Posts

Showing posts with the label धर्म दर्शन

विवाह र संस्कार

शीतल गिरी     जब बालक या बालिका ठूला हुन्छन्, हर्षोल्लासका साथ विवाह संस्कारको माध्यमबाट पतिपत्नीको रूपमा धार्मिक र सामाजीक मान्यता स्थापित गरिन्छ । अरू संस्कारभन्दा विवाह संस्कार एकदम ठूलो हुन्छ ।     विवाहको अवसरमा थुप्रै किसिमका विधि (रितीरिवाज) हुन्छ । त्यस अनुसार मानिसले विधि सम्पन्न गर्छन् । ‘बिआह से बिआह के विध भारी’ अर्थात् विवाह भन्दा धेरै गार्‍हो त्यसका विधिहरू छन् । यस अवसरमा दुलाहादुलहीलाई केन्द्रमा राखेर गीत गाउने गरिन्छ । यो परम्परा नेपालीय बज्जिकाको लोकजीवनमा धेरै पुरानो हो ।     केटा र केटी दुवैको विवाहमा संस्कारसँग जोडिएको गीत एकै किसिमले गाउने गरिन्छ । विवाहको परिदृश्य धेरै मनमोहक हुन्छ । परम्परागत विधिहरू बाहेक केही यस्ता विधिहरू पनि हुन्छन्, जुन हास–परिहासको लागि गर्ने गरिन्छ, जस्तो जुत्ता चोर्ने, कन्या चिनाउने आदि ।     बज्जिकाभाषी समाज नेपालको मध्य तराईको एउटा प्रमुख समाज हो । बज्जिकाभाषीको बसोबास नारायणी अञ्चलको बारा, रौतहट र जनकपुर अञ्चलको सर्लाही, महोत्तरीमा पाइन्छ । बज्जि गणराज्यको प्रागैतिहास निकै गौरवशाली रहेको छ । अन्वेषण गर्दै गयौं भने नेपाल उपत्यकामा शासन

समाजमा अपहेलित शूद्र

- शीतल गिरी     शूद्र आर्य समाजभन्दा बाहिरको थियो होला भनी १८४७ ईं. मा रौथले (शब्रह्म एन्ड डाइ ब्राह्मनेन साइटशिफ्ट डेर डोयचेन मेर्गेनलेंडिशेन गजेलशाफ्ट बर्लिन) सड्ढेत गरेका थिए । त्यस समयदेखि सामान्यतया यस्तो विचारधारा चल्दै आएको छ ब्राह्मणकालीन समाजको चौथो वर्ण मुख्यतया आर्येतर मानिस थिए । अथर्ववेदमा पनि दोहर्‍याएको छ, आर्यको देवता इन्द्रलाई दासको विजेताको रूपमा चित्रित गरिएको छ । यस्तो दास मानिस नै थिए जस्तो लाग्दछ । वेदमा इन्द्रले अधम दास वर्णलाई गुफामा बस्न बाध्य पारे भनी भनिएको छ । वेदमा दासको अपेक्षा दस्युको विनाश र तिनीहरूलाई पराधीन बनाउने चर्चा धेरै छ ।     दस्युहरूका रहनसहनको तरिकाबाट पनि आर्य उनीहरूका बैरी बने । ह्वीलरको दि इन्डस सिभिलाइजेशन अनुसार आर्य पशुपालनमा आधारित जनजाति र अस्थायी जीवनक्रम देशीय संस्कृतिको स्थायी एवं जीवनबाट बेमेल थिए । अथर्ववेदमा इन्द्रबारे भनिएको छ कि ऊ दास र आर्यलाई विभेद गर्दै यज्ञस्थलमा आउँदथ्यो । ऋग्वेदको सातौं मण्डलको एउटा संपूर्ण सूक्त आक्रतुन, अश्रद्धान, अयाज्ञान र अयज्वान जस्तो विशेषणको शृङ्खला मात्र हो । यसको प्रयोग दस्युहरूका लागि पूर्णरूपम

प्रत्यक्ष ज्ञान र विशेषता

- शीतल गिरी     नैयायिक बौद्धमतको कडा आलोचना गर्दछ । हाम्रो पदार्थ विषयक ज्ञान अनिवार्यरूपले व्यापक रूप धारण गरिलिन्छ -न्यायवार्तिक १ः१.४० । नैयायिकको मतमा सामान्य स्थापनाहरूमा त्यति नै पदार्थ छ, जति ती पदार्थ विशेष हो, जसमा ऊ समवाय सम्बन्धसँग विद्यमान छ । पदार्थहरूको स्वरूप नै अन्तिम साक्षी हो, जो स्वयम् प्रकटरूपमा हाम्रो चेतनालाई निर्धारित गराउँदछ ।     यदि “यथार्थ”मा सम्बन्ध निहित हुँदैन र ज्ञानको विषय सम्बन्धयुक्त छ, त्यसो भए हामीले बुद्धिगत विषय र दृष्टिगत विषयको मित्था विरोधलाई स्वीकार गर्नुपर्ने छ । त्यो ज्ञाता र उद्दीपक पदार्थको मध्यस्थित एक तृतीय दल छ । सम्बन्ध शून्यबाट हठात् प्रकट हँुदैन । जयन्तको तर्क छ, सविकल्प ज्ञानको विषय अयथार्थ होइन, किनभने निर्विकल्प ज्ञानद्वारा पनि  बोध हुन्छ । सविकल्प प्रत्यक्ष ज्ञानको जटिलता एउटा तार्किक दोष होइन । यदि सविकल्प प्रत्यक्षले त्यसैको ज्ञान गराउँदछ, जसको ज्ञान पहिले नै निर्विकल्प प्रत्यक्षद्वारा भएको छ, त्यसो भए कसैले यस कुराको दलील गरेको छैन कि त्यो सत्य हुन सक्दैन । सत्य पहिल्याउनु आप्mनो कर्तव्य मान्दछ । सत्य सानो भएपनि कसैभन्दा कम हु

दर्शनशास्त्र र धर्म

- शीतल गिरी बौद्धकालमा हामी दार्शनिक चिन्तनको सशक्त लहर चलेको पाउँदछौंं । दर्शनशास्त्रको प्रगति, साधारणत: कुनै ऐतिहासिक परम्परामा हुने प्रबल आक्रमणको कारण नै सम्भव हुने गर्दछ, जबकि मानव समाज पछाडि फर्केर ती मूलभूत प्रश्नहरूलाई एकपटक पुन: उठाउन बाध्य हुन्छ जसको समाधान उसका पूर्वजहरूले प्राचीनतर योजनाहरूद्वारा गरेका थिए । बौद्ध तथा जैन धर्मका विप्लवले, त्यो विप्लव चाहे जस्तो होस्, आर्य विचारधाराको क्षेत्रमा एउटा विशेष ऐतिहासिक युगको निर्माण गर्‍यो, किनभने उसले कट्टरताको पद्धतिलाई पन्छाएर नै साँस फेर्‍यो साथै एउटा समालोचनात्मक दृष्टिकोणलाई सहायता गर्‍यो । महान् बौद्ध विचारकहरूका लागि तर्क नै एउटा यस्तो मुख्य शस्त्र थियो जहाँ सार्वभौमलाई खण्डनात्मक समालोचनाको शस्त्र बनाएर तयार पारिएको थियो । बौद्धधर्मले मस्तिष्कको पुराना अवरोधहरूलाई कष्टदायक प्रभावहरूबाट मुक्त गर्न विरेचनको काम गर्‍यो ।     वास्तविक तथा जिज्ञासाभावले निस्केका संशयवादको जगलाई धेरै गहराइमा पुर्‍याउने आवश्यकताको परिणाम नै महान् दार्शनिक हलचलको रूपमा प्रकट भयो, जसले ६ वटा दर्शनलाई जन्म दियो जसमा काव्य तथा धर्मको स्थान विश्लेष

प्रत्यक्ष ज्ञान

- शीतल गिरी न्यायसूत्रमा विवेचना गरिने विषयहरूको पहिले उपस्थापना गरिन्छ, अनि त्यसको परिभाषा गरिन्छ र अन्तमा त्यसको परीक्षा हुन्छ । परिभाषाद्वारा वस्तुको तात्त्विक स्वरूप बताइन्छ, जसबाट त्यसलाई अन्य पदार्थहरूभन्दा अलग गरेर चिन्न सकियोस् ।     परिभाषाको कार्य कुनै पदार्थहरूको ती सबै पदार्थहरूभन्दा फरक देखाउनु हो, जसको साथमा उसको सादृश्य भ्रम हुन सक्दछ ।     गौतमले इन्द्रियजन्य ज्ञानको परिभाषा यसप्रकार गरेका छन्, त्यो ज्ञान कुनै इन्द्रियको साथ पदार्थको संयोग हुनाले प्रादुर्भूत हुन्छ, जसलाई शब्दद्वारा प्रकट गर्न नसकियोस्, भ्रमरहित होस् र पूर्णरूपले प्रकट भइरहेको होस् । यस परिभाषामा ती विभिन्न अवयवहरू, जो ज्ञानको क्रियामा विद्यमान रहन्छ, समावेश भइहाल्छ । अर्थात् (१) इन्द्रियहरू (२) तीद्वारा ज्ञेय पदार्थ, (३) इन्द्रियको पदार्थहरूका साथ संयोग र (४) त्यो ज्ञान जो यस संयोगले उत्पन्न हुने गर्दछ । इन्द्रियहरूका अस्तित्व अनुमान प्रमाणको विषय हो ।     यदि हेर्ने चक्षु इन्द्रिय विद्यमान भएन भने र·को ज्ञान सम्भव नै हुँदैन ।     ज्ञानेन्द्रियहरू ५ वटा भन्ने गरिएको छ । किनभने इन्द्रियजन्य ज्ञान पनि ५