Posts

Showing posts with the label सन्दर्भ - महिला हिंसा

महिला हिंसाविरुद्धको अभियान ः महिला हिंसाको अवस्था

Image
            नेहाकुमारी केशरी महिला भएकै आधारबाट मानव अधिकारको उपभोगमा समेत महिलाहरू विभेदमा छन्। शारीरिक तथा मानसिकरूपबाट दिइने पीडा, हत्या, बलात्कार, यौन दुव्र्यवहार, बेचबिखन, तेजाब प्रहार, संस्कार एवं परम्पराका नाममा अधिकारबाट वञ्चित गर्ने/गराउने, आत्मसम्मानमा चोट पुग्ने बोली र व्यवहारलगायतका लैङ्गिक हिंसा भइरहेका छन्। यसले गर्दा महिलाहरू  मानसिक, शारीरिकरूपले प्रताडित छन्। हाम्रो समाजमा महिला हिंसाको स्थिति कायम रहन विभिन्न तत्वले भूमिका निर्वाह गरिरहेका हुन्छन्। नेपालमा कुल जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा महिलाले ओगटेको छ। बहुसङ्ख्यक भएर पनि महिलाहरू विभेद, असमानता, अन्याय तथा विभिन्न खालका हिंसाको शिकार बनिरहेका छन्। पम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताले महिलालाई असमान त बनाएकै छ, देशमा विद्यमान कतिपय कानूनी व्यवस्थाले समेत महिलाको हैसियतलाई समानता दिन सकेको देखिंदैन। मुलुकमा विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनहरू हुँदै आजको अवस्थासम्म हामी आइपुगेको हो। ती परिवर्तनका लागि भएका कुनै पनि आन्दोलन, अभियान तथा सङ्घर्षहरूमा महिलाको भूमिका महत्वपूर्ण छ। तिनै परिवर्तनकामी, सहासी, सङ्घ

महिला हिंसा र श्रीस्वस्थानी व्रत कथा

Image
- कमलमोहन पोखरेल     मनुस्मृतिमा लेखिएको छ– “यत्र नारी पुजयन्ते रम्यते तत्र देवता” यस अतिरिक्त विभिन्न धर्मशास्त्रहरूमा नारीलाई उच्च स्थान दिई धनकी देवी लक्ष्मी, शक्तिकी देवी दुर्गा, विद्याकी देवी सरस्वती आदि देवीको रूपमा मानी पूजनीय बनाइएको पनि छ । अर्कोतर्फ त्यही धर्मशास्त्रले महिला अविवाहित अवस्थामा मातापिता, विवाहिता हुँदा पति र पति नहुने छोराको संरक्षकत्वमा रहनुपर्ने गरी पुरुषको अधीनमा बस्नुपर्ने व्यवस्था गरी नारीहरूलाई पराधीन सामाजिक संस्कारको व्यवस्था गरिदिएको छ ।     मानव अधिकारको विश्वव्यापी घोषणापत्र, महिलाविरुद्ध हुने सबैखाले हिंसाविरुद्धको महासन्धि, नेपालको संविधान र प्रचलित अन्य पृथक कानुनले महिला हिंसालाई रोक लगाएको छ । तथापि संसारभरि कुनै न कुनै रूपमा रहेको महिला हिंसा दक्षिण एसियामा बढी र दक्षिण एसियाका देशहरूमध्ये  नेपालमा झन् बढी छ ।     शुक्रवारसम्म नेपालीका घर–घरमा श्रीस्वस्थानीको महिमा उल्लिखित पुस्तक पढिएको थियो । मैले पनि बाल्यकालमा श्रीस्वस्थानी व्रत कथा पढेको थिए । संयोगवश मैले यसवर्ष पनि पुन: केही अध्याय पढ्ने मौका पाएँ । सो पढ्दा महिला र बालबालिकाप्रति हुने

मर्दा मात्र न्याय

-राकेश चौधरी-     साउन महिनाको अन्तिम हप्ता श्रीपुर गाउंको मौसम ठीक-ठीकै थियो।  पानी परेको थिएन। मस्त न्रि्रामा रहेकी ३५ वर्षीया रूबी झा चिच्याइन्। अपरिचित दुइ व्यक्तिले बिहान ३ बजे पेट्रोल र्छर्केर उनलाई जिउंदै आगो लगाएपछि उनी  चिच्याएकी रहिछन् ।     दुवै खुट्टा, पेट, ढाड, हात र छातीको छाला जलेकी रूबीलाई गाउंमा उपचार हुन नसकेपछि जनकपुर अञ्चल अस्पताल लगियो। दुइ वर्षहिले दिएको १० हजार रुपियां आफनो भान्जाबाट माग्दा उनले पटक-पटक आगो लगाइदिने धम्की खेपेकी थिइन्।     महोत्तरी जिल्लामा महिला हिंसा भएको यो पहिलो र अन्तिम घटना होइन। महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष रेखा झाले घरमा सम्मानजनक स्थान खोज्दा वा अरू कुनै व्यक्तिसंग कुरा गर्दासमेत हिंसा खेप्नुपरेको बताइन्। हिंसाकै कारण हप्तामा एउटा हत्या वा आत्महत्याका घटना हुनु यहांको लागि अनौठो र नौलो होइन। कुनै व्यक्तिद्वारा महिलाको हत्या गरिएको भएपनि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराउन दबाब नै दिनुपर्ने हुन्छ।     असार महिनाको दोस्रो हप्ता नैन्ही गाउंमा एक महिलाले आत्महत्या गरिन्। सामान्य देखिने यो घटना यहांका समाजको गालामा ठूलो