Posts

Showing posts with the label साहित्यात्मक

जनहितविरुद्ध उद्योग चल्नुहुँदैन

    उद्योग नभई राष्ट्रको कल्याण छैन। उद्योगबाट उत्पादन हुन्छ, जसले उपभोक्ताको माग पूर्ति गर्छ भने निकासी गरेर देशको व्यापार सन्तुलन कायम राख्छ। त्यसैले आजको विश्वमा कसैले पनि उद्योगबिना राष्ट्र जीवित रहने सोच्नै सक्दैन। उद्योगको यस अनिवार्यतालाई भने उद्योगीहरुले जथाभावी वातावरण विनाश गर्ने, फोहर–दुर्गन्ध फैलाउने, जनस्वास्थ्यप्रति हेलचेक्रयाइँ गर्ने काम भने गर्नुहुँदैन। किनकि जनताको स्वास्थ्य राष्ट्रको मियो हो। स्वास्थ्य भएन, अर्थात् जनता स्वस्थ रहेन भने राष्ट्रको कल्पना पनि गर्न सकिन्न। बरु उद्योगबिना जेनतेन गुजारा चल्ला, जनताको स्वास्थ्य बिग्रेर एउटा भेग नै रोगग्रस्त भयो भने त्यसको भर्पाई सहस्रौं उद्योगले पनि गर्न सक्दैन। उद्योगीले उद्योग स्थापना गर्छ, त्यसबाट उत्पादन गर्छ, नाफा कमाउँछ। यस सम्पूर्ण प्रक्रियामा उसले आफ्नो लागि मात्र नाफा लिइरहेको हुँदैन। उद्योगमा कामदारहरु काम गर्छन्, तिनको रोजीरोटीको समस्या हल हुन्छ, सरकारले राजस्व प्राप्त गर्दछ जुन उसले विभिन्न कल्याणकारी कार्यहरुमा खर्च गर्दछ। यसैले जनस्वास्थ्यको सुरक्षा र उद्योगको संरक्षण एउटा राष्ट्रका लागि बराबर चाहिन्छ।     यी

स्वागतम्–दीपावली

Image
उमाशङकर द्विवेदी     दशैंको धुमधाम सिद्धिएपछि दीपावलीको रमझम सुरू हुन्छ।  पहाडको गाउँठाउँमा सरसफाइ तथा रङगरोगन दशैंभन्दा पहिले नै भइसकेको हुन्छ भने तराईका गाउँहरूमा सो काम दशैंपछि र तिहारभन्दा पहिले मात्र हुन्छ। तराईका गाउँहरूमा पक्की घरमा रङगरोगनको, सरसफाइको काम सुरु हुन्छ भने कच्ची घरहरूको लिपपोत तथा वरिपरिका घाँस, खरको सफाइको काम सुरु हुन्छ। धेरै वर्षात् हुने नक्षत्रहरू हालै सिद्धिएको हुनाले वर्षाको कारण बिग्रिए– भत्किएका फूसका पर्खाल–टाटी) मा माटो लिप्ने–पोत्ने काम आवश्यक हुन्छ। फूसको टाटीमा बान्हा चलाएर दुरुस्त पारिन्छ। मटखोनाबाट माटो ओसार्ने काममा गाउँघरका आइमाई, युवती तथा किशोरीहरूलाइ भ्याइ न भ्याइ भइरहेको हुन्छ। माटो ओसारेर त्यसमा पराल वा गहुँको भुस मिसाई पानी हालेर (काँदो) हिलो तयार पारिन्छ र त्यही कादोले फूसको पर्खाल (टाटी) लिप्ने काम हुन्छ । त्यो लेवार (तह) सुकेपछि गोबर र माटोको मसिनो लेदो बनाएर छेवछल (सम्याउने) गरिन्छ। त्यसपछि पहेंलो माटोको झोल बनाएर पोत्ने काम हुन्छ । यस प्रकार पुरानो घर पनि नयाँ जस्तो देखिन्छ।     कार्तिक महिनाको कृष्ण पक्षको तेरस तिथिदेखि यमपञ्चक सुरु

सलाम दशैं, बाई–बाई

Image
उमाशंकर द्विवेदी २०६८ सालको दशैं विभिन्न आशङका, भय र त्रासको मध्यबाट गुज्रिएर कुशलतापूर्वक बित्यो।  तिथिभङग भएर चौध दिनको पक्ष र भगवती माताको भयानक सवारी माथिको आगमनले पण्डितजीहरू दशैंमा केही अशुभ हुन्छ भन्ने आशङकाले त्रसित, आशङिकत तथा भयभीत रहेका भएपनि यसपालिको दशैंमा राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरमा त्यस्तो कुनै अशुभ घटना भएन। स्मरण रहोस् यसपालि दशैं दश दिनको र नवरात्रि नव दिनको हुनु पर्नेमा दशैं नव दिन र नवरात्र आठ दिनको मात्र थियो। यसको ठीकविपरीत यसपालिको दशैंले सम्पूर्ण देशवासीमाझ हर्षोल्लास, उमङग, तथा खुशियाली फिंजाएर गयो। दशैंभन्दा पहिले उत्तराषाढा नक्षत्र थियो भने अन्त्यमा हस्त नक्षत्र थियो। उत्तरा नक्षत्रमा व्यापक पानी परेकोले किसानहरूले लगाएको धान बालीको धेरै राम्रो असर पर्ने देखेर किसानहरू पनि यस वर्ष रमाएकै छन्। हुनत यसपालि हस्त नक्षत्र सुक्खा भइदिएको हुनाले धान बाली बिग्रन सक्ने आशङका रहेको थियो तर उत्तरा नक्षत्रमा परेको पर्याप्त पानीले नै किसानहरूको आँसु पुछिदिएको छ। धान बाली लहलहाउदो छ, धानको बाला राम्ररी निस्किसकेका छन्।     यसपालिको दशैं तराई क्षेत्रका गाउँहरूमा दश

केही गाउँले खेल : अब स्मृतिशेष मात्र

उमाशङकर द्विवेदी     खेल भन्ना साथ हाम्रो मन मस्तिष्कमा फूटबल, भलिबल, क्रिकेट तथा टेनिसको सम्झना आउँछ। खेल मनोरञ्जन तथा शारीरिक व्यायामको लागि खेलिन्छ। खेल दुई टिमबीच खेलिन्छ, जसमा एक टिम जित्छ भने अर्को टिम हार्छ। यी आधुनिक खेलहरू हुन्। हाम्रो विषय यस्ता आधुनिक खेलहरूबारे केन्द्रित नभएर तराईको यस क्षेत्रका केही बिर्सिंदै गइरहेका खेलकुद बारे केन्द्रित छ। खेल मनोरञ्जन पाउने एक तरिका हो भने कुद शारीरिक व्यायामको लागि आवश्यक अभ्यास हो। त्यसैले खेल भन्नुपर्दा खेल मात्र नभनेर खेलकुद भनिने गरिन्छ।     तराईमा सानैदेखि खेल खेल्ने प्रचलन रहेको पाइन्छ। शैशव अवस्थामा शिशुहरू चोर लुकन्त, खोपी, गुच्चा, लट्टु खेल्न थाल्छन् भने किशोर अवस्थामा थाडीटिका, मडवा भतवा, बाँडी बेटी, कबड्डी, गुली–टाँडजस्ता शारीरिक व्यायाम हुने खेल खेल्दछन्। मडवा–भतवा भन्ने खेल गर्मीको दिनमा आँपको बगैंचामा खेलिने खेल हो। यस खेलमा एक पक्षको खेलाडी रूखको हाँगामाथि चढेर आफ्नो खुट्टा अर्को पक्षको खेलाडीसित बचाउँछ भने अर्को पक्षको खेलाडीले पहिलो पक्षको खेलाडीको खुट्टा आफ्नो हातको लौरोले छुन खोज्दछ। खुट्टा लौरोले छोइएपछि खुट्टा छो
उमाशड्ढर द्विवेदी     आदिम मानिसले हातले फ्याँक्ने शस्त्र, कृषि तथा पशुपालनको साथै एउटा महत्त्वपूर्ण कुराको खोजी गर्नमा सफल हुन पुगेको थियो, त्यो थियो गुड्ने पाङ्ग्रा । पाङ्ग्राको खोजीपछि मानव विकासको धारा त्यसै पाङ्ग्राको सहायताले गुड्न थाल्यो। सम्भवत: पाङ्ग्राको आविष्कार नभएको भए विश्व आज यति छिटो  विकासको फड्को मार्न कदापि सफल हुँदैनथ्यो भन्ने ठोकुवा गर्न सकिन्छ। अतितका दिनहरूदेखि पाङ्ग्रामाथि निकै अनुसन्धान, परिमार्जन र सुधार हुँदै आएर आजको अवस्थासम्म आइपुग्न निकै समय लाग्यो। पाङ्ग्रा सर्वप्रथम काठको बाटुलो मुढामा प्वाल पारेर बनाइएको थियो। समान किसिमका दुईटा मुढाको बीचमा प्वाल पारेर बनाइएको पाङ्ग्राको प्वालहरूमा काठकै धुरा (ब्हभि) छिराएर त्यसमाथि काठकै हर्षा (ऋजभकष्क) राखी त्यसमाथि बडी (द्ययमथ) बनाएर त्यसबाट सवारी वा ढुवानी गर्ने काम लिइन्थ्यो। यसप्रकारले गुड्ने गाडीमा बाहिरी शक्तिको आवश्यकता पर्दथ्यो, जुन शक्तिले त्यसलाइ तान्ने काम गर्दथ्यो। त्यसकै बलले पाङ्ग्रा गुडेर गति प्राप्त गर्दथ्यो। यसप्रकारको शक्ति त्यतिबेला पशुधन यथा घोडा, गोरु वा पाडाबाट प्राप्त गरिन्थ्यो ।     कालान्त