Posts

Showing posts with the label सन्दर्भ: भारतको स्वतन्त्र दिवस

नेपाल–भारत सम्बन्ध

Image
श्रीमन्नारायण     नेपाल र भारत परम्परागत छिमेकी राष्ट्र हुन् । दुई देशका जनताबीच सम्बन्ध दुवै देशको इतिहासभन्दा पनि पुरानो छ । नेपाल र भारत दुई यस्ता दक्षिण एशियाली मित्रराष्ट्र हुन्, जसलाई भूगोल र इतिहास दुवैले एशियाको मानचित्रमा सँगसँगै गाँसिदिएको छ । खुला सिमाना, धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्धले हामीबीच मित्रतालाई अभैm बढी प्रगाढ बनाएको छ । अर्को शब्दमा भन्नुपर्दा नेपाल र भारतबीच भौगोलिक सन्निकटता, आर्थिक अन्तर्सम्बन्ध र सामाजिक एवं सांस्कृतिक आदानप्रदान आदिका कारण यो आपसी सम्बन्ध राज्यस्तरमा मात्र सीमित नभई जनस्तरमा समेत गहिरो र फराकिलो रहेको छ । त्यसैले यस आपसी सम्बन्धलाई कसैले चाहेर पनि तोड्न सक्दैन । बाह्य आक्रमण र हस्तक्षेपका प्रबल विरोधी यी दुई राष्ट्र अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त राष्ट्रसङ्घ, विश्व व्यापार सङ्गठन, सार्क तथा बिमस्टेकजस्ता अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चका सदस्यसमेत छन् । नेपालको समग्र विकासमा भारतको सहयोग र भूमिका महŒवपूर्ण रहिआएको छ ।     नेपालको प्रत्येक राजनीतिक परिवर्तनमा भारतको भूमिका महŒवपूर्ण रहेको छ । वि.सं. २००७ सालमा राणा शा

भारतको सतत विकास यात्रा

Image
श्रीमन्नारायण     हाम्रो दक्षिणी छिमेकी राष्ट्र भारत आफ्नो स्वतन्त्रताको ७० औं दिवस मनाइरहेको छ । अनेकौं आरोह–अवरोहका बावजुद उसको स्वतन्त्र लोकतन्त्र जीवन्त एवं प्रगति तथा विकासको बाटोमा निरन्तर अग्रसर छ । गएको सात दशकमा भारतले कैयौं युद्धको विभिषिका झेल्नुपर्‍यो, बाढी, अनिकाल एवं प्राकृतिक प्रकोपका अनेकौं घटनाहरूको सामना गर्नुपर्‍यो । भाषिक, धार्मिक एवं जातीय विविधताले भरिएको देशमा सबैको इच्छा एवं आकाङ्क्षा पूरा गर्दै लोकतान्त्रिक तरिकाले अगाडि बढ्नु कम चुनौतीपूर्ण हुँदैन तर गएको सात दशकमा दक्षिणी छिमेकीले प्राप्त गरेको उपलब्धि र सफलता विश्वका अनेकौं देशहरूको निम्ति प्ेररणाको स्रोत एवं अनुकरणीय हुन सक्दछ ।     स्वतन्त्रता दिवसको मर्म बुझ्नुभन्दा पहिले हामीले त्यसको तीन पक्षमाथि ध्यान दिनु आवश्यक छ । स्वतन्त्रताको लक्ष्य, प्रक्रिया तथा सड्ढल्प । जहाँ लक्ष्यको अर्थ सोझोरूपमा विदेशी अङ्ग्रेजहरूको दासताबाट मुक्ति हासिल गरी आफ्नो शासन (भारतीयहरूको शासन) स्थापित गर्नु थियो, जुन त्यति बेला सहज र सरल लक्ष्य थिएन । एकातिर अत्यन्त शक्तिशाली अङ्ग्रेजी साम्राज्य तथा अर्कोतिर बिनाहिंसा स्वतन्त्र