाइँ हेर्न बाध्य भइ नै सकेको छ गद्दीको रजाइँ पनि हेर्न बाध्य हुनेछ। –डा. शिवशङ्कर यादव छपकैया, वीरगंज

केही लेख्न मन लागेर

श्रीमान् सम्पादकज्यू     म प्रतीकको निरन्तर पाठक हुँ । प्रतीक सानै अखबार भए पनि यसले पस्कने सामग्रीहरूमा विविधता मन पर्छ । खासगरी आजको खाद्यान्न र खाद्य पदार्थ प्रदूषणको बेला छानीछानी प्रकाशित हुने अर्गानिक खेतीलगायत खाद्य पदार्थमा प्रदूषणबारे निरन्तर सम्पादकीय, लेख तथा समाचारहरूलाई प्राथमिकता दिएको कुरा राम्रो लाग्छ ।     वर्तमान युगमा सबैथोक तत्काल चाहिने भएको छ । हामी पुराना पुस्ताका मानिस पनि अब अखबार किन्ने, खरीद गर्न र बजारसम्म पुग्ने झन्झटबाट जोगिन नेटमा नै सबैथोक पाइयोस् भन्ने चाहन्छौं । प्रतीक पनि लगअन गरेर हेर्ने गरेको छु र कहिलेकाहीं किन्छु पनि । हिजोको अङ्कमा ठोरी गापाको सुवर्णपुरका मानिसले अर्गानिक धान लगाउने गरेको समाचार पढेर रमाइलो लाग्यो । यद्यपि उनीहरूले यो खेती व्यावसायिक स्तरमा गरेका होइनन्, आप्mनो उपभोगका लागि मात्र गरेका हुन् । व्यावसायिकस्तरमा उनीहरूले पनि रासानिक खेती नै गर्थे होलान् वा गर्दैनथे, यकीन भन्न सकिन्न । किनकि उनीहरू निर्वाहमुखी कृषकमात्र हुन् । कम्तिमा उनीहरूमा आपूmले नै खानेसम्मको सामग्री आफैं उब्जनी गरेर त्यो पनि चोखो र प्रदूषणरहित खाने बाली बसालेका
    प्रतीक दैनिकको बुधवारको अड्ढमा प्रकाशित ‘फस्टाउँदो वीरगंजमा भत्ता पत्रकारिता र ठेक्का पत्रकारिता’ शीर्षकको समाचार पढेर खुशी लाग्यो र प्रतिक्रिया लेख्न विवश भएँ ।     नढाँटी भन्ने हो भने वीरगंजको पत्रकारिता केहीं गैर, अनक्वालिफाइड तथा मागन्ते पत्रकारहरूको कारण बदनाम भएको हो । मैले यसो किन पनि भनिरहेको छु भने १० वर्षभन्दा बढी समयदेखि स्थानीय पत्रकार र पत्रपत्रिकाकै वरिपरि आफूलाई राखेको हुँ । यस अर्थमा मैले वीरगंजका पत्रकार र पत्रकारितालाई धैरै हदसम्म नजिकबाट देखेको, सुनेको र पढेको छु ।     हो, वास्तविकता यही नै हो वीरगंजमा कतिपय यस्ता पत्रकारहरू छन् जोसँग पत्रकारिताको सैद्धान्तिक ज्ञान छैन, जसले पत्रकार आचारसंहिता बुझेका छैनन्, जसले सूचना सम्प्रेषणभन्दा बढी आफ्नो स्वार्थसिद्धिका लागि मात्र पत्रकारिताको खोल ओढेका छन्, जो जाबो एउटा क्यामरा चलाउन जानेको भरमा पत्रकार भएका छन्, जो अरूले लेखेको समाचारमा आफ्नो नाम लेखाएर आफू राम्रो, दक्ष तथा ठूलो पत्रकार हुँ भनी फुर्ति लाउँछन्, जसको योग्यता नै नपुगी समाचार, कार्यकारी सम्पादक बनेका छन् । ती र त्यस्तै खालका पत्रकारहरूले ठेकेदारी, भत्ते (भत्ता

वीरगंजको साहित्यिक समाजको गन्तव्य यात्रा

    रेडियो वीरगंजले आफ्नो वार्षिकोत्सव कार्यक्रममा भोजपुरी भाषा तथा साहित्यमा योगदान पुर्‍याएका स्रष्टा उमाशड्ढर द्विवेदीलाई सम्मान गर्दा वीरगंजवासी उत्साहित भएका छन् । आज वीरगंजमा साहित्य समाजको अत्यन्त आवश्यकता छ  । हुनत वीरगंज शहरमा साहित्यिक यात्रामा लागेका विभिन्न स्रष्टाहरूको उल्लेखनीय भूमिका रहेको पाईन्छ । प्रभात काव्य यात्रा– अरुण विक्रम शाह, वीरगंज साहित्य परिषद्– स्व. डा.भीमचरण थापा, लक्ष्मी साहित्य समाज– महेशचन्द्र गौतम, हास्यव्यङ्ग्य मञ्च– विनोद तिमिल्सिना, भोजपुरी साहित्य समाज– पं. दीपनारायण मिश्र, नेपाल भोजपुरी प्रतिष्ठान– तारा सिंह, नेपाल भारत मित्र मण्डली –.शशिभूषण वर्णवाल, नेपाल भारत साहित्य परिषद्– ओमप्रकाश सिकरिया आदि करिब एक दर्जन साहित्य यात्रामा लागेका संस्थाहरू रहेको पाइन्छ । वीरगंज शहरलाई साहित्यिक क्षेत्रमा अगाडि बढाउन विभिन्न साहित्यिक संस्थाहरूको भूमिका उल्लेखनीय रहेको छ । यीमध्ये केही मात्र अस्तित्वमा छन् । आफ्नो कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ । तर यी साहित्यक संस्थाहरूबीच समन्वय हुन नसक्दा साहित्य यात्रालाई अघि बढ्न गार्‍हो परेको छ । कार्यक्रमहरूमा कवि

रक्सौल–अमलेखगंज पेट्रोल पाइप लाइन निर्माण

    यो तथ्य कुरा धेरैअघिदेखि नै प्रकाशमा आएको हो । तर यो बचत भनेको रक्सौलदेखि अमलेखगंजसम्म तेल ल्याउँदा बीचमा चलखेल गरी चुहावट र भ्रष्टाचार गर्नेहरूको चोखो आम्दानी हो, जुन उनीहरू गुमाउन चाहँदैनन् र विभिन्न चलखेल गरी यो पाइपलाइन बन्न पनि दिंदैनन् । – हिमाल आइरन एन्ड स्टील

असंसदीय भाषामा असङ्घीयताको पक्षपात

११ गते प्रतिक को आफ्नो लेख ‘लम्पसार राजनीती र राष्ट्रियताको मानक’ मा लेखकले राम्रो कुरा गरेका छन् । लम्पसार राजनीति सम्म त उचित छ तर राजनीतीक नाइकेहरूलाई लम्पट भन्नु सुहाएन । यो गाली र असंसदीय भाषा हो ।     मोदीको मेडियामा चर्चा हुनु पनि उनलाई सुहाएन । भारतसँग सम्बन्ध केवल राजनीतिसम्म सीमित छैन । सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धबारे चर्चा गर्न नसकिने होइन । म मोदी प्रशंसक होइन,  तर त्यसै आधारमा चर्चा नगर्नु अस·त ठहर्छ । अर्को कुरा लेखकले भनेका छन् कि मोदी को उदयले नेपालमा सङ्घीयता किनारा लागेको छ । यसको कारण के ? स्वयं गणतन्त्र र सङ्घराज्य भएको भारतका मोदी किन नेपालमा सङ्घीयतालाई किनारा लगाउँछन् ? राजतंत्र, सङ्घीयता, धर्म  निरपेक्षताबारे जनमत सङ्ग्रह गराउने कुरा कमल थापाको राजतन्त्र फर्काउने हुड्ढारको समर्थन ठहर्छ । अब मधेस सङ्घीयताभन्दा कम केही लिने पक्षमा छैन । हजार मोदीले यसलाई रोक्न सक्दैनन् । –डा. शिवशङ्कर यादव छपकैया, वीरगंज क्जष्खकजबलपबच।थबमबखद्धघज्ञ२नmबष्।िअयm

बुद्ध हाम्रो विशाल समुद्रको एउटा धारा मात्रै हुन्

    १ गतेको प्रतीकमा सञ्जय साह मित्रको लेख ‘भगवान् बुद्ध र आजको परिवेश’ पढें । आजको परिवेश आत्मसात् गर्दै जाँदा परिवर्तित समाजको रूपरेखा तैयार हुँदै जान्छ । अरू देशमा मान्ने र हामीले नमान्नुको पछाडि एउटै कारण छ । त्यो के भने बुद्धले हिन्दूहरूले प्रतिपादित गरिसकेका सिद्धान्तभन्दा भिन्न केही प्रतिपादित गरेनन् । हो, समयचक्रमा पलाएको अन्धविश्वासमा त्यसको उपयोगिता छ । मूल हिन्दू धर्मले त्यही भन्छ, जुन बुद्धले भने ।     जसरी वाल्मीकिको रामलाई तुलसीले पुनर्जीवित गरे, त्यस्तै सत्य र अहिंसालाई बुद्धले पुनर्जीवित गरे । अर्को कुरा हाम्रा ऋषिमुनिहरू भगवान् बनेनन्, ऋषिमुनि नै रहे । जब बुद्धको अनुयायीले बुद्धलाई भगवान् भन्न थाले चतुर ब्राह्मणहरूले त्यही मानिदिए । त्यसपछि बुद्ध हाम्रै धर्ममा समाहित एउटा पन्थभन्दा बढी केही हुन सकेनन् र त्यस्तै छ पनि । विशाल समुद्रमा एउटा धारा अरू मिलेर के फरक पर्छ र ? तर जहाँ समुद्र छैन, त्यहाँको मान्छेमा समुद्र जस्तै प्रतिपादित नहुने कुरै छैन । हाम्रो समाजमा अहिंसा, सत्य, व्रत र उपवास त दैनन्दिन जीवनका अ· हुन्, जुन अनपढ गवाँरले पनि जान्दछ । –डा. शिवशङ्कर यादव छपकैया,

गहिरो अर्थ नबुझेका लेखक

    ३१ गतेको प्रतीकमा गोपाल ठाकुरको लेख “हाम्रो शिक्षा र हाम्रा शिक्षक” पढेर केही प्रतिक्रिया लेखुँ जस्तो लाग्यो । हामी मात्रै होइन, विश्वमा सबैले आफ्नो परम्परामा गौरव गर्छन् र गौरव गर्ने खालका परम्परामा गौरव गरिएन भने विचलन शुरू हुन्छ । गुरुकुलको परम्परा पनि गौरवशाली परम्परा नै हो । एकलव्य र कर्णको कुरा पनि भित्री तहसम्म केलाउँदा धेरै गहिरो कुरा उजागर हुन्छ । यसमा यो उजागर हुन्छ कि सत्य, वचन र प्रण हाम्रो समाजको आधार  थियो । चाहे यसको लागि जति मुल्य चुकाउनु परेपनि चुकाउनुपर्छ । भिस्मले आफ्नो प्रणको खातिर प्राण दिए । दशरथ आफ्नो वचनको खातिर प्राणभन्दा प्यारो रामलाई बनवास दिनुपर्‍यो । यदि सत्य र वचन कायम रहेन भने समाजको आधार स्तम्भ नै खत्म भएपछि अरू कति हरिविजोग हुने हो थाहा छैन । यही मानवीय पक्षलाई जीवित राख्छ । पृथ्वीराज चौहानले भाग्दा गोरीलाई, बीचमा परेको गाईलाई मारेनन् । इतिहासमा गोरीको कुनै स्थान छैन तर चौहानको मानवीय मूल्य स्थापना अमर छ । विद्या दानम भन्दैमा यो अधिकारको व्याख्या गरिंदैन भन्नु गलत हो बरु त्यो युगका गुरूहरूको मुद्रा मोह नभएको गाथा बन्छ । आधुनिक युगमा यही मोह त हावी भ
दर्पणझैं लेख     २४ गते प्रतीक मा ‘कार्यक्रम, नेतृत्व र आन्दोलन’ मा गोपाल ठाकुरले नेपालको अहिलेसम्मको राजनीतिलाई दर्पण सरी प्रस्ट पारिदिएका छन् । पुष्पलाललाई गद्दार, संसोधनवादी, संसदवादी मात्र होइन, भारतीय दलाल पनि भनेका छन् उनीहरूले । बिन्तीपत्र मनमोहन मात्र होइन, काङ्ग्रेसको हाथमा सुम्पेको र पछि ज्ञानेन्द्रको बखत माधव नेपालले पनि दिएका छन् । तर पुष्पलाल र पछि रामराजा सिंहको जनवाद पनि माओवादीको प्रचण्ड पथमा आइछाडयो । कार्यक्रम, आन्दोलन र नेतृत्वको कस्तो महत्त्व हुन्छ, त्यो गिरिजाले लेखेको संविधानमा पनि प्रस्ट भएको छ । पञ्चद्वारा भ्रष्ट पारिएका काङ्ग्रेसले गरेको र एमाओवादीको भ्रष्टता कति सच्चिन्छ भन्न सकिंदैन किनकि मधेसवादी पनि पथभ्रष्ट भइसकेका छन् । उता सबैलाई भ्रष्ट पार्नेहरू अखबारमा यिनको मोर्चामा होहल्ला मचाइ नै रहेका छन् । बाबूराम बाहिरिएर तीर्थ भ्रमणमा जाँदैछन् । खनालको उतै हवाई जहाज उडेको छ । हिन्दुस्तानमा जो जिते पनि यथास्थितिवादी नै हुन् । माओवादी अथवा कम्युनिस्टको हरिबिजोग छ । यस्तोमा आशावादमा रुमलिनेबाहेक केही उपाय छैन । राष्ट्रियताको गलत व्याख्या भएको लेख         १७ गते

व्यङ्ग्यवाणको धारिलो प्रहार

 २८ गते बुधवार प्रतीकमा गोपाल ठाकुरको लेख ‘स्वादिलो भोजन हेर्दै मीठो’ पढें । यसपालि ठाकुरजीको धार र व्यङ्ग्य कुनै गाण्डीवको वाणजस्तो लाग्यो । भोजपुरीको उखान ‘देखनी में ना से चिखनी में’ नेपालीको उखान ‘राजाको काम कहिले जाला घाम’ र संस्कृतको उखान ‘त्रिया चरित्रम् पुरुषस्य भाग्यम्, देवो न जानाति कुतो मनुष्य:’ वा “क्षणे रुष्टा क्षणे तुष्टा, रुष्टातुष्टा क्षणेक्षणे” को हास्य पुट लिएको व्यङ्ग्यवाणको सटीक प्रयोग देखियो । एउटा अर्को भोजपुरी उखान छ ‘मिलुवा लडाई कथि ना देखाई’ । काङ्ग्रेस र एमाले जति लडेका छन् त्यो मिलुवा लडाई वा क्रिकेटको मैच फिक्सिंगबाहेक केही होइन । एउटा अर्को कुरा ध्यान दिनुपर्नेछ । यस मिलुवा लडाईमा न काङ्ग्रेस हारेको छ न एमाले । बिचरा रामवरण यादवको हार दयालाग्दो भएको छ । पहिले उहाँ आफैं पछि हट्नुभयो । दोस्रो लडाईमा एउटा पुस्तकको विमोचन गर्नेछन् । नेपालीमा एउटा उखान छ  ‘तिमी कुटेजस्तो गर, म रोएजस्तो गर्छु’ । एमाले कुटेजस्तो र काङ्ग्रेस रोएजस्तो गरेपछि मिलुवा लडाईको अन्त हुँदै जान्छ । संविधान यिनीहरूले बनाइसकेका छन् २०४७ मा ।     सुन्छु एमाओवादीले पनि उहिल्यै आफ्नो संविधान बनाइ

संविधान नबनाउने दाऊ

    २१ गते बुधवार प्रतीकमा गोपाल ठाकुरको लेख “स्थानीय निर्वाचन कि संविधान ?” पढें । एकजना हाम्रो मित्रले चुनावअघि नै भनेका थिए कि हेर्नुहोला यसपटक पनि नेपालमा संविधान बन्दैन । नेपाललाई अस्थिर बनाइराख्ने ग्रयान्ड डिजाइन छ र त्यसैमा हाम्रा नेताहरू आफ्नो सड्ढीर्णताका कारण रुमलिने छन् ।     अहिले त्यही भइरहेको छ । चार महिना बितिसक्यो । के संविधान बन्छ त ? यो अन्योलको अवस्था जनतामाझ अझै छ । नियमावली र प्रमाणीकरणको टु·ो लागेको छैन । अब स्थानीय निर्वाचनको टु·ो लगाउने रे ? यिनीहरूको टु·ो लाग्नेछ, तर संविधानको टु·ो लाग्ने छैन । सङ्घीयता नचाहनेहरू नराम्रोसँग सङ्घीयताको सवालमा फसेका छन् । यिनीहरू चाहन्छन् कि केही गरी सङ्घीयता नहोस् वा होस् भने उनीहरूको इच्छा अनुसारको होस । यही कारणले उनीहरू संविधान बनाउनेपट्टि नलागेर जनतालाई स्थानीय निर्वाचनमा अल्मलाइरहेका छन् । शिवशङ्कर यादव छपकैया, वीरगंज कजष्खकजबलपबच।थबमबखद्धघज्ञ२नmबष्।िअयm

गाविस सचिवलाई कुटपिट गरी रू. सवा लाख लुटे

जनताले यो नगरे के गरोस् त, गाउँलेको कुरा कसले सुन्छ ? सचिवजी त अलि पढेलेखेका छन्, त्यही भएर जिप्रका पुगे । तर सरकारले उनीहरूलाई गाविसमा बसेर काम गर्न पैसा दिन्छ कि वीरगंजमा बसेर । जनतालाई वीरगंज बोलाएर उनीहरूलाई दु:ख दिन्छन्, गाविस सचिव । एउटा गाविसको सिफारिस चाहियो तर गाउँमा सचिव हुँदैन । सचिवजीको मोबाइल नम्बर हुन्छ फोन गर्नुस् त कहिले उठाउँदैनन्, या त स्वीच अफ हुन्छ । यदि उठायो भने भोलि जिविस आएर भेट्नु भन्ने अप्वाइन्टमेन्ट पाइन्छ । फेरि गाउँबाट पूरै दिन पैसा खर्चेर जिविस जानुस् भेट भयो भने काम हुन्छ भएन भने सचिव साहेब कामले गाउँ जानुभएको छ पर्खनुस् बेलुका काम हुन्छ भन्छन् । यसैबीच नेपालका केही जिल्लाका सचिवहरूलाई वृद्धभत्ता आपैंmले कुम्लाउँदै बिल पास गराएका थिए । जनताले यस्तालाई नकुटे के पूजा गर्ने ? –अशोक कुशवाहा
हाय नागरिकता ! - कुमार रूपाखेती     प्रिय लेखकज्यू हजुरको भनाइ पनि ठीकै हो तर कहिले नेपालबाहिर बसेका केही गैरनेपालीहरूलाई पनि हेर्ने गर्नु । जहाँसम्म मलाई लाग्छ, नेपाल, नेपाली संस्कृति र भाषा जानेर मात्रै नेपाली या मधेसी भइँदैन । तर मैले धैरै भारतीयहरूलाई भेटें, जसलाई राम्ररी नेपाली बोल्न आउँदैन तर घर सोध्दा आसाम, ब·ाल, मणिपुर, देहरादून, दार्जिलिङ, कुमाउ, सिलीगुडी इत्यादि ठाउँको नाम लिन्छन् । पूरै परिवारको चाहिँ भारतीय नागरिकता तर छोरालाई विदेश पठाउनुपर्‍यो भने काठमाडौं, सुनसरी, झापा, इलाम, तेह्रथुम अझ कास्की, तनहँु र स्याङ्जाबाट  राहदानी बोकेर आएका हुन्छन् । यदि नेपालमा दोहोरो नागरिकता लागू छैन भने यिनीहरूले कसरी प्राप्त गरे नागरिकता र राहदानी । मेरो भनाइको मतलब मधेस या पहाडसँग छैन । बरु, आफ्नो देश नेपालसँग छ । डिस्क्रिमिनेसन त अमेरिकाजस्तो विकसित देशमा पनि छ, हाम्रो त एउटा सानो देश मात्रै हो । कमी देश वा जनताको होइन, यहाँ त हाम्रा देशका पहाडदेखि मधेससम्मका नेताहरू भ्रष्ट छन् । भोजपुरी संस्कार गीत– उमाशड्ढर द्विवेदी द्विवेदी सर, भोजपुरी भाषा तथा संस्कारको धेरै कुरा पढन् पाउँदा खुशी ला

‘मनसूनको भनसुन’

  विनोद (गुप्ता) दाइको यो लेख पनि पाठकवर्गलाई सचेत गराउन सफल हुने मेरो विश्वास छ, तर सम्बन्धित निकाय कतिको सचेत हुन्छ र आवश्यक कार्य कसरी र कहिलेसम्म गर्ला हेर्न बाँकी छ ।      – अर्जुन शम्शेर जबरा, वीरगंज–१४

गीत होइन लेखक आफैं हराउनुभएको थियो.......

    प्रतीक दैनिकको मिति २०६९ साल चैत्र १८ गते धर्म–संस्कृति स्तम्भमा उमाशड्ढर द्विवेदीद्वारा लिखित ‘अतीत र वर्तमानको फगुवा’ शीर्षक लेखमा एभिन्यूज टेलिभिजनले बुधवार होलीको दिन वीरगंज गहवामाई मन्दिर अगाडि आयोजना गरेको होली समारोह कार्यक्रममा होरीको भोजपुरी गीत हराएको भनेर लेख्नुभएको लेखप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।     लेखक द्विवेदीसरलाई मैले यही होली समारोह कार्यक्रम दौरान चिनेकी हुँ । उहाँ राजु सरसँग भेट्न एभिन्यूज टेलिभिजनको कार्यालयमा आइरहनु हुन्थ्यो । त्यही दौरान हामीले उहाँलाई कार्यक्रममा उपस्थित हुन निमन्त्रणसमेत गरेका थियौ । उहाँले त होरियाको गीत पनि ल्याउँछु भन्नुभएको थियो ।     अब रहयो कुरा भोजपुरी भाषाको होलीको गीतको । जहाँसम्म मलाई लाग्छ एभिन्यूज टेलिजिभनले आयोजना गरेको होली विशेष समारोहको प्रत्यक्ष प्रसारणको कार्यक्रममा चारवटा भोजपुरी होली नृत्यका साथै भोजपुरी भाषाको जगिरा सररररर ...सहित दुईवटा होली गीत पनि प्रस्तुत गरिएको थियो । त्यसैले एभिन्यूज टेलिभिजनको होली विशेष समारोहबाट भोजपुरी होरिया गीत हराएको छैन बरु उहाँ आफैं कार्यक्रमको बीचबाट हराउनुभएकोले होला कार्यक

एडिबिको परियोजना फिर्ता जान दिन्नौ : नेताहरू

Image
वीरगजको फोहर, ढलनिकास लगायतका समस्या निराकणका लागि एसियाली विकास बैकको करिब तीन अर्बको ऋण सहयोगमा सञ्चालित मझौला शहर एकीकृत वातावरण सुधार आयोजना वीरगंज उपमहानगरपालिका कार्यालयले तिर्नुपर्ने पारस्परिक रकम दाखिला नगर्दा फिर्ता जाने सम्भावना बढेर गएको छ। एडिबीको टोली गत महिना वीरगंजमा सञ्चालनमा आउने योजनाको अनुगमन गरेर फर्कंदा आयोजनाको कामको प्रशंसा गर्‍र्या तर त्योसँगै पारस्परिक रकम दाखिला हुुने कुरामा आशङका जाहेर गर्‍यो। आगामी अप्रिलसम्म रकम दाखिला नभए आयोजना फिर्ता हुने चेतावनी पनि दियो। एडिबीको चेतावनीपछि वीउमनपाका तात्यो र रकमको जोहो गरिदिन वीरगंज उद्योग वाणिज्य सङ्घ अनि स्थानीय राजनीतिककर्मीहरूलाई आयोजना फिर्ता हुनबाट रोक्न र आर्थिक समस्या समाधानका लागि सहकार्य गर्न गुहार लगाउन शुरु गर्‍यो । वीउमनपाकालाई सरकारले उपलब्ध गराउँदै आएको अनुदान सहयोगमा लामो समयदेखि वृद्धि नगरेको, पेश्की बक्यौता करोडौं बाँकी रहेको, घरजग्गा, व्यवसाय करलगायत प्रभावकारी ढङगबाट सङकलन नभएको र सवारी करलगायतमा ठेकेदारले करोडौं बक्यौता चुक्ता नगरेको जस्ता पारस्परिक रकम चुक्ता गर्न पर्याप्त आधार पस्केपछि स्थानी
    प्रतीक दैनिकको ०६८/९/२३ गते  शनिवार मुख्य पृष्ठमा प्रकाशित “गर्भवती, सुत्केरी र शिशुको नाममा भ्रष्टाचार, जिल्ला जनस्वास्थ्य नै शड्ढाको घेरामा” शीर्षकको समाचारमा यस अलौ उपस्वास्थ्य चौकीले सुत्केरी महिलाहरूको स्रेस्ता खडा गरेको भन्ने समाचारप्रति यस उपस्वास्थ्य चौकीको ध्यानाकर्षण भएको छ ।     कुनै पनि स्वास्थ्य संस्थामा गएर या घरैमा प्रसुति भएका आमा एवं शिशुहरूको रेखदेख महिला स्वयंसेविकाले गर्ने भएकोले हामीले त्यस प्रयोजनका लागि स्रेस्ता उठाएका हौं । ४ भिजिट वा मातृ शिशु सुरक्षा एवं सुत्केरी  भत्ताको नाममा जिल्ला जनस्वास्थ्यबाट आजसम्म अलौ उपस्वास्थ्य चौकीले एक रुपैयाँ पनि पाएको छैन । यस उपस्वास्थ्य चौकीबाट कुनै पनि आर्थिक कारोबार नभएको स्पष्ट पार्न चाहन्छौं । बर्थिङ सेन्टरबाहेक जिल्लाका हामी जस्तै अन्य केही उपस्वास्थ्य चौकीहरूले ४ भिजिट र सुत्केरी भत्ता पनि पाइरहेको कुरा प्रतीकको समाचारबाट हामीले थाहा पायौं । यदि त्यस्तो हो भने जिल्ला जनस्वास्थ्यले कसैलाई काखा कसैलाई पाखा गर्न पाइँदैन । हाम्रो क्षेत्रमा भएका गर्भवती महिला, सुत्केरी एवं शिशु र अन्य स्थानकोमा केही फरक छैन । अन्य स्थानक

छोराछोरीलाई डाक्टर बनाउने प्रयत्न गर्दिनँ

– विश्वराज गौतम     २०६८ कात्तिक १५ गते म·लवार प्रतीक दैनिकमा शत्रुध्न नेपालद्वारा प्रकाशित ‘अस्पताल खाली, डाक्टरहरू क्लिनिक र नर्सि· होममा व्यस्त’ समाचारले मेरो ध्यान आकृष्ट भएको छ ।     समाचार एकदमै वास्तविक र सान्दर्भिक छ । अस्पतालको ओपिडीमा जाँच गराउन आएका बिरामीहरूलाई डाक्टरहरूले रगत, दिशा आदि जाँच गराउनुपर्छ भनी लेख्छन् र जाँच गर्न पठाउँछन्, सो जाँचको रिपोर्ट लिएर ओपिडी समयभित्रै आउँदा पनि, डाक्टरहरू बाहिर निस्किसकेका हुन्छन् ।     सीमित पैसाको व्यवस्था गरी सरकारी अस्पतालमा जाँच गराउन आएका ती गरीब निमुखाहरूसँग  रोगी शरीर लिएर घर फर्कनुबाहेक अन्य विकल्प हुँदैन ।     वास्तवमा हाम्रो समाजमा डाक्टरहरूलाई विशिष्ट व्यक्ति भनी इज्जत र सम्मान गरिन्छ । सबैलाई चाहिने अत्यावश्यक मर्यादित पेशा पनि हो । तर गरीबीको कारण सरकारी अस्पतालमा आउने बिरामीहरूसँग पनि पैसाको तृष्णाको लागि चिकित्सकीय मर्यादाको उल्लङ्घन गरेको देख्दा अत्यन्त दु:ख लागेको छ । मानवीय स्वभावविपरीत यस्ता कार्यहरू डाक्टरले गरेको हुनाले म आफ्ना छोराछोरीलाई डाक्टर पठाउन प्रयत्न र लगानी गर्दिनँ भनी यस पत्रिकामार्फत् पाठकहरूलाई