Posts

Showing posts with the label सङ्कलन तथा अनुवाद

उद्योगपर्व–१

Image
उमाशङ्कर द्विवेदी     अर्जुनले शुभद्रानन्दन अभिमन्युको लागि विराट कुमारी सुन्दरी उत्तरालाई स्वीकार गरे । त्यति बेला त्यहाँ इन्द्रका समान भेषभूषा धारण गरेका युधिष्ठिर पनि उभिएका थिए, उनले पनि  राजकुमारी उत्तरालाई पुत्रवधूको रूपमा अ·ीकार गरे । तदन्तर भगवान् श्रीकृष्णको सामुन्ने राजकुमारी उत्तरा र अभिमन्युको विवाह सम्पन्न भयो । दाइजोमा राजा विराटले वायुका समान वेगशाली सात हजार घोडा, दुई सय हात्ती तथा धेरै धन दिएर । साथै राज्यपाट, सेनाका साथै ढुकुटीसहित आफूलाई पनि सेवामा समर्पण गरे । विवाह सम्पन्न भइसकेपछि युधिष्ठिरले भगवान् श्रीकृष्णबाट उपहारमा पाएका धनबाट धेरैथोक बाहुनहरूलाई दान गरिदिए । हजारौं गाईहरू, रत्न, वस्त्र, भूषण, वाहन, ओढ्ने–ओछयाउने तथा खाने–पिउने उत्तम वस्तुहरू अर्पण गरे ।     कुरुवीर पाण्डवगण अभिमन्युको विवाह सम्पन्न गरेर आफ्ना सुह्द यादवहरूसहित बडो प्रसन्न भए तथा रात्रिमा विश्राम गरेर अर्को दिन बिहानै राजा विराटको सभामा पुगे । सबभन्दा पहिले समस्त राजाहरूको माननीय र वृद्ध विराट र द्रुपद आसनमाथि विराजमान भए, अनि पिता वासुदेवका साथ बलराम र श्रीकृष्ण आसनमाथि विराजमान भए । सात्य

पाण्डवहरूको अज्ञातवास– १५

Image
उमाशङ्कर द्विवेदी     मत्स्यराज विराट गाईहरूलाई मुक्त गराउनको लागि त्रिगर्त सेनातर्फ गएपछि दुर्योधनले मौका छोपी आफ्ना मन्त्रीहरूका साथमा विराटनगरमाथि आक्रमण गरिदिए । भीष्म, द्रोण, कर्ण, कुप, अश्वत्थामा, शकुनि, दु:शासन, विविंशति, चित्रसेन, विकर्ण, दुर्मुख, दु:शल तथा अन्य अनेकौं महारथिहरू दुर्योधनका साथमा थिए । कौरव वीरहरूले विराट राजाका साठी हजार गाईलाई चारैतिरबाट आफ्ना रथहरूको पङ्क्तिले घेरेर लग्न थाले । उनीहरूलाई रोकेपछि मारकाट हुन थालेपछि गोठालाहरू कौरव वीरहरूको सामुन्ने अडिन सकेनन् तथा उनीहरूबाट चुटिएर रुन कराउन थाले । गोठालाहरूको नाइके रथमा सवार भई अत्यन्त दीनझैं रुँदै कराउँदै नगरमा आए । ऊ सरासर राजमहलको ढोकामा गई रथबाट ओर्लेर भित्र गयो । त्यहाँ उसले विराटको पुत्र भूमिञ्जय (उत्तर)लाई पायो । गोठालाका नाइकेले उनैलाई सम्पूर्ण समाचार सुनायो तथा भन्यो– राजकुमार, तपाईंका साठी हजार गाईलाई हरण गरेर कौरवहरूले लग्दै छन् । यस बेला महाराजाले आफ्नो अनुपस्थितिमा तपाईंलाई नै यहाँको प्रबन्ध सुम्पेर गएका छन् । राजसभामा तपाईंको प्रशंसा गर्दै राजाले भन्ने गर्दथे– मेरो यो कुलदीपक पुत्र मेरै अनुरूप त

शेषनागलाई वरप्राप्ति

- उमाशङ्कर द्विवेदी  कद्रूका नाग पुत्रहरूमध्ये शेषनाग नाम गरेका एउटा नाग थिए । उनले भाइहरूको दुष्टता तथा किचलोको कारण आमा र अन्य दाइभाइसित विरक्त भएर कठिन तपस्या गर्न थाले । उनी केवल हावा पिएर तपस्याको पूर्ण पालना गर्दथे । उनी आफ्नो समस्त इन्द्रियहरूलाई वशमा राखेर गन्धमादन, बद्रीकाश्रम, गोकर्ण तथा हिमालय आदि ठाउँहरूमा एकान्त बास तथा पवित्र तीर्थाटन पनि गर्दथे । कठोर तपस्याका कारण शेषनागको जीउको मासु, छाला तथा नाडीहरू सुकिसकेको देखेर ब्रह्माजी उनको धैर्य र तपस्याले अत्यन्त खुशी भई उनको छेउमा आएर भने,“हे शेषनाग, तिमी यस्तो कठोर तपस्या किन गरिरहेका छौं ? तिम्रो चाहना के छ ? मलाई भन, म तिम्रो मनोकामना पूर्ण गरिदिने छु ।” शेषनागले भने,“भगवन्, मेरा भाइहरू मूर्ख छन्, यसकारणले म उनीहरूसित बस्न चाहँदिन । उनीहरू परस्परमा एक अर्कासित शत्रुवत् डाहा गर्दछन्, ठूलीआमा विनता र उनका छोरा गरुड र अरुणसित द्वेष गर्दछन् । त्यसै कारणले आजित भई म तपस्यारत भएको छु ।” ब्रह्माजीले भने,“शेषनाग, तिम्रा भाइहरूको जम्मै करतुतबारे मलाई थाहा छ । आफ्नी आमाको आज्ञाको उल्लङ्घनका कारणले तिनीहरू आपैंm ठूलो आपत्तिमा पर्ने

अन्धो शिष्य

- उमाशङ्कर द्विवेदी ऋषि अयोदधौम्यको अर्को शिष्यको नाम उपमन्यु थियो । आचार्यले उपमन्युलाई गाईवस्तुको हेरचाहको जिम्मा दिएका थिए । उपमन्यु दिउँसभरि गाई चराएर बेलुकापख ऋषिको आश्रममा फर्की आई गुरुलाई नमस्कार गर्‍यो । आचार्यले सोधे–बाबू, तिमी निकै मोटोघाटो तथा बलवान देखिइरहेका छौ । तिमीले के खाने पिउने गरेका छौ ? शिष्यले भन्यो–गुरुज्यू, म भिक्षा मागेर खान्छु । आचार्यले भने–बाबू, मलाई भिक्षामा पाएको अन्न निवेदन नगरेर तिमीले खानु उचित भएन, अबदेखि भिक्षाको अन्न न खानू । उसले आचार्यको आज्ञा पालन गर्‍यो । अब उसले मागेको भिक्षाको अन्न ल्याएर गुरुलाई निवेदन गरिदियो तथा गुरुले त्यसलाई भण्डारमा थन्क्याइदिए । ऊ फेरि दिउँसभरि गाई चराएर आश्रममा फर्किन्थ्यो तथा गुरुलाई नमस्कार गर्दथ्यो । एक दिन गुरुले फेरि सोधे–बाबू, तिमीले मागेर ल्याएको भिक्षान्न म लिएर राखिदिन्छु । यस्तो स्थितिमा अब तिमीले के खाने गरेका छौ ? शिष्यले भन्यो–गुरुज्यू, अचेल मैले पहिले मागेको भिक्षान्न हजुरलाई दिएर फेरि भिक्षा मागी आफ्नो जीविका चलाउँछु । आचार्यले भने–यो त ठीक भएन बाबू, यस प्रकार तिमी अन्य भिक्षार्थीहरूको जीविकामा बाधा पुर्

तीन साँढेहरु र स्याल

Image
- उमाशङ्कर द्विवेदी कुनै वनमा तीनवटा साँढेबीच एक आपसमा मित्रता थियो । तीनै साँढेहरू एक अर्कासित कहिल्यै पनि छुट्टिदैनथे । वनका कलिला घाँसपात तथा स्याउला मिलीजुली चर्थे, खान्थे । स्वच्छन्द घुमाइ र प्रशस्त खवाइका कारण तङ्ग्रिएर ती साँढे बेला–कुबेला कराएर वनका अन्य प्राणीहरूलाई तर्साउँदथे । मोटा घाटा तथा हृष्टपुष्ट ती तीन साँढेहरू फुर्सत्को क्षण पोखरीमा पानी खाई ढिस्को थुम्काहरूमा सिङले हानेर वा एक आपसमा सि·ौरी खेलेर समय बिताउँदथे । अन्य वन्य प्राणी उनीहरू सि·ौरी खेल्दा वा ढिस्को थुम्कामा सिङले हानेको देखेर तर्सिएर भाग्दथे । उनीहरू एक आपसमा भिड्दा अरू–अरू प्राणीहरूले तिनीहरूबीच मेल नरहेको लख काट्दथे तर तिनीहरूबीच घनिष्ट मित्रता तथा एकता थियो ।     एक दिन ती साँढे नित्यझैं दिउँसोको समयमा पोखरीको पानी खाएर ढिस्को तथा थुम्काहरूमा आआफ्नो बल प्रदर्शन गर्दैथिए । बेला–बेलामा मदातिरेकका कारण ठूलो स्वरमा कराउँदै पनि गरिरहेका थिए । उनीहरूको गर्जना सुनेर वनको राजा बाघ तर्सेर भाग्दै गर्दा एउटा छट्टू स्याल देखा पर्‍यो । तर्सेर बाघ पुच्छर लुकाएर भागिरहेको देखेर ऊ छक्क पर्‍यो । ऊ बाघ नजिक गएर सोध्य

सुनको सुली गर्ने चरा

- उमाशङ्कर द्विवेदी पर्वतीय प्रदेशमा एउटा ठूलो रूख थियो । त्यस रूखमाथि सिन्धुक नामक एउटा चरा बस्दथ्यो । त्यस चराको सुली सुनको हुन्थ्यो । एक दिन एउटा ब्याधा शिकार गर्नका लागि त्यसै प्रदेशमा गयो । चराले ब्याधाको सामुन्ने सुली गर्‍यो । तत्काल त्यसको सुली सुनमा परिवर्तन भयो । त्यो घटनाले ब्याधा छक्क पर्‍यो । उसले मनमनै सोच्यो–हरे, चरालाई पासोमा हाल्ने गरेको यतिका दिन बित्यो तर मैले आजसम्म यस्तो घटना देखेको थिइनँ । कुनै पनि चराको सुली सुन भएको मैले देखेको थिइनँ । यस चरालाई जसरी पनि समात्नै पर्छ । यति सोचेर उसले त्यो चरा बस्ने रूखमाथि पासो थाप्यो । त्यो चरा मूर्खतापूर्वक पासो थापिएको हाँगामा गएर बस्यो । न भन्दै चरा पासोमा पर्‍यो । ब्याधाले चरालाई सजिलै समातेर पिजडामा हालेर घर फक्र्यो । घरमा आएपछि ब्याधाले सोच्यो–यस आपद्युक्त चरालाई मैले के गर्ने ? यदि कसैले यो चरालाई देखेर यसको बानी थाहा पायो भने गएर राजालाई भनिदिनेछ । राजाले यो कुरा थाहा पाएपछि ममाथि ठूलो सड्ढट आइपर्नेछ । अत: मैले आफैंले लगेर राजालाई यो चरा टक्र्याउनु बेस हुनेछ । यति सोचेर ब्याधा आफैं त्यो चरा लिएर गई राजालाइ टक्र्याइदियो

छठपूजा

- उमाशङ्कर द्विवेदी    कार्तिक महिनाको शुक्लपक्ष चौथी तिथिबाट छठ पर्वको शुरुआत हुन्छ । छठमा गरीब वा धनी जोसुकैको घरमा छठ पूजा धुमधामका साथ मनाइने परम्परा रहेको छ । वास्तवमा भन्ने हो भने छठ पूजा उत्सवको रूपमा मात्र नभई कठिन व्रतोपवासको रूपमा देखा पर्दछ । कठिन शुचिता, दृढ संयम, पूर्ण ब्रह्मचर्य, तथा नितान्त उदासीनताका साथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ । अन्य व्रतहरूमा एक वा दुई छाक उपवास गर्दा मात्र व्रत सफल हुन्छ । कुनै कुनै व्रत निर्जला (पानीसम्म नखाने) वा फलाहारी पनि हुने गर्दछ भने छठ व्रतमा अठचालीस घण्टामा केवल एक छाक नून न हालेको (रसियाव–रोटी) मात्र ग्राह्य मानिन्छ । बाँकी समय निर्जला तथा पूर्ण उपवास गरेर छठी माताको पूजा गर्ने विधान रहेको छ । छठ पूजाको विशेषता उदाउँदो सूर्यलाई मात्र अघ्र्य नदिई अस्ताउँदो सूर्यलाईसमेत अघ्र्य दिनु पनि हो । यस प्रदेशका मानिसहरूले आफ्नो निजी स्वार्थपूर्तिको याचनामा केवल उदाउँदो सूर्यको पूजा र सम्मान गर्दैनन् अपितु अस्ताउँदो सूर्यलाई पनि उचित तथा समान पूजा र सम्मान गर्दछन् । वस्तुत: हिन

देवकोटाको वाग्वैभव

Image
- उमाशङ्कर द्विवेदी    नेपाली वाङ्मयको श्रीवृद्धितर्फ लक्ष्मीप्रसाद देवकोटा शारदा पत्रिकाको प्रकाशनपूर्वदेखि नै लागिपरेका थिए–कविका रूपमा । पछिका दिनहरूमा उनी महाकविको भद्रासनमा आरूढ भए पनि नितान्त कविता लेखन मात्रैमा सीमित नरहेर साहित्यको प्राय: प्रत्येक विधामा उनको कलम अवाध गतिले चलेको थियो । पद्य लेखनमा उनको विशिष्टता रहे पनि गद्य लेखनमा उनको कलम चमत्कारीरूपमा चलेको थियो जसको प्रख्यात नमुना हो लक्ष्मी निबन्ध सङ्ग्रह तथा उनका कथाहरू । फुटकर कविता, कविता सङ्ग्रहहरू, महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, चम्पूकाव्य जस्ता साहित्यिक विधाहरू मध्ये कुनै पनि अछुतो रहेन । रातभरिमा खण्डकाव्य (कुञ्जिनी), तीन महिनामा महाकाव्य (शाकुन्तल), अझै दश दिन मात्रैमा महाकाव्य (सुलोचना), संस्कृतका विविध छन्दमा लेख्न सक्ने जाँगर भएका कवि नेपाली साहित्यमा केवल लक्ष्मी प्रसाद देवकोटा मात्रै हुन् । उनलाई प्रथम दृष्टिमा देख्नेले–बत्ती धपक्क बलेजस्तो गहँुगोरो, गोलो पोटिलो मुखमण्डल, सलक्क ताछिएको चौडा निधार, चाक्लो छाती, साँढेको जस्तो पृथुल स्कन्ध, शालका झैं लामा लामा बाहु, ताराझै. चम्किलो केही खाजिरहने आँख

भारुण्ड चरा

- उमाशङ्कर द्विवेदी कुनै पोखरीमा एउटा भारुण्ड चरा निवास गर्दथ्यो । उसको भुँडी एउटै भए पनि मुख दुईवटा थियो । एक दिन समुद्रको किनारमा डुलिरहँदा उसले एउटा अमृततुल्य फल फेला पार्‍यो जुन समुद्रको लहरले किनारामा ल्याइ पुर्‍याएको थियो । त्यस फललाई खाँदै उसको एउटा मुखले भन्यो–वाह, मैले समुद्रको लहरले बगाएर किनारामा ल्याएका सयकडौ अमृततुल्य फल खाएको छु तर यस फलको स्वाद त दिव्य तथा विलक्षण छ । यो देववृक्षको फल पो हो कि ? यस्तो स्वादिलो फल मैले आजसम्म खान पाएको छैन । पहिलो मुखको यस प्रकारको कुरा सुनेर दोस्रो मुखले भन्यो–भाइ, यदि यो फल तिमीले भनेजस्तो स्वादिलो छ भने अलिकति मलाइ पनि देऊ । म पनि यसको स्वाद चाखूँ । यो सुनेर पहिलो मुखले हाँस्दै भन्यो–हाम्रो त एउटै भुँडी छ, जुन मुखले खाए पनि भुँडीमैं जाने त हो नि १ यो मुखले खाए पनि त्यो मुखले खाएपनि भर्ने त भुँडी हो । त्यसैबाट तिमी तृप्ति लेऊ । अलग–अलग दुई मुखले किन खानुपर्‍यो ? बरु उब्रेको भाग हाम्रो प्रियतमालाई दिउँ, उसले पनि यसको स्वाद चाखेर सन्तुष्ट भएमा हाम्रो भलो हुन्छ ।     यति कुरा भनेर उसले उब्रेको फल आफ्नी प्रियालाई दियो । त्यो फल स्वाद मानी

शिकारी, बँदेल र स्याल

Image
- उमाशड्ढर द्विवेदी वनको एउटा कुनामा एउटा शिकारी बस्दथ्यो । एक दिन शिकारको लागि ऊ वनमा निस्केको थियो । हिंड्दै जाँदा उसले अत्यन्त विशाल तथा कालो वर्णको एउटा बँदेल फेला पार्‍यो । सामुन्ने त्यस्तो अदभूत शिकार देखेर शिकारीले तत्कालै धनुषको डोरी कानसम्म तानेर तीखो वाणले त्यसमाथि प्रहार गर्‍यो । निशाना अचूक थियो । वाण सोझै बँदेलको जीउमा गएर लाग्यो । वाणको आघातले  रन्थनिएर बँदेलले पनि आफ्नो अद्र्धचन्द्रकार भयानक दार्‍हा प्रहार गरेर शिकारीको आन्द्राभुँडी झारेर मारिदियो । शिकारीलाई मारेपछि वाणको आघातको कारण बँदेल पनि धराशायी भएर प्राण त्याग गर्‍यो ।     यसै बीच कतैबाट भोकले अत्यन्त पीडित एउटा स्याल त्यस ठाउँमा आइपुग्यो । मृत बँदेल र शिकारीको लाश आफ्नो अगाडि पाएर स्यालले मनमनै सोच्न थाल्यो–विधाता आज मेरो अनुकूल रहेछन् । त्यसै कारण आज मैले यति धेरै शिकार अनायास प्राप्त गरें । यसलाइ यत्नपूर्वक जोगाएर विस्तारै खानु बेस हुनेछ, जसले गर्दा धेरै दिनसम्म मेरो आहार चलिरहोस् । शास्त्रहरूमा लेखिएको पनि छ– शनै: शनैश्च भोक्तव्यं वित्तमुपार्जितम् । रसायनमिव प्राज्ञैर्हेलया न कदाचन ।। अर्थात् आफूले उपार्

जुम्रा र उडुस

Image
- उमाशड्ढर द्विवेदी एउटा राजाको अत्यन्त सुखदायी शयनागार थियो । त्यस शयनागारमा आरामदायक ओछ्यान थियो । त्यस ओछ्यानमा अत्यन्त सुकिलो तथा सफा तन्ना ओछ्याइएको थियो । त्यस तन्नाको सन्धि (जोड)मा मन्दविसर्पिणी नाम गरेको एउटा जुम्रा बस्दथियो । राजाको स्वादिलो रक्तपान गरेर उसको समय आनन्दपूर्वक बितिरहेको थियो ।     एक दिन कतैबाट डुल्दाडुल्दै अग्निमुख नाम गरेको एउटा उडुस त्यस शयनागारमा आयो । त्यसलाई देखेर त्यहाँ रहेको जुम्राले भन्यो–अरे अग्निमुख, तिमी यहाँ कताबाट आइपुग्यौ ? यहाँ कसैले तिमीलाइ देख्नुभन्दा पहिले नै यहाँबाट भाग, नत्र भने तिम्रो ज्यान बाँच्ने छैन ।     उडुसले भन्यो–हेर, घरमा आएको कुनै अतिथिसित यस्तो कुरा गर्नुहुँदैन । त्यो अतिथि दुष्ट नै किन नहोस, उसलाई भगाउनु उचित हुँदैन । मैले आजसम्म अनेक प्रकारका मानिसहरूको विविध स्वाद भएको रक्तको आस्वादन गरिसकेको छु । ती रक्तहरू मानिसहरूको आहार दोषको कारण तिखो, तीतो, कषाय तथा अमिलो थिए । आजसम्म मैले मीठो स्वादको रगत खान पाएको छैन । यदि तपाईं कृपा गरेर मलाई यहाँ बस्न दिने हो भने विविध प्रकारका व्यञ्जन, अन्न, पेय पदार्थ, चोष्य पदार्थ तथा अवलेह

दन्तिल र गोरम्भ

- उमाशड्ढर द्विवेदी वर्धमान नामक नगरमा दन्तिल नाम गरेका एकजना आभूषण व्यापारी निवास गर्दथे । नगरका प्रजा र राजा दुवैलाई आफ्नो राम्रो व्यवहारका कारण उनले प्रसन्न राखेका थिए । विशेष गरेर उनी राजाका प्रिय र नजिकका मानिस थिए ।     समय खुशीपूर्वक बितिरहेको थियो । कालक्रमानुसार दन्तिलकी छोरीको विवाह हुने अवसर आयो । त्यस विवाहको अवसरमा उनले सम्पूर्ण नगरवासी, राजकर्मचारी तथा राजालाई पनि निमन्त्रित गरेका थिए । विवाहको अवसरमा निमन्त्रित जम्मै पाहुनालाई दन्तिलले भव्य स्वागत सत्कार गरेका थिए । विवाह पछि राजा तथा रानी तथा तिनका परिजनलाई दन्तिलले आफ्नो घरमा आदर सत्कार गरेका थिए ।     राजाका सेवकहरूमध्ये गोरम्भ नाम गरेको एउटा अनुचर पनि थियो, जो राजदरबारमा कुचो लगाउने काम गर्दथ्यो । राजाका साथ ऊ पनि त्यस विवाहमा सामेल भएको थियो तर आफ्नो पदको प्रतिकूल कुनै उच्च आसनमा बसेको देखेर दन्तिलले उसलाई गलहत्याएर बाहिर निकालिदिएका थिए । यस प्रकारको अपमानबाट ऊ निकै दु:खी भएर दिनरात दीर्घ नि:श्वास लिरहन्थ्यो । त्यस अपमानबाट आहत भएर ऊ राति ओछ्यानमा सुत्न पनि सकिरहेको थिएन । कोल्टे फेरीफेरी ऊ निरन्तर सोचिरहन्थ्यो– क

घृतान्ध ब्राह्मण

- उमाशड्ढर द्विवेदी कुनै नगरमा यज्ञदत्त नामक ब्राह्मण बस्दथिए । उनकी स्त्री नक्कचरी तथा परपुरुषासक्त स्वभावकी थिई । आफ्नो पतिको आँखा छली उसले घिउमा पुरी पकाएर जारपतिलाई दिने गर्दथिई । एक दिन उसको पतिले घिउमा पुरी पकाएको देखे । उनले आफ्नी स्त्रीसित सोधे–प्रिये, यो के पकाएकी ? यो कसलाई दिने गरेकी छयौ ? मलाई साँचो कुरा भन ।     प्रत्युत्पन्नमति उनकी स्त्रीले भनी–यहाँबाट अलि पर देवीको एउटा मन्दिर छ । मैले देवीको व्रत लिएकी हुनाले विशेष प्रकारको पक्वान्न बनाएर देवीलाइ अर्पण गर्नको निम्ति लैजाने गरेकी छु । यति भनेर ब्राह्मणीले आफ्ना पतिको सामुने नै घिउमा पुरी पकाएर मन्दिरमा जान भनेर घरबाट हिडी । त्यसले यस प्रकार आफ्नो पतिलाई विश्वास दिलाउन चाहन्थिई कि उ वास्तवमा मन्दिरमा नै जाने गरेकी छे । किनकि पहिले उसले पतिलाई मन्दिरमा गएर पुरी देवीलाई अर्पण गर्ने कुरो भनेकी थिइ ।     देवीको मन्दिरमा गई पक्वान्नलाई मन्दिरमा नै छाडी ऊ नुहाउन भनेर नदीमा गई । नदीमा उसले नुहाइरहेको अवसर छोपी अर्को बाटोबाट गएर मन्दिरको एउटा अदृश्य कुनामा गएर लुकी बस्यो । स्नानपछि ब्राह्मणी मन्दिरमा आइ गन्ध, धूप, अक्षता पुष्

बाहुन, ठग तथा बोका

- उमाशड्ढर द्विवेदी कुनै नगरमा मित्र शर्मा नाम गरेका एकजना अग्निहोत्री बाहुन बस्दथिए । माघको महिनामा अत्यन्त शीतल बतास चलिरहेको थियो । वातावरण कुइरोले डम्म ढाकेको थियो । आकाशमा बादल लागेको तथा फुस्स फुस्स पानी परिरहेको थियो । मौसम जाडोको कारण कष्टकर भएको हुनाले उनी कुनै गाउँमा गएर कुनै जजमानसित पशुको लागि याचना गर्दै भने,“जजमान, आउने औंसीको दिन मैले यज्ञ गर्नुछ । अत: मलाई एउटा पशु दान गर ।” बाहुनको याचना सुनेर एउटा दयालु जजमानले बाहुनलाई एउटा ह्ष्टपुष्ट तथा मोटो बोका दिए । मोटोघाटो भएको हुनाले त्यो बोका हिंड्नमा असमर्थ थियो । लौरोले हाँक्न थालेपछि त बोका सोझो बाटो नहिंडेर यताउति गरेर पो हिंड्न थाल्यो । बोकाको यस्तो चाला देखेर बाहुनले हिंड्न सजिलो होस् भन्नाका खातिर बोकालाई उचालेर पिठयूमा बोकी घर जानलाई छिट्छिटो हिंड्न थाले । बाहुनलाई खाइलाग्दो बोकालाई पिठ्यूमा बोकेर हतारहतार हिंड्दै लगिरहेको तीनजना धूर्त ठगहरूले देखे । बोकालाई देखेर यस बोकालाई काटी पोलेर मासु खाइ जाडो छल्ने निधो गरे ।  अब बाहुनलाई ठगी कुन प्रकारले बोका हात पार्ने भन्नेबारे तीनैजनाले आपसमा सल्लाह गर्न थाले । सल्लाहअनुस

घृतान्ध ब्राह्मण

Image
- उमाशड्ढर द्विवेदी कुनै नगरमा यज्ञदत्त नामक ब्राह्मण बस्दथिए । उनकी स्त्री नक्कचरी तथा परपुरुषासक्त स्वभावकी थिई । आफ्नो पतिको आँखा छली उसले घिउमा पुरी पकाएर जारपतिलाई दिने गर्दथिई । एक दिन उसको पतिले घिउमा पुरी पकाएको देख्यो । उसले आफ्नी स्त्रीसित सोध्यो–(प्रिये, यो के पकाएकी ? यो कसलाइ दिने गरेकी छयौ ? मलाई साँचो कुरा भन ।     प्रत्युत्पन्नमति उनकी स्त्रीले भनी–यहाँबाट अलि पर देवीको एउटा मन्दिर छ । मैले देवीको व्रत लिएकी हुनाले विशेष प्रकारको पक्वान्न बनाएर देवीलाई अर्पण गर्नको निम्ति लैजाने गरेकी छु । यति भनेर ब्राह्मणी आफ्ना पतिको अगाडि घिउको पुरी पकाएर मन्दिरमा जान भनेर घरबाट हिंडी । उसले यस प्रकार आफ्नो पतिलाई विश्वास दिलाउन चाहन्थिई कि ऊ वास्तवमा मन्दिर नै जाने गरेकी छ । किनकि पहिले उसले पतिलाई मन्दिरमा गएर पुरी देवीलाई अर्पण गर्ने कुरो भनेकी थिई ।     देवीको मन्दिरमा गई पक्वान्न मन्दिरमा नै छाडी ऊ नुहाउन भनेर नदीमा गई । नदीमा उसले नुहाइरहेको अवसर छोपी अर्को बाटोबाट गएर पति मन्दिरको एउटा कुनामा गएर लुकिबस्यो । स्नानपछि ब्राह्मणी मन्दिरमा आई । गन्ध, धूप, अक्षता, पुष्प तथा नै

बोल्ने गुफा

Image
- उमाशड्ढर द्विवेदी    कुनै वनमा खरनखर नामक एउटा सिंह बस्दथ्यो । एकदिन भोकले आकुल–व्याकुल भएर शिकार गर्नको लागि जानवरहरूलाई खोज्न यताउति भौतारिंदा पनि साँझसम्म कुनै जानवर फेला पार्न सकेन । सूर्यास्त भइसकेपछि उसले कुनै जानवर बस्ने एउटा रित्तो गुफा देख्यो । यस गुफाभित्र लुकेर बस्दा यसमा बस्ने जानवर रात परेपछि वास बस्न निश्चय नै आउला र त्यो जानवर आएर गुफाभित्र छिरेपछि त्यसलाई मारेर खाई भोक मेट्नुपर्ला भन्ने दाउमा सिंह त्यस गुफाभित्र छिरी शिकार ढुकेर बस्यो ।     रात परेपछि त्यस गुफाभित्र बस्ने दधिपुच्छ नाम गरेको एउटा स्याल  आयो । गुफाको ढोकामा गएर हेर्दा त्यहाँ सिंहको पदचिन्ह देखापर्‍यो । गएको पद्चिन्ह त देखिन्थ्यो तर फर्केको पद चिन्ह देखा परेन । यो देखेर सिंह भित्रै छ भन्ने कुराको लख काटी स्याल निकै आत्तियो । स्याल मनमनै सोच्न थाल्यो–“हरे ! आज त ठहरै पर्नेवाला थिएँ । सिंह भित्रै छ कि गइसक्यो केही ठेगान छैन । अब म के गरूँ ?” यति सोचेर ऊ गुफाको ढोकामा गई अचानक हे गुफा ! हे गुफा !! भनेर दुईचोटि कराएर चुप लाग्यो । भित्रबाट कुनै किसिमको प्रत्युत्तर नआएपछि फेरि कराएर गुफासित सोध्यो–“अरे गुफा

अभागी सोमिलक

- उमाशड्ढर द्विवेदी  कुनै नगरमा सोमिलक नाम गरेको एउटा जुलाहा बस्दथियो । ऊ अनेक प्रकारका र· तथा चित्रकारीयुक्त रेशमी वस्त्र बनाउन निपुण थियो । उसले तयार पारेको रेशमी वस्त्र राजा– महाराजा तथा ठूला–ठूला साहू महाजनहरूले किन्ने गर्दथे तर जति राम्रो र· डिजाइनको वस्त्र तयार गरेर बेच्दा पनि बिहान–बेलुकाको छाक टार्ने तथा मोटो खस्रो लाउनेभन्दा बढी धन कमाउन सक्दैनथ्यो । यसविपरीत अन्य साधारण जुलाहाहरूले मोटो–खस्रो वस्त्र बनाएर पनि मनग्य धन कमाउँथे । उनीहरूको समृद्धि तथा आफ्नो विपन्नता देखेर खिन्न भई एक दिन उसले आफ्रनी स्त्रीसित भन्यो–प्रिये, हेर यी मोटो–खस्रो वस्त्र बनाउने कालिगढहरूलाई । राम्रो वस्त्र बनाउन न जानेको भए पनि यिनीहरू कति समृद्ध छन्, म भने सिपालू भएर पनि कति विपन्न छु । यो स्थान मजस्तो गुणी कालिगढको लागि बस्ने खालको छैन । अत: धन कमाउनका लागि म अन्यत्र जान चाहन्छु । उसकी स्त्रीले भनी–प्रियतम, विदेश जाँदैमा धन प्राप्त हुन्छ तथा आफ्नो स्थानमा धन प्राप्त हुँदैन भन्ने कुरा फजुल हो । अत: मेरो इच्छा छ तपाईं यहीं बसेर कुनै राम्रो उद्योग गर्नुहोस् । भाग्यमा रहेको धन आफ् से आफ् आउँछ । स्त्रीको

बकुला र ग·टो

Image
- उमाशड्ढर द्विवेदी   कुनै वनमा अनेक जलचरहरूद्वारा सुशोभित एउटा पोखरी थियो । त्यस पोखरीमा विभिन्न प्रकारका भ्यागुता, माछा, सर्प, ग·टो तथा गोहीका साथै बकुलाहरू पनि निवास गर्दथे । बकुलाहरूमध्येको एउटा बूढो बकुला आफ्नो शक्ति सामथ्र्यले माछा समातेर जीविका चलाउन असमर्थ भइसकेको थियो । एकदिन ऊ अजस्रधारा आँसु चुहाउँदै पोखरीको डिलमा बसेर रोइरहेको थियो । त्यसलाई यसप्रकारले रोइरहेको देखेर एउटा ग·टो अन्य केही जलचर साथीहरूका साथ आइ उसको दु:खले दु:िखत हुँदै आदरपूर्वक सोध्यो–मामा, आज तपाईंले आफ्नो भोजनको प्रबन्ध गरिरहनुभएको छैन, केवल आँसु चुहाइ रोइ कराइ मात्र गरिरहनुभएको छ, के कुरा हो ? हामीलाई भन्नुस्, केही सहायता गर्न सकिन्छ कि ?     ग·टोको कुरा सुनेर उसले भन्यो–तिमीहरूले ठीक अनुमान गर्‍यौ । माछाहरूलाई समातेर खाने कामबाट सन्यास लिएर प्रायश्चितस्वरूप आफ्नो प्राण त्याग्ने सड्ढल्पका साथ यहाँ बसिरहेको छु । त्यसै कारण समीपमा आएका माछाहरूलाई पनि नसमाती यहाँ बसिरहेको छु । बकुलाको कुरा सुनेर ग·टोले सोध्यो– मामा, तपाईंले यस प्रकार वैराग्य लिनुको कारण के हो ? बकुलाले भन्यो– म यसै पोखरीमा जन्मिएर बूढो भइसके

ब्राह्मण, चोर र ब्रह्मपिशाच

Image
- उमाशड्ढर द्विवेदी कुनै शहरमा द्रोण नाम गरेको एउटा अत्यन्त निर्धन ब्राह्मण वास गर्दथे । जजमानी तथा समाजमा भिक्षा मागेर उनी आफ्नो जीविका चलाउँथे । आफ्नो जीवनमा उनले कहिल्यैपनि सफा–सुकिलो लुगा, कपाल र जीउमा तेल, सुगन्धित द्रव्य, माला, आभूषण तथा पानजस्ता विलासी सामग्रीको उपभोग गर्न पाएका थिएनन् । उनका दार्‍ही, जुँगा, कपाल तथा नङ सधैं बढेका हुन्थे । गर्मी, वर्षात् तथा जाडोको प्रचण्ड मारले उनको शरीर सुकेर हाडको ढाँचाजस्तो देखिन्थ्यो । ब्राह्मणको यस प्रकारको दीनता देखेर उनका कुनै दयालु जजमानले ठूलो कृपा गरेर दुईटा बाच्छा दान दिएक ा थिए । ब्राह्मणले ठूलो मनोयोग तथा परिश्रमका साथ घाँस, पिना, दाना आदि सामग्रीहरू ख्वाएर बाच्छाहरूलाई सानै उमेरदेखि पालेर हृष्टपुष्ट पारेका थिए । अब बाच्छाहरू मूल्यवान बलिष्ठ गोरु बनिसकेका थिए । व्यापारीलाई महँगो मोलमा बेचेर राम्रो पैसा पाउने आशमा ब्राह्मणदेव पर्खिबसेका थिए ।     ब्राह्मणदेवका दुवै गोरुलाई देखेर एउटा चोर दुवै गोरु चोर्ने दाउमा बसेको थियो । एक दिन रात्रिकालमा गोरुहरू चोर्ने उद्देश्यले त्यो चोर लौरो, दाम्लो लिएर विस्तारै ब्राह्मणको घरतिर जाँदै थियो

पुनर्मूषिको भव

- उमाशड्ढर द्विवेदी ग·ाको तीरमा जप, नियम, तप, स्वाध्याय, उपवास आदि योग क्रियामा लागेर पवित्र जल तथा वनका कन्द, मूल, फल खाई जीउ सुकाई तपस्यारत केही ऋषिहरूको परिपूर्ण  एउटा आश्रम थियो । त्यस आश्रमका कुलपति याज्ञवल्क्य नाम गरेका ऋषि थिए । एक दिन प्रात:काल ग·ास्नान पछि देवता तथा पितृहरूलाइ आचमन, पाद्य तथा अघ्र्य दिन उद्यत रहेका ऋषिको अञ्जुलिमा चिलले आफ्नो चुच्चोमा च्यापेको एउटा मुसाको बच्चा संयोगवश खस्न पुग्यो । ऋषि ध्यानमग्न अवस्थामा रहेका तथा अञ्जुलीमा सल्बाबलाइरहेको कुनै जीवित प्राणीको शिशुको प्राप्तिको आभास पाएर चकित भई हेर्दा त त्यो जीव मुसाको बच्चा पो रहेछ । ऋषिलाइ करुणा लागेर हृदय दया प्लावित भएर आयो । पूजा गर्ने बेला त्यस मुसाको बच्चालाई एउटा वटपत्रमाथि राखेर पुन: स्नान, आचमन तथा प्रायश्चित गरेर आफ्नो तपोबलले त्यस मुसाको बच्चालाई सुन्दरी केटीमा परिवर्तित गरिदिए । त्यसपछि ती केटीको साथमा उनी आश्रम फर्के र आफ्नी निस्सन्तान पत्नीलाई दिंदै भने–भद्रे, यस कन्यालाई लैजाउ तथा यसलाई आफ्नी पुत्रीझैं लालनपालन गरेर हुर्काऊ । पतिको आदेशानुसार ऋषिपत्नीले ममत्वपूवर्क लालनपालन र स्याहारसुसार गर्द