Posts

Showing posts with the label लोहिया जयन्ती

लोहियाको विचारको सान्दर्भिकता

Image
श्रीमन्नारायण     समाजवादका प्रणेता डा. राममनोहर लोहियाको विचार २१ औं शताब्दीमा पनि अनुकरणीय र सान्दर्भिक नै छ । पूँजीवादी अर्थव्यवस्थाको विरोधमा र सबैखाले असमानताको विरोधमा डा. राममनोहर लोहियाले प्रतिपादन गरेको समाजवादको सिद्धान्त हामी नेपालीहरूको निम्ति पनि नयाँ विषय होइन । देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेसको निम्ति लोहियाको समाजवादको विचार प्रमुख सिद्धान्तको रूपमा रहिआएको छ । आज पनि नेपाली काङ्ग्रेसका नेताहरू आपूmलाई डा. राममनोहर लोहियाको समाजवादका समर्थक बताउँछन् । नेपाल तथा भारतका प्रायःजसो लोकतान्त्रिक पार्टीहरू डा. राममनोहर लोहियाको विचारसित आपूmलाई निकै नजिक पाउँछन् ।     ‘समाजवाद’ नेपाली काङ्ग्रेसको मूल राजनीतिक सिद्धान्त रहिआएको छ । बेलाबखत यस शब्दको चर्चा पनि गर्ने गरिन्छ तर व्यवहारमा भने पार्टी अब समाजवादको नीतिभन्दा कोसौं टाढा गइसकेको छ । सभा, गोष्ठी एवं चुनावी सभामा पार्टीका नेताहरू ‘समाजवाद’को चर्चा गर्छन् तर त्यो पनि औपचारिकतामा मात्रै सीमित हुने गर्दछ । सैद्धान्तिकरूपमैं पार्टीले खुला अर्थतन्त्रको नीति आत्मसात् गरिसकेको कारण यो मुद्दा अब ओझेल