Posts

Showing posts with the label जीवेम शरदः शतम्

पछाडितिर फर्क

औषधिबिना कायाकल्प     स्वास्थ्यसम्बन्धी यस विषम स्थितिमा गम्भीर विवेचन गर्दा प्रतीत हुन्छ, प्राणीको जीवन प्रकृतिको नियमसँग बलियो गरी बाँधिएको छ। जीवन निर्माण गर्ने सत्तामा त्यसलाई सुसञ्चालित राख्नको लागि एक नियम शृङ्खलाको पनि निर्माण गरेको छ। यस नियमलाई जो प्राणीले जुन हदसम्म पालना गर्छ, त्यत्तिकै नै निरोग रहन्छ, जसले त्यसलाई चुँडाउँछ, त्यो त्यत्तिकै रोगको चङ्गुलमा फस्छ। मनुष्यको चलाकी, बुद्धिमानी प्रकृति माताको साथ सफल हुँदैन। प्रकृति माता जति दयालु छिन्, त्यत्तिकै निष्ठुरी पनि छिन्, उनको नियमको पालना गर्नेहरू आनन्दमय जीवनको उपहार पाउँछन् र जसले उनको नियम तोड्छ, त्यसले दण्ड पाउँछ। राजकीय कानूनलाई तोड्नेहरू कुनै उपायले जोगिए पनि प्रकृतिलाई धोका दिन कठिन छ।     प्रकृतिको नियम यति स्पष्ट खोलिएको, सर्वविदित र स्वाभाविक छ कि त्यसलाई जान्नको लागि कुनै ग्रन्थ पढ्न वा अन्वेषणशालामा जान आवश्यक नै छैन। दश इन्द्रिय र एघार विवेक बुद्धि यो यस्तो उत्तम कसौटी हो, जसले एक क्षणमा यो बताइदिन्छ कि शरीरलाई ठीक राख्नको लागि के ठीक हो ? के ठीक होइन ? खरो र खोटोको पहिचान गर्नमा उसलाई अलिकति पनि समय लाग्दैन