Posts

Showing posts with the label अर्थविशेष

बेरोजगारीको लागि हाम्रो शिक्षा नीति दोषी छ

Image
                विश्वराज अधिकारी हाम्रो समाज, परम्परा र संस्कृतिले श्रमलाई इज्जत दिंदैन। कामलाई पनि सानो र ठूलो भनेर विभेद गर्छ। कुर्सीमाथि बसेर गरिने कामलाई ठूलो मान्दछ र त्यो कामलाई इज्जत दिन्छ। प्रत्यक्षरूपमा शारीरिक श्रम खर्च गरेर गरिने र समाजले तल्लो किसिमको काम भनेर वर्गीकृत गरेको कामलाई सानो काम मान्ने गर्छ र त्यस्तो कार्य गर्नेलाई पट्टकै इज्जत दिंदैन। “पढ्नु गुड्नु साढे बाइस, हलो जोती नाम कमाइस,” यो धारणा हाम्रो समाजमा अहिले पनि व्याप्त छ। सबैको पेट भेर्ने जस्तो महान् कार्य गर्ने, हलो जोत्ने कार्य गर्नेलाई हाम्रो समाजले अहिले पनि इज्जत दिंदैन। हलो जोत्नुलाई तुच्छ कार्य मान्दछ। कामलाई हेर्ने सामाजिक दृष्टिकोण अनुसार कुनै कामलाई सानो मानिएको छ भने त्यस किसिमको काम गर्नेले समाजबाट इज्जत पाउँदैन तर कुनै कामलाई ठूलो मानिएको छ भने त्यस किसिमले काम गर्नेले इज्जत पाउँछ। यो कारणले गर्दा जहिले पनि व्यक्तिहरू ठूलो र इज्जतदार कहलिएको काम गर्न इच्छुक हुन्छन् तर रोजगारको प्रशस्त सम्भावना भए तापनि तल्लो कहलिएको काम गर्न तयार हुँदैनन्। बरु बेरोजगार बस्न तयार हुन्छन् तर सानो कहलिएको काम गर्न तय

नेपालमा महँगी र नियन्त्रणका उपायहरू

Image
विश्वराज अधिकारी नेपालमा महँगी उच्च स्तरमा छ भन्ने हामी सबैले थाहा पाएको कुरा हो। वर्षौंदेखि हामीले भोग्दै आएको यो महँगीप्रति आश्चर्य मान्नुपर्ने देखिंदैन। बरु यो महँगी नियन्त्रणका लागि सरकार एवं जनता दुवैबाट खास किसिमका सोच, योजना तथा कार्यक्रम नआउनुमा भने हामीले आश्चर्य मान्नुपर्ने हुन्छ। नेताहरूको चुनावी नारा महँगी नियन्त्रण हुनुपथ्र्यो तर कहिले पनि भएन। सरकारले महँगी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर अनेक योजना तथा कार्यक्रम ल्याउनुपथ्र्यो तर कुनै सरकारले ल्याएन। कम्युनिस्ट एवं काङ्ग्रेस, दुवैथरीका सरकारहरूको प्राथमिकतामा महँगी नियन्त्रण कहिले परेन। हुनत २०२४६ सालको परिवर्तन पछि बनेका सरकारहरूले लामो समयसम्म कार्य गर्न पाएको देखिंदैन र औसतमा प्रत्येक दुई वर्षपछि सरकार बदलिएको वा प्रधानमन्त्री फेरिएको पाइन्छ। नेपालको राजनीति सदा अस्थिर रहँदै आएको छ। अहिले पनि राष्ट्रिय राजनीति नेपालको अर्थतन्त्रलाई नराम्ररी प्रभावित पार्ने किसिमबाट अस्थिर हुन पुगेको छ। यो हाम्रो दुर्भाग्य नै हो। तर यो दुर्भाग्यका लागि केवल नेता मात्र जिम्मेवार छन् ? यस्ता नेताहरूको पछि लागेर उनीहरूको गलत कार्यलाई

वर्तमान राजनीतिक अस्थिरता र अवरुद्ध आर्थिक विकास

Image
विश्वराज अधिकारी नेपाली राजनीतिको पछिल्लो इतिहास हेर्ने हो भने यो २०४६ सालदेखि अति नै अस्थिर रहँदै आएको देखिन्छ। अहिले नेपालको राजनीति अति अस्थिर मात्र होइन, ज्यादै अनिश्चित पनि देखिएको छ। हुनत नेपालको राजनीति अस्थिर हुनु नौलो कुरा होइन। तर वर्तमानमा नेपालको राजनीति फरक विषय र विशेष प्रकृतिले अस्थिर भएको छ। विगतमा नेपालको राजनीति कुनै खास राजनीतिक मुद्दाहरूले गर्दा अस्थिर रहन्थ्यो। तर वर्तमानमा देखिएको राजनीतिक अस्थिरता कुनै खास एवं जनसरोकारको राजनीतिक मुद्दा नभएर केही नेताहरूको व्यक्तित्वको सङ्कट, टकराव वा सत्ता मोहले गर्दा उत्पन्न भएको हो। कुर्सीको लागि भएको हो। अहिलेको राजनीतिक अस्थिरता जन हितको लागि होइन भन्ने कुरा घामझैं छर्लङ्ग छ। वर्तमान राजनीतिक सङ्कट नेताहरूको स्वार्थले गर्दा उत्पन्न भएको हो भन्ने यथार्थ आम जनताले बुझ्न अब ढिलो गर्नुहुँदैन। आफ्नो स्वार्थको लागि जनतालाई सडकमा उतार्ने र नेपालको राजनीति अस्थिर पार्ने दोषीको रूपमा एउटा नेताले अर्को नेतालाई देखाउने राजनीतिका चतुर खेलाडीहरूले वर्तमान राजनीतिक सङ्कट समाधानका लागि तीन विकल्प अगाडि सारेका छन्–संसद् पुनःस्थापना पहिलो, त

नयाँ कृषि योजना भारतको लागि जोखिमपूर्ण

Image
विश्वराज अधिकारी अति महत्वाकाङ्क्षी कृषि सुधार योजना अहिले भारतको लागि न निल्नु न ओकेल्नु भएको छ। हालै ल्याइएको यो नयाँ योजना बर्खास्त गर्न आन्दोलन गर्ने किसानहरू दिल्ली आएर ज्यान दिन तयार, तर सरकारले ल्याएको योजना कुनै पनि हालतमा लागू हुन नदिने अडानमा छन्। आन्दोनरत किसानहरू भन्छन्–“बरु दिल्लीको सडकमा सरकारको लठ्ठी खाएर मर्छौ तर यो योजना कुनै पनि हालतमा लागू हुन दिंंदैनौं। मर्नका लागि भन्दै आफ्नो लागि आफैंले कसरी खाडल खन्नू।” किसानको यो आन्दोलन दबाउन सरकारले बल प्रयोग गर्दा धेरै किसानको ज्यानसमेत गइ सकेको छ। सरकारले गरेको यस्तो दमनको विश्वका अनेक राजनीतिज्ञहरू मात्र होइन, सिने कलाकार, पर्यावरणवादी, मानव अधिकारवादी एवं अनेक चर्चित व्यक्तिहरूले समेत आलोचना गरेका छन्। एउटा प्रजातन्त्रिक देशले आन्दोलन दबाउन प्रयोग गरेको कठोरता एवं निर्ममताप्रति उनीहरूले आश्चर्य पनि व्यक्त गरेका छन्। अहिलेलाई केही मत्थर देखिए तापनि सरकार यो योजना लागू गर्न र किसान बर्खास्त गर्न कटिबद्ध रहेको देखिन्छ। दुवै पक्ष मुठभेडको स्थितिमा छ। कुन पक्ष पछाडि हट्छ त्यो त आउने समयले देखाउने छ तर अहिलेको लागि भने मोदी सरका

कसरी गर्ने व्यापारका अवसरहरूको पहिचान ?

Image
विश्वराज अधिकारी व्यक्ति, परिवार, समाज र देशलाई धनी बनाउन आवश्यक पर्ने ज्ञान प्राप्त गर्न अर्थशास्त्रका मोटामोटा पुस्तक पल्टाउन आवश्यक छैन। यसैगरी अर्थशास्त्रका लामालामा पाठ र पेंचिला सिद्धान्तहरू पढ्न र बुझ्न पनि आवश्यक छैन। सानोभन्दा सानो काम गरेर पनि परिवार, समाज र देशलाई धनी बनाउने काम गर्न सकिन्छ। अटुट जाँगर, नयाँ सोचका साथ अगाडि बढ्ने हो भने धेरै कुरा गर्न सकिन्छ। यसैगरी रोजगारका अवसर सृजना गर्न पनि ठूलाठूला योजना बनाइराख्नु पर्दैन। ठूलाठूला मिटिंग एवं सम्मेलन गर्नुपर्दैन। ठूला कारखानाहरू पनि स्थापना गर्नुपर्दैन। सानासाना काम गरेर पनि रोजगारका अनेक अवसर सृजना गर्न सकिन्छ। र त्यस्तो रोजगारलाई धेरै व्यक्तिको आम्दानीको राम्रो स्रोत बनाउन सकिन्छ। साथै त्यस्तो रोजगारलाई स्थायित्व पनि प्रदान गर्न सकिन्छ। यस्तै किसिमले सामान्य काम गरेर आफ्नो लागि बलियो रोजगार सृजना गरेका छन्, धरानका मधुकर शाक्यले। मधुकर शाक्यले धरानको भानुचोक नजीक सञ्चालन गरेको चिया पसलले अहिले राष्ट्रिय चर्चा पाएको छ। शाक्यले आफ्नो लागि आफैंले रोजगार सृजना गरेका मात्र छैनन्, यस्तो किसिमको व्यापारको विकास गरेका छन्, जुन

नयाँ वस्तु, सेवा र व्यापार विकासको आर्थिक महत्व

Image
विश्वराज अधिकारी वस्तु, सेवा र व्यापार कुनै पनि अर्थ व्यवस्थाका अति नै महत्वपूर्ण आधार स्तम्भहरू हुन्। यी तीन स्तम्भले नै कुनै पनि राष्ट्रको अर्थ व्यवस्थालाई राम्ररी उभ्याएका हुन्छन्। यी आधार–स्तम्भ जति बलिया भयो देशको अर्थ व्यवस्था पनि सोही अनुसार स्थिर हुन्छ, बलियो हुन्छ। अर्को किसिमले हेर्ने हो भने वस्तु र सेवा रथका दुई पाङ््रग्रा हुन् भने व्यापार सारथी हो। व्यापारले नै कुनै पनि राष्ट्रको विभिन्न बजारमा उत्पादित वस्तु एवं सेवा उत्पादन स्थलबाट उपभोक्ता समक्ष पु–याउने गर्दछ। तर हामीले यस आलेखमा चर्चा गर्न खोजेको विषय भने नयाँ वस्तु, सेवा एवं व्यापारको विकासले कुनै पनि देशको अर्थ व्यवस्थालाई गति दिन्छ भन्ने हो। अर्थात् राष्ट्रिय अर्थतन्त्रको विकासको गतिलाई तीव्रता दिनका लागि देशभित्र नयाँ–नयाँ वस्तु, सेवा र व्यापारको विकास आवश्यक हुन्छ। चलनचल्तिका वस्तु एवं सेवा जति छ त्यति नै रहेर नयाँ वस्तु एवं सेवाको विकास नगर्ने हो भने अर्थतन्त्रले गति प्राप्त गर्न सक्तैन र धनीहरूको हातमा रहेको पैसा (आम्दानी) गरीबसम्म पुग्न कठिन हुन्छ। यस्तै किसिमले नयाँनयाँ व्यापारका तरीका विकास नगर्ने हो भने पनि

नेपालमा औद्योगिक विकासको प्रचुर सम्भावना

Image
विश्वराज अधिकारी हामी साधन भएर पनि साधनविहीन छौं। हातमा सीप छ तर सृजना गर्दैनौं। पूँजी छ, लगानी गर्दैनौं। एउटा सफल औद्योगिक राष्ट्र हुनका लागि हामी सँग आवश्यक सबै कुरा छन् तर हामी गर्दैनौं। किन होला ? पहिले हामी देशमा आर्थिक विकास नहुनुको प्रमुख कारण पञ्चायती व्यवस्थालाई मान्थ्यौं। निरङ्कुशतालाई मान्थ्यौं। तर अहिले त प्रजातन्त्र छ। यो प्रजातन्त्रमा पनि विकासको गति किन कछुवा–चालको भएको होला ? दशकौंदेखि हामी भारतको एक संरक्षित एवं लाभदायक बजार बन्दै आएका छौं तर विभिन्न कुरा स्वदेशमा नै उत्पादन गर्ने प्रयाससम्म पनि गरेका छैनौं। पछिल्लो समय हामी चीनको एक भरपर्दो बजार बन्नेतिर लागेका छौं। चीनबाट पनि औद्योगिक आवश्यकताका होइन, दैनिक आवश्यकताका वस्तुहरू मात्र ठूलो परिमाणमा आयात गरिरहेका छौं। तर ती कुरा हामी स्वदेशमा नै उत्पादन गर्न सक्छौं। हामीमा एउटा अनौठो प्रवृत्ति छ। देशभित्र जे जति समस्या छन् ती नेता, राजनीतिक दल एवं सरकारद्वारा सृजित भएको मान्छौं, ती समस्या सृजनामा आफ्नो, सामान्य जनताको, कुनै पनि किसिमको भूमिका देख्दैनौं। यसैगरी देशको आर्थिक विकासको लागि केवल सरकारलाई जिम्मेवार देख्छौं, आ

नेपाली मुद्राको क्रयशक्ति कमजोर हुनुका कारण

Image
विश्वराज अधिकारी विश्वमा कमजोर क्रयशक्ति भएका मुद्रामध्ये नेपालको मुद्रा पनि पर्दछ। नेपाली मुद्राको क्रयशक्ति यतिसम्म कमजोर छ कि सबैभन्दा तल्लो एकाइको नेपाली मुद्रा, रु १ को बजारमा कुनै किसिमको क्रयशक्ति छैन। विनिमय शक्ति छैन। त्यसको आफ्नै एकल, स्वतन्त्र विनिमय अस्तित्व छैन। बजारमा रु १ भुक्तान गरेर कुनै कुरा खरीद गर्न सकिंदैन। यस्तै स्थिति रु ५ को पनि छ। रु १० को स्थिति पनि कमजोर नै छ। रु २० बाट भने केही कुरा खरीद गर्न सकिन्छ तर पनि ज्यादै सीमितरूपमा। केवल रु १०० को मात्र गतिलो क्रयशक्ति छ। रु १००० ले मात्र ज्यादै बलियो क्रय शक्ति राख्दछ। यस्तो किन भएको होला ? आउनुहोस् यसको कारण अर्थशास्त्रका पेंचिला सिद्धान्तहरूबाट होइन, सामान्य परिभाषाबाट बुझौं। साधारण चिन्तनबाट बुझौं। सामान्य छलफलबाट बुझौं। नेपाली मुद्राको क्रय शक्ति कमजोर हुनुको प्रमुख कारण हो नेपालमा प्रचुर मात्रामा उत्पादन हुन नसक्नु। उत्पादनको क्षेत्रमा नेपाल अहिले पनि ज्यादै पछाडि छ। पछाडि मात्र छैन, नेपालले जे जति उत्पादन गरिरहेको छ त्यसको लागत, अर्थात् उत्पादन लागत पनि ज्यादै चर्को छ। उत्पादन लागत ज्यादै चर्को भएर तथा उत्पाद

नेतृत्वमा उच्च शिक्षाको अभाव र आर्थिक विकास

Image
विश्वराज अधिकारी जुन देशको शासन व्यवस्था शिक्षित र इमानदारहरूको हातमा हुन्छ त्यो देशले तीव्र गतिमा आर्थिक प्रगति गर्छ। विकसित देशको आर्थिक विकासको इतिहासले यस कुराको पुष्टि गर्छ। जापान, अमेरिका, बेलायत, फ्रान्स, जर्मनीजस्ता विकसित मुलुकको आर्थिक विकासको इतिहास हेर्न हो भने यो भनाइ अझै प्रस्ट हुन्छ। नेपालमा भने शासन व्यवस्था जहिले पनि अर्ध वा अशिक्षितहरूको हातमा रहँदै आएको छ। शासन व्यवस्थामा प्रत्यक्ष रूपमा र उच्च पदमा रही सहभागी हुने (मन्त्री, प्रधानमन्त्री) हरूमा शिक्षाको कमी त देखिएको छ नै, इमानदारीको पनि उत्तिकै कमी देखिएको छ। यो कारणले गर्दा पनि नेपालको आर्थिक प्रगतिको गति ज्यादै सुस्त हुन गएको हो। सुस्त गतिमा नै भए पनि नेपालमा जे जति आर्थिक प्रगति भयो (निजी क्षेत्रमा ठूला–ठूला बीमा कम्पनी एवं बैंकहरूको स्थापना, ठूला तारे आवासीय होटलहरूको निर्माण, सुविधा सम्पन्न अस्पतालहरूको स्थापना, अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरूको पहुँच, विदेशका अनेक प्रतिष्ठित विश्वविद्यालयहरू नेपाली युवा पींढीको पठनपाठन, ठूला–ठूला सञ्चार गृह सञ्चालन) जस्ता आर्थिक प्रगति सरकारको सक्रिय प्रयासमा भएक

चाडबाडहरूलाई गरीबहरूको हितमा कसरी प्रयोग गर्ने ?

Image
विश्वराज अधिकारी चाडबाडहरूको धार्मिक र सांस्कृतिक महत्व मात्र हुँदैन। यिनको आर्थिक महत्व पनि हुन्छ। चाडबाडले धनीहरूको पैसा (बचत) गरीबहरूको हातमा पु–याउने कार्य गर्छ। चाडबाडहरूले अर्थतन्त्रलाई गति प्रदान गर्छन्। यस कारणले गर्दा चाडपर्वहरूको पनि ठूलो आर्थिक महत्व हुन्छ। चाडपर्वहरूको आर्थिक महत्व भएकोले चाडपर्वलाई कसरी गरीबहरूको हितमा उपयोग गर्न सकिन्छ त्यसबारे गम्भीर भएर सोच्नुपर्छ। बचत हुनेहरूले चाडपर्वमा अनेक किसिमले खर्च गर्छन्। उपहारमा खर्च गर्छन्, खानपिन, भ्रमणमा खर्च गर्छन्। यस्ता खर्च गरेर, थप उत्पादन हुने अवसर सृजना गरेर, रोजगारका नयाँनयाँ अवसर सृजना गर्छन्। अप्रत्यक्षरूपमा गरीबहरूको हातमा आय पु–याउँछन्। अमेरिका एवं युरोपमा केही दिन पहिले मात्र राष्ट्रिय अर्थतन्त्रलाई गतिशीलता दिने वा आर्थिक महत्वको ठूलो चाड सम्पन्न भएको छ। केही दिने पहिले मात्र अमेरिका एवं युरोपका बासिन्दाले ठूलो मात्रामा वस्तु एवं सेवा खरीद गरेर क्रिसमस मनाए। खासमा यो चाड क्रिश्चियन धर्मावलम्बीहरूको भएता पनि गैरक्रिश्चियनहरूले पनि अमेरिका र युरोपभरि मनाए। गैरक्रिश्चियन धर्मावलम्बीहरूले पनि क्रिसमससँग सम्बन्धित

के चुनावले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ ?

Image
विश्वराज अधिकारी नेपालको राष्ट्रिय राजनीति अहिले मूलरूपमा चारजना व्यक्ति माधव नेपाल, झलनाथ खनाल, केपीशर्मा ओली र पुष्पकमल दाहालको क्रियाकलापवरिपरि घुमिरहेको छ। प्रत्यक्षरूपमा कार्य गरिरहेका र बाहिरबाट देख्न सकिने यी चार कर्ता (ब्अतयचक)हरूको क्रियाकलापले गर्दा नै राष्ट्रिय राजनीतिमा नयाँ–नयाँ, उदेकलाग्दा र अपूर्व दृश्यहरू देखिएका छन्। मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिद्वारा वर्तमान प्रतिनिधिसभाको विघटन भएको छ। राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिले २०७७ पुस ५ गतेबाट वर्तमान प्रतिनिधिसभा समाप्त भएको एवं २०७८ वैशाखमा प्रतिनिधिसभाको निर्वाचन हुने जनाएको छ। नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल पक्षले नेकपाका वर्तमान अध्यक्ष पुष्पकमल दाहाललाई उक्त दलको संसदीय दलको नेता चयन गरेको छ। आफ्ना पक्षधरहरूबाट माधव नेपाल पार्टी अध्यक्षमा छानिएका छन्। नेकपाको पार्टी अध्यक्ष रहेका केपीशर्मा ओली अध्यक्ष पदबाट हटाइएका मात्र छैनन्, साथै संसदीय दलको नेताबाट पनि नाटकीय किसिमले बर्खास्त गरिएका छन्। यी उदेकलाग्दा दृश्यहरूमाथि भनिएका चारजना कर्ताका क्रियाकलाप र दाउपेंचले गर्दा देख

कोरोना सङ्कटपछिको विश्व अर्थव्यवस्था

Image
            विश्वराज अधिकारी ग्रेट ब्रिटेनले केही दिन पहिले आफ्ना नागरिकलाई कोरोनाविरुद्ध खोप दिन आरम्भ ग–यो। यसैसाथ त्यहाँका नागरिकले सो खोप पाउने क्रम जारी रहनेछ। क्यानडाले पनि आफ्नो नागरिकलाई छिटै कोरोनाविरुद्ध खोप उपलब्ध गराउने जनाएको छ। अमेरिकाले पनि आफ्नो नागरिकलाई हिजो (डिसेम्बर १४, २०२०) देखि कोरोनाविरुद्ध खोप दिन आरम्भ ग–यो। आफ्ना नागरिकलाई खोप दिने अभियान अमेरिकाले जारी राख्ने समाचारहरूले उल्लेख गरेका छन्। अमेरिकामा उक्त खोप सर्वप्रथम कसलाई, त्यसपछि कसलाई दिने भन्ने प्राथमिकता निर्धारण गरिएको छ र सोही अनुसार खोप उपलब्ध हुने सूचना जारी भएको छ। खोप पाउन पहिलो प्राथमिकता भने स्वास्थ्य सेवामा संलग्न रहेका स्वास्थ्यकर्मीहरूले पाएका छन्। दोस्रो प्राथमिकतामा अति संवेदनशील एवं अत्यावश्यक सेवा प्रदान गर्ने संस्थासँग आबद्ध कामदारहरू परेका छन्। विभिन्न देशले आफ्नो नागरिकलाई कोरोनाविरुद्ध खोप दिन आरम्भ गरेसँगै विगत नौ महीना (२०२० मार्चदेखि तीव्ररूपमा फैलिएको)देखि मानवताविरुद्ध अति आतङ्क मचाइरहेको कोरोना सङ्कटको गतिमा अब केही सुस्तता आउने पक्का छ। हुन पनि कोरोना सङ्कटले स्वास्थ्य क्षेत्रम

व्यावसायिक जगत्मा ज्ञानको महत्व

Image
            विश्वराज अधिकारी व्यावसायिक जगत्मा सूचना एवं जानकारीको ठूलो महत्व हुन्छ। त्यतिकै ठूलो महत्व कसैले प्राप्त गरेको खास अनुभवको पनि हुन्छ। सूचना, जानकारी एवं अनुभवको महत्व पैसाभन्दा पनि ठूलो हुन्छ। तर हाम्रो व्यावसायिक जगत्मा सूचना, जानकारी एवं अनुभवलाई राम्ररी व्यवस्थित गर्न सकिएको छैन। न यी कुराहरूको कुशल उपयोग गर्न सकिएको छ। यसको प्रभावकारी हस्तान्तरण पनि गर्न सकिएको छैन। राम्ररी अभिलेख राख्न नसकिएको हुनाले नै प्रभावकारी उपयोग र हस्तान्तरण गर्न नसकिएको हो। र यी सबै कुरा ज्ञानको कमीले गर्दा भएको हो। हामीमा ज्ञानको ज्यादै अभाव छ। ज्ञानको विकास र विस्तारको क्षेत्रमा हामीले धेरै काम गर्न बाँकी छ। र गरीबीबाट मुक्ति पाउन ज्ञानको विकास एवं विस्तार आवश्यक छ। नयाँनयाँ ज्ञानको खोजी गर्न आवश्यक छ। नेपालमा केही व्यक्तिले व्यावसायिक क्षेत्रमा ठूलो सफलता प्राप्त गरेका छन्। उनीहरूले त्यो सफलता पाउन अनेक सङ्घर्ष गरे, दुःख–कष्ट सहे। अनेक रणनीति विकास गरे। अनेक योजना बनाए। नयाँनयाँ एवं रचनात्मक सोचको विकास गरे। तर तिनको ज्ञान, सूचना एवं जानकारी अर्को पुस्तामा वा सम्बन्धित क्षेत्रका व्यक्तिमा