Posts

Showing posts with the label शिक्षा नेपाल

आधुनिक जीवनमा गणितको आवश्यकता

Image
                    अनन्तकुमार लाल दास महान् गणितज्ञ गाउजले भनेका छन्– “गणित सबै विषयको रानी हो। यो विज्ञान र प्रौद्योगिकीको एउटा महत्वपूर्ण उपकरण हो। भौतिक, रसायन र खगोल विज्ञान गणितबेगर बुझ्न गा–हो हुन्छ। ऐतिहासिक रूपले हेर्दा वास्तवमा गणितको शाखाहरूको विकास नै प्राकृतिक विज्ञानमा यसको आवश्यकताको कारण भएको छ। केही क्षणका लागि गणित यस संसारबाट लुप्त भइसक्यो भन्ने कल्पना गरौं हामीले गणितविहीन संसारका सबै द्रव्य अनुशासनहीन भएको अनुभव गर्छौं। कति समयमा स्वयं आफ्नो धुरीमा घुम्नु छ भन्ने कुरा धर्तीले बिर्सन्छ। धर्तीलाई कति समयमा सूर्यको परिक्रमा गर्नुछ भन्ने कुरा उसलाई थाहा हुँदैन। बोट–बिरुवा र फूलको विन्यास–समरूपता गायब भइसकेको हुन्छ। रात र दिनको परिवर्तनको क्रम हराउँछ। हावापानीमा कुनै प्रकारको परिवर्तन देखा पर्दैन। बाल संसारका धेरै खेल लुप्त भएको अनुभव हुन्छ। कतिसम्म भने खानामा नून मसलाको कुनै तालमेल थाहा हुँदैन। यदि यो कुनै दुस्वप्न हो भने ठीक छ, अन्यथा विश्व कति कुरूप, नीरस र बेस्वादिलो हुन जान्छ माथिको कल्पनाबाट बुझिन्छ। गणित हाम्रो जीवनसँग यस प्रकार जोडिएको छ कि यसबाट टाढा हुने कल्पन

बालबालिकाहरूलाई पर्यटनको आवश्यकता

Image
अनन्तकुमार लाल दास बालबालिकाहरूमा पाइने कौतूहलता र जिज्ञासा दुई यस्ता प्रवृत्ति हुन्, जसलाई रोकियो भने उनीहरू कुँवाको भ्यागुतो सरह बन्न पुग्छन्। यस्ता बालबालिकाहरूको परिचय क्षेत्र सीमित र सङ्कुचित भएर मानसिक सोच पनि पङ्गु र अधूरो हुन्छ। यस्ता बालबालिकाहरू किताबी ज्ञानको दृष्टिकोणले बी.ए., एम.ए.को डिग्री हासिल गरे तापनि सामाजिक र व्यावहारिक जीवनमा पछाडि नै रहन्छन् र विषम परिस्थितिको सामना गर्न सक्षम हुँदैनन्। यस्ता केटाकेटीहरू किताबी कीरा बनेर विद्यालयको परीक्षा राम्ररी उत्तीर्ण गर्न सफल भए पनि जीवनको परीक्षामा अपवादबाहेक नराम्ररी फेल हुन्छन्। यसरी प्राप्त भएको असफलता र व्यावहारिक ज्ञानको कमी नै जीवनमा उसलाई कहिल्यै अगाडि बढ्न दिंदैन। अझ स्पष्ट भन्नुपर्दा जीवनभरि हीनताबोधको शिकार भई भाग्य र अरूलाई दोष दिइराखेका कैयौं उदाहरण हाम्रै समाजमा विद्यमान छ। छिमेक वा आफ्नै देशबारे जान्ने इच्छा, त्यसलाई प्रत्यक्ष हेर्ने जिज्ञासा हरेक केटाकेटीको मनमा स्वस्फूर्त उत्पन्न हुन्छ। वास्तवमा भन्ने हो भने छिमेक वा देशको प्रत्यक्ष दर्शन गरेर उनीहरू जति खुश हुन्छन् त्यतिकै बौद्धिकरूपले प्रसन्न, सन्तुष्ट र च

अध्ययनमा एकाग्र कसरी हुने ?

Image
अनन्तकुमार लाल दास रमेश धेरै ज्ञानी विद्यार्थी हो। ऊ सधैं कक्षामा राम्रो गर्दै आएको थियो तर कक्षा नौमा आइपुग्दा उसको परीक्षाफल बिग्रन थाल्यो। यसबाट रमेश मात्र हैन, उसका आमाबुवा, शिक्षक तथा साथीहरूलाई पनि धेरै आश्चर्य लागिरहेको थियो। आखिर रमेशको परीक्षाफल किन बिग्रियो ? यसबारे कसैले बुझ्न सकिरहेको थिएन। वास्तविकता त के हो भने उसको जीवनको सबैभन्दा महत्वपूर्ण समय नजीक आइसकेको छ। अर्थात् उसको माध्यमिक शिक्षा परीक्षा नजीक आउँदै छ। यस स्थितिमा उसको परीक्षफललाई लिएर सबै चिन्तित थिए। चिन्तित हुनु स्वाभाविक नै हो। आखिर रमेशको परीक्षाफल किन बिग्रियो ? के तपाईंले केही अनुमान लगाउनुभएको छ ? वास्तवमा रमेश जहिले पनि पढ्न बस्छ, उसको मनभित्र अनेकौं कुरा उठ्न थाल्छन्। ऊ कहिल्यै विद्यालयसँग जोडिएको कुरा सोच्न थाल्छ भने कहिल्यै उसलाई नयाँ भिडियो गेमको सम्झना आउँछ। कहिल्यै फेसबूक हेरेर त्यसमा कमेन्ट लेख्छ त कहिल्यै ह्वाट्स एपमा साथीहरूसँग गप्प हाँक्न लम्कन्छ। कहिल्यै टेलिभिजनमा प्रसारण हुने थरीथरीको कार्यक्रमको सम्झना हुन्छ त कहिल्यै साथीहरूको लहलहैमा मन नलागे पनि घुम्न निस्किन्छ। यसरी रमेश चाहँदा नचाहँदै

शिक्षालाई कसरी व्यावहारिक जीवनसँग जोड्ने

Image
अनन्तकुमार लाल दास आजको प्रतिस्पर्धात्मक युगमा शिक्षालाई यदि व्यावहारिक जीवनसँग जोडियो भने त्यो बढी उपलब्धिमूलक हुन सक्छ। यसो भन्नु पछाडिको एकमात्र कारण हो, आजको विद्यार्थीलाई इन्टरेटको माध्यमले विश्वको जानकारी त प्राप्त भइरहन्छ तर आफ्नै छेउको गाउँ वा शहरमा के भइरहेको छ, न्यूनतम पनि जानकारी हुँदैन। वर्तमान पुस्तालाई पुस्तकको बोझबाट बाहिर निकाल्नु आजको खाँचो हो। यसका लागि एउटा शिक्षकले अलिकति सक्रियता देखाएमा पाठ्यक्रमले दिन खोजेको उपलब्धि सजिलै विद्यार्थीहरूलाई प्रदान गर्न सकिन्छ साथै उनीहरूलाई स्थानीयतासँग पनि जोड्न सकिन्छ। आज पाठ्यक्रमभित्रैबाट यस्ता थुप्रै क्रियाकलाप गर्न सकिन्छ जसले उनीहरूको किताबी ज्ञानलाई झन् परिपक्व र रोचक बनाइदिन्छ। यस्ता क्रियाकलाप गर्दा स्थानीय मानिस, सङ्घसंस्था वा सम्बन्धित निकायको मदत लिन सकिन्छ। जस्तै गाउँ वा शहरको जनसङ्ख्या पत्ता लगाउनु–त्यहाँ कति पुरुष, कति महिला, कति केटाकेटी छन्। उनीहरूको शैक्षिक योग्यता, व्यवसाय र उनीहरू कति दक्ष छन् भन्ने कुरा विद्यार्थीहरूका लागि रोचक र ज्ञानवद्र्धक हुनुको साथै उनीहरूमा खोज प्रवृत्ति उत्पन्न हुन्छ। किताब पढेर लेख्नु

अध्ययन ः कला र विज्ञान

Image
अनन्तकुमार लाल दास नेपाली परिवेशमा परीक्षामा बढी अङ्क कसरी ल्याउन सकिन्छ भन्ने कुरामाथि लामो अध्ययनपश्चात् के पाएँ भने स्वअध्ययन विद्यार्थीहरूको लागि अति आवश्यक छ। स्वअध्ययनको अभावले गर्दा नै विद्यार्थीहरू परीक्षामा बढी अङ्क ल्याउन सकिरहेका छैनन्। स्वअध्ययन भनेको कसैको सहयोगबेगर आफूलाई सिकाउने प्रक्रिया हो, जसले विद्यार्थीहरूको बुझाइलाई स्पष्ट पार्दछ। यो जुनसुकै ठाउँमा जुन बेला पनि गर्न सकिन्छ। यसले विद्यार्थीहरूलाई कल्पनाशील बनाउँछ। उनीहरूलाई आफ्नो जिम्मेवारीप्रति स्वतन्त्रतापूर्वक लाग्न सिकाउँछ र शिक्षकबेगर पनि रुचि अनुसारका क्षेत्रहरूको पहिचान र खोज गर्न प्रेरित गर्दछ। यस आलेखमा शोधबाट प्राप्त अनुभव विद्यार्थी समक्ष प्रस्तुत गने जमर्को गरिएको छ। अध्ययन प्रक्रियामा यसलाई समावेश गरियो भने धेरै लाभदायक हुनेछ। अध्ययन सम्बन्धमा विन्स्टन चर्चिलले एकपटक के भनेका थिए भने म सधैं सिक्न चाहन्छु तर मलाई सधैं पढाइयोस् भन्ने चाहन्नँ। यसैगरी मैल्कम फाब्सले–“अध्ययनको उद्देश्य खाली मस्तिष्कको ठाउँमा खुला मस्तिष्क निर्माण गर्नु हो” भनेका थिए। त्यहीं रैल्फ वाल्डो इमर्सनले भनेका छन्– विद्यालयमा जे कुरो

मधेसमा महिला शिक्षाको आवश्यकता

Image
अनन्तकुमार लाल दास कुनै पनि राष्ट्रमा शिक्षित नागरिकले नै सभ्य समाजको निर्माण गर्छ र त्यसमा महिलाको अहम् योगदान हुन्छ। एकाइ–एकाइ परिवार मिलेर समाज निर्माण हुन्छ तर परिवारको केन्द्रबिन्दु महिला हुन्छन्। यदि महिला शिक्षित छिन् भने त्यो परिवार शिक्षित हुन्छ र जब सबै परिवार शिक्षित हुन्छ, सम्पूर्ण राष्ट्र शिक्षित हुन्छ। महान् दार्शनिक रूसोले भनेका छन्–“यदि मलाई सयजना आदर्श आमा दिनुहुन्छ भने म एउटा आदर्श राष्ट्र दिनेछु।” २०६८ सालको जनगणना अनुसार नेपालमा महिला साक्षर दर ४४.५ प्रतिशत छ। पुरुषलाई यस संसारमा जति अधिकार छ त्यतिकै अधिकार महिलाको पनि हुन्छ। महिलाहरूलाई पनि शिक्षाको लागि त्यतिकै प्रोत्साहन दिनुपर्छ जति पुरुषलाई दिइन्छ। महिला र पुरुषबीच शिक्षामा लिङ्गभेद गर्नु एक प्रकारको मूर्खता हो। आज यदि महिलाहरूलाई समान शिक्षा दिइयो भने उनीहरू पनि पुरुष सरह नै सबै ठाउँमा आफ्नो वर्चस्व स्थापित गर्न सक्छन्।    मधेस र मधेसी संस्कृति सम्पन्न भए तापनि विकास कार्यमा मधेसी महिलाहरूको सहभागिता न्यून रहेको छ। उनीहरूलाई उन्नति गर्ने पर्याप्त मौका दिइएको छैन। उनीहरूलाई मधेसमा भान्सा र केटाकेटीहरूलाई खेलाउन

वर्तमानको आवश्यकता – प्रभावकारी नेतृत्व

Image
अनन्तकुमार लाल दास आज राष्ट्र नेतृत्वविहीन भएको छ। जताततै यसकै चर्चा भइरहेको छ। आज संस्था होस् वा समुदाय, जुनसुकै क्षेत्रलाई गति दिनका लागि, दिशा प्रदान गर्नका लागि प्रभावकारी नेतृत्व चाहिन्छ। नेतृत्वको अभावमा एउटा परिवार सुखी र सम्पन्न हुन सक्दैन। एउटा समाज रचनात्मक दिशामा लम्कन सक्दैन। एउटा राष्ट्र अग्रगामी बाटोमा हिंड्न सक्दैन अर्थात् समग्र विकासका लागि कुशल नेतृत्वको आवश्यकता पर्दछ। यस अर्थमा परिवर्तनका लागि आत्मविश्वासले भरिएको इमानदार, प्रतिबद्ध, धैर्यशील, पारदर्शी, सकारात्मक दृष्टिकोण भएको, जिम्मेवारीलाई व्यक्त गर्ने क्षमता भएको नेतृत्व चाहिन्छ। सामान्य शब्दमा भन्ने हो भने नेतृत्वको अर्थ कुनै व्यक्तिविशेषका त्यस्ता गुणसँग हुन्छ, जसको माध्यमले उसले अन्य व्यक्तिहरूको मार्गदर्शन गर्दछ। अर्थात् नेतृत्व भनेको साधन हो। साधन उत्तम भयो भने बाटोमा हिंडेर गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ। नेतृत्वको अभाव भनेको भीड हो। अन्योलता हो। अराजकता हो र हो दिशाहीनता पनि हो। त्यसैले प्रत्येक एकाइमा नेतृत्वको संस्थापन गरिएको पाइन्छ। राज्यको उत्पत्तिसँगै नेतृत्वको संस्थापन भएको इतिहास पाइन्छ। यो स्वतः वि

निकासको पर्खाईमा हाम्रो समाज

Image
अनन्तकुमार लाल दास आज नेपाली समाज विकृतिको घर बनेको छ। यी विकृतिहरूले गर्दा नै समाजबाट मानवीय संवेदना लुप्त भइरहेको छ। समय परिवर्तन भयो, देशको स्थितिमा बदलाव आयो, हामीले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना ग–यौं तर पनि हाम्रो सामाजिक विसङ्गति जस्ताको त्यस्तै छ। यी विकृतिहरूमध्ये केही पाश्चात्य संस्कृति र मोबाइलको देन हो भने केही हाम्रै समाजका स्वार्थी मानिसहरूको देन हो। एउटा कालखण्डमा हाम्रो देश शान्तिको प्रतीक थियो भने आज सर्वत्र अशान्तिको कुहिरो लागेको छ। एकातिर कोरोनाको कहर अझै विद्यमान छ भने अर्कोतिर समाजको आर्थिक अवस्था दिनानुदिन जटिल बन्दै गएको छ। समाजको सबैभन्दा ठूलो समस्या महिलाहरूको रहेको छ। हुनत नेपालको संविधानले महिला शक्तीकरण वा विकासको लागि मौलिक हक तथा अन्य संवैधानिक प्रावधानको व्यवस्था गरेको छ तर यो केवल नाम मात्रको छ। आज पनि लोग्नेको चाहना नै स्वास्नीको लागि सबै थोक हो। लोग्नेको दुराचार, अन्याय र अत्याचारलाई मूक पशुझैं सहन गर्नु उसको बाध्यता हो। महिलाको संसार पर्खालभित्र मात्र सीमित छ। पति देउताको सेवा गर्नु र सन्तान हुर्काउनुमात्र उसको काम हो। घरमा बसेर कहिले

शिक्षामा परिवार, विद्यालय र समुदायको भूमिका

Image
            अनन्तकुमार लाल दास विद्यार्थीहरूमा ज्ञान र भावनात्मक कुशलताको विकास गर्ने कार्य शिक्षाको हो। विद्यार्थीहरूलाई भावी जीवनमा आउने चुनौतीहरूको सामना गर्नको लागि जीवनोपयोगी सीपसँग सुसज्जित गर्ने कार्य पनि शिक्षाको नै हो। विद्यार्थीहरूलाई एउटा सार्थक व्यक्तिगत जीवन सँगसँगै कामकाजी जीवनको लागि तयार गर्ने काम पनि शिक्षाको नै हो। तर दुर्भाग्यवश शिक्षाको वर्तमान अवधारणामा विद्यार्थीहरूको समग्र विकासको साटो जानकारी वा सूचना मात्र दिने काम भइरहेको छ। हुन त विद्यार्थीहरूले आफ्नो क्षमताको सक्दो उपयोग गरेर आत्मविश्वासका साथ चुनौतीहरूको सामना गर्न प्रशिक्षित गर्नुपर्छ, तर वर्तमान शिक्षा प्रणालीमा यस कुरामाथि यथेष्ट ध्यान दिइएको छैन। विद्यार्थीहरू जसैजसै ठूलो हुँदै जान्छन् हेरेर, सुनेर, स्वयं आफ्नो अनुभवको विश्लेषण गरेर र आफ्नो वरिपरिको वातावरणको अवलोकन गरेर धेरै हदसम्म विभिन्न प्रकारका जीवनोपयोगी सीपहरू सिक्दै जान्छन्। दुर्भाग्यवश बौद्धिकरूपले विकलाङ्ग केटाकेटीमा यस्तो जीवनोपयोगी सीपको अभाव हुन्छ। उनीहरूको लागि चाहिने सीपको प्रशिक्षणमा ध्यान केन्द्रित गर्नु आवश्यक छ। यसको लागि ठीक समयमा शा

विकलाङ्गता र शिक्षा

Image
      अनन्तकुमार लाल दास नेपाली शब्दकोश अनुसार विकलाङ्ग भनेको शरीरको कुनै अङ्ग बेकम्मा भएकोलाई जनाउँछ। विकलाङ्गहरूको लागि शिक्षाको विशेष व्यवस्था हुनुपर्छ तर उनीहरूलाई शिक्षित गर्न सबैभन्दा ठूलो कठिनाई उनीहरूलाई बच्चा ठान्नु हुनेगर्छ। हामीले उनीहरूका लागि ‘मोटो केटा’ वा ‘मन्दबुद्धि केटी’जस्ता शब्दहरूको प्रयोग गर्छौ। तर बुझ्नुपर्ने कुरो के हो भने विकलाङ्ग केटा वा केटी सबैभन्दा पहिले एउटा बच्चा हो। यो यस कारणले कि विकलाङ्गताबारे हाम्रो दृष्टिकोण चिकित्सीय वा मेडिकल बढी छ। यस कारणले पनि होला समाजमा विकलाङ्ग केटाकेटीहरूलाई लुकाउने चलन छ। यस्तो आज पनि देखिन्छ तर यो साधारण कुरो होइन। हुनत आज पनि यस्ता धेरै परिवार छन्, जसका केटाकेटी गम्भीर रूपले विकलाङ्ग छन् तर न उनीहरू यसबारे कुरा गर्छन्, न केटाकेटीहरूलाई नै केही गर्न दिन्छन्। यस्तो यस कारणले पनि हुन्छ कि उनीहरू त्यस्ता केटाकेटीहरूलाई बाहिरी दुनियाँबाट बचाएर सुरक्षित राख्न चाहन्छन् वा उनीहरूसँग संसाधनको अभाव हुन्छ। कैयनपटक अरूले के भन्छन् भन्ने डरले पनि हुन्छ। तिनीहरूलाई सहयोगको आवश्यकता हुन्छ तर समस्या बुझेर सहयोग गर्ने मानिसक