Posts

Showing posts with the label खोजीनीति

उही पुरानो पीडाबीच बादी महिला

    वास्तवमा नेपालमा रहेका थुप्रै अल्पसङ्ख्यक जातिहरूमध्येको एक हो– बादी, जसले अन्य अल्पसङ्ख्यक जातिहरूले जस्तो स्वच्छन्दपूर्वक प्रकृतिको काखमा लुटपुटिएर आफ्नो जातीय पहिचान बचाएको पाइँदैन । यिनीहरूको अस्मितासँग सस्तो मूल्यमा जो कसैले पनि खेल्न सक्छ । हरे उद्देश्यका मानिसहरू बादी जाति रहेको बस्तीमा पुग्ने गर्छन् । साहित्यकारहरूका लागि बादीले थुप्रै सामग्री पस्केका छन् । खोजी पत्रकारको नजरबाट पनि यिनीहरू बच्न सकेका छैनन् । उपन्यासकारहरू र कथाकारहरूले बादी युवतीहरूका प्रणयगाथाहरूको पुस्तक लेखेर प्रकाशकहरूको खल्ती र आफूले नाम कमाउन पछि परेका छैनन् । मानवशास्त्रीहरूले बादीको मुहार, रहन सहन, नातागोता, जन्मदेखि मृत्युसम्मका संस्कारसम्बन्धी शोधग्रन्थ लेखेर आफ्नो विद्वताले समाजशास्त्री–संसारलाई झस्काएका छन् । र, बादी युवतीहरू त सबका लागि साझा मनोरञ्जनका साधन बनेकै छन् ।     राम्रा नराम्रा सबै किसिमका मानिसहरूको नजर बादीमाथि परेकै छ । राजा रजौटाको समयमा कुन राजा र भारदारहरूका बैठकमा बादी युवतीहरूको नृत्य भएन होला । बादी पुरुषहरूले बनाएको उम्दा मादल मध्यपश्चिमी नेपालको कुन जातिको लोकगीतमा घन्केन

शुद्धोदन र शाक्य वंश

    राजा शुद्धोदन इक्ष्वाकुका छोराको वंश परम्पराका सूर्यवंशी थिए । उनको गोत्र गौतम थियो । कुल शाक्य थियो । कपिलवस्तु गणराज्यको महासम्मत राजा थिए । कपिलवस्तु गणराज्यमा शाक्यहरूको सभाले राज्य चलाउँथ्यो । गौतम गोत्रको वंश परम्पराबाट नै राजा चयन हुने गर्थे । जनतालाई समान व्यवहार गर्ने थीति कपिलवस्तुमा रहेको हुँदा जनताले चुनेको राजालाई महासम्मत भन्ने गरिन्थ्यो । कपिलवस्तु राज्य आतङ्क, बहिष्कार, जरिमानाबारे अज्ञात थियो । सबैको एक मत थियो, सर्वसम्म्त राज्य सञ्चालन हुन्थ्यो ।     सबैको एकमत नभएको ठाउँमा लडाइँ हुने गर्दछ । किसानबीच पनि माया, प्रेम र लडाइँ हुन्छ । खेती लगाउने बेला पानीको कारण झगडा पर्छ । राजा शुद्धोदनका पूर्वज इक्ष्वाकु थिए । उनका बाजेको नाम जयसेन थियो । कल्पवृक्षको अमृत फल झै उनी सिंहहनुका छोरा थिए । शुक्लोदन, अमृतोदन, घौतोदन र शक्रोदन उनका साख्खे भाइहरू थिए ।     राजा शुद्धोदन शुद्ध शरद शवरी समान प्रजाहेतु सुखकर थिए । कुल पुरुष इक्ष्वाकु झैं प्रभावशाली थिए । राजा शुद्धोदनको पहिलो विवाह मायादेवीसँग भएको थियो । मायादेवीको एक मात्र सन्तान सिद्धार्थ थिए । मानिसको जन्म र मृत्यु निश